राणाहरूको पारिवारिक जहाँनियातन्त्रबाट जनताले शासन गर्ने राजनीतिक व्यवस्थामा नेपाल प्रवेश गरेको ६५ वर्ष बित्यो। यसबीच नेपाली जनताले प्रजातन्त्र, पञ्चायत, पुनर्स्थापित प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रात्मक व्यवस्थाको अनुभव गरेका छन्।राजनीतिक आन्दोलनहरूबाट शासन व्यवस्था परिवर्तन गर्ने अभियानमा नेपाली जनता पटकपटक सक्रिय हुँदै आएका छन्। सडकमा उत्रिएर राजनीतिक व्यवस्थाविरुद्ध प्राणआहुति दिन तयार हुने जनताका आन्दोलनको जगमा उभिएर राजा र नेताहरूले ७ दशकसम्म शासन गरे, गर्दैछन्। तर, यति लामो समयको राजनीतिक अभ्यासबाट पनि हामीकहाँ थिति बस्न सकेन। राजनीतिक स्थायित्व कायम हुन सकेन। प्रतातन्त्र प्राप्तिका ७ दशकपछि पनि हामीकहाँ राजनीतिक आन्दोलन जारी छ। मुलुक गणतन्त्रमा प्रवेश गरिसकेको र जनप्रतिनिधिले संविधान बनाउने लामो समयदेखिको आकांक्षा पनि पूरा भैसकेको छ, तर पनि आन्दोलनहरू भैरहेका छन्। आन्दोलनको थान्को लागेर मुलुक आर्थिक विकास र उन्नतिमा लम्कने अवसर एकपछि अर्को गर्दै पर धकेलिँदै गएको देखिन्छ। हामी के पाउनका लागि निरन्तर राजनीतिक आन्दोलन र अधिकारको लडाइँ लडिरहेका छौँ? जनताको जीवनस्तर, मुलुकको आर्थिक र भौतिक प्रगतिको बाधकजस्तै बनेको राजनीति र आन्दोलनबाट मुक्ति कहिले त? राजनीतिक आन्दोलनहरूको ध्येय अधिकार प्राप्तिसँगमात्र सम्बन्धित हुने रहेछ। हाम्रो सन्दर्भमा त्यही देखियो। हामीकहाँ आर्थिक प्रगति र विकास राजनीतिक एजेन्डामा पर्दैनन्। कारण, हाम्रा 'राजनेता'हरूलाई मुलुकको अर्थतन्त्र टाट पल्टिरहेका धरातलीय यथार्थले पिरोलेको छैन। नेपाली जनता अभावबाट गुजि्ररहेका छन्। नेताहरू त्यसलाई जनता आत्मनिर्भर बन्न सिकेको अर्थ लगाउँदैछन्! रेमिट्यान्समा टिकेको अर्थतन्त्र र दाल, चामल, खुर्सानी, धनियाँ, मेथी, प्याज अनि कोदो–मकै आयत गरेर भातभान्सा चलेको छ। तर, हामी राजनीतिक आन्दोलनहरूमा रमाइरहेका छौँ। त्यसैमा सौदाबाजी गरिराखेका छौँ!
मधेसी मोर्चाको आन्दोलन र भारतीय नाकाबन्दीको असर मूल्यवृद्धिले इतिहास रचेको छ। मुलुकको आर्थिक विकासको ग्राफ ऋणात्मक हुने संकेत देखिएको छ। सरकारी संरक्षणमा कालोबजारीले कब्जा जमाएको छ। सरकार सुशासनको गफ गरिरहेको छ। तर यी अहम् जनचासोबारे गम्भीर चिन्तन, बहस भैरहेको छैन। हामी राजनीतिक अधिकारको नाममा लडिरहेका छौँ, हामीलाई कसैले लडाइरहेको छ र अदृश्य जितपछि सबै माग पूरा हुन्छन् भन्ने मनोविज्ञानबाट ग्रसित छौँ। यही मान्यतामा मधेस आन्दोलनका ५ महिना बिते। हामी राजनीतिक व्यवस्थालाई दोष दिँदैछौँ। प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र नामका तन्त्रहरूको भूलभूलैयामा जनतालार्ई आन्दोलित गराइराख्ने कला हाम्रा राजनीतिकर्मीले जानेका रहेछन्। उनीहरू त्यही आफूले जानको काम गर्दैछन्। आन्दोलनको मारमा कोको परिराखेका छन्? त्यसको हिसाबकिताब कसले गर्ने? तराई–मधेसको अधिकारको नाममा आन्दोलन र नाकाबन्दी छ। त्यसले कहाँका जनतालाई कुन तहसम्म असर गरेको छ? कोकति प्रभावित छन्? काठमाडौँ, पहाड र तराई–मधेस कहाँका जनतालाई कति सास्ती पुगेको छ? त्यसबारे वस्तुपरक विश्लेषण हुन सकेको छैन।
नेपाली जनता सास्ती भोग्दैछन्, तर यहाँ तिनै जनतालाई पहाडी, मधेसीका नाममा विभाजन गरिँदैछ र न्यसलाई नाम दिइँदैछ– राजनीतिक अधिकारको आन्दोलन। तराई–मधेसमा शान्तिसुरक्षाको अवस्था बिग्रँदो छ। पछिल्लो समय त्यहाँ जनताको सुरक्षाको कुरा प्रवल भएर आएको छ। महोत्तरीमा एक सातामा दुई नाबालक अपहरणपछि मारिए। आफ्ना लालाबाला गुमाएका ती परिवारका पीडा न मधेसका मसिहाले आत्मसात् गर्नसक्छन् न सिंहदरबारमा बसेर सुशासनका चुट्किला भन्नेले नै! अघिल्ला मधेस आन्दोलनको अवस्थाको विश्लेषण गराँै। धेरै भएको छैन, आपराधिक क्रियाकलापले तराई–मधेसमा राज गरेको र आमजनताले पीडादायी अवस्था भोगेको। बन्दुक देखाएर साम्प्रदायिकताको बिष रोपिएको थियो, बन्दुककै बलमा अपहरण, लुटपाटको सिलसिला चलाइएको थियो। त्यसबेला सबैभन्दा बढी तराई–मधेसकै जनता प्रभावित भएका थिए। सशस्त्र समूहको बाक्लो उपस्थितिमा जनता जीउज्यान जोगाउने चिन्ताले पिरोलिएका थिए। हामी अहिले त्यस्तै नियति भोग्नेतर्फ उन्मुख त छैनौँ? तराई–मधेसको पेचिलो र तरल राजनीतिक–सामाजिक अवस्था आकलन गर्दै बैलैमा समस्या समाधान नभए मुलुक अर्को भयावह संकटमा फस्ने निश्चित छ। त्यस्तो अवस्थाका लागि दोषी को हुनेछ? अधिकारको आन्दोलनको अगुवाई गर्ने मधेसी मोर्चा कि सिंहदरवारमा सत्ताको जिम्मेवारी लिने? उनीहरू एकले अर्कोमाथि दोष थोपर्ने छन्, उता जनता पिल्सिएको पिल्सियै हुनेछन्।
मधेस आन्दोलनको अवतरण कसरी हुने हो? त्यसले मुलुकको आगामी राजनीतिक दिशानिर्देश गर्नेछ। मधेस आन्दोलनमा तराई–मधेस केन्द्रित राजनीतिक नेतृत्व, सिंहदरवारको सत्ता, प्रतिपक्षी र छिमेकी राष्ट्रको सामरिक स्वार्थ लुकेका छन्। सतहमा हेर्दा यो अति सरल छ। मधेसी मोर्चाले भनेजस्तो मेचीदेखि कालीसम्मको तराईको समतलमा दुईटा प्रदेश बनाउँदा साथ सारा समस्या समाधान हुन्छ त? त्यस्तो अवस्था पनि छैन। संघीय राजनीतिक प्रणाली एउटा शासनशैली मात्र हो। एउटै देशभित्र शासन गर्ने इकाईहरूको व्यवस्था हुन्छ, संघीय प्रणालीमा। तर, हामीकहाँ यसलाई यति धेरै राजनीतिक मसला बनाइयो कि एकातिर मिलाए अर्कोतिर बल्झने र रक्तपात हुने स्थिति छ। जात र जातीयताका नाममा संघीयताको यो खतरनाक खेतीले मुलुकको आर्थिक विकासलाई त चौपट बनायो नै, साथमा राजनीतिक उपलब्धिलाई पनि धराशायी बनाएको छ। यस्तो अवस्था आउनुमा हाम्रा राजनीतिकर्मी दोषी छन्। मुलुकको दुर्भाग्य, हामीले देशलाई नेतृत्व दिन सक्ने 'राजनीतिज्ञ' जन्माउन सकेनाँै। आन्दोलन चर्काउने बहादुरहरूको हामीकहाँ कमी छैन। तर, आन्दोलनबाट निकास दिने राजनीतिक नेतृत्वको चरम् अभाव भोग्दैछ नेपाली समाज।
सिंहदरवारमा सौदाबाजी गर्न सहज छ। धरातलीय यथार्थलाई पन्छाउन मिल्दैन। मधेसी मोर्चाले माग गरेजस्तै
तराई–मधेसमा दुई प्रदेशको बोली बोल्नेहरूमात्र त्यहाँ छैनन्। मुलुकको आधा जनसंख्या रहेको तराईमा मधेस–पहाड मिलाएर संघीयताको खाका कोर्नुपर्छ भन्ने आवाज पनि प्रशस्त सुनिन्छ। र, मधेसभित्रै कोचिला, अवध, मिथिला, भोजपुरा र थारुवान नामका प्रदेश हुनुपर्छ भन्ने र त्यसका निम्ति वकालत गर्नेहरूको संख्या पनि सानो छैन। राजनीतिक वार्ताबाट सहमतिमा पुग्ने हो भने 'मेरा गोरुको बाह्रै टक्का' भन्ने उखानबाट मुक्त हुनुपर्छ मोर्चा र सरकार पनि। संविधान जारी गर्ने पक्ष र मधेसी मोर्चा संघीयताको पेचिलो मुद्दामा अल्भि्कएका छन्। तराई–मधेसमा संघीयताको खाका कसरी कोर्ने, सम्बोधन कसरी गर्ने भन्ने विवाद कायमै छ।
विवाद र बहस जति पनि गर्न सकिन्छ। राजनीति गर्नेहरूले ठूल्ठूला स्वरमा आफ्ना मागहरू उछाल्न सक्छन्। तर, राजनीतिको कखराचाहिँ के हो भने, राजनीति गर्नेहरूले जनमतको कदर गर्न सक्नुपर्छ। जनताले चुनावमार्फत् आफ्नो मत दिन्छन्, त्यो भनेको उनीहरूले दल वा नेताहरूप्रति प्रकट गरेको विश्वास हो। लोकतान्त्रिक व्यवस्थामा निर्वाचनबाट जनताले दिएको मतको सम्मान गरिन्छ। तर, हामीकहाँ त्यस्तो भैरहेको छैन। तराई–मधेसमा नयाँ जन्मिएका र स्थापित नेतामा पनि त्यो तत्वज्ञान कमजोर रहेको देखियो। संविधान निर्माणका लागि हामीले दुईटा निर्वाचन गर्यौँ । पहिलो संविधान सभाको तुलनामा दोस्रोमा मधेस केन्द्रित दलहरू खुम्चिए। राजनीतिमा उनीहरूको हैसियत कमजोर भयो। यो वास्तविकतालाई ढाकछोप गर्न मिल्दैन। त्यसैले विगतका कुरा पृष्ठभूमिमात्र हुन सक्छन्, सन्दर्भमात्र हुन जान्छन्। राजनीति परिवर्तनशील हुन्छ। समय र जनताको आदेशअनुसार राजनीतिक पार्टीहरूको भूमिका र हैसियत बदलिन्छ।
मधेस आन्दोलनलाई पृष्ठभूमिमा राखेर नै संविधान संशोधन गर्ने प्रक्रिया सुरु भएको हो। तर, त्यसले गति लिन सकेको छैन। संविधान संशोधन गर्ने क्रममा विगतको संविधान सभामा वा राजनीतिक तहमा भएका सहमति–सम्झौतालाई आधार मान्ने कि सन्दर्भ सामग्री भन्ने विवाद सार्वजनिक भएको छ। दुवै संविधान सभा मौलिकरूपमा भिन्न छन्। दोस्रो संविधान सभामा आइपुग्दा जनादेशको स्वरूप बदलिएको छ। त्यस आधारमा विगतका सहमति र सम्झौतालाई सन्दर्भ सामग्री मान्नु नै बुद्धिमानी हुन्छ। विगतलाई नै प्रमुख आधार मान्ने हो भने नयाँ जनादेशको के अर्थ? राजनीति चलायमान हुन्छ, परिवर्तनशील हुन्छ, अग्रगामी हुन्छ– यो यथार्थलाई आत्मसात गरौँ। जनादेशको सम्मान गरौँ, अब अति भो लफडा– त्यसलाई बन्द गरौँ।