काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ। तत्कालीन सभापति सुशील कोइरालाको निधिनपछि रिक्त संसदीय दलको बुधाबार हुने निर्वाचनमा देउवा र पौडेलले उम्मेदवारी दिने भएका हुन।
सभापति देउवाले दलको नेतामा उम्मेदवारी दिने निकटहरुले बताउँदै आएपनि अर्को पक्षबाट को उम्मेदवार बन्छ भन्ने टुंगो थिएन। पौडेल निकट नेताहरुको आइतबारको भेलाले पार्टी सभापतिमा जस्तै दलको नेतामा पनि उनैलाई अघि सार्ने निर्णय छ। नेता पौडेलको सम्पर्क कार्यालय ढुंगेधारामा बसेको निकटहरुको भेलाले हरहालतमा पौडेललाई दलको नेतामा निर्वाचित गराउने निष्कर्ष निकालेका छन्। ६० भन्दाबढी सांसदहरु सहभागि भेलाले पौडेललाई दलको नेतामा निर्वाचित गराउन आ–आफ्नो ठाउँबाट पहल र सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 'रामचन्द्र पौडेल होइन आफै उम्मेदवार भए जस्तोगरी लाग्ने समझदारी भएको छ,' बैठकमा सहभागि एक नेताले भने, 'सबै लाग्दा चुनाव जित्न सकिन्छ भन्ने ठहर छ ।'
महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री प्रकाशमान सिंह, शेखर कोइरालासहितका नेताले आफ्नो पक्षको नेता पौडेल नै भएकाले दलको नेतामा उनैलाई अघि सार्नु पर्ने धारणा राखेका थिए। सबै जना लाग्दा दलको निर्वाचन आफ्नो पक्षमा पार्न सक्नेभन्दै नेताहरुले पार्टीलाई एकतावद्ध बनाउन सभापति देउवाले दलको नेतामा पौडेललाई समर्थन गर्नु पर्ने धारणा राखेका थिए। 'शेरबहादुरजीले सभापतिमा निर्वाचित भएपछि पार्टीलाई एकतावद्ध बनाएर लैजाने जुन सन्देश दिंदै आउनु भएको छ त्यसलाई व्यवहारमा उर्ताने समय आएको छ,' बैठकमा सहभागि एक नेताले भने, 'उहाँले नै पौडेललाई संसदीय दलको नेतामा प्रस्ताव गर्नुपर्छ।'
आफैं दलको नेता बन्न सक्रिय देउवा त्यसलाई मान्ने पक्षमा छैनन्। महाधिवेशनमा पाएको समर्थनको आंकलन गर्दै देउवा आफ्नो पक्षमा सुविधाजनक बहुमत रहेकोमा ढुक्क छन्। 'मुखमा आएको संसदीय दलको नेता छोड्ने कुरा आउँदैन,' देउवा निकट एक नेताले भने, 'महाधिवेशन अघि र महाधिवेशनका क्रममा दलको नेता बन्न गरेको प्रस्ताव अस्वीकार गर्ने, पराजीत भएपछि एक व्यक्ति एक पदको कुरा सुहाउँदैन ।' देउवाले नै दलको नेतामा उम्मेदवारी दिने जिकिर गर्दै निकट स्रोतले भन्यो, 'कृष्णप्रसाद सिटौलासहित नेताहरुको पनि हामीलाई सर्मथन रहन्छ ।' पौडेललाई नेता मान्न र देउवासँग जान नसकेकै कारण १३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेको बताउँदै आएका सिटौलाको समर्थन संसदीय दलमा कसलाई रहन्छ भन्ने टुंगो लाग्न बाँकी छ । सिटौलासाँग गगनकुमार थापा, उषा गुरुङ, गणेशप्रसाद बिमली, अमृतलाल राजवंशीसहित सांसदहरु छन् । पौडेल पक्षीय सांसदहरुको भेलाले संसदीय दल र कार्यसमितिको निर्वाचन एकैसाथ गर्न सोमबार बस्ने संसदीय दल र केन्द्रीय समितिको छुट्टा/छुट्टै बैठकमा नेतृत्वसँग माग गर्ने छन् । पार्टीले गठन गरेको निर्वाचन समितिले बुधबार संसदीय दलको नेता र शुक्रबार संसदीय दल कार्यसमितिको निर्वाचन गर्ने कार्यक्रम बनाएको छ । त्यस्तै, नयाँ संविधानसँग नबाझिने गरी संसदीय दलको विधान संशोधन गर्नु पर्नेमा जोड दिंदै भेलाले पाँच विकास क्षेत्रलाई प्रदेशमा परिणत गर्नु पर्ने, थारु र मुस्लीमलाई पनि आरक्षण कोटा छुट्याउने जनाएको छ। कार्यसमितिको आकार बढाउने कुरामा भने पौडेल पक्ष विपक्षीमा उभिने भएको छ। विधान संशोधनका लागि कांग्रेसले सोमबार बिहान ८ बजे संसदीय दल र दिउँसो २ बजे केन्द्रीय समिति बैठक बोलाएको छ।