अपहरित चिनियाँ र अपहरणकारी भारतीय दुवै ठगीधन्दामा
०४ माघ २०८१
•
४ मिनेट पाठ
अपहरित चिनियाँ र अपहरणकारी भारतीय दुवै ठगीधन्दामा
पक्राउ परेका भारतीय नागरिक। तस्बिर स्रोत: नेपाल प्रहरीको फेसबुक
माघको पहिलो दिन काठमाडौंबाट चिनियाँ नागरिक अपहरण परेको खबरले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारीहरू तनावमा थिए। काठमाडौंको ठमेलबाट भारतीय नम्बर प्लेट भएको गाडीमा राखेर चिनियाँ नागरिकको अपहरण हुनुले पनि प्रहरीलाई बढी नै तनाव थियो।




उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार चिनियाँ नागरिक अपहरणमा परेपछि विदेशी नागरिकले नेपालको सुरक्षा अवस्थाबारे प्रश्न उठाउने भएकै कारण पनि बढी संवेदनशील हुनुपर्ने अवस्था आएको थियो। अपहरणमा पर्ने चिनियाँ नागरिक वु हुवान थिए भने अपहरणमा संलग्न भारतीय नागरिकहरू महाराष्ट्रका ३३ वर्षीय आशुतोष दत्तात्रय थोरट र ४० वर्षीय अफसर युनुस सेख तथा अहमद नगर पुनेका ३० वर्षीय अमोल खार्माटे र ३० वर्षीय नै अम्बादस सिर्सत थिए।

प्रहरीका अनुसार अपहरित हुने र अपहरण गर्ने दुवै प्रहरीलाई छल्न चाहन्थे तर उनीहरू पक्राउ परे। एसएसपी भट्टराईले दिएको जानकारी अनुसार चिनियाँहरूले आफूहरूमाथि ‘स्क्याम’ गरी ठगी गरेपछि रकम उठाउने प्रयोजनका लागि मात्रै नियन्त्रणमा लिइएको भारतीयहरूले बताएका छन्। तर यो विषयमा अनुसन्धान भइरहेको एसएसपी भट्टराईले बताए।

उता चिनियाँ नागरिकले आफू स्क्यामर (ठगीमा संलग्न व्यक्ति) नभई आफूभन्दा माथि अर्को ‘बोस’ रहेको बताएका छन्। उनीहरूलाई प्रहरीले मकवानपुरस्थित भीमफेदीको जंगलबाट पक्राउ गरी काठमाडौं ल्याएको हो।

बुधबार उनीहरूलाई पक्राउ गरी काठमाडौं ल्याइएको हो। प्रहरीले भारतीय नागरिकले प्रयोग गरेको गाडीलाई पछ्याउँदै जाँदा भीमफेदीबाट पक्राउ गर्न सफल भएको थियो। यद्यपि उनीहरू प्रहरीले चेकजाँच गर्न थालेपछि गाडी छाडेर जंगलतिर भागेका थिए। ‘अपहरण हुने र अपहरण गर्ने दुवै प्रहरीको आँखा छल्न भागेका रहेछन्। उनीहरूले गरिरहेको कारोबार कानुन र विधिसम्मत देखिँदैन,’ एसएसपी भट्टराईले भने।

चिनियाँ नागरिकको ठगी र स्क्याममा परेका भारतीय २ प्रतिशत कमिसनको लोभमा समस्यामा परेको उनीहरूले प्रारम्भिक बयानबाट खुलेको छ। करिब तीन महिनाअगाडि इन्स्टाग्राममा देखिएको विज्ञापनका आधारमा आफूहरू फसेको भारतीयले बताइरहेका छन्। घरमै बसेर पैसा कमाउन सकिने लोभमा उनीहरू लोभिएको र चिनियाँ गिरोहको सम्पर्कमा पुगेको उनीहरूको बयान छ।

चिनियाँ नागरिकले २ प्रतिशत कमिसनको लोभ देखाएपछि भारतीय नागरिक करिब तीन महिनाअगाडि काठमाडौं आएर आफ्नो बैंक खाताको विवरण, अनलाइन कारोबारको विवरण र ओटिपी आउने सिमकार्डलगायत सबै विवरण दिएर गएको र पछि चिनियाँ ठगको फेला परेको प्रहरीलाई बयानमा उल्लेख छ।

उनीहरूले आफूहरूको बैंक खाता प्रयोग गरेर चिनियाँ नागरिकले भारतका विभिन्न व्यक्तिसँग ठगी गरेपछि भारतका विभिन्न स्थानमा समेत उनीहरूविरुद्ध उजुरी परेका थिए। तर भारतीय प्रहरीले त्यहाँको एक पूर्वसुरक्षाकर्मीलाई साथ लगाएर छाडेको र उनी पनि नेपाल आएको बुझिएको छ। भारतीयहरूले समस्या पर्दै गएपछि चिनियाँसँग रकम असुल्न अपहरण गरेको बताइएको छ।

एसएसपी भट्टराईले दिएको जानकारीअनुसार हाल पक्राउ परेका चार भारतीय नागरिक पुस २९ गते मात्रै काठमाडौं आएका थिए। नेपाल आएका चार जनामध्ये दुर्ईजना होटेल काठमाडौं स्क्वायरमा बसेका थिए भने अन्य दुई जना अन्य होटेलमा बसेका थिए। त्यसको भोलिपल्ट बिहान छलफल गर्दा पनि चिनियाँले रकम नदिने भनेपछि मात्रै अपहरण गर्नेतिर लागेको उनीहरूको बयानमा उल्लेख छ।

प्रहरीका अनुसार भारतीयको अपहरणमा परेका चिनियाँ नागरिकले नेपालमा बसेर भारतीयसँग ठगेर करिब पाँच करोड रुपैयाँ हात पारेका छन्। पक्राउ परेका दुई भारतीय नागरिकको खाता प्रयोग गरी एउटाको खाताबाट दुई करोड र अर्काको खाताबाट एक करोड ५० लाख भारतीय रुपैयाँबराबरको ठगी गरेको उजुरी परेको छ। त्यसै गरी अन्य व्यक्तिहरूको खातासमेत प्रयोग गरी कुल पाँच करोड रूपैयाँ ठगी गरिएको उजुरी भारतमा परेको प्रहरीले जनाएको छ।

तर प्रहरीले अपहरणबाट उद्धार गरेपछि चिनियाँ नागरिकले ठगी वा अन्य काममा आफ्नो कुनै संलग्नता नरहेको, आफू केवल जागिरे रहेको बयान दिएका छन्। भीमफेदीको भिरबाट हाम फाल्न खोजेर भागेका उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

चिनियाँ नागरिकले आफू छाया सेन्टरको दोस्रो तलामा रहेको एक चिनियाँ रेस्टुरेन्टको म्यानेजर रहेको र आफूलाई थाइल्यान्डमा रहेका एक चिनियाँ नागरिकले भारतबाट मानिसहरू आउँदै छन्, उनीहरूलाई होटेलमा राखिदिनू भनेकाले होटेलमा लगेर राखिदिएको मात्र बताएका छन्। उनलाई भारतीयहरूले ठमेलको नर्सिङ चोकबाट अपहरण गरी भीमफेदी पुर्‍याएका थिए। ठमेलको नर्सिङ चोकमा रहेको होटेल काठमाडौं स्क्वायरबाट चिनियाँ नागरिक अपहरणमा परेको सूचना आएलगत्तै प्रहरीको टोलीले माघ १ गते ३ बजे होटेलमा पुगेर अनुसन्धान सुरु गरेको थियो।

काठमाडौंबाटै चिनियाँ नागरिकको अपहरण भएको सूचना आएपछि अपराध महाशाखाबाट डिएसपी अनिल घिमिरेको टोली परिचालित भएको थियो। ठमेलको नर्सिङ चोकमा रहेको होटेल काठमाडौं स्क्वायर बाहिरको एक सिसिटिभी फुटेज हेर्दा सेतो कारमा पाँच जना भारतीय नागरिकले जबर्जस्ती एक चिनियाँ नागरिकलाई गाडीमा हालेको देखिएपछि थप प्रहरी परिचालित भएको एसएसपी भट्टराईले जानकारी दिए। उनका अनुसार भारतीय नम्बर प्लेट एमएच १६ डिजी ४९०४ नम्बरको कियाको सेरेन्सका कारमा चिनियाँ नागरिकको अपहरण भएको थियो।
अर्को समाचार
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
१३ घण्टा अघि
•
१ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतमा लोकप्रिय बोतलबन्द पानी ब्रान्ड बिस्लेरीको नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएपछि खाद्य नियामकले कारबाही अघि बढाएको छ।




भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको दोस्रो घटना हो।

रोयटर्सका अनुसार अगस्ट १२ को सूचनाअनुसार नियामकले कम्पनीलाई प्रभावित ब्याचको बिक्री रोक्न निर्देशन दिएको थियो। नमूनाको पुनः परीक्षण गर्दा पनि कोलिफर्म ब्याक्टेरिया भेटिएको सरकारी अधिकारीले बताएका छन्।

बिस्लेरीले भने सरकारको निर्देशनअनुसार अगस्टमै सम्बन्धित ब्याच बजारबाट फिर्ता बोलाएको जनाएको छ। कम्पनीका अनुसार नियामकका प्रयोगशालाले नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट दिएका थिए। तर, कम्पनीले आफ्नै तर्फबाट गराएको स्वतन्त्र परीक्षणमा उक्त ब्याचको पानी खाद्य सुरक्षा मापदण्डअनुसार सुरक्षित पाइएको दाबी गरेको छ।

‘नियामक र स्वतन्त्र परीक्षणको नतिजामा देखिएको भिन्नताबारे गहिरो समीक्षा आवश्यक छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ। साथै, वास्तविकता पत्ता लगाउन एफएसएसएआईसँग सहकार्य जारी राख्ने पनि जनाएको छ।

बिस्लेरीका भारतभर १३० उत्पादन प्लान्ट र पाँच हजार ९८० वितरक छन्। भारतको प्याकेज गरिएको पिउने पानी बजारमा अग्रणी रहेको कम्पनीले पेप्सीको, कोका-कोला, टाटा र रिलायन्सजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको छ।

बिस्लेरीको पानीमा समस्या देखिएपछि एफएसएसएआईले सबै राज्यलाई प्याकेज गरिएको पिउने तथा खनिज पानीको नियमित निरीक्षण र नमूना परीक्षण बढाउन निर्देशन दिएको छ। मापदण्ड पूरा नगर्ने कम्पनीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ।

यसअघि पनि बिस्लेरीको पानीको नमूना असुरक्षित भेटिएपछि नियामकले कानुनी प्रक्रिया अघि बढाएको थियो। दोष प्रमाणित भए कम्पनीले जरिवाना र जेल सजायसमेत भोग्नुपर्ने हुन सक्छ। भारतमा पछिल्लो समय खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ठूला कम्पनीमाथि नियामक निकायले निगरानी र कारबाही बढाएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस