काठमाडौं- प्रमुख राजनीतिक दलले विगतमा आफंैले बनाएका संघीयताका आधार, सिद्धान्त र नक्सा भत्काएर एकपछि अर्को प्रादेशिक सीमा कोरेका छन्। असार २५ मा घोषित ६ प्रदेश र भदौ ४ मा त्यसलाई संशोधन गर्दै घोषणा गरिएको ७ प्रदेशको खाकामा यसअघि नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी आफैंले गरेको निर्णय लत्याइएको छ।
दुवै खाका अघिल्लो संविधानसभामा प्रमुख दलले पेस गरेको संघीयताको खाका, अघिल्लो संविधानसभामातहत राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाट समिति तथा उच्चस्तरीय राज्य पुनःसंरचना सुझाव आयोगले तयार पारेको नक्साभन्दा भिन्न छन्। अघिल्लो संविधानसभामा भएका सहमति दोस्रो संविधानसभाले अंगीकार गर्र्ने नीति दलहरूले स्वीकार र कार्यान्वयन गरेको पृष्ठभूमिमा प्रमुख दल संघीयताका सन्दर्भमा भने बाहिर गएका छन्।
विशेष गरेर तराई–मधेसका जिल्ला नेताको अखण्ड मनोविज्ञानको सिकार भएको देखिन्छ। अघिल्लो संविधानसभाको राज्य पुनःसंरचना तथा राज्यशक्ति बाँडफाँट समितिमा तीन प्रमुख दलले पेस गरेको संघीयताको नक्सामा चितवन पश्चिममा तराईको कैलालीसम्मको भूभागलाई बेग्लै प्रदेशमा राखिएको छ भने चितवनपूर्व झापासम्मको तराईको भूभाग पनि भिन्न–भिन्न प्रदेशमा छन्। अहिले अखण्ड सुदूरपश्चिम र सुदूरपूर्वको राजनीतिमा तराईका भूभाग पहाडसँग जोडेजस्तो नीति दलले विगतमा लिएका थिएनन्।
समितिमा कांग्रेसले पेस गरेको १६ प्रदेशको नक्सामा पश्चिमका कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङलाई प्रदेश १ भनिएको छ भने कपिलवस्तु, रुपन्देही, नवलपरासीलाई २ नम्बर प्रदेश भनिएको छ। चितवन पूर्वको मधेसलाई कांग्रेसले ३ वटा प्रदेश प्रस्ताव गरिएको थियो। सुनसरी, मोरङ, झापालाई ५ नम्बर प्रदेश, सप्तरीदेखि सर्लाहीसम्मको मधेसलाई ४ नम्बर र रौतहट, बारा, पर्सालाई बेग्लै ३ नम्बर प्रदेश भनिएको छ।
एमालेको १५ प्रदेशको खाकामा पश्चिमका नवलपरासी, रुपन्देही, कपिलवस्तुलाई लुम्बिनी प्रदेश तथा दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई थरुहट भनिएको थियो। त्यस्तै चितवनपूर्व झापासम्मको भूभागलाई कांग्रेसको जस्तै तीन प्रदेशमा विभाजन गरिएको थियो। रौतहट, बारा, पर्सालाई एमालेले भोजपुरा प्रदेश भनेको थियो। यस्तै, सर्लाही पूर्व सप्तरीसम्मलाई मिथिला र सुनसरी, मोरङ, झापालाई विराट प्रदेश भनेको थियो।
एमाओवादीले पर्सादेखि रौतहटसम्म भोजपुरा, सर्लाहीदेखि सप्तरीसम्म मिथिला र सुनसरी, मोरङ र झापालाई कोचिला प्रदेश प्रस्ताव गरेको थियो। पश्चिम नवलपरासी, रुपन्देही र कपिलवस्तुलाई अवध र बाँके, बर्दिया, कैलाली , कचनपुरलाई थारुवान भनेको थियो।
राज्य पुनःसंरचना समितिले तयार गरेका तीनखाले नक्सामा पनि तराई–मधेसमा बेग्लाबेग्लै प्रदेशमा राखिएको छ। बहुमतले पास गरेको १४ प्रदेशको नक्सामा चितवनपूर्व झापासम्मको तराईको भूभागलाई मिथिला—भोजपुरा—कोच—मधेस प्रदेश नाम दिइएको छ भने चितवनपश्चिम कञ्चनपुरसम्मको क्षेत्रलाई लुम्बिनी—अवध—थारुवान भनिएको छ।
समितिअन्तर्गत उपसमितिले १४ र ६ प्रदेशको दुई फरक नक्सा प्रस्ताव गरेको थियो। १४ प्रदेशको अवधारणामा चितवनपश्चिम कपिलवस्तुसम्म लुम्बिनी र त्योभन्दा पश्चिम कञ्चनपुरको केही भागसमेतलाई थरुहट भनिएको छ। त्यस्तै पर्सादेखि सप्तरीसम्म मधेस र सुनसरी, मोरङ र झापा जिल्ला समेटिएको विराट प्रदेश भनिएको छ। त्यसै ६ प्रदेशको खाकामा तराई–मधेसमा दुईटा प्रदेश प्रस्ताव गरिएको छ। पूर्वमा सुनसरीका केही भागदेखि पश्चिम पर्सासम्म सिम्रौनगढ प्रदेश र चितवन पश्चिम कञ्चनपुरको केही पूर्वी भागसम्मलाई लुम्बिनी (भावर) प्रदेश भनिएको छ।
राज्य पुनःसंरचना उच्चस्तरीय सुझाव आयोगले बहुमत र फरक मतमा तराई–मधेसका झापादेखि कञ्चपुरसम्मका जिल्लालाई दुई प्रदेशमा तर फरक किसिमले राखिएको छ। आयोगका अध्यक्ष मदन परियार, सदस्यहरू कृष्ण हाछेथु, भोगेन्द्र झा, मल्ल के सुन्दर, स्टेला तामाङ र सुरेन्द्र महतोले तयार गरेको १० भौगोलिक र एक दलित गैरभौगोलिक प्रदेशको खाकामा झापादेखि कञ्चनपुरसम्म (चितवनसमेत) पूरै तराईलाई दुइटा प्रदेशमा बाँडिएको छ। यसमा चितवनदेखि झापासम्मको तराईलाई मधेस—मिथिला—भोजपुरा भनिएको छ भने नवलपरासीदेखि कञ्चनपुरसम्मको भूभागलाई मधेश—अवध—थारुवान भनिएको छ। आयोगका सदस्य रमेश ढुंगेल, सर्वराज खड्का र सावित्री गुरुङको ६ प्रदेशको नक्सामा सप्तरीदेखि पर्सासम्मको भूभागलाई प्रदेश ४ र नवलपरासीदेखि कैलालीसम्मको भूभागलाई प्रदेश ६ भनिएको छ। यो नक्सामा सुनसरी, मोरङ र झापालाई मेची, कोसी सगरमाथाका पहाडसँग मिलाएर प्रदेश १ प्रस्ताव गरिएको भने पश्चिमको कञ्चनपुरलाई भेरी, कर्णाली, सेती र महाकालीका पहाडी जिल्लासँग जोडेर प्रदेश ५ नाम दिइएको छ।
राजनीतिक दलले आफैंले, समिति र आयोगले बनाएका नक्साभन्दा भिन्न नक्सा यसपालि कोरेका छन्। समिति र आयोगमा अहिलेका प्रमुख राजनीतिक दलकै बाहुल्य थियो। राजनीतिक भूमिका मात्र बदलिएको हो।
'मनोगत ढंगले सीमांकन'
दलहरूले सिद्धान्त र सहमतिमा आधारित नभएर मनोगत ढंगले प्रदेशको खाका कोरेको राजनीतिक विश्लेषकहरू बताउँछन्। राजनीतिक शास्त्रका प्राध्यापक लोकराज बराल संघीयताका विषयमा दलहरूले मनोगत ढंगले निर्णय गरिरहेको बताउँछन्। 'अहिले भइरहेका कामले हाम्रो राजनीतिमा नेतृत्व संकट छ भन्ने देखाउँछ,' उनले नागरिकसँग भने।
संघीयताको नक्सा कोर्दा कोही विज्ञ र जानकारसँग राय सल्लाह नलिई नेताहरू आफंैले संघीयताको नक्सा कोरिरहेको उनले टिप्पणी गरे। 'दलहरू आफैंले गरेको १६ बुँदे सम्झौतामा ८ प्रदेश हुने र सीमापछि तोक्ने भनिएको थियो,' बरालले भने, 'अहिले सीमा तोक्ने आवश्यकता किन पर्यो्? किन ६ प्रदेश, ७ प्रदेश भनिँदैछ?' दलहरूले हतारमा निर्णय गरेर विरोधका स्वर आएपछि सच्याउँदै जाँदै गरेको उनले टिप्पणी गरे।
दलहरू आपसमै विभाजित भएर नक्सा घोषणा गरेपछि मुलुकका विभिन्न क्षेत्रमा आन्दोलन चलिरहेको छ। पूर्वी तराईका जिल्ला, पश्चिम तराईका थारूबहुल क्षेत्र, मध्यपश्चिमकै सुर्खेत र कर्णालीका विभिन्न जिल्ला तथा पश्चिमाञ्चलमा संघीय खाकाविरोधी आन्दोलन चर्किएपछि असार २५ मा घोषित ६ नम्बर क्षेत्रलाई टुक््रयाएर भदौ ४ मा ७ प्रदेशको खाका सार्वजनिक गरिएको छ। पछिल्लो घोषणाले कर्णालीमा दीपावलीको रमाइलो छ। पश्चिमका थारू अधिकारवादीले आइतबार राजधानीमा सात प्रदेशको खाका जलाएर आक्रोश पोखे, पूर्वी तराईमा मधेसकेन्द्रित दलको आन्दोलन जारी छ।
आन्दोलनमा जिम्मेवार दलहरू आफंै कारक बनेका छन्। ६ प्रदेशको खाका तयार पार्ने क्रममा चार दलमध्ये एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले फरक मत राखेका थिए। अहिले ७ प्रदेशको पछिल्लो नक्सापछि फोरम लोकतान्त्रिक सहमतीय राजनीतिबाट अलग्गिएर आन्दोलनमा होमिने जनाउँदैछ।
नेताहरूले घोषणा गरेका र यसअघि राजनीतिक वृतबाट बनेकाभन्दा मूल रूपले भिन्न नक्सा आएकाले विभिन्न क्षेत्रमा आन्दोलन चर्किएको हो।
मुलुकलाई कति प्रदेशमा विभाजन गर्ने, त्यसको सीमांकन कसरी गर्ने, नाम के राख्ने र राजधानी कहाँ बनाउने विगतदेखिकै पेचिला प्रश्न हुन्। तर संघीयताकै मुद्दामा विगतदेखि प्रशस्त काम भएका छन्। संघीयताको खाका कसरी कोेर्ने विषयमा राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाट समितिको खाका विवादास्पद भए पनि यसले सैद्धान्तिक आधार तय गरेको थियो। सर्वसम्मतिले अनुमोदन भएका ती आधार पहिचान र सामार्थ्यमा आधारित थियो। पहिचानका ५ आधारमा जातीय/समुदायगत, भाषिक, सांस्कृतिक, भौगोलिक/क्षेत्रगत निरन्तरता, ऐतिहासिक निरन्तरता तथा सामर्थ्यका चार आधारमा आर्थिक अन्तरसम्बन्ध र सामर्थ्य, पूर्वाधार विकासको अवस्था र सम्भावना, प्राकृतिक साधन र स्रोतको उपलब्धता, प्ा्रशासनिक सुगमतालाई लिइएको छ।
त्यस्तै अन्तरिम संविधानको धारा १३८ मा वर्गीय, जातीय, भाषिक, लैंगिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभाव अन्त्य गर्दे राज्यको केन्द्रीकृत र एकात्मक ढाँचा अन्त्य गरी राज्यको समावेशी, लोकतान्त्रिक संघीय शासन प्रणालीसहितको अग्रगामी पुनःसंरचना गरिने भनिएको छ। संविधानको सोही धारामा मधेसी जनतालगायत आदिवासी जनजाति र पिछडिएका तथा अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेशको चाहनालाई स्वीकार गरी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुने भनिएको छ।
राजनीतिक नेताहरूले पस्केको संघीयताको खाका संविधानको भावनाअनुसार छ त?
योजनाविद पीताम्बर शर्मा नेताहरूले मनोगत ढंगले काम गरेको बताउँछन्। 'आफैंले बनाएका आधार र स्थापित गरेका आधारप्रति दलहरू इमानदार हुन सकेनन्,' शर्माले भने, 'कतिपय प्रदेशमा आधार ठिकै छ तर कतिपय स्थानमा स्पष्टता छैन।'
संघीयताका लागि आफैंले स्थापित गरेका पहिचान र सामर्थ्यका आधारबाट राजनीतिक दल विमुख भएको उनको विश्लेषण छ। 'मुलुकको विविधता देखाउन सक्ने संघीय खाका चाहिएको हो, बहुलतामा आधारित पहिचान होस् भन्ने हो,' शर्मा भन्छन्। शर्माका अनुसार प्रदेश २ मा पहिचानको सम्बोधन राम्रोसँग भयो तर सामर्थ्य खण्डित गरिएको छ। त्यस्तै प्रदेश ४ मा थारूको पहिचान नामेट गरेर पहाडसँग सम्बन्ध गाँसिएको शर्माको विश्लेषण छ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद योगेन्द्र थारू थारु समुदायसँग विगतमा भएका सम्झौता सम्बोधन नभएको बताउँछन्। 'अखण्डका नाममा थारूको सघन बस्ती काटिएको छ,' उनले भने, 'थारूमाथि ठूलो अपराध गरिएको छ।'
थारू बाहुल्य बाँके, बर्दिया, दाङ, कैलालीमा आन्दोलन चर्काउने थारूले बताए। 'नेताहरूले कोरेको संघीयता मान्नै पर्छ भन्ने छैन,' थारूले भने, 'थारू समुदाय चुप लागेर बस्दैन।'
बराल नेताहरू आफैंले विभिन्न जातजातिसँग सम्झौता गरेर अपेक्षा जगाएको तर त्यसअनुसार संघीयताको खाका नकोरिएको विश्लेषण गर्छन्। 'अपेक्षा जगाइयो, सम्झौता गरियो,' बरालले भने, 'अन्त्यमा आएर उनीहरूलाई केही दिइएन।'
नेपाली कांग्रेसनिकट एवं महेन्द्र बहुमुखी क्याम्पस दाङका सहप्राध्यापक देवनारायण चौधरी राजनीतिक दलले ५ र ६ नम्बर प्रदेशमा धेरै बिगारेको बताउँछन्। '६ नम्बरमा सम्बोधन भयो,' उनले भने, '५ नम्बरमा मिलाएर जानुपर्ने हुन्छ।'
थारूहरूका माग नेताहरूले मिलाउन नचाहेको जनाउँदै चौधरीले भने, 'जतिसक्दो चाँडो थारूहरूलाई मिलाउन आवश्यक छ, त्यो अहिलेको आवश्यकता हो।'
के देखिन्छ भने कांग्रेस, एमाले र एमाओवादीका केही शीर्ष नेताको 'अखण्ड' अडानको जगमा कोरिएका नक्साको अचानोमा थारू समुदाय परेको छ। अहिले थारुबाहुल्य क्षेत्रमा विरोधको स्वर धिमा छ। थारूवादी राजनीतिक पार्टी विभाजित भएको र त्यसका नेता मधेसकेन्द्रित दलमा पलायन भएको लगायतका आरोह–अवरोह छन्। सुस्तरी आन्दोलनमा लागिपर्ने र आन्दोलनमा उत्रिएपछि हत्तपत्त सम्झौतामा आइनहाल्ने थारू समुदायलाई नजरअन्दाज गर्न मिल्दैन। कारण, मुलुकमा करिब ७ प्रतिशत जनसंख्या ओगट्ने थारू समुदाय लामोसमयसम्म धेर्य गर्न सक्ने स्थितिमा देखिँदैन।