संविधान र विकासको बाटो
११ असोज २०७२
•
२० मिनेट पाठ
संविधान र विकासको बाटो
संविधान सभाबाट संविधान जारी गर्ने कार्यलाई संविधानवादका सिद्धान्तमा 'राज्य' सबल 'राष्ट्र राज्य' बन्ने एउटा गतिलो प्रक्रिया मानिन्छ। यस सन्दर्भमा संविधान निर्माण गर्ने प्रक्रियाका दुईवटा महत्वपूर्ण पक्ष हुन्छन्। १. प्रथमतः जनसाधारणले आफूमा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै निर्माण गर्छन्। यस प्रक्रियालाई 'वारेस' (डेपुटी) नियुक्त गर्ने प्रक्रिया भनिन्छ। २. 'डेपुटिज' हरूले आफूले निर्वाचनताका प्रस्तुत गरेका कार्यक्रमका आधारमा संविधान निर्माणमा आफ्ना 'निर्माता वा मतदाता' को प्रतिनिधित्व गर्दै निर्णय प्रक्रियामा भाग लिन्छन्।राजनीतिमा यो प्रक्रियालाई 'सामाजिक सम्झौता' भनिन्छ र संविधानवादमा यसलाई 'वैधानिकतावाद' (लेजिटिमेसी) भनिन्छ। अर्थात 'डेपुटिज' ले जुन मतको प्रतिनिधित्व गछन् त्यसलाई बदल्न सक्तैनन्, र 'मतदाताले' को प्रक्रिया वा निर्णयलाई चुनौती दिन सक्तैनन्। किनभने तिनले प्रतिनिधिमार्फत् संविधान बनाउन सहमति जनाएका हुन्छन्। त्यसैले के सिद्धान्त विकास भएको छ भने 'राष्ट्रको सार्वभौमिकता जनतामा निहित रहेको हुन्छ तर जनताले त्यस्तो सार्वभौम अधिकार कानुनमा (संविधानमा) उल्लेख भएबमोजिम मात्र प्रयोग गर्छन्।'

प्रजातान्त्रिक व्यवस्था भएका अमेरिका, बेलायत र भारतजस्ता देशमा 'संसद्' ले बनाएका कानुनको सर्वोच्चता रहन्छ। त्यस्ता कानुन स्वयं व्यवस्थापिकाले परिवर्तन नगरेसम्म 'वैधानिक रहन्छन्' र त्यस्ता कानुनको संरक्षण गर्नु राज्यको कर्तव्य हुन्छ। जुन शक्ति त्यस कानुनको विरुद्धमा हुन्छ, त्यस्तो कानुनको पालना गर्दै त्यसलाई बदल्ने चुनौतीसहित निश्चित अवधिपछि पुनः जनता समक्ष जानुपर्छ। मधेसकेन्द्रित दलहरू हिजो आफ्नो एजेन्डासहित निर्वाचनमा गएका र पराजित भएका हुन्। उनीहरूको संविधान निर्माणमा निर्णायक भूमिका हुन नसक्नुको मुख्य कारण हिजो निर्वाचनमा उनीहरूको पराजय हो। त्यस पराजयलाई आज 'हिंसा' को माध्यमबाट शक्तिमा परिणत गर्नु प्रजातान्त्रिक मूल्य र मान्यताविरुद्ध हुन्छ। वैधानिक शक्तिलाई परित्याग गरी 'हिंसा र बल'का आधारमा राज्यको शक्तिलाई प्रभावित गर्ने कार्यले 'वैधानिकता' को अस्तित्वलाई सधैँका लागि अन्त्य गर्छ। कुनै पनि लोकतान्त्रिक शक्तिले 'बल' का आधारमा वैधानिकताको खोजी गर्न सक्तैन।

त्यसो भए मधेसकेन्द्रित दललाई हिजोका सम्झौताहरूको कार्यान्वयनको माग राख्ने अधिकार छैन? ती 'सम्झौता' नैतिक र वैधानिकरूपमा जीविति छन् वा छैनन् भन्ने कुरा यस सन्दर्भमा महत्वपूर्ण हुन्छ। पहिलो कुरा विगतका निर्वाचनमा उनीहरू जनताबाट पराजित गरिए भन्नुको तात्पर्य उनीहरूले राज्यसँग गरेका सम्झौताहरूको जनताबाट अनुमोदन गराउन सकेनन्। दोस्रो, पहिलो संविधान सभामा सबैभन्दा बढी समय सरकारमा तिनै दलहरू बसे जो आज आन्दोलनमा छन्। जुन मागहरूलाई उनीहरूले सम्झौतामा परिणत गरेका थिए ती मागहरू पहिलो संविधान सभाप्रति उत्तरदायी सरकारले कार्यान्वयन गर्नुपर्ने मागहरू थिए। र, ती माग पूरा गर्ने सरकारमा उनीहरू आफैँ थिए। उनीहरूले ती माग पूरा गरेनन्। आज दोस्रो संविधान सभाबाट संविधान निर्माण हुँदा, कसरी हिजो उनीहरूले पूरा गर्न नसकेका उत्तरदायिŒवलाई आधार बनाएर र त्यसले निर्माण गरेको संविधानप्रति चुनौती दिन सकिन्छ? लोकतन्त्रमा शासन व्यवस्था कानुनी वैधता, कानुनी एवं नैतिक तर्क र राजनीतिक कार्यक्रमका आधारमा संचालन हुन्छ। लोकतन्त्रका यी आधारहरू नै भारतले पनि मान्दै आएको हो भने कहाँ छ उसलाई अधिकार 'नेपालको सार्वभौम प्रक्रियामा' सल्लाह र सुझाव दिने? छिमेकीका हैसियतले अनौपचारिक छलफल हुन सक्ला तर कुनै देशको 'वैधानिक प्रक्रियामा' विज्ञप्ति प्रकाशित हुनुले 'जनताको सार्वभौम' अधिकारमा प्रश्न चिन्ह खडा गर्छ। यसलाई कानुनी भाषामा यसरी प्रष्ट गर्न सकिन्छ। 'राज्यको सरकार (नेपाल सरकार)को छाया व्यवस्थापिका संसदप्रति उत्तरदायी छ। व्यवस्थापिका उसलाई निर्वाचन गर्ने जनताप्रति। त्यसलाई दुई तिहाइको न्यूनतम मतादेशबाट संविधान निर्माण गर्ने अधिकार छ। उसले त्यो अधिकार प्रयोग गर्योप। भारतले 'कुन हैसियतले मधेसका मागलाई सम्बोधन गर्न आह्वान गर्योा'। अब सरकारसँग दुईवटा विकल्पमात्र छन् – १. जनताको संस्थाको हैसियतले अन्तरिम संविधानअनुसार गर्नु र २. भारतको आह्वान स्वीकार गर्नु। यस अवस्थामा भारतको आह्वानलाई मान्दा 'भारतीय सरकार' नेपालको संविधान निर्माण प्रक्रियामा सार्वभौम नेपाली जनताभन्दा माथि हो भनी मान्नुपर्ने हुन्छ। के कुनै सार्वभौम राष्ट्रलाई अर्को सार्वभौम राष्ट्रले यस्तो अप्ठेरोमा धकेल्न सक्छ? अन्तर्राष्ट्रिय कानुनले यस प्रकारको आह्वानलाई वैधता प्रदान गर्दैनन्।

'भारतीय सरकार वा भारत'

नेपाली जनता, त्यसमा पनि औपचारिक शैक्षिक प्रमाणपत्रधारी केही 'छद्म राष्ट्रवाद' बाट प्रभावित सामाजिक सञ्जालमा उपस्थित रहेका युवा वर्गले 'भारतीय सरकार' र 'भारत राष्ट्र'बीचमा वैधानिक एंव राजनीतिक विभाजन गर्न सक्नुपर्छ। भारत नेपालको सबैभन्दा नजिकको छिमेकी देश हो। उसका नागरिकका रगतमा हाम्रो हिमालबाट बगेको पानी छ। त्यो पानीविना 'भारतीय रगत' बन्दैन। हामी नेपालीका रगतमा 'भारतीय' नुन छ, जुनविना हामीलाई बाँच्न कठिन हुन्छ। यस प्राकृतिक 'बन्धन'बाट हामी बाँधिएका छौ। त्यसैले हामी ठूला र साना छैनौ। भारतको अस्तित्वसँग नेपालको अस्तित्व गाँसिएको छ। त्यसैले त्यहाँको कुनै 'सरकारको निर्णय'ले भारतका सबै जनता र भारतको सार्वभौम सम्मानमा आँच आउने कुनै कार्य गर्नु हुँदैन। तसर्थ भारतले 'नाकाबन्दी' गर्छ भन्ने जुन हल्ला भइरहेको छ त्यो नेपाल विरोधी 'नेपालभित्र र नेपालबाहिर' बसेका षड्यन्त्रकारी शक्तिले 'नेपाल र भारत'बीचमा व्यापक वैमनस्य उत्पन्न गर्ने चेष्टामात्र हो। हामी सामान्य जनता त्यसको 'सहयोगी' बन्नु हुँदैन। भारतप्रतिको हाम्रो सम्मान, माया र आस्था यथावत् रहनुपर्छ। कुनै भारतीय सरकारले नेपालविरुद्ध नाकाबन्दीजस्तो कार्य गर्छ भने नेपाल सरकारले त्यसका वारेमा आन्तर्राष्ट्रिय कानूनका आधारमा एवं नेपाल भारतबीचको पारवाहन सन्धिका आधारमा सम्बोधन गर्नुपर्छ। भारतीय सरकारसँग कूटनीतिक संवाद गर्नुपर्छ। नेपाल र भारतको सम्बन्ध भावनामा होइन अन्तर्राष्ट्रिय कानुनका आधारमा व्यवस्थित हुने कुरा हो। यस यथार्थलाई सबै नेपालीले ख्याल राख्नुपर्छ।

त्रुटिपूर्ण अवधारणा'

भारत र नेपाल दुवैतिर थुप्रै त्रुटिपूर्ण अवधारणा छन्। नेपालको तराईमा घना बसोवास भएका नागरिक भारत समर्थक र पहाड र हिमालमा बस्ने नेपाली भारत विरोधी छन् भन्ने 'केही नेपाली नेता र केही भारतीय नक्कली बौद्धिकहरूले रटान लगाई निर्माण गरेका विचार हुन्'। यथार्थ के हो? यथार्थ लुकेको वास्तविकताका रूपमा रहेको

छ। नेपालको तराईमा बस्ने थुप्रै नेपालीहरूको विहार र उत्तर प्रदेशमा कुटुम्ब वा वंशीय सम्बन्धहरू छन्। केही भारतीय छट्टु राजनीतिकहरू नेपालका तराईका जनताको समर्थक देखाई उनीहरूमार्फत 'भारतमा रहेका नेपालीका सम्बन्धी'लाई भोट बैंक बनाउन चाहन्छन्। त्यसैले उनीहरू भित्रभित्रै मधेसको आन्दोलनलाई तेल हाल्दैछन्। तर त्यहाँ पनि यादव, झा, राजपुतका भोटबैंक छन्। यसैले नेपालको मधेस आन्दोलनमा विहारको निर्वाचनको तेल प्रयोग भइरहेको छ। यस खालका गतिविधिले अन्ततः नेपाल र भारतको सम्बन्धलाई नकारात्मकरूपमा प्रभावित पार्छ। विहार र उत्तर प्रदेशका केही नेताहरूका भर परेर नेपालमा नेता हुन गाह्रो छ।

भारतीय सेनामा पहाडका मानिस छन्। भारतीय सिमाना सुरक्षा दस्तामा नेपालीहरू छन्। यी नेपालीले भारत र पाकिस्तानको युद्धमा रगत बगाएका छन्। भारतका हिउँले भरिएका कठ्यांग्रिने पहाडमा पहाडका नेपालीहरू भारतको अखण्डताको सुरक्षा गरिरहेका छन्। मधेसका नेपालीको एउटा गुनासो छ 'नेपाली सेना' समावेशी भएन। नेपाली सेनामा मधेसीको संलग्नता छैन। त्यसैले मधेसका केही 'उग्र अराष्ट्रवादीहरू' नेपाली सेनालाई 'फिरङ्गी' सेना भन्दैछन्। नेपाली सेना समावेशी हुनुपर्छ भन्ने 'भारतीय चासो' पनि होला। त्यो उचितै हो। तर भारतले 'गोर्खा ब्रिगेड'मा किन 'यादव र झा' लाई भर्ती गर्दैन? के मधेसका मानिस नेपाली होइनन्? होइनन् भने को हुन्? भारतीय छद्म बौद्धिकहरू यही प्रश्नमा चुकेका छन्। 'मधेस र पहाड'बीचको मनोवैज्ञानिक विभाजन 'भारतको गोर्खा ब्रिगेड' मा भर्तीको पद्धतिले सिर्जना गरेको छ। यसलाई भारतले सम्बोधन गर्नुपर्छ। भारत ठूलो देश छ, उसले आफ्ना साना छिमेकीहरूको राजनीतिबाट बाहिर बस्नुपर्छ।

भारतले नेपाललाई 'एकमुस्ट नेपालका' रूपमा नेपाल देख्ने मानसिकता विकास गर्नुपर्छ भने नेपालीले पनि सधैँ भारतमाथि शंका गर्ने हीनताबोधलाई त्याग्नपर्छ। नेपालीहरू 'कबवल नेपाली हन्'। उनीहरू पहाडे, मधेसी, हिमाली होइनन्। यस भ्रमलाई भारत र नेपाल सबैले त्याग्न पर्छ। त्यसैका लागि वर्तमान 'संविधान' सबैभन्दा महत्वपूर्ण छ। यस संविधानमा परिवर्तन आवश्यक भए त्यसलाई सम्बोधन गर्ने थलो व्यवस्थापिका नै हो। निर्वाचनमा 'मधेसको आन्दोलन' लिएर फेरि निर्वाचनमा जान लोकतन्त्रमा कसैलाई रोकिएको छैन।

नेपाली नेताले रोपेको बिरुवाको फल

प्रत्येक देशको स्वतन्त्रता उसले अवलम्वन गर्ने 'कूटनीतिक र सुरक्षा नीतिमा निर्भर रहन्छ'। नेपालमा नेता हुने तर भारतीय नेताको आर्शीवाद चाहिन्छ भन्ने मानसिकताले नेपाली नेताको साख समाप्त पारेको हो। यही मानसिकताको फाइदा केही मधेस केन्द्रित दलका नेताले लिइरहेका छन्। हिजो 'र' का कर्मचारी नेपाली नेताका घरघरमा पुग्थेे। अर्कातिर भारतीय नेताका घरघरमा पुगेर आफ्नो राजनीति गर्ने नेताहरूका घृणित व्यवहारले आज नेपाली जनता र अन्तर्राष्ट्रिय समुदायलाई नेपाली नेतामाथि भरोसा गर्न नसकिने अवस्था सिर्जना गरेको छ। पुष्पपकमल दाहाल 'प्रचण्ड'को हामी 'एस मेन' होइन भन्ने भनाई र केपी ओलीको अडानले एकपटक नेपाली राजनीति 'लिक' मा आउने सम्भावना देखिएका छन्। त्यसैले अब उप्रान्त १. कूटनीतिक भेटघाटमा कुनै भेदभाव नगरी परराष्ट्र मन्त्रालयको मार्गनिर्देशनलाई अवलम्बन गर्नुपर्छ, २. प्रत्येक राजनीतिक दलले आफ्नो दलभित्र 'विदेश नीति र कूटनीतिक व्यवस्थापन गर्ने बौद्धिकहरूको संयन्त्र विकास गर्नुपर्छ, ३. नेपालका तीन राजनीतिक दलका नेताले संविधान जारी भएको सर्न्दभमा भारत र चीनमा उच्चस्तरीय प्रतिनिधिमण्डलमार्फत् समस्याहरूको समाधान गर्नुपर्छ र ४. परराष्ट्र मन्त्रालयमा भारत, चीन, युरोप, अमेरिकाका नीति र व्यवहारहरूको नीतिगत विश्लेषण र कूटनीतिक व्यवस्थापन गर्ने विशेषज्ञहरूका संयन्त्रको निमार्ण गर्नुपर्छ।

भविष्यको बाटो

संविधानको घोषणासँगै नेपाल 'राष्ट्र राज्य' का रूपमा एक आधुनिक लोकतान्त्रिक देशमा रूपान्तरण भएको छ। त्यसैले अबको बाटो आर्थिक उन्नति र सामाजिक रूपान्तरणको मात्र हो। अतः १. संविधानको व्यवस्था र मर्मअनुसार परम्परागत भेदभावलाई समाप्त गर्न 'माथिबाट तल र तलबाट माथि' का दुवै खालका नीतिहरू लागु गर्नुपर्छ

२. सीमान्तकृत पछाडि पारिएका जनजाति र गरिब जनसंख्याका लागि विशेष कार्यक्रमहरू तत्काल घोषणा गर्नुपर्छ, ३. थारु र पहाडका अन्य जनजातिका युवालाई व्यावसायिक शिक्षा प्रदान गर्ने र उनीहरूको भाषा र संस्कृति प्रवर्धन र आधुनिकीकरण गर्ने प्रयोजनका लागि विशेष आर्थिक कोष घोषणा गर्नुपर्छ, ४. थरुहट, मगरात, तमुवान, लिम्वुवान, शेर्पा, ताम्सालिङ संस्कृतिका भौगोलिक क्षेत्रहरूमा चिकित्साशास्त्र, कृषि विज्ञान, संस्कृति तथा भाषा अनुसन्धान र विकासका अध्ययन र अध्यापन गर्ने विश्वविद्यालयहरू स्थापना गरी उक्त कोषबाट खर्च बेहोर्ने गरी सम्बन्धित जातिका विशेषज्ञलाई त्यस्ता विश्वविद्यालयको नेतृत्व प्रदान गर्नुपर्छ, ५. नेपालको हिमाली क्षेत्रलाई तिब्बतसँगको सिधा व्यापार व्यवस्थासँग जोडी चीनको आर्थिक विकासको अनुभवलाई हिमालबाट पहाडतर्फ बग्न दिनुपर्छ, ६. मधेसी जनताको सैनिक सहभागिता प्रवर्धन गर्न नेपाली सेनाको संख्या बढाई उनीहरूको ब्रिगेड गठन गर्नुपर्छ, ७. सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको सम्पूर्ण जिम्मा दिई आन्तरिक सुरक्षा नीति प्रवर्धन गर्नुपर्छ, ८. ६५ प्रतिशत शैक्षिक संस्था मधेसमा छन् तर कमजोर गुणस्तरको कारणले ३५ प्रतिशत विद्यार्थीमात्र मधेसमा पढ्छन्। मधेसका प्रत्येक जिल्लामा कम्तीमा ५ वटाका दरले बूढानीलकण्ठजस्ता उच्चमाध्यामिक तहका स्कुलहरू तत्काल स्थापना गर्नुपर्छ।

यी कार्यक्रमले देश आर्थिक विकासको बाटोमा हिँड्नेछ। अर्कातिर मधेसमा दलित र पछाडि पारिएका जनताको उद्धारका लागि जातीयतामा आधारित राजनीतिक प्रतिस्पर्धालाई पनि सम्बोधन गरिनुपर्छ। मधेसभित्रका अन्तरविरोधहरूको विश्लेषणविना एकमुष्ट समाधान खोज्ने पद्धतिले अर्को समस्या उत्पन्न गर्ने जोखिमतर्फ पनि ध्यान दिनुपर्छ।
अर्को समाचार
जापानमा संविधान दिवस मनाइयो
०५ असोज २०७४
•
२ मिनेट पाठ
जापानमा संविधान दिवस मनाइयो
टोकियो—जापानमा संबिधान दिवस मनाइएको छ। जापानस्थित नेपाली दूतावासको आयोजनामा टोकियोमा दोस्रो संविधान दिवस भव्य रुपमा मनाइएको हो। नेपालको संविधान दिवसको समारोहमा जापानका मन्त्रीहरु समेत सहभागी भए। जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले संविधान निर्माण पश्चात नेपाल विकासको गतिमा हिँडेको बताइन्।

समारोहमा जापानका वातावरण राज्यमन्त्री तादाहिको ईतोको शुभकामना सन्देश सोही मन्त्रालयका उपमहानिर्देशक योसीहिरो यामाताले पढेर सुनाउनु सुनाएका थिए।

याँ संविधान जारी भएपछि मुलुकमा शान्ति तथा अमनचयन कायम भई विकासका योजनाहरु कार्यन्वयन हुनथालेको उनको भनाइ थियो। नेपाल सरकार तथा नेपालीहरुलाई निरन्तर रुपमा गरेको सहयोगप्रति उनले जपानी जनता तथा जापान सरकारलाई धन्यवादज्ञापन गरिन्।

कार्यक्रममा जापान सरकार परराष्ट्र मन्त्रालय संसदीय उपमन्त्री ईवाओ होरीले नेपाल-जापान सम्बन्ध सदियौंदेखि सुमधुर रहँदै आएको स्मरण गराउँदै सामाजिक र आर्थिक विकासका लागि जापानले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

समारोहमा जापानका वातावरण राज्यमन्त्री तादाहिको ईतोको शुभकामना सन्देश सोही मन्त्रालयका उपमहानिर्देशक योसीहिरो यामाताले पढेर सुनाउनु सुनाएका थिए।

टोकियोस्थित होटल ओकुरामा आयोजना गरिएको कार्यक्रममा जापानका व्यवस्थापिका संसदहरु, जापान परराष्ट्र मन्त्रालयका शिष्टचार महापाल, विभिन्न मन्त्रालयका पदाधिकारीहरु टोकियोमा रहेका सार्क राष्ट्र सहित विभिन्न मुलुकका राजदूतहरुको सहभागिता थियो। जापानका उद्यमी, व्यवसायी तथा पर्यटन क्षेत्रसँग सम्बद्ध व्यक्तिसहित गैरआवासीय नेपाली संघ एनआरएनएका पदाधिकारीहरुको समेत कार्यक्रममा सहभागी भएका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस