नयाँ संविधान जारी भएको पनि ६ महिना नाघिसकेको छ। यसबीचमा संविधान निकै कठिन आरोह–अवरोहबाट गुजि्रएको छ। संविधान जारी भएसँगै सुरू भएको मधेस आन्दोलन र भारतीय नाकाबन्दीले यसको कार्यान्वयनमा गम्भीर सवालहरू उत्पन्न गरेका छन्। संविधानको कार्यान्वयन भन्नाले छोटकरीमा संविधानको अक्षरशः पालना र प्रभावकारीरूपमा लागु गर्नु हो। यस सन्दर्भमा, संविधानको कार्यान्वयनसँग निम्निलिखित सवालहरू अभिन्नरूपमा जोडिएका छन्:• संविधानको सर्वोच्चता
• नियमित प्रशासन
• संस्थागत संरचना
• कानुन र नीतिहरू
• चुनाव
• राजनीतिक संस्कार
उपर्युक्त ६ वटा अवस्थाले संविधानको कार्यान्वयनको सम्पूर्ण पक्षलाई सम्बोधन गर्न नसके पनि आधारभूत सवालहरूलाई प्रस्ट्याउँछन्। यिनै ६ सवालको सेरोफेरोमा संविधान कार्यान्वयनबारे यस आलेख केन्द्रित छ।
१) संवैधानिक सर्वोच्चताः संवैधानिक सर्वोच्चताको अवधारणा आफैमा एक ठूलो क्रान्ति र अहम् उपलब्धि बनेको छ। प्रथमतः प्रत्येक व्यक्ति, निकाय, संस्था, दल, विचार, विचारधारा एवं शक्ति संविधानको परिधिभित्र बस्नुपर्छ र संविधानलाई मिच्न, छल्न, कपटपूर्णरूपमा प्रयोग गर्न एवं नजरअन्दाज गर्न पाइँदैन भन्ने अवधारणाले मानव सभ्यता खासगरी राजनीति, शक्ति, राज्य र कानुनबीचको सम्बन्धलाई निर्धारण गर्छ। आज यही अवधारणाभित्र सिंगो लोकतान्त्रिक प्रणालीहरू सञ्चालित र विकसित भइरहेका छन्।
२०७२ सालको संविधानको धारा १ ले संवैधानिक सर्वोच्चताको यस सिद्धान्तलाई आत्मसात गरेको छ । तर, धारा १ मा केही सीमा एवं असामञ्जस्यता देखिएका छन्। उदाहरणका लागि, धारा १(२) मा यस संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ भन्ने जुन व्यवस्था छ त्यसअनुसार प्रयुक्त प्रत्येक व्यक्तिले संस्था, निकाय, अख्तियारी प्राप्त व्यक्ति, राज्यका अंगहरू, संवैधानिक निकायहरू एवं राजनीतिक दल तथा नेताहरूलाई समेत बुझाउँछ कि बुझाउँदैन भन्ने प्रश्न उठ्न सक्छ। 'प्रत्येक व्यक्ति' भन्ने शब्दको सट्टा 'सबैले' भन्ने शब्द वा सबै निकाय एवं व्यक्तिहरू भन्ने शब्द राखिएको भए संवैधानिक सर्वोच्चताको अवधारणालाई मजबुत बनाउन धेरै मद्दत पुग्न सक्थ्यो।
त्यसरी नै धारा २६९ ले राजनीतिक दलको प्रयासको रूपमा राजनीतिक विचारधारालाई मान्यता दिएको छ। संविधान र राजनीतिक विचारधाराबीचको सम्बन्ध कस्तो हुनुपर्छ? थुप्रै राजनीतिक दल भएको हाम्रोजस्तो मुलुकको सन्दर्भमा राजनीतिक विचारधारा र संविधानको बीचमा अन्तर्विरोध भएमा धारा १ को संवैधानिक सर्वोच्चताको सिद्धान्त के–कसरी आकर्षित र प्रयोग हुन्छ भन्नेजस्ता सवाल उत्पन्न हुने अवस्था छ।
अर्कोतिर संवैधानिक सर्वोच्चताको सिद्धान्तलाई लोकतन्त्रको आधार मानिन्छ। अर्थात् राज्य, संविधानवाद र संविधानको सर्वोपरिताबाहेक कुनै राजनीतिक दर्शन वा विचारधाराबाट प्रभावित बन्दैन। तर, २०७२ को संविधानको प्रस्तावना, धारा ४ (१) एवं धारा ५० (३) मा समाजवादतर्फ उन्मुख राज्यको परिकल्पना गरिएकोले पनि समाजवाद र संवैधानिक सर्वोच्चताकोे सिद्धान्तबीच के–कस्तो सम्बन्ध रहला भन्ने अन्योल कम्तीमा पनि सैद्धान्तिकरूपमा सृजना हुन पुगेको छ।
व्यावहारिकरूपमा पनि केही चुनौती टड्कारो रूपमा देखिन पुगेका छन्। उदाहरणका लागि केपी शर्मा ओली प्रधानमन्त्री हुनासाथै ४० जनाभन्दा धेरै मन्त्रीगण भएको मन्त्रिमण्डल गठन गर्न पुगे। धारा ७६ (९) ले २५ जनाभन्दा बढी संख्या भएको मन्त्रिमण्डल निर्माण गर्न वर्जित गर्दागर्दै पनि सत्ता टिकाउने व्यावहारिक आधारमा २५ जनाभन्दा धेरै जना रहेको मन्त्रिमण्डल गठन गर्न आफू बाध्य भएको कुरा प्रधानमन्त्रीले सार्वजनिकरूपमै व्यक्त गरे। संविधानको अक्षरशः र निष्ठापूर्वक पालना गर्नुपर्छ भन्ने संवैधानिक सर्वोच्चताको अर्को महŒवपूर्ण सिद्धान्तलाई २०७२ सालको संविधानअनुरूप बनेको पहिलो सरकार र यसमा संलग्न दलहरू एवं मन्त्रीहरूले स्पष्टरूपमा उल्लंघन गरे। कुनै पनि व्यावहारिक राजनीतिक वा निष्ठाका आधारमा संविधानको उल्लंघन गर्न पाइँदैन। पूर्व राजा ज्ञानेन्द्रले २०४७ सालको संविधानविपरीत जेरूजसरी आफ्नो हातमा राजकीय सत्ता र सार्वभौमसत्ता लिए त्यसले संवैधानिक सर्वोच्चताको उल्लंघन भएको कुरा सर्वोच्च अदालतले राजीव पराजुलीको मुद्दामा एवं अन्य विभिन्न मुद्दामा समेत सिद्धान्त संस्थापित गरिसकेको अवस्थामा ओलीको मन्त्रिमण्डलको स्वरूप र गठनले पनि २०४७ सालको संविधानको सर्वोच्चतामा प्रहार गरेको मान्नुपर्ने हुन्छ।
संवैधानिक सर्वोच्चताको तेस्रो पक्ष भनेको सीमित सरकारको अवधारणा हो। अर्थात्, सरकार वा राज्यका प्रत्येक अंग, निकाय र सो अंग एवं निकायमा पदासीन व्यक्तिहरूले आफ्नो अधिकारको प्रयोग गर्दा कानुनको सीमा बाहिर जान नमिल्ने र कानुन एवं संविधानले निःसृत गरेको अधिकार र कर्तव्यलाई पूर्णरूपमा पालना गर्ने नै हो। न्यायपरिषद्ले सर्वोच्च अदालतमा ११ जना न्यायाधीश नियुक्त गर्न २०७२ फागुन १८ मा गरेको सिफारिसलाई सभामुख ओनसरी घर्तीले संसदीय सुनुवाई गर्न नसकिने र न्यायपरिषद्को वैधानिकतासमेतमा प्रश्न उठाउने निर्णय गरिन्। त्यसले पदाधिकारीहरू आफ्नो अख्तियारी र कर्तव्यलाई कानुनबमोजिमभन्दा पनि निजी ठम्याइ र अख्तियारीको सीमालाई बिर्सेर संवैधानिक एवं कानुनी प्रक्रियालाई नै अवरुद्ध गर्न सक्दा रहेछन् भन्ने तथ्य उजागर गर्छ। यस्ता घटनाले पनि संवैधानिक सर्वोच्चतालाई चुनौती दिइरहेका हुन्छन्।
संवैधानिक सर्वोच्चताको चौथो पक्ष, प्रत्येक कानुन, नियम वा नीति संविधानसम्मत हुनुपर्छ भन्ने हो। कानुन, नियम वा नीति संविधानसँग बाझिएमा त्यसको व्याख्या गर्ने र निर्णय गर्ने अर्थात् बाझिएको कानुनलाई बदर घोषित गर्ने अख्तियारी केवल सर्वोच्च अदालतसँग हुन्छ। त्यसैले सर्वोच्च अदालतबाहेक अन्य निकायले आफूखुसी र मनमौजीरूपमा संविधान र कानुनको व्याख्या गर्नु हुँदैन–पाइँदैन।
संवैधानिक सर्वोच्चताको पाचौँ महŒवपूर्ण पक्ष भनेको प्रत्येक राजनीतिक, सामाजिक, आर्थिक एवं सांस्कृतिकलगायत अन्य सम्पूर्ण समस्याको निकास र समाधान कानुनले तोकेको प्रक्रियाबाटै खोज्नुपर्छ भन्ने हो। यसलाई वैधानिक प्रक्रियाको अनुल्लंघनीयता समेत भनिन्छ। कर्ताहरूले खासगरी राजनीतिक दलहरू र राज्यका अंग एवं निकायले कानुनी प्रक्रियामा विश्वास नगर्ने वा कानुनी प्रक्रियालाई तोडमोड गर्ने परम्परा विकास गरेमा त्यसले सवैधानिक सर्वोच्चतालाई धरासायी बनाउँछ। आजको नेपाली समाजको सबैभन्दा ठूलो चुनौती यही नै बनेको छ र यही चुनौतीले संविधानको कार्यान्वयनलाई प्रभावित गरेको छ।
छोटकरीमा भन्दा, संविधानको कार्यान्वयन भनेकै संवैधानिक सर्वोच्चताको संस्थापना हो। जबसम्म नेपाली समाज र यसका कर्ताहरूले संवैधानिक सर्वोच्चता अर्थात् (१) संविधानमाथि कोही पनि छैन (२) संविधानको अक्षरशः र निष्ठापूर्वक पालना (३) सीमित सरकार (४) संविधानसँग बाझिने कानुन खारेज हुनुपर्ने र संविधानको व्याख्या केवल सर्वोच्च अदालतले गर्ने, र (५) वैधानिक प्रक्रियामा विश्वासजस्ता ५ महŒवपूर्ण पक्ष संस्थापित हुन सक्दैनन् तबसम्म न त लोकतन्त्र मौलाउन सक्छ न त संवैधानिक सर्वोच्चता नै साकार हुन सक्छ।
२) नियमित प्रशासन : २०७२ को संविधान जारी हुनासाथ केही नियमित प्रशासनिक कार्यसम्पन्न गर्नुपर्ने थियो। जुन काम मूलभूतरूपमा सम्पन्न पनि भएका छन् भने केही बाँकी छन्। उदाहरणका लागि नयाँ मन्त्रिमण्डलको गठन गर्ने कार्य सम्पन्न भएको छ। त्यसरी नै धारा २९६ अन्तर्गत विगतको संविधान सभा व्यवस्थापिका संसद्मा स्वतः रूपान्तरण भएको छ। यसरी रूपान्तरित व्यवस्थापिका संसद्को अवधि २०७४माघ ७ सम्ममात्रै छ। उक्त अवधिपूर्व नै संघीय व्यवस्थापिकाको निर्वाचन सम्पन्न गरिनुपर्छ। अन्तिम घडीमा वा समय व्यतीत गरेर चुनाव गर्ने कार्यले संविधानको उद्देश्य र भावनालाई पराजित गर्छ। जतिसक्दो छिटो निर्वाचन गरेर २०७२ को संविधानले परिकल्पना गरेको विधायिका मुलुकलाई दिनुपर्ने दायित्व वर्तमान सरकारको हो। तर, प्रदेशको सीमांकनको विषय र मधेस आन्दोलनको सवालको छिनोफानो नभएसम्म मुलुकमा निर्वाचनको वातावरण बन्न सक्दैन। त्यसैले, संविधान कार्यान्वयनको दिशामा सीमांकनको टुंगो र मधेस आन्दोलनको सम्बोधन जरुरी देखिएका छन्।
त्यसरी नै धारा २९७ अन्तर्गत राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन रूपान्तरित संसद्ले गरिसकेको छ। यो कार्य संविधान कार्यान्वयनको दिशामा गरिएका आधारभूत कार्यहरूभित्रै पर्छ। धारा २९९ अन्तर्गत सभामुख र उपसभामुखसमेतको निर्वाचन भइसकेको छ। धारा ३०१ अन्तर्गत विगतका संवैधानिक निकायका पदाधिकारीहरूलाई निरन्तरता दिइएको भए पनि पद रिक्त भएका संवैधानिक निकायका प्रमुख र सदस्यहरूको नियुक्ति गर्न संसदीय सुनुवाई समिति नभएको भन्ने बहानामा रोकिएको छ। संसदीय नियमावली बनाउनुपर्ने दायित्व भएको संसद्ले नियमावली संविधान जारी भएको ६ महिनासम्ममा पनि बनाउन नसक्ने जुन प्रवृत्ति देखिएको छ त्यसले संविधान कार्यान्वयनमा चुनौती र अवरोध सृजना गरेको छ।
२०७२ को संविधानले विगतका संवैधानिक निकायका अतिरिक्त विभिन्न आयोगको व्यवस्था गरेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग एवं मुस्लिम आयोगजस्ता आयोग गठन गर्नुपर्ने व्यवस्था गरेको छ। तर, यी आयोगहरूको गठन एवं स्थापना सम्बन्धमा कुनै पनि काम हुन सकिरहेको छैन।
ध्ाारा ३०० (१) अन्तर्गत २०७२ को संविधानअन्तर्गत उच्च अदालतको संरचना तयार नभएसम्म पुनरावेदन अदालत नै कायम रहने व्यवस्था भए पनि धारा ३०० (३) अन्तर्गत २०७३ असोज ३ गतेभित्र उच्च अदालत स्थापना गरिसक्नुपर्छ। उक्त समयभित्र उच्च अदालत स्थापना नभएमा वर्तमानमा रहेका पुनरावेदन अदालतहरूले उच्च अदालतको रूपमा कार्य गर्न पाउँदैनन्। त्यसैले अबको ६ महिनाभन्दा पनि कम समयभित्र उच्च अदालतहरू स्थापना भइसक्नुपर्छ। तर, अहिलेसम्मको राज्यको तयारीलाई हेर्दा यस दिशामा खासै प्रगति भएको देखिँदैन। समयमा उच्च अदालत गठन हुन नसकेमा त्यसबाट न्यायक्षेत्रमा सृजना हुन सक्ने असरले राज्ययका सम्पूर्ण क्षेत्रलाई प्रभावित गर्नेमात्रै होइन संविधानको कार्यान्वयनमा समेत गम्भीर संकट उत्पन्न हुन सक्छ।