पूर्व लडाकु व्यवस्थापन
११ मंसिर २०६९
•
६ मिनेट पाठ
पूर्व लडाकु व्यवस्थापन
बर्हिगमनमा परेका माओवादी लडाकुले गरेको बन्दले शनिबार पूर्वी नेपालको जनजीवन प्रभावित भयो। यसबाहेक पनि बेलाबखत उनीहरुले गर्ने विरोध कार्यक्रमले मुलुकका कुनै न कुनै भाग प्रभावित भइ नै रहेको छ। यसले देखाएको छ कि समायोजन रोजेका वा स्वेच्छिक अवकाश लिएका लडाकु सन्तुष्ट हुँदैमा पूर्व लडाकुको समस्या सकिएको मान्न सकिन्न। र, जतिसुकै संख्यामा किन नहुन्, यिनीहरुको समस्या समाधान नहुँदासम्म माओवादी लडाकुका कारण मुलुकले बेहोर्नुपर्ने असर जीवितै रहने देखिएको छ।
उनीहरुले अयोग्यको बिल्ला खारेजी, स्वेच्छिक अवकाश लिएका लडाकुसरह सेवा सुविधालगायत् विभिन्न माग राख्दै आन्दोलन गरेका हुन्। माग सरकारसँग सम्बन्धित भए पनि उनीहरुको विरोधबाट प्रभावित हुनेमा चाहिँ सर्वसाधारण जनता परे। बहिर्गमित जनमुक्ति सेना नेपाल नामक संगठनको ब्यानरमा भएको उक्त विरोध कार्यक्रमकै कारण शनिबार धरान, इटहरी, विराटनगर, दमकलगायत् पूर्वी नेपालको जनजीवन प्रभावित भयो। पसल खुलेनन् भने लामो तथा छोटो दूरीका सवारी साधन पनि चलेनन्। यातायात बन्द गराउन टोली नै खटिएका कारण धरानबाट पहाडी तथा तराई क्षेत्रमा जाने सवारी साधनसमेत चलेनन्। यसरी उनीहरुको विरोधको मारमा सोझै जनता परे सधैँझैं।
अहिले मुलुकमा माओवादी नेतृत्वकै सरकार छ। अनि आन्दोलन गर्नेहरुमा पनि माओवादीकै युद्धमा लडेका भनिएका व्यक्ति छन्। उनीहरुले सम्मानजनक मूल्यांकन कदरपत्र, राज्यको निकायमा बहिर्गमित लडाकुलाई २५ प्रतिशत आरक्षण, विभिन्न बहानामा जेल परेकाहरूको निःसर्त रिहाइ, एकमुष्ठ आर्थिक प्याकेजलगायत् माग राखेर आन्दोलन गरिरहे पनि सरकारले सुनुवाई नगरेको गुनासो गरेका छन्। त्यसैले एउटै आस्था राख्ने र एउटै उद्देश्यका लागि सहयात्रा गरेका आन्दोलनकारी र त्यसलाई पूरा गर्न सक्ने हैसियतमा रहेका सरकारी पदाधिकारीबीचको जुहारी बुझिनसक्नु पनि भएको छ।
अनमिनले लडाकु प्रमाणीकरण गर्दा ४ हजार ९ जनालाई अयोग्य सावित गर्दै शिविरबाट बिदा गरेको थियो। अहिले आन्दोलनमा उत्रेका यिनैमध्येका व्यक्तिहरुले आफूहरुमाथि अन्याय भएको बताउँदै आएका छन्। सेना समायोजनका क्रममा स्वेच्छिक अवकाश लिने लडाकुलाई सरकारले आर्थिक प्याकेजसहित पुनर्स्थापना कार्यक्रम ल्याए पनि आफूहरुलाई भने बेवास्ता गरिएको उनीहरुको भनाई छ। यस्तो अवस्थामा बहिर्गमनमा परेका लडाकुका माग जायज छन् भने तिनलाई सम्बोधन गर्ने र जायज छैनन् भने तिनका कारण सर्वसाधारणले लगातार दुःख पाउने अवस्था अन्त्य गर्न सरकार लागिपर्नुपर्छ। किनकि सरकार वा कुनै समूहसँगको रिस वा आक्रोश पोख्ने माध्यम निहत्था जनता कदापि हुन सक्दैनन्।
हुन त बहिर्गमनका परेका लडाकुका लागि सरकारले कात्तिक ५ मा २-२ लाख रुपियाँ दिने निर्णय गरे पनि सर्वोच्च अदालतले रोक लगाएको थियो। सरकारले विपक्षीलाई समेत 'कन्भिन्स' गराएर अघि बढेको भए शायदै यस्तो स्थिति आउन सक्थ्यो। त्यसैले जसरी मुलुकका महŒवपूर्ण वा दूरगामी असर पर्ने निर्णय गर्दा कम्तिमा पनि मुख्य विपक्षी दलहरुसँग सहमति जुटाउनुपर्ने मुलुकको बाध्यता छ, त्यसैगरी यो विषयमा पनि विपक्षी सहमति अत्याश्यक छ। एउटा दलको राजनीतिक उद्देश्य परिपूर्तिका लागि लडेका केही व्यक्तिलाई जनताले तिरेको करबाट करोडौं रुपियाँ उपलब्ध गराउने कुरामा एउटा दलको मात्र निर्णायक भूमिका सह्य हुनै सक्दैन। त्यसैले पूर्व लडाकुको समस्या समाधानका लागि पनि सहमतिसाथ अघि बढ्नु आवश्यक छ।
विभिन्न सपना देखाएर लड्न र जुध्न आकर्षित गरिएका युवायुवतीमा सोचिएजस्तो नहुँदा निराशा आउनु र विरोधमा उत्रनु एकप्रकारले स्वाभाविकै मान्न सकिन्छ। त्यसैले यो समस्याको चुरो पहिल्याउनतिर लाग्ने र उनीहरुको विरोध व्यवस्थापन गरी त्यसलाई रचनात्मक कार्यतर्फ रुपान्तरण गर्ने काम आवश्यक छ। यसका लागि उनीहरुलाई पढाइलेखाई, सीपमूलक तालिम र लघु उद्यमका लागि ऋण उपलब्ध गराउने जस्ता कार्य अघि बढाउन सकिन्छ। तर पनि मूल कुरोचाहिँ यी सबैमा सर्वदलीय सहमति भने अपरिहार्य छ, जसले समस्याको दीर्घकालीन र ठोस समाधानमा सघाउँछ।


अर्को समाचार
माओवादी लडाकु शिविरको जग्गा व्यवस्थापन गर्न समिति गठन
२२ चैत्र २०६९
•
४ मिनेट पाठ
माओवादी लडाकु शिविरको जग्गा व्यवस्थापन गर्न समिति गठन
काठमाडौं, चैत २२- सरकारले माओवादी लडाकु शिविरको जग्गा व्यवस्थापन र निकट भविष्यमै बन्ने महानिर्देशनालयलाई समेत जग्गा चाहिने भएकाले सोको व्यवस्थापन गर्न सचिवस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ। समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, रक्षा, शान्ति, शिक्षा, वन तथा भूसंरक्षण र कृषि विकास मन्त्रालयका सचिव छन्।
समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।





बैठकले राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तथा सदस्य रामनगिना सिंहलाई सर्वोच्च अदालतका न्यायाधीशले पाउने सुविधासरह सवारी चालक र अङ्ग रक्षक सुविधा दिने निर्णय गरेको छ। बैठकले विश्व जलवायु कोषबाट विश्व बैंकमार्फत् नेपाल सरकारलाई प्राप्त रु चार अर्ब दुई करोड रकम स्वीकार गरी उक्त रकम सम्झौता हस्ताक्षरका लागि अर्थसचिव तथा सहसचिवलाई जिम्मेवारी दिने निर्णय गरेको छ।
यस्तै विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रम कार्यान्वयनका लागि विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमअन्तर्गत प्राप्त हुने रु चार अर्ब दुई करोड रकम सहायता स्वीकृत गरी त्यसमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गरिएको छ। बैठकले भारतको नयाँ दिल्लीमा आगामी वैशाख १९ -२२ सम्म हुने एसियाली विकास बैंकको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको सरकारका प्रवक्ता माधवप्रसाद पौडेलले जानकारी दिए।
उनले भारतको बैलोरमा हुने नेपाल-भारत सुरक्षासम्बन्धी दुई पक्षीय बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय गरिएको पनि जानकारी दिए। बैठकले बेरुजु फर्छ्योट अनुगमन समितिले सरकारलाई बुझाएको प्रतिवेदनअनुरुप नेपालको सुशासनलाई अझ सुदृढ गर्न तथा सार्वजनिक खरिद प्रणालीमा समग्र सुधार गर्नका लागि नीतिगत निर्णय स्वीकृत गरेको छ।

मन्त्रिपरिषद् बैठकले रसुवाको धुन्चेमा रहेको कृषि फार्मको जग्गा ५० वर्षका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई भोगाधिकार दिने निर्णय गरेको छ। त्यसैगरी झापाको बाँहुनडाँगीस्थित अभियान कृषि तथा पशुपालन केन्द्रमा देखिएको बर्डफ्लु रोग नियन्त्रणको काम अघि बढाउन तथा आगामी दिनमा हुन सक्ने प्रकोप नियन्त्रण गर्न कृषि विकासमन्त्रीलाई अख्तियारी दिने निर्णय गरेको छ।
यस्तै सगरमाथा आरोहणको गौरवमय ६० वर्ष पुगेकामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत हुँदै आएको कार्यक्रम भव्य र प्रभावकारी बनाउन रु एक करोड २५ लाख रकम निकासा गर्ने निर्णय गरेको छ।
बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा सरकारका प्रवक्ता पौडेलले संविधान सभाको निर्वाचनका लागि निर्वाचन आयोगबाट ऐन संशोधनका लागि सरकारसमक्ष आएको र सोबारे सरोकार भएका दलसँग परामर्श भइरहेको भन्दै परामर्शको प्रक्रिया पूरा भएपछि यथाशीघ्र निर्वाचनको मिति घोषणा गरिने बताए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस