काठमाडौं, कार्तिक १२ (नागरिक) एमालेको काठमाडौं जिल्लामा रहेका दुई समानान्तर कमिटीले समानान्तर हिसावले आ-आफनै गतिविधि गरिरहेका छन्।
दुई समानान्तर कमिटीले नेपाल संवत ११३० नयाँ वर्षका उपलक्ष्यमा छुट्टाछुट्टै जलपान कार्यक्रम घोषणा गरेपछि स्थायी कमिटी वैठकले विवाद साम्य गराउने जिम्मा अध्यक्ष झलनाथ खनाललाई दिएपनि उनी समानान्तर कार्यक्रम रोक्न असफल भएका छन्।
संस्थापन पक्षको जिल्ला कमिटीले कार्तिक १३ गते र केपी ओली पक्षधर जिल्ला कमिटीले त्यसको भोलिपल्ट वसन्तपुरमा जलपान समारोह तय गरेका थिए। अध्यक्ष खनालले दुवै कमिटीका पदाधिकारीसँग छलफल गरी कार्यक्रम रोक्न निर्देशन दिएका थिए।
त्यसै अनुरूप पार्टी केन्द्रीय सचिवालयले उपत्यका विशेष समन्वय कमिटीको आयोजनामा जलपान कार्यक्रम आयोजना गर्न निर्देशन दियो।
'काठमाडौं जिल्लामा भिन्दाभिन्दै कार्यक्रम तय भएपछि स्थायी कमिटी वैठकले विवाद मिलाउन उपत्यका समन्वय कमिटीलाई जलपान कार्यक्रम गर्न निर्देशन दिएको हो', उपत्यका समन्वय कमिटीका सहसंयोजक योगेश भट्टराईले भने। उपत्यकाले कार्यक्रम तय गरेपछि संस्थापन पक्षले आफनो निर्धारित कार्यक्रम रोकेको छ। यद्यपि, ओली पक्षधर कमिटीले आफनो पूर्ववर्ती कार्यक्रम रोकेको छैन।
'अध्यक्षले दुवै कार्यक्रम रोकी नयाँ तिथीमा केन्द्रीय कमिटीको आयोजनामा जलपान कार्यक्रम गर्ने भन्नुभएको थियो' ओली पक्षीय जिल्ला कमिटीका सचिव रामेश्वर फुँयालले भने, 'तर, उपत्यका समन्वय कमिटीले संस्थापन पक्षकै कार्यक्रमलाई आफनो भनी प्रचार गरेका कारण हामीले हाम्रो कार्यक्रम रोकेनौं।'
यता उपत्यका समन्वय कमिटीले चाहिं विहीवार पत्रकार सम्मेलन गरी पार्टी सचिवालयको निर्देशन अनुसार कार्तिक १३ गते जलपान कार्यक्रम गर्न लागेको बताएको छ। कार्यक्रममा पार्टी अध्यक्ष झलनाथ खनललाई प्रमुख अतिथी र प्रधानमन्त्री माधव कुमार नेपाललाई विशिष्ट अतिथीको रूपमा निमन्त्रणा दिएको छ।
फुयाल नेतृत्वको जिल्ला कमिटीले चाहिं प्रधानमन्त्री नेपाललाई प्रमुख अतिथि र स्थायी कमिटी सदस्य केपी ओलीलाई विशेष अतिथीका रूपमा आमन्त्रण गरेको छ। यसरी समानान्तर गतिविधी अघि बढेका कारण पार्टीको विवाद झनै चर्किएर जाने भएको छ। 'केही समयदेखी हाम्रो पार्टीभित्र केही समस्याहरू देखापरेका छन्', उपत्यका समन्वय कमिटीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।