संघीयताको मामला यतिखेर उच्चस्तरीय राजनीतिक संयन्त्रको कोर्टमा पुगेको छ। सयन्त्रका बैठकमा संघीयताको खाका कोर्ने काम विज्ञहरूको आयोगलाई सुम्पने विषयमा छलफल सुरु भएको छ। यसै साता बस्नेसंयन्त्रको अर्को बैठकले राज्य पुनःसंरचना आयोग गठन गर्ने विश्वास गरिँदैछ। मुलुकका महत्वपूर्ण र जटिल विषयको छिनोफानो गर्ने उद्देश्य रहेको संयन्त्रले संघीयतालाई महत्व दिएर विज्ञहरू सम्मिलित राज्य पुनःसंरचना आयोग गठन प्रक्रिया अघि बढाउनु आफैमा महत्वपूर्ण हो।
माओवादीले प्रचारात्मक अभियान भन्दै जाति र भाषाका आधारमा मुलकलाई चिराचिरा पारेको तात्तातोे राजनीतिक परिवेश, संविधानसभा राज्य पुनःसंरचना तथा शासकीय स्वरूप निर्धारण समितिमा एमाले र माओवादीका सांसदहरूको मिलोमतोमा करिबकरिब माओवादीकै मोडलमा १४ वटा प्रदेश विभाजन गरेको पृष्ठभूमिमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको उच्चस्तरीय संयन्त्रले कति काम गर्न सक्ला? विज्ञ आयोगमा को राख्ने, दलगत प्रतिनिधित्व गराउने वा दल विशेषका विज्ञहरू राख्ने, समितिलाई कस्तो कार्यनिर्देश दिने, आयोगले दिएको सुझावलाई मूल राजनीतिकदलले स्वीकार्ने कि प्रतिवेदनलाई आफू अनुकूलको नभए राजनीतिक हतियार बनाएर सडकमा ओर्लने? जस्ता प्रश्न महतवपूर्ण छन्। संघका सिमाना छुट्याउने आधार के के हुने?
संसदीय समितिमा एमाले विभाजितरूपमा प्रस्तुत भएको घटनालाई सच्याउन एमालेको नेतृत्व तयार भएको छ, अहिलेका लागि । एमाले अध्यक्ष झलनाथ खनालले राज्य पुनःसंरचना आयोगको पक्षमा वकालत गर्न थालेका छन्। माओवादीभित्र पनि संघ विभाजनको आधार विवादको विषय बनेको छ। कांग्रेसले औपचारिकरूपमा आयोग गठनको प्रसंग उठाउँदै आएको भएपनि काग्रेसका २५ सांसदहरू पार्टी नीतिबाहिर संगठितरूपमा मत राख्दै आएका छन्। अब दलहरू जिम्मेवार बन्न आवश्यक छ। विरोधको राजनीति बिक्ने मुलुकमा संघीयतालाई राजनीतिक विवादको विषय बन्नु दिनुहुँदैन।
संसदीय समितिले गरेको संघीयता विभाजनप्रति असुन्तुष्टिमात्र जनाइएको छैन सडक आन्दोलनको घोषणासमेत भइसकेको छ। विरोध गर्नेहरूले नयाँनयाँ जातीय स्वायत्त राज्य घोषणा गर्ने काम गरिरहेका छन्। संसदीय समितिले प्रस्ताव गरेका प्रदेशसम्बन्धमा आलोचना र विरोध स्वाभाविक थियो। कारण, समितिले कुनै निश्चित् आधार लिएको थिएन। १४ वटा प्रदेशमध्ये १० वटामा जातीयतालाई प्रमुख आधार मानिएको छ। हिमाल, पहाड, समथर तराईको भूबनोट भएको नेपाल अल्पमतहरूको देश हो। नेपालका कुनै पनि क्षेत्रमा कुनै एउटै निश्चित् जातिको बहुमत छैन। प्रदेश विभाजनमा क्षेत्रहरूको आर्थिक संभावना, प्राकृतिक स्रोत, पूर्वाधार विकास जस्ता गौण बनेका छन्। सत्तरी वटा भन्दा धेरै भाषाभाषी र सयभन्दा बढी जाति भएको देशमा जाति र भाषाका आधारमा प्रदेशहरू बनाउँदै जाने हो भने मलुकलाई चिराचिरा गर्ने काम सुरुवात ठाने हुन्छ। राजनीति गर्नेहरूले क्षणिक लाभका आधारमा जातीय र भाषाप्रतिको नागरिक संवेदनशीलतामा खेलबाड गर्न सुहाउँदैन।
नेपाल भाषिक, जातीय, भौगोलिक विविधताको देश हो। अल्पमतहरूको यस देशमा कुनै एक जातिको हैकम स्वीकार्य हुँदैन। लोकतन्त्रमा आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन् हुनुहुँदैन। तर हामीकहाँ आफ्नो स्वार्थका लागि नागरिक नागरिकबीचको वर्षौँदेखिको सद्भाव खलबल्याउने कामलाई प्रोत्साहन गरिँदैछ।
संघीयताको विषय लिएर अहिले मधेशी जनाधिकार फोरम र थरुहट संयुक्त सघर्ष समितिले सडक आन्दोलनको घोषणा गरेका छन्। तराईका सबै भूभागलाई स्वायत्त बनाउनुपर्ने माग लिएर फोरम र थरुहट सघर्ष समिति सडक आन्दोलनमा ओर्लिनुलाई सामान्य मान्न सकिने अवस्था छैन। सम्पुर्ण तराईलाई थरुहट प्रदेश मान्ने लक्ष्मण सिंह थारु र मेची-काली सबै तराई समग्र मधेश हुनुपर्छ भन्ने उपेन्द्र यादवबीचको कार्यगत एकता संविधान निर्माणलाई बिथोल्ने अभियान त होइन? प्रश्न स्वभाविक छ। समग्र मधेश एक प्रदेशको मूल नारा त्यागेर अहिले उपेन्द्र भन्दै छन' मधेश, तराई, थरुहट जे भने पनि हुन्छ , नामभन्दा अधिकार महत्वपूर्ण हो।'
उपेन्द्र र लक्ष्मणको विगत, व्यवहार र कार्यशैलीलाई नजिकबाट नियाल्दा उनीहरूको बनाउनेभन्दा पनि भत्काउने र भाड्ने मुख्य उद्देश्य लिएर एक भएका हुन् कि भन्ने शंका हुन्छ। उपेन्द्रको लक्ष्मणसँगको मोर्चाबन्दी स्वभाविक हुदै होइन। यो अप्राकृतिक गठबन्धनको बैलेमा उपचार खोज्न आवश्यक छ। माघ ४ मा बसेको प्रमुख मधेशवादी दलहरूको बैठकमा उपेन्द्रले समग्र मधेश एक प्रदेशको एजेन्डामा मोर्चाबन्दी गरेर सडक आन्दोलनमा ओर्लनुपर्छ भन्ने प्रस्ताव राखेका थिए। अन्य मधेशवादी दलले उपेन्द्रको सडक आन्दोलनमा तातोपानी खन्याएपछि उनी लक्ष्मणसँग सहकार्य गर्न पुगेका हुन्। लक्ष्मणसिंह थारू उपेन्द्रको हतियार बनेका हुन् वा या उपेन्द्र लक्ष्मणको गोटी, आउँदा दिनमा प्रकट हुनेनै छ। तर, राजनीतिक संयन्त्रमा बस्नेहरूले यी दुईको कार्यगत एकताको सूत्र खोज्नु आवश्यक छ। कुनै बेला माओवादी अध्यक्ष पुष्पकमल दाहालका विश्वास पात्र लक्ष्मणसँग माओवादीले अनमिनलाई नबुझाएका आधुनिक हतियारहरू पनि छन् भनिन्छ। यो वास्तविकतालाई सामान्य ठान्न मिल्दैन।