पोखरा, जेठ ११ (नागरिक)- कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले माओवादीले हतियार र लडाकु आफैसँग राख्न खोजेकोले सहमति हुन नसकेको बताएका छन। केसीले माओवादीले हतियार र लडाकु व्यवस्थापन गर्नुको सट्टा सरकारमा मात्र ध्यान दिएको बताए।
मंगलबार बिहान पोखरामा प्रेस यूनियनले आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता केसीले हतियार र लडाकु व्यवस्थापनमा माओवादीले नै ध्यान नदिएको बताए। 'हतियार र लडाकु एकातिर पन्छाएर सरकारमा मात्र ध्यान दिएको छ' उनले भने।
उनले माओवादीले लडाकु दस्ता आफैसँग राखेर पहिले पहिलेका चुनाव कब्जा गरेजस्तो सत्ता कब्जा गर्न खोजेको बताए। 'माओवादीले संविधान निर्माणका नाममा सत्ता कब्जा गर्न खोजेको छ' उनले भने, 'लडाकु दस्ता लिएर चुनाव कब्जा गरेजस्तो नीति माओवादीले अपनाएकोले हामीले उसको सर्त स्वीकार्न नसकेका हौ।'
उनले दलको संविधान घोषणाले उसैलाई अप्ठेरो पर्ने बताए। माओवादीले व्यक्तिगत सम्पत्ति कब्जा गर्ने क्रम जारी राखेकोमा आपत्ति जनाए। 'सहमतिमा आउन पनि खोज्ने अनि व्यक्तिगत सम्पत्ति कब्जा गर्न नछोड्न' उनले भने, 'माओवादी पहिला नागरिक पार्टि हुनुपर्छ।'
केसीले सरकार परिवर्तन गर्नुअघि संविधानसभाको म्याद थप्ने प्रक्रियामा सघाउन माओवादीलाई आग्रह समेत गरे। 'पहिला म्याद थपौ, सरकार परिवर्तनका काम १/२ सातापछि गर्दा पनि हुन्छ' उनले भने, 'अहिले सरकार परिवर्तनको भन्दा संविधानसभाको म्याद थप्नु महत्वपुर्ण कुरा हो।' केसीले राजनीतिमा 'आपत धर्म' परेकोले पहिला संविधानसभाको म्याद थप्नुपर्ने बताए।