देश संघीयतामा जाने भएपछि केन्द्रीकृत राज्य संरचना पनि बदलिने स्पष्टै छ। त्यसैले अहिले राज्य कतिवटा बनाउने, संघीयताका मुख्य आधार के के हुने र राज्य र केन्द्र सरकारका अधिकार के के हुने भन्ने बहस चलिरहेको छ। यस्तो बहस सरकारको सबभन्दा तल्लो निकायसम्म पुर्याइएमा केन्द्रीकृत अधिकारहरू त्यहाँ पुग्ने आशा गर्न सकिन्छ। एकात्मक, केन्द्रीकृत, सामन्ती अधिनायकवादी संस्कारमा हुर्के बढेका, पढेका र त्यसैमा दक्षता हासिल गरेका हामीहरू ज्ाानेर वा नजानेर राजकीय अधिकार केन्द्रमा नै तरिका-प्रक्रिया तथा पद्धति अघि सार्न उद्धत रहन सक्छौ। अहिलेसम्मको हाम्रो व्यवहारले पनि यसको पुष्टि गरेको छ।
केन्द्रबाट संघीय राज्यमा हस्तान्तरित राजकीय अधिकार संघीय राज्यबाट स्थानीय निकायमा प्रत्यायोजन हुने संकेत देखिँदैन। अहिले गाउँको विकासमा जिल्ला र जिल्लाको विकासमा केन्द्र बाधक बन्दै आएको छ। यसमा हाम्रो संस्कार पनि दोषी छ। संस्कार बनाएको पनि व्यक्तिव्यक्तिले नै त हो। यी सबै कुराको विचार गर्दा संघीय संरचनामा पनि राज्यको सबभन्दा तल्लो निकायलाई फेरि पनि कमजोर बनाउने परिपाटी अपनाइने सम्भावना प्रबल देखिन्छ। त्यसकारण, राज्य सरकारको सबभन्दा तल्लो निकायलाई सशक्त बनाउन आवश्यक पहल गर्न जरुरी छ।
नेपाल छिमेकी भारतको राज्य उत्तर प्रदेश वा बिहार भन्दा पनि सानो छ। यति सानो देशलाई कतिवटा राज्यमा बाँड्ने? धेरै राज्यमा बाँड्नु उपयुक्त हुँदैन। राज्य धेरै बनाउँदा तिनको भौगोलिक आकार ज्यादै सानो हुन्छ। जनसंख्या थोरै हुन्छ। सानो क्षेत्रको थोरै जनसंख्याबाट उठाएको करले धेरै सरकारी कर्मचारी र राज्य संरचनालाई धान्नुपर्ने हुन्छ। दसवटा राज्यमा बाँड्दा १५ जना मन्त्री भए पुग्ने ठाउँमा १ सय ५० जना मन्त्री च्ााहिने भए। अझै १५ वटा राज्य बनाउने हो भने २ सय २५ जना मन्त्री र त्यसैअनुसारका मन्त्रालय, विभाग, शाखा, महाशाखा, कर्मचारी तथा तिनको संयन्त्र चाहिन्छ। राज्य थपिनु भनेको मन्त्री, मन्त्रालय र त्यसै अनुसारका कर्मचारी थपिनु हो र विकास खर्चभन्दा प्रशासनिक तथा व्यवस्थापकीय खर्च थपिनु हो। त्यसकारण, सकेसम्म कम संख्याका संघीय राज्यहरू बनाउनु बुद्धिमानी हुनेछ।
निकास नभई विकास हुँदैन। हाम्रै देशका यातायात सुविधा भएका र नभएका जिल्लाको विकासलाई तुलना गर्दा यो स्पष्ट हुन्छ। हिमाली जिल्ला प्राकृतिक स्रोत साधनमा तराईका जिल्लाभन्दा धेरै सम्पन्न छन््््। तर भोकमरी वा त्यसबाट उत्पन्न समस्याबाट भने हिमाली जिल्लाका जनता बढी प्रभावित छन््््। स्रोत साधन भएर मात्र के गर्ने? ती स्रोत साधनको उत्तम प्रयोग गर्न सक्नुपर्छ।
देशका नदीनाला, जडीबुटीलगायतका स्रोतको अधिकतम सदुपयोग गर्न सकेमात्र विकास हुनसक्छ। त्यसका लागि तराई, पहाड र हिमालबीच र गाउँ र सहरबीच सद्भाव एवं सहकार्य चाहिन्छ। तर तराईको छुट्टै देश, पहाडको छुट्टै देश र हिमालको छुट्टै देश बनाएर त्यसो हुन सक्दैन। त्यस्तै, सहर र गाउँको छुट्टै देश बनाएर पनि विकास संभव छैन। त्यसका लागि त तराईको भर हिमाल र पहाडमा; हिमाल, पहाडको भर तराईमा अनि गाउँको भर सहरमा र सहरको भर गाउँमा हुनसक्ने सुझबुझसहितको संघीयता चाहिन्छ।
सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्वका आधारमा र सबभन्दा पछाडि पारिएका निश्चित् जातजाती, क्षेत्र र वर्गलाई विशेष आरक्षणको व्यवस्था गर्ने हो भने जातीय, भाषिक तथा सांस्कृतिक आधारमा राज्य बनाउन जरुरी पर्दैन। राज्यहरू बीच प्राकृतिक स्रोत साधनको समानुपातिक वितरण र निकासको लागि उपयुक्त भौगोलिक अवस्थिति हुने गरी राज्यहरूको निर्माण गर्ने हो भने सो राज्यभित्रका जनताको समानुपातिक एवं दिगो विकास हुन सक्नेछ।
समाजको प्रकृति वर्गीय रहँदासम्म स्रोत साधनमा पहँुच र नियन्त्रणका लागि संघर्ष चलिरहन्छ। संघर्ष चल्दै जाँदा समतामूलक समाज निर्माण हुन पनि सक्छ र राज्यहरूबीच सौहार्दता बढ्न पनि सक्छ भने समाजमा वर्ग विभेद र राज्यहरूबीच कटुता एवं द्वन्द्व बढ्न पनि सक्छ। राज्यहरू बीच सौहार्दता, सद्भाव र सहकार्य बढ्ने वा कटुता एवं द्वन्द्व बढ्ने भन्ने कुरा स्रोत साधनहरूको बाड्फाँट् कसरी हुन्छ र राज्यहरू कसरी बन्दछन् भन्ने कुरामा पनि भर पर्दछ। उदाहरणका लागि नदीनालाको सदुपयोगले ठूलो फाइदा पुर्याउन सक्ने ठाँउमा बढी फाइदा लिन दुईपक्ष बीच द्वन्द्व पनि चल्न सक्छ। नदीनालाको व्यवस्थापन ठीक नभएमा बाढी, पहिरो, डुवान वा कटानका समस्याले झन् ठूलो द्वन्द्व निम्त्याउन सक्छ। नदीनालाबाट हुने फाइदा एउटा राज्यमा र नोक्सान अर्को राज्यमा पर्ने भएमा राज्यहरूबीच द्वन्द्व बढ्छ। त्यसकारण, राज्य बनाउने वा सीमा तोक्ने काम ज्यादै संवेदनशील एवं महत्वपूर्ण हुन्छ।
हामी जातजाति, भाषाभाषीको विकासकै भरमासमाजको प्रगतिको सुनिश्चत हुने अठारौं वा उन्नाइसौं शताब्दीमा छैनौं। विज्ञानले संसारैलाई एउटा गाउँ बनाइदिएको छ। अनि स्रोत साधन र सम्पन्नता जता छ उतैको भाषा भेषमा आकर्षण बढ्दो छ। यस्तो अवस्थामा खस् वा तमु वा खाम् वा मैथिली भाषा र संस्कृतिको विज्ञ भएर अमेरीका वा क्यानाडा गन्तव्य बनाउने चाहना पूरा हुन सक्छ? नयाँ पुस्ता अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा लाग्ने कि भाषाभाषी र संस्कृतिको सम्वर्द्धनमा? वा नयाँ नयाँ विशिष्ट प्रविधिहरू विकास गरी प्रतिकूल वातावरणलाई अनुकुलतामा बदल्दै जीविकोपार्जनमा सहजता ल्याउनेतर्फ लागिपर्ने? जाति, भाषा र संस्कृतिलाई राज्य निर्माणको आधार बनाउन खोजेर कतै आफैलाई ठगिरहेका त छैनौं? यसैले धेरै देशका अनुभवलाई राम्ररी विश्लेषण गरेर मात्र केका आधारमा कतिवटा राज्य बनाउने भन्ने निर्धारण गर्नु उचित हुन्छ ।