जनादेशको सम्मान
१६ कार्तिक २०७१
•
१३ मिनेट पाठ
जनादेशको सम्मान
प्रत्यक्ष बालिग मताधिकारबाट निर्वाचित संविधान सभाले देशको मूल कानुन निर्माण गर्नेजस्तो लोकतान्त्रिक अभ्यासलाई पनि नेपालका राजनीतिकर्मीले तमासा बनाइदिए। पहिलो संविधान सभाबाट संविधान निर्माण हुन सकेन। निर्वाचन गराउनसमेत बहालवाला प्रधान न्यायाधीशलाई देशको कार्यकारी प्रमुख बनाउनु पर्योस। राजनीतिक नेताहरूका लागि यो अत्यन्त ग्लानिको विषय हुनुपर्थ्यो। तर, उनीहरूले पहिलो संविधान सभाको विफलता र त्यसबाट उत्पन्न परिस्थितिबाट कुनै पाठ सिकेनन्।  त्यसैले त, दोस्रो संविधान सभालाई पनि विफल तुल्याउने लक्षण यिनले देखाउन थालेका छन्। यी पंक्तिहरू लेख्दासम्म संविधानका अन्तर्वस्तुमा सहमति भएको छैन र हुने आशा पनि अत्यन्त झिनो छ। संवैधानिक—राजनीतिक संवाद तथा सहमति समितिलाई दोस्रो पटक थपिएको समयावधि पनि समाप्त भएको छरे। समितिले ६ महिनाभन्दा बढी सहमति कायम गराउन खोजे पनि अन्ततः …सबै दलको धारणा’ उल्लेख गरेर लिखित प्रतिवेदन संविधान सभामा बुझाउन लागेको छ। यसै गर्नुथियो भने दुई दुईपटक म्याद थपेर संविधान सभाको कार्यतालिकामात्र किन बिथोलेका होलान्?
संविधान सभामा सत्तारुढ गठबन्धनको दुई तिहाइ बहुमत छ। सुशील कोइरालालाई प्रधानमन्त्री पदमा मत दिनेहरूले अहिलेसम्म समर्थन फिर्ता लिएका छैनन्। संविधानका विवादित विषयमा सहमति कायम हुन नसके लोकतान्त्रिक प्रक्रिया अपनाएर निर्णय गर्न सकिने प्रचलनमात्र हैन कानुनी व्यवस्था पनि छ। संविधान बनाउन संविधान सभाको त्रिशंकु संरचना वा अरू कुनै प्राविधिक पक्षले अवरोध खडा गरेको पनि हैन। संविधानकै बारेमा नेपाली कांग्रेसभित्र खासै मतभेद देखिएको पनि छैन। नेकपा (एमाले)भित्र पनि संविधान निर्माण प्रक्रियामै असर पर्ने विवाद सतहमा आएको छैन। संविधान सभाभित्र र बाहिर मोर्चाबन्दी गर्दै हिँडेका पुष्पकमल दाहालको पार्टी एनेकपा (माओवादी) मा पनि संविधानका विषयमा कुनै विवाद सार्वजनिक भएको छैन। अर्थात्, जनताले चुनेको संविधान सभा र प्रमुख राजनीतिक दलका अरू नेता कार्यकर्तालाई संविधान नबनेकोमा दोष दिने ठाउँ अहिलेसम्म देखिएको छैन। 
संविधान निर्माण कार्य पहिलो संविधान सभामा जस्तै यसपटक पनि केही ठालुहरूको कब्जामा परेको छ। सहमतिको प्रयास मूल तीन दलका शीर्ष नेतामा केन्द्रित र लगभग तिनैमा सीमित रहेको छ। यिनको ध्यान चाहिँे संविधान निर्माणमा छैन। सत्ताको भागबन्डा यिनको मुख्य एजेन्डा बनेको छ। सहमतिका लागि संवाद गराउने जिम्मा लिएका एमाओवादी नेता बाबुराम भट्टराई स्वयंले संविधान निर्माणमा सत्ताको भागबन्डाले बाधा पारेको यथार्थ चुहाएका छन्। अर्कातिर, संविधान निर्माणमा अवरोध हुनुको कारण संघीयताको विषयमा सहमति हुन नसक्नु हो भनिएको छ। संघीयताको मूल प्रयोजन शासनमा जनताको सहभागिता सकेसम्म बढाउनु हो। जनताले अभ्यास गर्ने शक्तिको बाँडफाटका विषयमा अहिलेसम्म कथित शीर्ष नेताबीच छलफल भएको थाहा पाइएको छैन। सार्वभौम जनताले सकेसम्म सहजरूपमा सक्रिय भएर सत्ताको सञ्चालन गर्न संघीय शासन प्रणाली अपनाउनु परेको हो। स्थानीय जनताले आफ्नो भाषा, संस्कृति र सभ्यताको विकास तथा संरक्षण गर्न पाउन् भनेर संघीयताको अवधारणा स्वीकार गरिएको हो। तर, यस्ता विषयमा अमूर्त र धेरैजसो असंगत विचार फाटफुट प्रकट गर्नुबाहेक यी कथित ठूला नेताले सारभूत कुनै प्रस्ताव गरेको पनि अहिलेसम्म थाहा भएको छैन। अर्थात्, संघीयता यिनका लागि सैद्धान्तिक महत्व र प्रतिबद्धताको विषय नभएर सत्ता रणनीतिको गोटीमात्र हो। त्यसै भएर यी कथित शीर्ष नेताले प्रदेशका नाम र संख्यामा विवाद गरेर संविधान सभालाई नै अनिर्णयको बन्दी बनाएको हुनुपर्छ। नत्र, संविधान निर्माणको सबैभन्दा लोकतान्त्रिक प्रक्रियालाई नै विफल सिद्ध गर्न तिनीहरू तत्पर हुने थिएनन्। यसैले प्रमुख दलका कथित शीर्ष नेताको कब्जाबाट मुक्त नगरी संविधान सभाले संविधान बनाउन सक्ने देखिँदैन। स्पष्ट छ, संविधान सभाका युवा सदस्यले यी शीर्ष नेतारूपी …समुद्रीबूढा’लाई सिन्दबादलेजस्तै काँधबाट उतारेर फाल्न नसक्तासम्म देशले निकास पाउँदैन, गति लिँदैन। 
संघीयतालगायतका असहमतिका विषयलाई संविधान सभामा प्रवेश गराएर छलफल गरी निर्णयमा पुर्यायउनुको विकल्प अत्यन्त थोरै देखिन्छ। संविधान सभाबाट संविधान पारित नगर्ने हो भने सम्पूर्ण अभ्यासको औचित्यमा प्रश्न उठ्नेछ। त्यतिमात्र हैन नेपाली जनताकै लोकतान्त्रिक प्रतिबद्धता र क्षमतामा शंका उत्पन्न हुनेछ। संविधान सभा विफल भयो भने शीर्ष नेतालगायत संविधान निर्माणमा भाँजो तेर्स्याउने धेरैलाई भरणपोषण गर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रको अभीष्टपनि पूरा हुनेछ। पश्चिमका पण्डितहरूले अविकसित देशमा लोकतान्त्रिक अभ्यास हुनसत्तै्कन भन्ने निष्कर्ष निकाल्नेछन्। संसारका थुप्रै मुलुकका तानाशाहले यसैलाई अधिनायकवादको औचित्य सिद्ध गर्ने निहुँ बनाउन सक्छन््। सन् १९६० को दशकमा यस्तै त भएको थियो। लोकतन्त्रको पहिलो लहरमै पूर्णविराम लगाएजस्तै गरी बर्माबाट सुरु भएको अधिनायकवादको आँधी विश्वव्यापी बनेको थियो। त्यही घानमा नेपालको लोकतन्त्र पनि परेको थियो। यसैले लोकतान्त्रिक अभ्यासलाई खेलाँची र स्वार्थ सिद्ध गर्ने रणनीतिका रूपमा लिनेहरूले संसारकै लोकतान्त्रिक आन्दोलनमा हानि पुर्याकइरहेका हुन्छन्। नयाँ पुस्ताका युवा जनप्रतिनिधिलाई अधिनायकवादलाई प्रकारान्तरले मलजल गरेको कलंक बोक्ने चाहना छैन भने तिनले संविधान निर्माण प्रक्रियामा सक्रिय 
हस्तक्षेप गर्नुपर्छ। 
नयाँ पुस्ताका जनप्रतिनिधि सक्रिय हुने दुईवटा उपाय देखिन्छ। पहिलो, संविधान सभाभित्र र बाहिर छलफल गरेर सकेसम्म सहमति कायम गरी संविधान जारी गर्ने वातावरण बनाउने। यसो गर्न सबै दलका युवा र अग्रगामी सोच भएका सभासद्ले दलीय बन्धनलाई केही समय चुँडाएर आफूलाई मुक्त गर्न सक्नुपर्छ। कम्तीमा युवा सभासद्ले संविधानका अन्तर्वस्तुमा पार्टीको र पार्टीभन्दा पनि बढी शीर्ष नेताको विचारको बन्धक नभई छलफल चलाउनुपर्छ। संविधान सभामा दलको निर्देश लाग्दैन। बुँदापिच्छे सभासद्हरूले विवेक प्रयोग गरेर मतदान गर्ने र विवादको टुंगो लगाउने प्रक्रिया अपनाउन जोड दिनुपर्छ। लोकतन्त्रको सञ्चालन विधि र प्रक्रियामा आधारित हुन्छ। लामो समय राजनीति गर्नेहरूले लोकतान्त्रिक विधि र प्रक्रियाको सम्मान गर्ने संस्कार पनि विकास गर्नुपर्छ। अहिले निर्णायक हस्तक्षेप गर्न सके देशमा भरपर्दो राष्ट्रिय नेतृत्वको पनि विकास हुनसक्छ।
अर्को उपाय, संविधान सभामा प्रक्रियाबाट निर्णय गर्नै सकिँदैन भने निर्णयको सबै अधिकार जनतालाई सुम्पनु हो। निर्णय हुन नसकेका विषयहरूमा जनमत संग्रह गरेर भए पनि टुंग्याउनुपर्छ। जनताले निर्णय गर्न पाउनुपर्छ भन्ने विचारलाई प्रतिगामी ठान्नेहरू स्वयं जनविरोधी र प्रतिगामी हुन्। किनभने, जनतालाई निर्णय गर्न नदिने पञ्चायत फालेर मुलुक अगाडि बढेको हो। जनताका नाममा शासन गर्ने राजतन्त्रलाई फाल्नु पनि अर्को अग्रगामी पाइला हो। जनताका प्रतिनिधिले जनभावनाअनुसार निर्णय गर्नुपर्छ। निर्वाचनमा जनमत व्यक्त भएको हुन्छ। निर्वाचित प्रतिनिधिले निर्णय गर्न नसके सीमित व्यक्तिलाई निर्णयको अधिकार सुम्पनुको साटो जनतालाई अन्तिम छिनोफानो गर्ने अवसर दिनुपर्छ। कुनै वर्ग, जात वा समुदायका ठालुको निर्णय लोकतान्त्रिक हुनसत्तै्कन र जनादेश नपाएकाले गर्ने निर्णयलाई अग्रगामी मान्न पनि सकिँदैन।
अहिलेसम्म जनमत संग्रहमै जानुपर्ने अवस्था भने देखिएको छैन। तर, संविधान निर्माण गर्न ढिलो भयो भने चाहिँ गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता विषयमा जनमत संग्रह गर्नुपर्ने माग चर्किँदै जानेछ। अहिले बेग्लाबेग्लै सीमित समूहहरूले यी विषय उठाएका छन्। तर, समय घर्कँदै गयो भने यी विषय उठाउनेहरू एकत्रित हुँदै जानेछन् र तिनको संख्यासँगै शक्ति पनि बढ्नेछ। अन्तर्राष्ट्रिय शक्तिहरूका लागि खेल्ने ठाउँ बन्नेछ। धर्मनिरपेक्षताका पक्ष र विपक्षमा, संघीयताका पक्ष विपक्षमा र राजतन्त्रका पक्षमा समेत विदेशीको चाख एवं हस्तक्षेप बढ्न सक्छ। अहिलेका शीर्ष नेताले यति पनि थाहा नपाएका त पक्कै हैनन्। तर, यिनको नियतमै शंका उब्जेको छ। यसैले मुलुक र लोकतन्त्र जोगाउने हो भने युवा सभासद्हरूले निर्णायक हस्तक्षेपका लागि अग्रसर हुनुपर्छ। प्रतिक्रियामा संविधान बनाउन खोज्नेहरूले राष्ट्र र लोकतन्त्र दुवैको कुभलो गरिरहेका छन्।


अर्को समाचार
जनादेशको सम्मान
२० मंसिर २०७९
•
४ मिनेट पाठ
जनादेशको सम्मान
यस वर्ष मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको जनादेशलाई प्रमुख दलले कति सम्मान गर्लान् ? सर्वत्र चासोको विषय बनेको छ। प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस र नेकपा (एमाले) प्रमुख दलका रुपमा उदाएका छन्। २०६४ सालको निर्वाचनमा सबै भन्दा ठूलो दलका रूपमा उदाएको नेकपा (माओवादी केन्द्र) अहिले तेस्रो ठूलो दलमा सीमित भएको छ। अब सरकार निर्माणका बेलामा माओवादीले कसरी भूमिका खेल्छ भन्ने पक्षमा सबैको चासो रहेको छ। सत्ता गठबन्धनकै निरन्तरताका निम्ति पनि सरकार बनाउन पुग्ने झिनो बहुमत प्राप्त भएको छ। कांग्रेस नेतृत्वको गठबन्धनले सरकार बनाएन भने स्वाभाविकपमा संसद्को दोस्रो ठूलो दल एमालेको भागमा जिम्मेवारी पर्नेछ।




यसबीच माओवादीले सरकार आफ्नो नेतृत्वमा बनाउने दाउ खेल्न थालिसकेको छ। सत्ता गठबन्धनमा पनि रहने र एमालेसँग पनि सरकार गठनका निम्ति विकल्प खुला गर्ने माओवादीको धारणासँग यसको दोहोरो दाउ प्रकट भएको हो। निर्वाचनको जनादेशलाई स्वीकार गर्ने हो भने तेस्रो ठूलो दलले सरकार दाबी गर्नुलाई उचित मानिँदैन। यतिबेलाको जनादेश भनेको माओवादीले तेस्रो स्थानमा बसेर मुलुकको स्थायित्व र विकासका निम्ति भूमिका खेल्नु हो। सरकारमा जाँदा पनि यसका मन्त्रीले खेल्ने भूमिकाले भविष्यमा जनमतलाई प्रभावित पार्न सक्छ। माओवादी २०६३ मा खुला राजनीतिमा आएदेखि विभिन्न शक्तिबीच खेलेर आफूलाई स्थापित गर्दै आएको छ। अहिले पनि माओवादी जता लाग्यो त्यतै पल्ला भारी हुने देखिएको छ। यस्तो स्थितिमा माओवादीले खेल्ने बुद्धिमत्तापूर्ण भूमिकाले मात्र आगामी दिनमा यो शक्ति विश्वसनीय हो/होइन भन्ने टुंगो लाग्छ।

यतिबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल आफैँले गठबन्धनबाट प्रधानमन्त्री बन्न खोज्ने र त्यो नभएमा एमालेको समेत साथ खोज्न सक्ने संकेत गरेका छन्। माओवादीको शनिबारको बैठकपछि सरकार गठनमा पाँच दलीय गठबन्धनको पनि विकल्प खोज्न सकिने भन्ने यसका प्रवक्ता कृष्णबहादुर महराको अभिव्यक्तिले राजनीति तरंगित भएको छ। फेरि उक्त अभिव्यक्तिलाई सच्याएर सत्ता गठबन्धन नछाड्ने भन्ने तर्क पनि यस दलका नेताहरूले अघि सारेका छन्। प्रमुख दुई दल कांग्रेस र एमाले भन्दा एक कदम अघि सरेर माओवादीले सरकार बनाउन अघि सर्नु उचित होइन। यसले जनमतप्रति अविश्वास गरेको प्रष्ट सन्देश जान्छ। सरकार बनाउन कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालबीच प्रतिस्पर्धा हुने हो भने राजनीति फेरि वितृष्णाको बाटोमा जाने खतरा पनि छ।

अहिलेको सत्ता गठबन्धन कुन परिस्थितिमा बनेको भन्ने सन्दर्भलाई यतिबेला सम्झना गर्नु उचित हुन्छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेपछि यो गठबन्धन बनेको हो। कांग्रेस सभापति देउवालाई आग्रह गरेर दाहाल र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री बन्न प्रेरित गरेका हुन्। देउवा सरकारले विगतभन्दा भिन्न ढंगले काम नगरे पनि संविधान मिच्ने वा लोकतन्त्रकै विरुद्ध जाने गरी अघि बढेको देखिएन। त्यही भएर पनि कांग्रेसलाई यसपटक मतदाताले सबै भन्दा ठूलो दलका रूपमा पुरस्कृत गरेका छन्। तैपनि कांग्रेसका निम्ति यो एक्लै सरकार बनाउने गरी पुग्ने बहुमत होइन। सत्ता गठबन्धनले चाह्यो भने अन्य केही दललाई समेत समावेश गरेर सरकार बनाउन सक्छ।

अहिलेको आवश्कता भनेको सानो र कामकाजी सरकार हो। जुनसुकै दलको नेतृत्वमा सत्ता गठबन्धन बने पनि त्यसले आमनागरिकका अपेक्षा संबोधन गर्नुपर्ने अवस्था छ। त्यसो गरिएन भने अहिले जनमत जसरी प्रमुख दलबाट अन्यत्र गएको छ, त्यो प्रक्रिया रोकिने छैन। सरकार निर्माणका बेला राजनीति भाँडियो भने त्यसले कालान्तरमा पनि समस्यामा पार्नेछ। पहिलो, यसपटक राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखलगायतका पदको समेत निर्वाचन हुन्छ। तत्कालीन ओली सरकारले एकपछि अर्को गरी प्रतिनिधिसभा विघटन गर्दा रोक्न सक्ने कुनै निकाय भएनन्। त्योबेला राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका ओलीलाई सघाउने मात्र हुन पुग्यो।

त्यसैले ओलीबाट असंवैधानिक काम हुँदा पनि रोक्न सक्ने संस्थाको अभाव भएको हो। त्यसैले राष्ट्रपति र सभामुखको निर्वाचन गर्दा सबै भन्दा धेरै ध्यान दिनुपर्ने अनुभव भएको छ। प्रधानमन्त्री मात्र होइन, यी अन्य पदमा हुने नियुक्तिमा पनि परिपक्व, मुलुक र संविधान सम्झेर काम गर्न सक्ने व्यक्तिलाई पु¥याउनुपर्ने हुन्छ। त्यसका लागि गठबन्धन बनाउनतिर दलहरू लाग्नु उचित हुन्छ। ओलीले सार्वजनिकरूपमा स्वीकार नगरे पनि आफ्नो कदम आममतदातालाई मन परेको रहेनछ भन्ने महसुस भएकै हुनुपर्छ। तैपनि उनको स्वभावअनुसार राष्ट्रपति, सभामुखलगायतका पद आफ्नो नियन्त्रणमा राख्नका निम्ति पनि उनले दाहाललाई प्रधानमन्त्री दिन खोजे भने अनौठो हुँदैन।

यसकारण पनि दाहालले तत्कालका लाभ भन्दा पनि भविष्यमा आफ्नो दलको हित चाहने हो भने अहिले परिपक्व भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। अहिलेको मात्र हेर्ने हो भने भविष्य अरू कठिन हुन सक्छ। सरकार निर्माणका निम्ति माओवादी होइन, कांग्रेस वा एमालेलाई नै अघि बढ्न दिनुपर्छ। यसले माओवादीलाई भविष्यमा फेरि सरकारको नेतृत्व गर्ने अवसर आउन सक्छ। जनादेशले जुन दललाई जहाँ रहन तोकिएको हो, त्यही रहँदा प्रभावकारी भूमिका खेल्न सहज हुन्छ। जनताले घटाएर सानो दलको भूमिकामा पु¥याएका छन् भने त्यसलाई स्वीकार गर्न पनि सक्नुपर्छ। अन्यथा, अहिलेको त्रिशंकु संसद् किनबेचको थलो बन्न पुग्छ। २०५१ को निर्वाचनपछि देखिएका विकृतिले फेरि अहिलेको संसद्लाई आक्रान्त पार्न सक्छ। कांग्रेस र एमालेले पनि सरकार बनाउन जे पनि गर्नु भन्दा संसदीय अभ्यासलाई सहज तुल्याउन दिनुपर्छ। आफूतिर तान्नैका निम्ति जथाभावी आश्वासन र पद बाँड्ने काम गर्नुहुँदैन। जनादेश बुझेर अघि बढे दलको भविष्य सुध्रन्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस