काठमाडौं-नयाँ संविधान कार्यान्वयनका लागि करिब ५ सयवटा कानुन निर्माण गर्नुपर्ने र विद्यमान ३ सय १५ ऐन पुनरावलोकन गर्नुपर्ने भएको छ । कानुन मन्त्रालयको प्रारम्भिक अध्ययनअनुसार १ सय १० वटा विषयमा संघीय कानुन, २२ वटा विषयमा प्रदेश कानुन र ६ वटा विषयमा स्थानीय कानुन निर्माण गर्नुपर्ने छ ।
नयाँ संविधानअनुकूल कानुन कार्यान्वयन गर्न तत्काल र दीर्घकाल गरी दुई प्राथमिकतामा मन्त्रालयले काम गर्नुपर्ने कानुनमन्त्री अग्नि खरेलले बताए । संविधान निर्माण भएपछि त्यसलाई सपोर्ट गर्ने अन्य कानुन तत्काल निर्माण हुन नसके स्वतः कानुनले काम गर्न नसक्ने उनले जानकारी दिए ।
नागरिकता, मौलिक हक, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व, राज्यशक्तिको बाँडफाँट र प्रयोगसम्बन्धी, राष्ट्रपतिको कार्यसम्पादन र सपथ, सरकारको कार्यसम्पादन र कार्यविभाजन जस्ता कानुन निर्माण गर्नुपर्ने मन्त्रालयको प्रारम्भिक अध्ययनमा देखिएको छ । पारिश्रमिक तथा सुविधासम्बन्धी कानुन, महान्यायाधिवक्तासम्बन्धी कानुन र निर्वाचनसम्बन्धी कानुन निर्माण गर्नुपर्ने मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
संविधान कार्यान्वयनका लागि संघीय व्यवस्थापिकासम्बन्धी, संघको आर्थिक कार्यविधिसम्बन्धी, न्याय प्रशासन, महाअभियोग, संवैधानिक निकायको काम कर्तव्य, अधिकार र पदाधिकारीको योग्यता र रिक्ततासम्बन्धी, प्रदेश लोकसेवा आयोगसम्बन्धी, संघको आर्थिक कार्यप्रणाली राष्ट्रिय सुरक्षापरिषदसम्बन्धी कानुन निर्माण गर्नुपर्ने अवस्था छ ।
गैरआवासीय नेपालीलाई नागरिकता, नागरिकताको प्राप्ति, पुनः प्राप्ति र समाप्ति, नागरिकतासम्बन्धी कसुर र दण्ड सजाय तथा नेपाली नागरिकको परिचय खुल्ने अभिलेखसम्बन्धी नागरिकता कानुन संविधानअनुसार बनाउनुपर्नेछ । अन्य संविधानभन्दा मौलिक हकसम्बन्धी व्यवस्था धेरै भएकाले त्यससम्बन्धी कानुन तत्काल निर्माण हुनुपर्ने देखिएको छ । मौलिक हक कार्यान्वयनका लागि पिछडिएका वर्ग र विपन्न नागरिकलाई संरक्षणसम्बन्धी, कानुनी सहायता, पीडितलाई क्षतिपूर्ति र समाजमा पुनस्थापना, यातनालाई दण्डनीय बनाउने, निवारक नजरबन्द, छुवाछुत र भेदभाव, धर्म परिर्वतनसम्बन्धी, सम्पत्तिको उपयोग, गोपनियता, शोषणविरुद्ध, रोजगार र बेरोजगारलाई सहायतासम्बन्धी, श्रम, खाद्य अधिकार सामाजिक सुरक्षा र मौलिक हक कार्यान्वयनसम्बन्धी २३ वटा कानुन निर्माण गर्नुपर्ने देखिन्छ ।
राज्यशक्ति बाँडफाँट र प्रयोगका लागि संघ, स्थानीय निकाय र प्रदेश तहले राज्यशक्ति प्रयोग गर्ने कार्यविधि, गाउँपालिका, नगरपालिका र जिल्ला सभासम्बन्धी कानुन, प्रदेश र स्थानीय तहले बजेट पेस गर्ने, प्राकृतिक साधन उपभोग र विकासबाट प्राप्त हुने लाभ वितरणसम्बन्धी, स्थानीय तहको बजेट घाटा व्यवस्थापनसम्बन्धी र संघीय सञ्चित कोषबाट दिइने सहयोगसम्बन्धी कानुन निर्माण नभइकन संघीय व्यवस्था कार्यान्वयन नहुने देखिन्छ ।
नयाँ संविधानअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र संवैधानिक अंगका पदाधिकारी तथा संघीय कानुनअनुसार नियुक्त हुने व्यक्तिका पारिश्रमिक तथा सुविधासम्बन्धी कानुन निर्माण गर्नुपर्ने हुन्छ । संघीय व्यवस्थापिकाअन्तर्गत सांसदको शपथसम्बन्धी, समिति गठन, संसदको विशेषाधिकार, प्रतिनिधिसभा नियमावली र संसदीय सुनुवाइसम्बन्धी कानुन निर्माण गनुपर्ने देखिएको छ ।
न्याय प्रशासनअन्तर्गत सर्वोच्च अदालतको अधिकार क्षेत्र, अदालतको अपहेलना, उच्च अदालत, जिल्ला अदालतका न्यायाधीशको संख्या र नियुक्तिसम्बन्धी कार्यविधि, न्याय परिषद, प्रदेश न्याय सेवा आयोगसम्बन्धी कानुन निर्माण गर्नुपर्ने छ । निर्वाचनसम्बन्धी १२ वटा कानुन निर्माण हुनुपर्ने देखिएको छ । जसमा संघीय संसदमा र प्रदेशसभामा दल त्यागसम्बन्धी, राजनीतिक दलसम्बन्धी, मतदाता नामावली, निर्वाचन कसुर र सजायसम्बन्धी, स्थानीय निकाय निर्वाचन कार्यविधिसम्बन्धी कानुन निर्माण हुनु पर्नेछ ।
यीबाहेक राष्ट्रहित प्रतिकूल आचरणलाई दण्डनीय बनाउने, संकटकाल घोषणा र क्षतिपूर्तिसम्बन्धी, सन्धि–सम्झौता अनुमोदन, स्वीकृत र समर्थनसम्बन्धी, महाअभियोग लागेको व्यक्तिलाई कारबाहीसम्बन्धी, स्थायी आवासीय अनुमतिपत्रसम्बन्धी, संघ, प्रदेश र स्थानीय निकायबीच कर्मचारी समायोजनसम्बन्धी र संवैधानिक परिषदको काम–कारबाहीसम्बन्धी कानुन निर्माण गर्नुपर्ने छ । संविधानबमोजिम प्रदेशका लागि २२ वटा र स्थानीय तहले ६ वटा कानुन निर्माण गर्नुपर्ने देखिन्छ । मन्त्रालयले प्राथमिकताका आधारमा कानुन निर्माणको तयारी सुरु गरिसकेको मन्त्री खरेलले बताए ।
संविधानमा एक वर्षभित्र कानुन निर्माण गरिनेछ भनिएका स्थान र संविधान तत्काल कार्यान्वयन हुन रोक्ने व्यवस्थासम्बन्धी कानुन पहिलो चरणमा निर्माण हुने उनले जानकारी दिए ।
यसका लागि मन्त्रालयले कानुन मन्त्रालयका सचिवको संयोजकत्वमा एक विशेष समिति पनि गठन गरेको छ । जसमा सर्वोच्च अदालतको सहरजिस्ट्रार, महान्याधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता, प्रधानमन्त्री कार्यालयका सहसचिव, कानुन आयोगको सहसचिव र कानुन मन्त्रालयको सहसचिव रहने छन् । उनीहरुले कुन मन्त्रालयअन्तर्गतको विषय पर्ने हो, त्यसको अध्ययन गरी कानुन निर्माणमा सहयोग गर्नेछ । न्याय प्रशासन, आर्थिक अध्यादेश र अन्य कानुनको मस्यौदा र पुराना कानुन संशोधनको तयारी भने कानुुन मन्त्रालयले नै गर्ने भएको छ ।