कास्कीमा माधव नेपाल समूहको समानान्तर कमिटि
१९ चैत्र २०७७
•
१ मिनेट पाठ
कास्कीमा माधव नेपाल समूहको समानान्तर कमिटि
पोखरामा विहीबार एमालेको समानान्तर कमिटि घोषणा गर्दैै माधवकुमार नेपाल । तस्बिरः सन्देश श्रेष्ठ/नागरिक
नेकपा एमालेको माधव नेपाल समूहले कास्कीमा समानान्तर कमिटि गठन गरेको छ । नेपाल समूहको विहीबार पोखरामा भएको भेलाले समानान्तर कमिटि घोषणा गरेको हो । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा भएको भेलाले कास्की संयोजकमा धनराज आचार्यलाई चयन गरेको छ । सोहि भेलाले होमबहादुर नेपालीलाई सचिवमा चयन गरेको छ । कार्यक्रममा वरिष्ठ नेता नेपालले समानान्तर कमिटी घोषणा गरे ।




नेपाल समूहको संयोजकमा चयन भएका आचार्य तत्कालिन पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका सहपाठी हुन् । आचार्य नेकपा एमालेका पूर्व जिल्ला कमिटि सदस्य तथा पृथ्वीनारायण क्याम्पस पोखराका स्ववियूका पूर्व सभापति हुन् । उनी हाल एमाले निकट नेपाल राष्ट्रिय वाणिज्य संघका केन्द्रीय अध्यक्ष पनि हुन् ।

सचिव चुनिएका होमबहादुर नेपाली पनि जिल्ला कमिटिका पूर्व सदस्य तथा पृथ्वीनारायण क्याम्पस स्ववियूका पूर्व कोषाध्यक्ष हुन् । नेपाली यसअघीको जिल्ला अधिवेशनमा जिल्ला उपसचिव पदमा पराजित उमेद्वार हुन् ।संयोजक र सचिव चयन गरेको नेपाल समूहले अर्को भेलाबाट कमिटिलाई पूर्णता दिने जनाएको छ ।
अर्को समाचार
नेपाल समूहले पनि मुख्यमन्त्री शाहीको साथ छोड्ने संकेत
१४ चैत्र २०७७
•
२ मिनेट पाठ
नेपाल समूहले पनि मुख्यमन्त्री शाहीको साथ छोड्ने संकेत
सर्वोच्च अदालतको फैसलापछि पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिँदै आएका नेकपा एमालेको माधवकुमार नेपाल समुहका सांसदहरुले पनि साथ छोड्ने तयारी गरेका छन् । चैत ४ गतेको एमाले संसदीय दललाई नेपाल समुहले ‘गुटको बैठक’ भन्दै मुख्यमन्त्रीलाई आफुहरुको समर्थन कायमै रहेको बताएको थियो ।  




‘अब पहिलेको जस्तो अवस्था रहेन्,’ नेपाल समुहका सांसद सुशील थापाले भने, ‘सरकारलाई समर्थन गर्न सक्ने अवस्थामा हामी छैनौं ।’ नेपाल समुहका सांसदहरुले चैत ४ गतेयता कानुनका जानकारहरुसँग १० जनाको उपस्थितिमा भएको दलको बैठकको बैधानिकता, सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय र अहिलेको सरकारलाई आफ्नो समुहले समर्थन कायम राख्दा हुने जटिलताका विषयमा छलफल गरेका थिए ।

सांसद थापाले मुख्यमन्त्री शाहीलाई २०७४ फागुन ४ गते नेकपा एमालेले दिएको समर्थन फिर्ता लिने दलको निर्णयलाई सबैले समर्थन गर्ने पनि बताए । ‘दलको बैठकले समर्थन फिर्ताको निर्णय गरिसकेकाले यसलाई टुङ्गोमा पु¥याउँछौं,’ उनले भने, ‘अव कर्णालीमा एमालेको नेतृत्वमा सरकार बन्छ ।’ उनले पार्टीकोतर्फबाट सरकारका रहेका मन्त्रीहरुले चाँडै राजीनामा दिने पनि बताए । ‘एक साताभित्रै दलको बैठक बस्छ, १९ जना सांसदहरु उपस्थित हुन्छौं,’ उनले भने, ‘एमालेकोतर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले पनि राजीनामा दिनुहुन्छ ।’

नेपाल समुहका अर्का सांसद अम्मरबहादुर थापाले आफुहरुले केन्द्रको निर्णय पर्खिएको बताए । उनले अब बस्ने दलको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ताको विषयमा पनि छलफल हुने बताए । ‘दलका नेताले बैठक आव्हान गरेमा हामी उपस्थित भएर आफ्नो कुराहरु राख्छौं,’ उनले भने, ‘समर्थन फिर्ताको विषय बैठकमै निर्णय हुन्छ ।’

एमालेबाट शाही नेतृत्वको सरकारमा तीन जना मन्त्रीहरु सहभागी छन् । ति मध्येका एक मन्त्रीले दलको निर्णयलाई मान्नुको विकल्प नरहेको बताए । ‘दलले समर्थन फिर्ताको निर्णय गरिसकेको छ, त्यसलाई ढिलो चाँडो मान्नैपर्छ,’ ति मन्त्रीले भने, ‘अबको दलको बैठक बस्नुअघिनै हामीले राजीनामा दिनुपर्ने हुन्छ ।’

संसदीय दलका नेता यामलाल कँडेलले चाँडै दलको बैठक बस्ने बताए । ‘अहिले सबै माननीयहरुसँग छलफलमा छु,’ उनले भने, ‘निकट भविश्यमै दलको बैठक बस्छ ।’ उनले चैत ५ गतेको मितिदेखि लागू हुने गरेर एमालेले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेकाले त्यसको कार्यान्वयनतर्फ आफुहरुको ध्यान केन्द्रीत रहेको बताए ।

कर्णाली प्रदेशसभा ४० सदस्यीय छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एक हुँदा कर्णालीसहित सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले गरेको थियो । कर्णाली प्रदेशसभामा एमालेका २० र माओवादी केन्द्रका १३ सांसद छन् । यस्तै नेपाली कांग्रेसका छ जना र राप्रपाका एक सांसद छन् ।
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस