राजनीतिक शक्तिबीच राष्ट्रिय एकता आवश्यक: दाहाल
नागरिक
०२ चैत्र २०७२
•
३ मिनेट पाठ
राजनीतिक शक्तिबीच राष्ट्रिय एकता आवश्यक: दाहाल
चरिकोट–एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयन र मुलुकमा देखिएका चुनौतीको सामना गर्न राष्ट्रिय एकतामा जोड दिएका छन्। संविधान कार्यान्वयनका लागि मुलुक सामु थुप्रै चुनौती रहेको बताउँदै दाहालले राजनीतिक शक्तिबहरुबीच राष्ट्रिय एकताको पक्षमा जोड दिएका हुन्।शान्ति सम्झौतादेखि संविधान निर्माणसम्म आइपुग्दा राजनीतिक दल एक ठाउँमा उभिएको स्मरण गर्दै दाहालले संविधान कार्यान्वयनका लागि अझै केही वर्ष राष्ट्रिय एकतामा जोड दिएका हुन्।  गिरिजाबाबुदेखि सुशीलजीको पालासम्म एक ठाउँमा उभिएर विभिन्न चरण सफलतापूर्वक पार गर्यौं', मंगलबार दोलखा सदरमुकाम चरिकोटमा हाम्रो रेडियोको बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, 'कांग्रेसमा शेरबहादुरजी आउनु भएको छ, आशा छ अव राष्ट्रिय एकताको वातावरण बन्नेछ।'

उनले संविधान जारीभए लगत्तै भारतले गरेको नाकाबन्दीका कारण मुलुकले ठूलो आर्थिक भार ब्यहोरेको र चरम अभावकाबीच पनि जनताले धैर्यता र एकता प्रर्दशन गरेर विश्वलाई चकित पारेको बताए। 'हामीले संविधान बनाउँदा नाकाबन्दी गर्ने छिमेकी देशका अगाडि अभावकोबीचमा पनि जनताले धैर्यता प्रर्दशन गरी विश्वभरी सन्देश दिएर नाकाबन्दी गर्नेलाई लज्जित बनाए', उनले भने।

दाहालले नाकाबन्दी हटेका कारण अव सहज वातावरण हुने बताए। 'भारतसगँ प्रधनमन्त्री केपी ओलीको भ्रमण पछि सकरात्मक कुराकानी भएको छ, तर पनि औपचारिक रुपमा भारतले संविधानको स्वागत गरिसकेको छैन', उनले भने,'अब भारतका साथै चीनसगँ पनि महत्वपूर्ण समझदारी हुनेछ।' उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणबाट व्यापार विविधिकरण र परनिर्भरता हट्ने किसिमको महत्वपूर्ण समझदारी हुने विश्वास व्यक्त गरे।  दाहालले भूकम्पपछिको पुर्ननिर्माणमा थुप्रै समस्या देखिएको बताउँदै त्यसलाई सम्बोधन गर्न आफूले छिट्टै पहल गर्ने बताए।
अर्को समाचार
मधेस बलियो भए मात्रै मुलुकको भविष्य उज्ज्वल हुन्छ : संयोजक दाहाल
०६ साउन २०८३
•
२ मिनेट पाठ
मधेस बलियो भए मात्रै मुलुकको भविष्य उज्ज्वल हुन्छ : संयोजक दाहाल
नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वाधिनताको रक्षा गर्न परिवर्तन पक्षधर राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

जनकपुरधामस्थित महेन्द्रनारायण निधि प्रतिष्ठानमा बुधबार आयोजित नेकपा मधेस प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा मधेस प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई सपथग्रहण गराउँदै संयोजक दाहालले यस्तो बताएका हुन्।

उनले मुलुकको राष्ट्रिय स्वाधीनता, संविधान र सङ्घीय व्यवस्थामाथि विभिन्न कोणबाट चुनौती थपिँदै गएकाले परिवर्तनका पक्षमा सङ्घर्ष गरेका राजनीतिक दलहरूबीच साझा समझदारी र सहकार्य अपरिहार्य बनेको बताए।

संयोजक दाहालले भने, ‘कठिन परिस्थितिको सामना गर्न हिजोका १२ बुँदे सम्झौता गर्नेदेखि संविधासभा र संविधान निर्माण गर्नेसम्म सहकार्य गरेका राजनीतिक दलबीच सहकार्य आवश्यक छ।’

त्यसका लागि वामपन्थी कम्युनिष्ट शक्तिदेखि नेपाली कांग्रेसलगायत दलहरूबीच सहकार्य जरुरी रहेको उनको भनाइ छ।

वामपन्थी कम्युनिष्ट घटकहरूबीच ध्रुवीकरण गर्दै एकताको पहल कदमी आफ्नो पार्टीको काँधमा आएको उल्लेख गर्दै संयोजक दाहालले सहकार्यका विषयमा नेकपा (एमाले)सँग पनि प्रयास भइरहेको बताए।

मधेस प्रदेशमा पार्टीलाई मजबुत बनाउन नसकिए पार्टीको पनि भविष्य राम्रो नबन्ने र मुलुकको पनि भविष्य राम्रो नहुने भएकाले आफ्नो पार्टीले मधेस प्रदेशलाई उच्च प्राथमिकतामा राखेको बताउँदै संयोजक दाहालले आगामी मङ्सीरमा हुने पार्टीको महाधिवेशनबाट ५० प्रतिशत युवालाई पार्टीको विभिन्न कमिटीमा समेटिने योजना बनाएको बताए।

विभिन्न वामपन्थी घटकबीचको एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको प्रशिक्षणमा पार्टी संयोजक दाहालसँगै पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेतृत्वले प्रशिक्षण दिनेछन्।

आज साँझसम्म चल्ने प्रशिक्षणमा मधेस प्रदेशका आठवटै जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता छन्। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस