सरकारलाई सल्लाह
निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा शुक्रबार जति नै तीतो पोखे पनि शान्ति प्रक्रिया र संविधान लेखनप्रति पुनः प्रतिबद्धता दोहोर्याएका छन् । अगाडि बढ्ने बेलामा तीता कुरा बिर्सेर दाहालको प्रतिबद्धतालाई मात्र लिनुपर्छ । नवनियुक्त प्रधानमन्त्री माधवकुमार नेपालले दाहालका आरोप र आशंकाको उत्तर बोलीबाट हैन व्यवहारबाट दिनु उचित हुनेछ । सरकारले शान्ति प्रक्रिया र संविधान निर्माणलाई प्राथमिकता दिएर उनको सहयोग लिन र उनका आशंका असत्य साबित गर्न बढी ध्यान दिनुपर्छ । सरकार चमत्कार गर्ने हैन शान्ति प्रक्रिया टुंगोमा पुर्याउने र संविधान लेख्ने काममा लाग्नु उचित हुन्छ ।
अहिले अराजकता र दण्डहीनता शासन प्रणालीको पर्याय भएको छ । सबैभन्दा पहिले सरकारले जनतामा विश्वास जगाउनुपर्छ । राज्यको पहिलो र सबैभन्दा महत्वपूर्ण कर्तव्य कानुन र व्यवस्था कायम राख्नु नै हो । अतः सरकारले तत्कालै यी काम गर्नुपर्ने देखिन्छ :-
क. कानुन व्यवस्था : सबैभन्दा पहिले सरकारले दण्डहीनताको अन्त्य गर्नैपर्छ । राजनीतिक आवरणमा गरिने अपराधमा दोषी सधैा उम्कने गरेका छन् । यस्तो स्थिति अब समाप्त हुनैपर्छ । यस्तै नागरिकको मानव अधिकारको सम्मान र संरक्षण गर्ने दायित्वलाई पनि राज्यले प्राथमिकता दिनुपर्छ । यसले सरकारको साख बढ्ने छ ।
ख. मुलुकको छवि : अहिले नेपालको छवि निकै धमिलो भएको छ । यो मुलुक बाल सैनिक राख्ने, सञ्चारकर्मीका लागि जोखिमपूर्ण, मानव अधिकार उल्लंघनकारीलाई कारबाही नहुने र सरकारले नै दण्डहीनतालाई प्रोत्साहित गर्ने राज्यका रूपमा बदनाम भएको छ । मानव अधिकारको सम्मानमा सरकारले अलिकति ध्यान दिएर इमानदार प्रयास गरे यस्ता कलंकबाट मुलुकलाई मुक्त गर्न सकिनेछ ।
ग. प्रक्रिया : लोकतन्त्र र विधिको शासनमा प्रक्रियालाई महत्व दिनैपर्छ । सहमतिमा नीति निर्माण हुनसक्छ तर शासनको आधार विधि नै हुनुपर्छ । विधि र प्रक्रिया मिच्ने व्यवहार लोकतान्त्रिक हुन सक्तैन । प्रक्रियका बारेमा बढी सचेत हुनुपर्ने प्रशासन संयन्त्र कमजोर बनाइएको छ । कर्मचारीको मनोबल समाप्त भएको छ । यसैले कर्मचारी प्रशासनलाई विधि र प्रक्रियाद्वारा सञ्चालन गरेर उदाहरण स्थापित गर्नुपर्छ ।
घ. विश्वास : अहिले जनतामा राज्यमाथि विश्वास छैन । राजनीतिक दलबीच चरम अविश्वास छ । अन्तर्राष्ट्रिय जगत्लेे शंकाका दृष्टिले हेर्न थालेको छ । विश्वासको संकटले सबैतिर असर गरेको छ । यसैले सरकारले कम्तीमा राज्यमाथि विश्वास गर्न सकिने वातावरण बनाउनुपर्छ । सरकार पारदर्शी र उत्तरदायी भए साख/विश्वसनीयता बढ्नेछ । सरकारमा बस्नेले जनतालाई ढाँट्नु हुँदैन । सरकारको आफ्नो र बिरानो हुादैन । राज्य, सरकार, पार्टी र नेताबीच फरक हुन्छ । सरकारको कामकारबाही पारदर्शी भए भ्रम उत्पन्न हुादैन । अनि राज्यलाई सबैले विश्वास गर्नेछन् । आर्थिक क्षेत्रमा बढी नै अविश्वास देखिएको छ । सरकारले यसमा ध्यान दिनुपर्छ र
शान्ति प्रक्रिया टुंग्याउनु सरकारको प्रमुख उद्देश्य हुनुपर्छ । यसमा एउटा प्रमुख काम शिविरमा राखिएका माओवादी लडाकुलाई जति सकिन्छ चााडै सामान्य जीवनमा फर्काउनु हो । यस्तै विस्थापितको पुनःस्थापना र ध्वस्त भौतिक संरचनाको पुनर्निर्माण, सत्य निरूपण र बेपत्ता नागरिक खोजबिन कार्यलाई सरकारले प्राथमिकता दिनुपर्छ । शान्ति प्रक्रियाका मुख्य मुख्य काम यी हुन् :
क. लडाकु समायोजन - अब पुनः प्रमाणीकरणको बखेडा नझिक्नु नै बेस होला । यस प्रक्रियामा मूलतः शिविरमा राखिएका लडाकुको हित र चाहना हेरिनुपर्छ । त्यसका लागि लडाकुलाई व्यक्तिगत आधारमा सुरक्षा निकाय वा अन्यत्र समाहित गरिनुपर्छ । माओवादी सरकारबाट हट्दैमा उनीहरूको बिचल्ली नहुने विश्वास दिलाउनुपर्छ । पार्टीको राजनीतिक कार्यभार पूरा गर्न तम्सने छापामार राष्ट्रिय सेनाका सैनिक हुन सक्तैनन् । उनीहरूले पनि राजनीति गर्ने कि सेना वा अरू सुरक्षा निकायमा जाने हो एउटा रोज्नुपर्छ । यस्तै बाल सैनिकलाई तत्काल मुक्त गरेर पुनः स्थापना कार्यक्रममा सहभागी गराउनुपर्छ । बालसैनिकलगायत सबैको शिक्षा, स्वास्थ्य -शारीरिक, मनोसामाजिक) र रोजगारको व्यवस्था मिलाउनुपर्छ ।
ख. विस्थापितको पुनःस्थापना - द्वन्द्वका कारण उठीवास लागेकाको पुनःस्थापना रायकाज्ज्यको प्राथमिकतामा पर्नुपर्छ । उनीहरूले आआप\mना घरगाउामा गएर सामान्य जीवनयापन गर्नसक्ने वातावरण बनाउनुपर्छ । विस्थापित बालबालिकाको शिक्षा र युवालाई रोजगारमूलक सीप सिकाएर रोजगारमा प्राथमिकता दिनुपर्छ । राज्यले पटक पटक ढाँटेको छ उनीहरूलाई । अबको सरकारले निराश बनाउनु हुँदैन ।
ग. सत्य निरूपण तथा मेलमिलाप आयोग - नेपाली नागरिकविरुद्ध द्वन्द्वका क्रममा भएका अत्याचारको विस्तृत र निष्पक्ष अभिलेख तयार गर्नुपर्छ । हत्या, बलात्कार र यातनाजस्ता अमानवीय अपराधका दोषीमाथि मुद्दा चलाउनुपर्छ । अपराधको प्रायश्चित गर्न चाहनेलाई क्षमादान दिने अधिकार पीडित वा आफन्तको मात्र हुन्छ । राज्यले नागरिकमाथि भएको अत्याचारमा क्षमादान दिनु वा मुद्दा फिर्ता दिनु सामन्ती अधिनायकवादी चरित्र हो । यसले मेलमिलापको साटो बदलाको भावना जगाउाछ । सही रूपमा सत्य निरूपण गरियो भने दण्डहीनता पनि समाप्त हुनेेछ । आवश्यकताअनुसार पीडितलाई पुनःस्थापनामा सहयोग गनुपर्छ । पछुतो मान्ने पीडकलाई पनि पुनःस्थापनामा सहयोग गर्नुपर्छ ।
घ. बेपत्ता नागरिक छानबिन आयोग - सरोकारवाला समेतको संलग्नतामा सकेसम्म चााडै आयोग गठन गरेर काम थाल्नुपर्छ । अन्तर्राष्ट्रिय मापदण्डअनसारको ऐन बनाउनुपर्छ । राजनीतिक रंग नदिई मानवीय पक्षलाई महत्व दिनुपर्छ र दोषी भेटिएकालाई कारबाही गर्नुपर्छ । आफन्त बेपत्ता भएका कारण विस्थापित वा बिचल्ली भएकालाई राज्यले सहयोग गर्नुपर्छ ।
संविधान निर्माण : निर्धारित मितिमा नेपालको नयाा संविधान नबने संविधानसभाको औचित्य समाप्त हुनेछ । यति ठूलो जोखिम यस राष्ट्रले धान्न सक्तैन । यसैले संविधान निर्माण सरकारको मूल प्राथमिकता हुनुपर्छ । राय मिलेका जति धाराको काम टुंग्याउादै जाने, विवादका विषयमा व्यापक छलफल चलाउने गरेमा बाटो छोटिने छ । सरकारले संविधानसभाको कार्यतालिका हेरेर मात्र अरू कार्यक्रम तय गर्नुपर्छ । त्यसो भएमा साँच्चै सरकार गम्भीर भएको प्रमाणित हुनेछ ।
नयाँ सरकार राजकाजमा नभुलेर कामकाजमा लाग्ने आशा गरौं । अन्यथा नयाँ सरकार पनि विफल हुने जोखिम धेरै छ ।