लडाकु व्यवस्थापन
२७ माघ २०६६
•
१३ मिनेट पाठ
लडाकु व्यवस्थापन
उपयुक्त समयसीमा र प्रक्रिया निर्धारण नगरी माओवादी लडाकुको पुनर्स्थापना तथा समायोजन कार्य समाप्त हुने मिति घोषणा गर्नु प्रत्युत्पादक हुनसक्छ।




देशमा जारी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन र समयमा नया‘ संविधान जारी गर्न राष्ट्रका राजनीतिक शक्तिहरूलाई कठिन भइरहेको देखिएको छ। यही बेला माओवादी लडाकुको व्यवस्थापन पनि नेतृत्वका लागि थप चुनौतीपूर्ण हुन पुगेको छ। प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा गठित विशेष समितिले माओवादी लडाकुका लागि ‘चेन अफ कमान्ड' र आचार संहिताको अनुमोदन गरे पनि आगामी अप्रिल ३० मा व्यवस्थापन सम्पन्न गर्ने प्रस्तावित सरकारी योजना औपचारिक स्वरूप नलिँदै अलपत्र भएको छ। एनेकपा (माओवादी)ले उक्त योजना स्वीकार गरिसकेको छैन। त्यसैले माओवादीलाई पुनर्स्थापन तथा समायोजन गरिने लडाकुको संख्या, आवश्यक कार्यविधि र समयसीमामा सहमत गराउन सरकारले गम्भीर गृहकार्य गर्नुपर्ने देखिन्छ।

माओवादी लडाकु व्यवस्थापनमा तुलनात्मकरूपमा पछिल्ला दिनमा केही प्रगति भएको देखिएको छ। प्रमाणीकरणबाट समायोजनका लागि अयोग्य ठहरिएका लडाकुको बिदाइ प्रक्रिया सकिएको छ। राजनीतिक तहमा माओवादी लडाकुको भविष्य तथा राष्ट्रिय सुरक्षा निकाय त्यसमा पनि नेपाली सेनामा समायोजन गर्न सकिने संख्याका सम्बन्धमा व्यापक विचारविमर्श भइरहेको छ। उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक गिरिजाप्रसाद कोइराला तथा प्रधानमन्त्री नेपालबीच ‘एक बन्दुक एक लडाकु' सूत्रका आधारमा करिब चारहजारको संख्यामा छुट्टै सुरक्षा निकाय खडा गरेर तिनको व्यवस्थापन गर्न सकिने सहमति भएको चर्चा छ। यस्तै कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच करिब पाँच हजार लडाकुको समायोजन गरिने सहमति भएको चर्चा सुनिएको छ। यसले लडाकुकासम्बन्धमा अन्योल थपिएको छ।

प्रस्तावित सरकारी योजनामा माओवादी लडाकुका लागि राजनीति, पुनर्स्थापना र समायोजन तीनवटा विकल्पको व्यवस्था रहेको समाचार सार्वजनिक भएका छन्। राजनीति पुनर्स्थापना तथा समायोजनको उपयुक्त माध्यम हुन सक्तैन। लोकतान्त्रिक समाजमा राजनीतिमा प्रवेश गर्ने निर्णय वैयक्तिक स्वतन्त्रता मानिन्छ। यो नागरिकको आधारभूत स्वतन्त्रताको विषय भएकाले व्यक्तिले आफ्नो अधिकारको उपयोग स्वेच्छाले गर्न पाउनुपर्छ।

दोस्रो, पुनर्स्थापना कार्यक्रममा समावेश गरिएका सीपमूलक तालीम, औपचारिक तथा अनौपचारिक शिक्षा र आर्थिक सहयोग अव्यावहारिक देखिन्छन् भने अल्पकालीन सोचबाट प्रभावित भएको पाइन्छ। सरकारले माओवादी लडाकुलगायत कुनै पनि नागरिकको सम्पूर्ण जीवनयापनको जिम्मेवारी सदाका लागि लिन सक्तैन र लिनु पनि हुँदैन। तर आर्थिक सुनिश्चितता तथा रोजगारका अवसर सिर्जना गर्ने जिम्मेवारी सरकारको हो। यस कार्यले पूर्वलडाकुलाई आर्थिक अभावका कारण गुजारा चलाउन अपराधिक समूहको गठनमा अभिप्रेरित हुने वा त्यस्ता समूहको सम्पर्कमा जानुपर्ने बाध्यताबाट जोगाउन मद्दत गर्नेछ। यसर्थ, पुनर्स्थापना कार्यक्रम तय गर्ने समयमा राजनीतिक, आर्थिक तथा सामाजिक परिवेशबाहेक भावनात्मक सन्तुष्टि र व्यक्तिगत सुरक्षालाई पनि गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ।

तेस्रो, द्वन्द्वोत्तर समाजमा राजनीतिक तथा भावनात्मक आबद्धताका कारण राज्य र पूर्वलडाकुका लागि समायोजन सबैभन्दा महत्वपूर्ण र जटिल हुन्छ। पुनर्स्थापना तथा समायोजन योजना बनाउँदा विद्यमान राष्ट्रिय सुरक्षा निकायमा कार्यरत व्यक्तिहरूको आत्मसम्मानमा चोट पुर्‍याउनु हुँदैन। यसैगरी पूर्वलडाकुले राष्ट्रका लागि गरेको सकारात्मक योगदानको पनि कदर गर्नुपर्छ।

प्रधानमन्त्रीबाट प्रस्तावित योजना पूर्वलडाकुको समायोजन नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसंधान विभाग वा कुनै नया‘ सिर्जना गरिने सुरक्षा निकायमा समायोजन गर्ने सबालमा नरम देखिए पनि नेपाली सेनाका सम्बन्धमा संकुचित छ। राजनीतिक तथा रणनीतिक उद्देश्यका कारण एनेकपा (माओवादी)बाट आफ्ना लडाकुको नेपाली सेनामा समायोजन हुनुपर्ने धारणा व्यक्त हुुनुु स्वभाविकै हो। यसैले सरकारले सेनामा समायोजन गर्न देखाएको हिच्किचाहटको उनीहरूले विरोध गर्नसक्छन्। यही कारण माओवादी लडाकुको सम्पूर्ण व्यवस्थापनका साथै पुनर्स्थापना तथा समायोजन प्रक्रिया अवरुद्ध हुने डर छ।

लडाकुको सम्पूर्ण व्यवस्थापन नयाँ संविधान जारी हुनुभन्दा पहिला गरिसक्नुपर्ने अभिव्यक्ति बृह्त् शान्ति सम्झौताको मर्म तथा जारी संविधान निर्माण प्रक्रियाको आधारभूत सिद्धान्तविपरीत हुन्छ। यही तर्कले मान्यता पाएमा नयाँ संविधान घोषणा मिति अनिश्चित्कालका लागि सार्नुपर्ने हुनसक्छ। माओवादी लडाकुको व्यवस्थापन तथा संविधान निर्माण प्रक्रिया समानान्तररूपमा चलिरहनुपर्छ र एक अर्काका गतिविधिबाट प्रभावित हुनुहुँदैन। लडाकुको पुनर्स्थापना तथा समायोजन योजनालाई बिनाप्रक्रिया अगाडि बढाइएमा राज्यको शान्तिपूर्ण रूपान्तरण तथा पुनर्संरचना, जारी शान्ति प्रक्रिया र संविधानसभासम्बन्धी गतिविधिमा अवरोध उत्पन्न हुनसक्छ।

माओवादीविरोधी पक्षको लडाकुको कुनै हालतमा पनि नेपाली सेनामा समायोजन हुन नहुनेे तर्कले समस्त व्यवस्थापनमा असर पार्ने देखिन्छ। यसले मुलुकको दीर्घकालन शान्ति र स्थायित्वमा समेत असर पार्नेछ। वास्तवमा नेपाली सेनामा समायोजन हुनै नहुने तर्क आधारहीन पूर्वाग्रही सोच हो। शान्ति सम्झौता तथा यससँंग सम्बन्धित अन्य सम्झौताले माओवादी लडाकुको समायोजन नेपाली सेनालगायत राष्ट्रका अन्य सुरक्षा निकायमा हुनसक्ने सम्भावनालाई आत्मसात् गरेको छ। यसैले, राजनीतिक सन्तुलन र विद्यमान सुरक्षा निकायको पहिचान र प्रकृतिमा असर नपारी पुनर्स्थापना तथा समायोजनसम्बन्धी मापदण्ड एवं आधार तय गर्न पारदर्शी प्रक्रिया अपनाउनुपर्ने देखिन्छ। यस्ता मापदण्ड तथा योजना तयार गर्दा लचकता, निष्पक्षता र दिगो शान्तिको सिद्धान्तमा ध्यान दिनुपर्छ र राष्ट्रिय सुरक्षा निकायमा समायोजन हुन चाहने माओवादी लडाकुले पनि विधिपूर्वक निर्धारित न्यूनतम मापदण्ड भने पूरा गर्नैपर्छ।

एनेकपा (माओवादी)का तर्फबाट प्रस्तुत ...सबै लडाकुको नेपाली सेनामै समायोजन हुनुपर्ने' तर्क पनि अव्यावहारिक छ। साथै, राष्ट्रका लागि महंगो र अनुपयुक्त हुनेछ। यसले देशमा नकारात्मक अभ्यास सुरु गरेर राष्ट्रलाई सैनिकीकरणतर्फ उन्मुख गराउनेछ। नेपालजस्तो द्वन्द्वोत्तर अवस्थामा रहेको मुलुकले यसबाट सिर्जना हुने राजनीतिक तथा आर्थिक चाप थेग्न सक्तैन। यसर्थ, माओवादी नेतृत्व पनि पुनर्स्थापना तथा समायोजनसम्बन्धी मापदण्ड र आधारलाई अन्तिम रूप दिने समयमा आफ्ना कार्यकर्ताको भावनाको सम्मान र राष्ट्रिय सुरक्षा निकायलाई सबलकीरण गर्नुपर्ने यथार्थ आत्मसात् गरेर लचिलो हुनुपर्ने देखिन्छ।

माओवादी लडाकुको पुनर्स्थापना तथा समायोजनसम्बन्धी योजना बनाउँदा सरकारले मन्त्रिपरिषद््बाट गठित नेपाली सेनाको लोकतान्त्रीकरणसम्बन्धी समितिलाई पनि सक्रिय पार्नुपर्छ। देशका लागि आवश्यक र राज्यको आर्थिक स्रोतले धान्नसक्ने राष्ट्रिय सुरक्षा निकायको उपयुक्त आकार तथा नागरिक सुपरिवेक्षणको खाका समानान्तरूपमा तयार गर्नुपर्ने हुन्छ। यस सन्दर्भमा सरकारले माओवादी लडाकुको व्यवस्थापनमा देखिएको असहमतिका कारण शान्ति सम्झौताको कार्यान्वयन र संविधान निर्माण प्रक्रियामा उत्पन्न अविश्वास घटाउन, तनाव कम गर्न र असमझदारी हटाउन उच्चस्तरीय राजनीतिक संयन्त्रको पनि सहयोग लिनु उचित हुनेछ।

माओवादी लडाकुको व्यवस्थापनमा प्रधानमन्त्री नेपालले देखाएको अग्रसरता सराहनीय छ तर यससम्बन्धी निर्णय प्रक्रियामा सरोकारवालाको अपनत्व सुनिश्चित् गर्न र पुनर्स्थापना तथा समायोजन प्रक्रियालाई पारदर्शी एवं जवाफदेही बनाउन सार्वजनिक बहस अत्यावश्यक हुन्छ। लडाकुका सम्बन्धमा राजनीतिक नेतृत्व तहबाट गोप्यरूपमा गरिएका वार्ता र सहमति दिगो हुन सक्तैनन्। सरकार तथा विशेष समितिले प्रभावकारी एवं कार्यान्वयन गर्न सकिने उपयुक्त समयसीमा, न्यूनतम मापदण्ड तथा आधार र अनुगमन संयन्त्रको निर्माणमा ध्यान दिनु उचित हुनेछ। व्यवहारिक समयसीमा नतोकी र प्रक्रिया निर्धारण नगरी माओवादी लडाकुको पुनर्स्थापना तथा समायोजन कार्य समाप्त हुने मिति घोषणा गरिएमा त्यो प्रत्युत्पादक हुने देखिन्छ।

लेखक द्वन्द्व विश्लेषक हुन्।
अर्को समाचार
माओवादी लडाकु शिविरको जग्गा व्यवस्थापन गर्न समिति गठन
२२ चैत्र २०६९
•
४ मिनेट पाठ
माओवादी लडाकु शिविरको जग्गा व्यवस्थापन गर्न समिति गठन
काठमाडौं, चैत २२- सरकारले माओवादी लडाकु शिविरको जग्गा व्यवस्थापन र निकट भविष्यमै बन्ने महानिर्देशनालयलाई समेत जग्गा चाहिने भएकाले सोको व्यवस्थापन गर्न सचिवस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ। समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, रक्षा, शान्ति, शिक्षा, वन तथा भूसंरक्षण र कृषि विकास मन्त्रालयका सचिव छन्।
समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।





बैठकले राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तथा सदस्य रामनगिना सिंहलाई सर्वोच्च अदालतका न्यायाधीशले पाउने सुविधासरह सवारी चालक र अङ्ग रक्षक सुविधा दिने निर्णय गरेको छ। बैठकले विश्व जलवायु कोषबाट विश्व बैंकमार्फत् नेपाल सरकारलाई प्राप्त रु चार अर्ब दुई करोड रकम स्वीकार गरी उक्त रकम सम्झौता हस्ताक्षरका लागि अर्थसचिव तथा सहसचिवलाई जिम्मेवारी दिने निर्णय गरेको छ।
यस्तै विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रम कार्यान्वयनका लागि विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमअन्तर्गत प्राप्त हुने रु चार अर्ब दुई करोड रकम सहायता स्वीकृत गरी त्यसमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गरिएको छ। बैठकले भारतको नयाँ दिल्लीमा आगामी वैशाख १९ -२२ सम्म हुने एसियाली विकास बैंकको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको सरकारका प्रवक्ता माधवप्रसाद पौडेलले जानकारी दिए।
उनले भारतको बैलोरमा हुने नेपाल-भारत सुरक्षासम्बन्धी दुई पक्षीय बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय गरिएको पनि जानकारी दिए। बैठकले बेरुजु फर्छ्योट अनुगमन समितिले सरकारलाई बुझाएको प्रतिवेदनअनुरुप नेपालको सुशासनलाई अझ सुदृढ गर्न तथा सार्वजनिक खरिद प्रणालीमा समग्र सुधार गर्नका लागि नीतिगत निर्णय स्वीकृत गरेको छ।

मन्त्रिपरिषद् बैठकले रसुवाको धुन्चेमा रहेको कृषि फार्मको जग्गा ५० वर्षका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई भोगाधिकार दिने निर्णय गरेको छ। त्यसैगरी झापाको बाँहुनडाँगीस्थित अभियान कृषि तथा पशुपालन केन्द्रमा देखिएको बर्डफ्लु रोग नियन्त्रणको काम अघि बढाउन तथा आगामी दिनमा हुन सक्ने प्रकोप नियन्त्रण गर्न कृषि विकासमन्त्रीलाई अख्तियारी दिने निर्णय गरेको छ।
यस्तै सगरमाथा आरोहणको गौरवमय ६० वर्ष पुगेकामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत हुँदै आएको कार्यक्रम भव्य र प्रभावकारी बनाउन रु एक करोड २५ लाख रकम निकासा गर्ने निर्णय गरेको छ।
बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा सरकारका प्रवक्ता पौडेलले संविधान सभाको निर्वाचनका लागि निर्वाचन आयोगबाट ऐन संशोधनका लागि सरकारसमक्ष आएको र सोबारे सरोकार भएका दलसँग परामर्श भइरहेको भन्दै परामर्शको प्रक्रिया पूरा भएपछि यथाशीघ्र निर्वाचनको मिति घोषणा गरिने बताए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस