पौडेल कि देउवा ?
१७ फागुन २०७२
•
१७ मिनेट पाठ
पौडेल कि देउवा ?
प्रजातान्त्रिक संस्कार स्थापना हुनका लागि निष्पक्ष निर्वाचन मात्र पर्याप्त हुँदैन बरु स्वाभाविक चुनावी परिणाम अपरिहार्य हुन्छ। स्वतन्त्र चुनाव भएर पनि सहज नतिजा आउन सकेन भने प्रजातन्त्र हार्छ । त्यस्तै स्वाभाविक परिणाम त आयो तर स्वच्छ मतदान हुन सकेन भने पनि लोकतन्त्रकै क्षय हुने हो।तसर्थ, प्रजातान्त्रिक अवयवहरु संस्थागत हुन स्थानीय निकायदेखि केन्द्रीय संसद् मात्र होइन बरु ग्रामीण एनजिओदेखि राजनीतिक दलको आन्तरिक चुनावमा समेत निष्पक्षता कायम हुनुपर्छ र नतिजा पनि स्वाभाविक आउनुपर्छ । नेपाली कांग्रेसको आगामी अधिवेशनले चुन्ने नेतृत्वले मुलुकको राजनीतिलाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले निष्पक्ष चुनाव होस् र उपयुक्त व्यक्तिले दलको अगुवाई गरोस् भन्ने जनचाहना देखिन्छ ।

विगतमा भैmँ नीति तथा कार्यक्रमका सम्बन्धमा खासै छलफल नहुने बरु केन्द्रीय पदाधिकारी छनोटमा सीमित हुने देखियो वर्तमान कांग्रेसी भेला । सभापति पदका लागि रामचन्द्र पौडेल र शेरबहादुर देउवा मैदानमा ओर्लिइसकेको अवस्था छ । कोइराला वंशको उत्तराधिकारीका रूपमा सुजाताले आफूलाई प्रस्तुत गरिन् भने कृष्ण सिटौलासमेत सभापतिको आकांक्षी देखिए । धृतराष्ट्र शैलीमा माधव नेपालको सरकारमा गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेसको संस्कार र मान्याता दुवै मिच्दै पुत्री सुजातालाई उपप्रधान मन्त्री बनाएपछि उनको महत्वाकांक्षा बढ्नु अस्वाभाविक होइन । अवसर प्राप्त गर्नु र क्षमता प्रदर्शनी फरक फरक विषय हुन । समन्यायको वकालत गर्नुभन्दा जर्मनीबाट ल्याएर आफूलाई आफ्ना पिताले नेपालमा स्थापित गरेभैmँ बंगलादेशबाट ज्वाइँ रुबेल चौधरीलाई ल्याएर काठमाडौँमा स्थापित गर्न लागिन् सुजाता आफू सत्तामा हँुदा । त्यसमाथि उनले गरेको आर्थिक अपचलनको बयान गरिरहनै परेन । कदाचित गिरिजाप्रसादकै पुत्री भएकाले आफूलाई कार्यकर्ताले रोज्छन् भन्ने लागेको हो भने नेपाली कांग्रेसका आर्किटेक्चर बिपी कोइरालाका छोरा राजनीतिमै रहेको स्मरण गरे पुग्छ उनले । त्यसमाथि प्रथम संविधान सभा चुनाव हारेपछि दोस्रो पल्ट पनि फेरि विपरित नतिजा आउने डरमा समानुपातिक कोटामा बसी सहज अवतरण गर्न रुचाउने सुजाताले पार्टी नेतृत्व गर्लिन् भनेर कसले विश्वास गर्ने ? अर्का आकांक्षी कृष्ण सिटौलाका सम्बन्धमा यतिमात्रै भनौँ कि अन्तर्राष्ट्रियस्तरमै देशको बदनामी भएको सुडान घोटालाका मुखियाले समेत चुनाव जितिन्छ नै भन्ने आशमा पार्टी नेतृत्वको दाबी गरेको हो भने कांग्रेस विघटनको दिन नजिकिएको त होइन भन्ने प्रश्न उब्जन्छ ।

इन्दिरा गान्धी भारतको सर्वाधिक शक्तिशाली प्रधान मन्त्री भएका बखत आरके धबन र पिएन धर भन्ने उनका भित्रिया थिए । उनीहरु क्याबिनेट मिनिस्टर भन्दा पनि शक्तिशाली थिए । त्यसबेला उनीहरुको रवाफ कस्तो थियो भने उनीहरुको घर दिल्लीमा गाईलाई ख्वाउन हेलिकप्टरबाट कश्मीरको स्याउ आउँथ्यो भन्थे मानिस । इमर्जेन्सीका बेला इन्दिरा नै इन्डिया हो भन्ने उखान भएको बेलाका सल्लाहकार थिए उनीहरु । बेलाबखत सानसँग उनीहरु भन्ने गर्थे– हामी छाँै त्यसैले इन्दिरा शक्तिशाली छिन् । मानिसलाई पनि भ्रम परेको थियो कि इन्दिरा गान्धीको शक्ति नै धबन र धरको बल हो । तर जब इन्दिरा गान्धीको हत्या भयो राजीव गान्धी पावरमा आए । राजीवले यिनीहरुलाई कुनै स्थान दिएनन्, उनीहरु सडकमा आए । पिएन धर जाजिर खान विदेश पलाएन भए, आरके धवन बिहारको स्थानीय पोलिटिक्समा हराए ।

२०४६ सालदेखि मृत्युवरण गर्दाका दिनसम्म सार्वजनिक पदमा रहँदा÷नरहँदासमेत गिरिजाप्रसाद कोइराला शक्तिशाली नेता थिए । सुरुका दिनमा उनका सहयोगी थिए खुमबहादुर खडका, गोविन्दराज जोशी, विजय गच्छदार आदि । यिनीहरुको समूहलाई विघटित सोभियत संघको जासुसी संस्थाको नाम केजिबी राखेको थियो मिडियाले । गिरिजाको शासनमा तत्कालीन सोभियत संघको केजिबी जस्तै शक्तिशाली छन् उनीहरु भन्ने सामान्य बुझाइ थियो । उनीहरु स्वयम् भन्ने गर्थे कि हाम्रो सहयोगकै कारण गिरिजा स्थापित भएका हुन् र हामीले छाडेको दिन गिरिजाको पतन हुन्छ । गिरिजाबाबु स्वयममा पनि उक्त भ्रम थियो । त्यसैले ज्यादै बदनाम भएर समिपमा राख्न इन्छा नहँुदानहँुदै पनि उनीहरुलाई छाडेनन् गिरिजाबाबुले । पछि शेरबहादुर देउवाले पार्टी फुटाएपछि खड्का र गच्छदार प्रजातान्त्रिक कांग्रेसमा लागे, केही दिनपछि भ्रष्टाचारको आरोपमा गोविन्दराज जेल परे, पलायन भए । तर उनीहरुले छाडेपछिका दिनमा गिरिजाप्रसाद कोइराला झन् शक्तिशाली भएर आए । यदि केजिबी गिरिजाप्रसाद कोइरालाको सहारा भए उनीहरुको पलायनपछि गिरिजाबाबुको पतन हुनुपर्ने थियो । तसर्थ सबैले बुझ्नुपर्ने कुरा के हो भने राजनीतिक शक्ति र समर्थन मिसन र भिजन भएको व्यक्तिमा हुन्छ, नेताको सहयोगीमा हुँदैन । कहिलेकाहीँ ठूलो नेताको समिपमा बस्दा आफू पनि निकै पावरफुल र काबिल भएको भ्रम हुनु मानवीय कमजोरी हो । त्यस्तै भ्रममा कहिलेकाहीँ सिटौला प्रवृत्तिले आफ्नो वास्तविक हैसियत भुल्नु अन्यथा होइन । शक्तिशाली प्रधान मन्त्री इन्दिरा गान्धीका सल्लाहकार घवन र धर अनि गिरिजाबाबुका सहयोगी केजिबीको कथा सबैले स्मरण गर्न जरुरी छ ।

नेपाली कांग्रेसले आफ्नो सभापति चुन्दैछ । रामचन्द्र पौडेल र शेरबहादुर देउवामध्ये एक जना सभापति बन्ने देखियो । उनीहरु जो सभापति भए पनि कांग्रेसले वर्तमान चुनौतीको यथोचित समाधान दिन सक्दैन भन्नेमा दुई मत छैन । पार्टीको परम्परा, संस्कार तथा मतदाताको बनोट हेर्दा जतिसुकै काबिल र क्षमतावान भए पनि तत्कालै तेस्रो व्यक्तिले नेतृत्व लिन सक्ने देखिन्न । तसर्थ तत्कालका लागि पौडेल र देउवामध्ये कसले नेतृत्व लिँदा नेपाली कांग्रेसले कम मूल्य चुकाउनुपर्ला, त्यता हेरौँ ।

केही दिनअघि शेरबहादुर देउवाले आफूले किन विगतमा पार्टी फुटाउनुप¥यो भन्ने यथार्थ बाहिर ल्याए । गिरिजाप्रसाद कोइरालाको थिचोमिचो अचाक्ली बढेकाले उनको नेतृत्वमा धेरै बस्न नसकिने निचोडमा आफू र रामचन्द्र पौडेल पुगेर नै कांग्रेस विभाजन गर्ने योजना बनेको भने देउवाले । तर अन्तिम घडीमा रामचन्द्रले पार्टी फुटाउने कदम उठाएर गलत गरेको भन्दै उक्त अभियानमा आफ्नो सहभागिता नरहने बताएकाले मात्र आफू छुट्टिएको पार्टीको सभापति बन्न पुगेको देउवाको दाबी देखियो । तत्कालीन संसद् विघटनले ज्ञानेन्द्रको हुकुमी राज, जातीय तथा क्षेत्रीय द्वेषलगायत दुष्चक्रमा मुलुक कसरी फस्यो सबैले देखेकै विषय हो ।

रामचन्द्रलाई आफ्नो भनाइमा टिकिरहन नसक्ने नेता अनि शेरबहादुरलाई चिताएको कुरा गरेरै छाडने नेताका रूपमा चिन्छन् कांग्रेसीहरु । बहुमतमा रहेको पार्टीलाई गिरिजाप्रसादको व्यक्तिगत रिसइबीमा फुटाउने निर्णय गर्ने दुवै नेतालाई काबिल भन्न सकिन्न । तर रातभरिको चिन्तनपछि गिरिजाबाबुको शेखी झार्न पार्टी नै फुटाउँदा देश तथा जनताले अझ दुःख पाउने कुरा स्मरण गर्दै आफ्नो पूर्ववत् पार्टी टुक्र्याउने निर्णयमा अडिग हुन सकेनन् पौडेल । अर्कोतिर एक पल्ट पार्टी फुटाउने बिगुल फुकिसकेपछि देशले जतिसुकै दुःख सास्ती पाए पनि आफ्नो पूर्ववत् अडानमा सम्झौता नगर्ने नेता देखिए देउवा । अब समयानुकूल निर्णय परिवर्तन गर्ने पौडेल रोज्ने कि जस्तोसुकै प्रतिकूल अवस्थामा समेत आफ्नो अडानमा अविचलित देउवा ठीक ? आपैmँ सोचौँ ।

माधवकुमार नेपालले राजिनामा दिएपछि रामचन्द्र पौडेललाई नेपाली कांग्रेसले प्रधान मन्त्रीको उमेदवारका रूपमा प्रस्तुत ग¥यो । दुई दर्जन पल्ट भएको निर्वाचनमा समेत परिणाम आउन नसक्दा आफूलाई प्रधान मन्त्रीको उमेदवार बनाए जितेर देखाउने भने देउवाले । उनको भनाइमा विश्वास गर्न नसक्ने आधार छैन । मनमोहनको सरकार विघटन भएपछि शेरबहादुर प्रधान मन्त्री बने अनि चार दर्जनभन्दा अधिकको सहयोगी टोली बनाए । सरकार ढल्ने अवस्था हुनेबित्तिकै सांसदलाई सुरा सुन्दरीमा डुबाएर होस् कि विदेश भ्रमणमा पठाएर, आफ्नो सरकारको स्थायित्व दिन सक्ने देउवालाई रामचन्द्रको साटो चुनाव लडाएको भए अन्य दलसँग जस्तौसुकै सम्झौता गरेर भए पनि शेरबहादुर प्रधान मन्त्री बन्थे भन्ने अड्कल गलत देखिन्न । तसर्थ, प्रजातान्त्रिक संस्कार स्खलन हुन नदिई चुनाव हार्ने नेता रामचन्द्र रोज्ने कि लोकतान्त्रिक मान्यतालाई तिलान्जली दिएरै भए पनि देशको कार्यकारी हत्याउने, टिक्न सक्ने देउवामध्ये कसको हातमा पार्टी सुम्पने ? आफँै सोचौँ ।

रामचन्द्र कार्यकर्तालाई खर्चबर्च दिँदैनन् । देउवा आफू निकटकालाई आर्थिक सहयोग गर्ने मामलामा उदार छन् भन्छन कांग्रेसी । सभासद्को हैसियतले रामचन्द्र र देउवाले पाउने तलव सुविधा समान हँुदाहँुदै पनि कार्यकर्ताका लागि शेरबहादुरले निकै खर्चिएको देखियो । महिनाको एक लाख पनि तलब नपाउने नेताले आफ्ना समर्थकका लागि लाखौँ खर्चिएकामा कार्यकर्ता खुसी देखिए । तर लाख नकमाउने नेताले मासिकरूपमा करोडौं खर्च गर्छन् भने उक्त पैसाको स्रोत कार्यकर्ताले खोज्ने कि नखोज्ने ? नेताले जुनसुकै विधिबाट भए पनि पैसा कमाएर कार्यकर्तालाई खुवाउनुपर्छ भन्ने मान्यता राख्ने देउवा उपयुक्त हुन् कि त्यस्तो गर्न नसक्ने रामचन्द नेतृत्वका लागि ठीक ? स्मरण गरौँ ।

सामान्य विषयमा आफ्ना शुभेच्छुकसँग छलफल गर्ने देउवा गम्भीर विषयमा भने एक्लै निर्णय दिन्छन् । शेरबहादुरले आफू एक्लैले दरवारमा राजा ज्ञानेन्द्रको सल्लाह सुझावमा मध्यरातमा संसद् विघटनको सिफारिस गरेको सर्वविदितै छ । साथै उक्त यथार्थ तत्कालीन मन्त्री तथा देउवाका निकट सहयोगी विमलेन्द्र निधीले संसद् विघटन भएकै दिन प्रस्ट पारेकै हुन् । राजाले निर्वाचन नहुन्जेल आफैलाई प्रधान मन्त्री कायम गर्ने आश्वासन दिएकाले मात्र विघटनको सिफारिश गरेको भन्ने देउवाकै अभिव्यक्ति हो । रामचन्द्र साना विषयमा आफँै निर्णय ठोक्छन् । त्यसले गर्दा उनका निर्णय विवादमा पर्छ अनि पछि सच्याउँछन् । त्यही बानीले उनलाई बोलीको टुड्गो नभएको नेता पनि भन्छन् । हालै कार्यबाहक सभापतिको हैसियतले विदेशस्थित जनसम्पर्क समितिलाई सबै क्रियाशील सदस्यलाई भेला गराएरमात्र प्रतिनिधि चुन्नू भन्ने निर्णयलाई दोस्रो दिनमै संशोधन गर्नु पौडेलको बानीको परिचय हो । सामान्य विषयमा आफन्तसँग देउवा जस्तो सल्लाह सुझाव नलिने भएकाले रामचन्द्र कोटरीबिहीन देखिन्छन् तर देउवाभन्दा फरक गम्भीर निर्णय लिँदा भने बृहत् छलफल गर्ने भएकाले रामचन्द्रले ठूलो गल्ती गर्दैनन् । त्यही बानीले उनी विगतमा पार्टी फुटाउने जस्तो गम्भीर अपराध गर्नबाट जोगिए ।

बाल्यावस्थामै राजनीतिमा होमिएका देउवा तथा पौडेल दुवैै कांग्रेसका अविचलित नेता हुन् तर पनि उनीहरुको बानी व्यवहारमा अतुलनीय विभेद छ । तसर्थ नेपाली कांग्रेसलाई आगामी दिनमा कुन बाटो हिँडाउने त्यसैअनुरूप विशेषता भएको व्यक्तिलाई महाधिवेशन प्रतिनिधिले अर्को हप्ताको चुनावमा मतदान गर्लान् भन्ने आशा गरौँ । अहिले एकखालको नेतालाई मतदान गर्ने अनि भविष्यमा पृथक विधिको पार्टी हँकाइको अपेक्षा खोज्नु सान्दर्भिक हुँदैन ।
अर्को समाचार
महिला संघमा देउवा प्यानल
०२ असोज २०७३
•
५ मिनेट पाठ
महिला संघमा देउवा प्यानल
काठमाडौं- नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघमा सभापति शेरबहादुर देउवा प्यानलै विजयी भएको छ। पार्टी नेता रामचन्द्र पौडेल र सभापति देउवा प्यानलबीच भएको चर्काे प्रतिस्पर्धामा पौडेल पक्षधरको उपस्थिति नगण्य देखिएको छ।

पार्टीको १३ औं महाधिवेशनपछि सभापति शेरबहादुर देउवासँग निरन्तर प्रतिस्पर्धामा उत्रिए पनि पौडेल पक्षको उपस्थिति महिला संघमा पनि निकै कमजोर देखियो।

संघको तेस्रो महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि शुक्रबार राति सम्पन्न मतदानमा पौडेल प्यानलबाट केन्द्रीय सदस्य उम्मेदवार कल्याणी रिजाल मात्र सफल भइन्। अध्यक्षसहित बाँकी सबै पदाधिकारी र केन्द्रीय सदस्यमा देउवानिकट उम्मेदवार निर्वाचित भए।

देउवा प्यानलबाट अध्यक्ष उम्मेदवार बनेकी उमा रेग्मी पौडेल पक्षकी मीना पाण्डेभन्दा २ सय २ मत बढी ल्याएर निर्वाचित भइन्। त्यस्तै, महासचिव र कोषाध्यक्षमा क्रमशः धना खतिवडा र जानकी सिंह विजयी भएका छन्। महाधिवेशनबाट ५३ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्, जसमध्ये खुला २२, प्रत्येक प्रदेशबाट तीन/तीन गरी २१, जनजाति, दलित, मधेसीबाट तीन/तीन तथा मुस्लिम समुदायबाट एक जना छन्।

सभापति देउवा र पौडेल प्यानलसहित १ सय २६ जना चुनावी मैदानमा उत्रेका थिए। झन्डै १० वर्षपछि भएको संघको महाधिवेशनमा देशभरिबाट २ हजार १ सय १४ प्रतिनिधिमध्ये १ हजार ८ सय १४ जना नेतृत्व चयन प्रक्रियामा सहभागी भएका थिए।

१३ औं महाधिवेशन सम्पन्न भएको एक महिनापछि भएको संसदीय दल निर्वाचनमा पौडेल सभापति देउवासँग पराजित भएका थिए। संसदीय दल कार्यसमितिमा पनि पौडेल पक्षका चार जना मात्र निर्वाचित भए। त्यसपछि भएको नेविसंघ महाधिवेशनमा पौडेलनिकट विद्यार्थी अध्यक्ष, महामन्त्रीसहित महŒवपूर्ण पदमा पराजित भएका थिए।

राणाविरोधी आन्दोलनका लागि कांग्रेसको स्थापनासँगै २००४ साउन २४ गते मंगलादेवी सिंहसहितका महिला अगुवाहरुले संघको स्थापना गरेका थिए। त्यसकै माध्यमबाट महिलालाई राणाविरोधी आन्दोलनमा समाहित गर्दै मुलुकमा प्रजातन्त्र स्थापनामा सक्रिय भएको महिला संघको २०५८ मा विराटनगरमा पहिलो र २०६४ मा काठमाडौँमा दोस्रो महाधिवेशन भएको थियो।

तत्कालीन नेतृत्वले महाधिवेशन गराउन नसकेको भन्दै पार्टी केन्द्रीय समितिले नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघसहितका छ भ्रातृ संगठन विघटन गरेर तदर्थ समिति गठन गरेको थियो। छ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने गरी छवटै भ्रातृ संगठनको महाधिवेशन आयोजक समिति गठनसँगै डिला संग्रौला नेतृत्वमा महिला संघको पनि तदर्थ समिति गठन भएको थियो।

समिति गठन भएको पाँच वर्षपछि मात्र महाधिवेशन भएको हो।

तदर्थ समिति नेतृत्वमा रहेका ६ मध्ये महिला संघसहित दुई संगठनको मात्र अहिलेसम्म महाधिवेशन भएको छ। अर्को भ्रातृ संगठन तरुण दलको महाधिवेशन विवादका कारण फेरि कात्तिकका लागि सरेको छ। विवादका कारण २० जिल्ला अधिवेशन बाँकी रहेपछि महाधिवेशन गराउन पार्टीले गठन गरेको निर्देशक समितिले कात्तिक २७–२९ मा गर्ने गरी सारेको हो। 

को हुन् रेग्मी

कांग्रेस पूर्वकेन्द्रीय सदस्य रेग्मी पहिलो संविधानसभा सदस्य थिइन्। गोरखाको केराबारी गाविसमा जन्मेकी रेग्मी २०२५ सालमा पार्टी संस्थापक नेता बिपी कोइरालाबाट प्रभावित भएर नेपाल विद्यार्थी संघ हुँदै राजनीतिमा सक्रिय भइन्।

नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य र नेपाल महिला संघको निर्वाचित प्रथम अध्यक्ष बनेकी रेग्मी शिक्षाशास्त्रमा स्नातकोत्तर उत्तीर्ण छिन्। २०४८ सालमा पर्वत २ बाट प्रतिनिधिसभामा निर्वाचित रेग्मी २०५१ मा पराजित भइन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस