पौडेल पार्टीभित्रै बहुमतीय उम्मेदवार, देउवा पक्ष भन्छन्- हाम्रो समर्थन छैन
१९ माघ २०६७
•
४ मिनेट पाठ
पौडेल पार्टीभित्रै बहुमतीय उम्मेदवार, देउवा पक्ष भन्छन्- हाम्रो समर्थन छैन
गोविन्द परियार, काठमाडौं, माघ २0- प्रधानमन्त्री उम्मेदवारका आकांक्षी शेरबहादुर देउवा पक्षधरले समर्थन नगरेपछि कांग्रेसले संसदीय दलका नेता रामचन्द्र पौडेललाई बहुमतका आधारमा प्रधानमन्त्री उम्मेदवार चयन गरेको छ।
बुधबार केन्द्रीय समिति बैठकमा देउवा पक्षधरको विरोधका बाबजुद पौडेल बहुमतका आधारमा उम्मेदवार तोकिएका हुन्। यसअघि १६ पटक प्रधानमन्त्री निर्वाचनमा प्रतिस्पर्धा गरेका पौडेललाई नै फेरि उम्मेदवार बनाउने सभापति सुशील कोइरालाको प्रस्तावमा देउवा पक्षीय नेताले विरोध जनाएपछि उनी सर्वसम्मत हुन सकेनन्।

'पौडेललाई प्रधानमन्त्री बनाउने सभापतिको प्रस्तावमा हाम्रो समर्थन छैन,' बैठकपछि देउवापक्षीय केन्द्रीय सदस्य विमलेन्द्र निधिले संवाददातासँग भने, 'यो निर्णय सर्वसम्मत होइन, बहुमतीय हो।'

अन्य दलसँग गठबन्धन गनुपर्नेमा पौडेल पार्टीमै सर्वसम्मत नरहेकाले सरकारमा कांग्रेस नेतृत्वको सम्भावना टरेको देउवा पक्षीय नेताले जनाएका छन्।

'गठबन्धनका आधारमा सरकार बन्ने हो, अरू दललाई पनि साथ लिएर अघि बढ्नुपर्नेमा पार्टीभित्रै सर्वसम्मत गर्न नसक्नुले कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना देखिँदैन,' केन्द्रीय सदस्य बालकृष्ण खाँडले बैठकपछि भने, 'कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा सदस्यहरूलाई बोल्नै नदिई सभापतिले एकलौटी निर्णय गरेर पौडेललाई उम्मेदवार बनाइयो।'

प्रधानमन्त्रीको उम्मेदवारी दाबी गरेका देउवाले बैठकमै आफूलाई माओवादी र एमालेको समर्थन रहेको धारणा राखेका थिए। देउवालगत्तै बोलेका पौडेलले पनि १६ पटकसम्म आफूले पार्टीका लागि पराजय भोगेकाले फेरि पनि आफैं उम्मेदवार हुनुपर्ने बताएका थिए।
बैठकमा पौडेल, देउवा र केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, रामशरण महत, कृष्णप्रसाद सिटौला र निधिले मात्रै बोलको थिए।

केन्द्रीय सदस्य रामशरण महतले भने पार्टीभित्र जो उम्मेदवार भए पनि सरकार बन्ने/नबन्नेमा फरक बताए।

केसीले भने सरकारको नेतृत्व हुने सम्भावना भए प्रधानमन्त्रीको उम्मेदवारमा विकल्प दिनुपर्ने धारणा राखेका थिए।
केन्द्रीय समितिको बैठक बस्नु अघि नेतात्रय सभापति कोइराला, देउवा र पौडेलबीच छुट्टै छलफलबाट सहमति प्रयास गरिएको थियो। छलफलमा देउवाले माओवादी र एमालेका नेता घरमै आएर समर्थन गर्छु भनेको बताउँदै आफूले उम्मेदवारीको आकांक्षा राखेको बताएका थिए। देउवाको भनाइ सुनेपछि पौडेलले आफूलाई पनि माओवादी र एमालेले त्यस्तै आश्वासन दिएको धारणा राखेका थिए।

बिहान ८ बजेदेखि झन्डै तीन घन्टा लामो सहमतिको प्रयास सफल हुन नसकेपछि कोइरालाले संसदीय दलका नेता पौडेललाई प्रधानमन्त्रीको उम्मेदवारको प्रस्ताव केन्द्रीय समितिमा राखेका थिए। प्रस्तावमा कोइराला पक्षले ताली र देउवा पक्षले गाली सुरु गरेपछि पौडेल हलबाट बाहिरिएर सिघै संविधानसभा भवन नयाँ बानेश्वर उम्मेदवारी दर्ता गर्न पुगेका थिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस