अपहरित नै अपहरणकारी
१२ भदौ २०६७
•
७ मिनेट पाठ
अपहरित नै अपहरणकारी
केपी ढुंगाना, काठमाडौं, भदौ १३- ताप्लेजुङकी सुषमा लिम्बू अढाई वर्षे छोरा महेश र घरेलु सहयोगी वसन्त गुरुङलाई अपहरणमुक्त गर्न शुक्रबार ६० लाख रुपैयाँ फिरौती बोकेर तनहुँको डुम्रे बजार पुगिन्। सँगै रहेको महानगरीय प्रहरी परिसरको टोलीले डुम्रेमा अपहरणकारी पक्राउ गर्दा भने लिम्बू चकित परिन्। जसलाई अपहणमुक्त गर्न फिरौती बोकेर पुगेकी थिइन्, उनै रहेछन् अपहरणका मुख्य योजनाकार। 'जसको ज्यान जोगाउन काठमाडौंदेखि तनहुँसम्म धाएँ,' शनिबार मध्याह्न महानगरीय प्रहरी परिसरमा भेटिएकी उनले भनिन्, 'आखिर उही मेरो दुश्मन रहेछ।'
भदौ ६ गते आइतबार बालाजु, माछापोखरीनजिकै रहेको मोरङ-सुनसरी गेस्ट हाउसबाट लिम्बूका छोरा महेश र सहयोगी वसन्त एकाएक हराएका थिए। हराएको तीन घन्टापछि उनलाई दुवैजना अपहरणमा परेको खबर आएको थियो।
'नुहाएर कोठामा जाँदा, मेरो मोबाइलसहित दुवै कोठामा थिएनन्,' उनले भनिन्, 'फोन गर्दा वसन्तले बाबु मसँगै छ, केही छिनमा आउँछौं भन्यो।'




लिम्बूका अनुसार राति साढे १० बजे उनकै मोबाइलबाट गेस्ट हाउसका एक परिचितको मोबाइलमा एसएमएस आयो, जहा" लेखिएको थियो, 'तिम्रो छोरा र सहयोगी दुवै अपहरणमा परे। प्रहरीलाई जानकारी दिएमा दुवैको लास पनि फेला पार्ने छैनौ, जिउँदै चाहिन्छ भने १५ करोड लिएर मैले भनेको ठाउँमा आउनू।'

पति वैदेशिक रोजगारीका लागि मलेसिया गएको र यार्सागुम्बा व्यापारका सिलसिलामा काठमाडौंको गेस्ट हाउसमा बस्दै आएको लिम्बूले बताइन्।

अपहरणकारीले एसएमएसमार्फत पटक पटक प्रहरीकहाँ नजान र मोबाइलको लोकेसन लिन नेपाल टेलिकम पनि नजान चेतावनी दिएकाले चिनजान भएका वाइसिएलको सहयोग माग्न पुगेको उनले बताइन्।

लिम्बूका अनुसार प्रारम्भमा फिरौतीका लागि एसएमएसमात्र गर्ने अपहरणकारीले कहिले गेस्ट हाउस त कहिले अर्को मोबाइलमा फोनसमेत गर्न थालेका थिए। 'फोन गर्नेको स्वर प्रत्येकपटक बदलिन्थ्यो,' उनले भनिन्, 'हाम्रा मान्छेले तिम्रा सबै गतिविधि नियालिरहेका छन्, गडबड गरे छोरा र सहयोगीको लास पनि पाउँदिनस् भनेर धम्क्याए।'

प्रहरीका अनुसार लिम्बूले आफूस"ग त्यति पैसा नभएको बताएपछि अपहरणकारी ६० लाखमा दुवैलाई मुक्त गर्न राजी भएका हुन्। वाइसिएल टोलीले बालक खोज्न नसकेपछि पाँचौं दिन काठमाडौं प्रहरीलाई अपहरणको जानकारी गराएको थियो।

काठमाडौंका डिएसपी केदार ढकालका अनुसार शुक्रबार लिम्बू प्रहरीको सम्पर्कमा आएपछि प्रहरीले बालकको खोजीमा विशेष टोली खटाएको थियो।

टोलीले शुक्रबार साँझ डुम्रेमा दुई अपहरणकारीलाई पक्राउ गरी काठमाडौं, टेकुमा लुकाएर राखेको बालक मुक्त गरेको थियो। बालक मुक्त गर्दा थप एक अपहरणकारी पनि समातिएका छन्।

प्रहरी अधिकारीका अनुसार शुक्रबार अपहरणकारीले लिम्बूलाई फोन गरेर पैसा लिएर थानकोट आउन भनेका थिए। प्रहरीले उनलाई अघि र पछिल्तिर सादा पोसाकमा प्रहरी खटाएको थियो। तर, अपहरणकारी थानकोट आएनन्।

उनीहरुले लिम्बूलाई फोनमै तनहु"को डुम्रे बोलाए। शुक्रबार मध्याह्न डुम्रे पुगेपछि लिम्बूले अपहरणकारीलाई आफू आइपुगेको र पैसासमेत साथमै रहेको जानकारी दिइन्।

अपहरणकारीले मोबाइलबाट फोन नगरी बजारबाट गर्नू भनेपछि उनले त्यसै गरिन्। फेरि पनि अपहरणकारी आएनन्। अपहरणकारीले फोन गरेर चितवन बोलाए।

'चितवनै आउनू भनेपछि हामी डुम्रेबाट हिँड्यौं,' लिम्बूले नागरिकसँग भने, 'हिँडेको आधा घन्टामै फेरि अपहरणकारीले डुम्रे नै फर्कन भने।'

डुम्रे बजारमा एक्कासी बत्ती गएपछि लिम्बूको मोबाइलमा अपहरणकारीको खबर आयो, 'बीच बजारमा आउनू।'

केही पर तीनजना ब्यक्ति उभिएका थिए। नजिकै पुगेपछि लिम्बूले वसन्तलाई चिनिहालिन्। प्रहरीले उनलाई त्यहीँ नियन्त्रणमा लियो भने भागेका दुईमध्ये सूर्यमान लामालाई पक्राउ गर्‍यो। अर्का एकजना अन्धकारमा भाग्न सफल भएको प्रहरी बताएको छ।

प्रहरीका अनुसार लामाले अपहरण वसन्तले गरेको र आफूले सहयोग मात्र गरेको बयान दिएका छन्। सोधपुछकै क्रममा वसन्त अपहरित नभई मुख्य अपहरणकारी रहेको खुलेको थियो।

वसन्तले बालक कालीमाटीमा आफन्तको कोठामा रहेको बताएपछि काठमाडौं प्रहरीको अर्को टोलीले शनिबार बिहान ३ बजे टेकुको एक घरमा पुगेर बालकलाई मुक्त गरी रेखदेखमा खटिएका राजु गुरुङलाई पक्राउ गरेको थियो।

यार्सागुम्बा व्यापारी लिम्बूसँग धेरै पैसा रहेको देखेपछि बालक अपहरण गरेको काठमाडौं परिसर हनुमानढोकामा पत्रकारमाझ वसन्तले बताए।

प्राप्त प्रमाण, पीडितको बयान र अभियोगसमेत स्वीकार गरेकाले तीनैजनाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको काठमाडौंका डिएसपी ढकालले बताए।
अर्को समाचार
राति अपहरित बिहान मुक्त
०९ असोज २०६९
•
२ मिनेट पाठ
राति अपहरित बिहान मुक्त
मिथिलेश यादव, सिरहा, असोज १० - सिरहाको जिझौल ८ कजरावाट मंगलबार राति अपहरित दुइ जना सर्वधारण आज बिहान मुक्त भएका छन् । लहानवाट घर कजरा फर्किने क्रममा कजरादेखि १ कलोमिटर उत्तर खोलाबाट अपहरित ३७ वर्षिय कृष्णदेव यादव र गजेन्द्र यादव आज अपहरणकारी समूहलाई छलेर भाग्न सफल भएका छन्।




गजेन्द्र बिहान २ वजे र कृष्णदेव बिहान ३ वजे प्रहरीको सम्पर्कमा आएको हुन् ।

विआर ३२ एफ ०७७४ नम्वरको भारतीय मोटरसाइकलसहित अपहरित यादवद्वय भाग्न सफल भएपनि मोटरसाइकल अपहरणकारीकै कब्जामा रहेको सिरहा प्रहरीले जनाएको छ।

खोलामा पहिलादेखि नै ढुकेर बसेका हतियारधारी अपहरणकारीहरु कृष्णदेवलाई अपहरण गरि एकातिर र गजेन्द्रलाई अर्कोतिर लगेका थिए । सिरहा प्रहरी प्रमुख विक्रम गुरुङले भने, 'गजेन्द्र पहिला नै उम्केपछि कृष्णदेव उम्के। गजेन्द्र उम्केर आफनै गाउँ पुगेर त्यहा गस्तीमा रहेको प्रहरी टोली र गाउँलेलाई आफूसहित कृष्णदेव अपहरणमा परेको कहानी सुनाएपछि कृष्णदेवपछि उम्केर वरियारपटि प्रहरीको सम्पर्कमा पुगेको एसपि गुरुङले बताए।

अपहरणमुक्त कृष्णदेवका अनुसार, अपहरणकारीले भारततिर लान खोज्दा सिमामा रहेका भारतीय सिमा सुरक्षा बल (एसएसवि)ले टर्च बाल्दा उनीहरु कुद्न खोज्दा म भागे। भाग्दा भाग्दा वरियारपटि प्रहरीको सम्पर्कमा आएको उनले सुनाए। 'एसएसवी नभएको भए उम्कने चान्सै थिएन,' उनले भने। कृष्णदेव विहान मात्र परिवारको सम्पर्कमा पुगेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस