शास्त्र र समाजको विकास
१३ असार २०७३
•
१४ मिनेट पाठ
शास्त्र र समाजको विकास
राजनीति समाज विकासको अपरिहार्य माध्यम हो। यो पेशा हैन र बनाउनु पनि हुन्न। समाजलाई एकतामा बाँध्न र आर्थिक सामाजिक सबै प्रकारका विकासको फल सबै जनतासम्म पुर्‍याउन राजनीतिक पक्षले नेतृत्व लिनुपर्छ। राजनीति संविधान, कानुन, समाजको संरचना र विभिन्न नीतिअन्तर्गत चल्छ। हरेक देशैपिच्छे संविधान र कानुन त्ाथा त्यसको पालना गर्दा र नगर्दा पाइने पुरस्कार र दण्ड फरक फरक हुन्छन्। यसको मुख्य कारण समय सँगसँगै आएको परिवर्तनलाई त्यो राष्ट्रले कति अंगीकार गरेको छ भन्ने नै हो। विकसित र समृद्ध मुलुकले परिवर्तनलाई अंगीकार गर्दा आफ्नो शास्त्रले बताएका मूलभूत कुरा कहिल्यै त्यागेको पाइन्न तर अल्पविकसित र द्वन्द्वले ग्रस्त मुलुकको समस्या भनेको सनातनदेखि चल्दै आएको शास्त्र पछ्याउने कि फाल्ने भन्ने प्रमुख हुन पुगको छ। शास्त्र नबुझेर वा शास्त्रमा भएका कतिपय कुरा समयसापेक्ष नलागेर मानिस त्यो भ्रममा पर्छन्। यथार्थमा शास्त्र समयसापेक्ष नहुने हैन, मानिस यसको व्याख्या गलत गर्छन् र भ्रम सिर्जना गर्न प्रयत्न गर्छन्।




आजको विश्वमा लोक कल्याण र समाजको चौतर्फी विकास सबै शासकको प्रमुख दायित्व हो। सनातन शास्त्रले पनि लोक कल्याणकै कुरा गर्छ। शास्त्रले लोक कल्याणको कुरा गर्दा चारवटा तत्व अन्तिम र अत्यावश्यक मानेको छ। ती हुन्– धर्म, अर्थ, काम र मोक्ष। के हुन् त तिनका अर्थ र आधुनिक समाजसँगको सम्बन्ध?

धर्म– शास्त्रले धर्म शब्दलाई मानव कल्याणको पर्यायवाचीका रूपमा चित्रण गरेको छ। परोपकार धर्म हो र अरुलाई दुःख दिनु पाप हो भन्ने सबै शास्त्रको निचोड पनि यहीँबाट आएको हो। यहाँ धर्म भनेको बिहानदेखि बेलुकीसम्म भगवानको पूजा गर्नु, रुढीवादी परम्परामा विश्वास गर्नु र समाजको विकासमा बाधक बन्नु भनेर कुनै पनि शास्त्रले भनेको छैन। तर आधुनिक समाजमा ठेकेदारहरुले धर्मलाई भगवानसँग जोडेर त्यसलाई विज्ञानबाट अलग बनाउन खोजे। यही हो अन्धकारको सुरुवातको कारण। यही नै हो धर्मका नाममा हुने विकृतिको कारण।

यदि हामी सबैले धर्मको कुरा गर्दा सबै प्रकारका आधुनिक समाजले भन्ने गरेका विभिन्न जातका भगवानलाई अलग राखेर गर्न सक्यौं भने त्योभन्दा ठूलो धर्म केही हुन्न। समाजको बृहत्तर विकासका लागि भगवानलाई अलग राखेर गर्ने धर्म के हुन सक्छ त? जवाफ एउटै छ– मानव कल्याण। भगवान भनेको त मानिसको दुःख वा सुख पोख्ने माध्यममात्रै हो। हरेक मानिस दुःखमा कसैसँग केही माग्न चाहन्छ अनि आफ्नो इच्छा पूरा नहुँदा कसैलाई दोष दिन चाहन्छ। साथै सफलतामा कसैलाई धन्यवाद दिन चाहन्छ। हो त्यो सुख र दुःखमा साथ दिने मनभित्रको एउटा साथी मात्रै भगवान हुन्। जसलाई हामी आस्थाको नामले चिन्छौं। हामीले साकाररूपमा देखिने राम, कृष्ण, शिव वा शक्तिहरु त्ा मानिसले मनभित्रको साथी चिन्न बनाएको आकारमात्रै हो। तसर्थ जब मानव कल्याणको कुरा आउँछ तब अरु कसैको मनभित्रको आस्थालाई दोष थोपरेर यसको धर्म यस्तो र उस्तो भन्नु नै पाप हो। र, अझ धर्मको नाममा हुने गरेका भेदभाव त अक्षम्य अपराध हो।

माथिको भनाइको तात्पर्य धर्म सबैको एउटै हुन्छ र हुनुपर्छ, र त्यो हो– लोक कल्याण। अहिले समाजले नाम लिने हिन्दु, बौद्ध, सिख, इसाई, इस्लाम वा अरु कुनै धर्म हैनन्। यी सबै मानिसका मनभित्रका आस्थाका अलग अलग नाममात्रै हुन्। जुन दिन मानिस आफ्नो आस्था अरुमा देखेर खुसी वा दुःखी हुन्छ त्यो दिन लोक कल्याणको ढोका बन्द हुन्छ। अझ राजनीति गर्नेले त्यसरी धर्मलाई अलग देखेको दिनमा त झगडाका बाहेक अरु सबै ढोका एकैपटक बन्द हुन पुग्छन् र उसको पतन सुरु हुन्छ।

अर्थ :  शास्त्रले लोक कल्याणका लागि आवश्यक मानेको दोस्रो तत्व अर्थ हो। अर्थले आफूलाई कुनै पनि काममा लगाउँदा त्यसबाट आफूलाई बाँच्न आवश्यक पर्ने वस्तु उत्पादन हुनुपर्छ भन्ने हो। यदि वस्तु उत्पादन नहुने हो भने आफूलाई चाहिने बस्तु खरिद गर्न चाहिने पैसा कमाउनुपर्छ भन्ने हो। लोक कल्याणकारी समाजको परिकल्पना गर्दै शास्त्रले सम्पत्तिबारे धेरै कुरा गरेको छ जुन आधुनिक समाजका लागि ऐना हो।

पहिलो, सम्पत्ति आफूलाई चाहिनेभन्दा बढी हुनुहुन्न। दोस्रो सम्पत्ति कमाउँदा अनैतिक बाटो प्रयोग गर्नुहुन्न। तेस्रो सम्पत्तिका प्रयोग अत्यावश्यक उपभोग, दान र अरु सम्पत्ति कमाउन भन्दा अरु कार्यमा बाहेक अरु कार्यमा लगाउनु हुन्न आदि। अझ नीतिशास्त्रले त केसम्म भन्छ भने सम्पत्ति कि उपभोग गर्नुपर्छ कि त दान गर्नुपर्छ अन्यथा त्यो नष्ट भएर जान्छ। यसको मत्लव सम्पत्ति साँचेर राख्नुहुन्न भन्ने हो। एउटा पुस्ताले कमाएको सम्पत्ति सामान्यतया दोस्रो पुस्ताभन्दा तल नजाने मान्यता पनि नीति शिक्षामा पाइन्छ र व्यवहारमा पनि त्यही नै देखिन्छ। दानका पनि विभिन्न नियम शास्त्रले बताउँछ जसमध्येको प्रमुख भनेको दान दिएको प्रचार नगर्नु नै हो। अब राजनीति गर्ने वा लोक कल्याणको बाटोमा प्रत्यक्ष लाग्नेकोे त आफ्नो सम्पत्ति नै हुनुहुन्न। समाजको कल्याण नै उसको सम्पत्ति हो। तर आधुनिक समाजमा धेरै राजनीतिकर्मी व्यापारी हुँदै पैसा जस्मा गर्न थाल्नाले पनि लोक कल्याण ओझेलमा परेको हो। धन थुपार्ने प्रवृत्ति लोक कल्याणको विरोधी हो। पैसाको उपभोगका सम्बन्धमा नीति भन्छ– एक चौथाइ उपभोग, एक चौथाइ लगानी, एक चौथाइ दान र एक चौथाइ परिवारलाई। तर आधुनिक समाजले यो तथ्य नबुझ्दा समाज आर्थिकरूपमा कमजोर हुँदै गइरहेको छ।

काम :  कामको अर्थ कर्म हो। सनातन शास्त्रले सबैभन्दा बढी चर्चा गरेको विषय पनि यही नै हो। लोक कल्याण कामबाट सम्पन्न हुन्छ। काम गर्न धर्म र अर्थ आवश्यक हुन्छ। कर्मको परिभाषा र प्रकार धेरै छन् तर सामान्य अर्थमा आफूलाई तोकिएको काम नै कर्म हो। तोक्ने काम देशको संविधान, नियम, कानुनले गरेको हुन्छ। सामाजिकरूपमा कतिपय कर्म समाजले पनि तोकेको हुन्छ जसलाई पालना गर्नु सबैको कर्तव्य हुन जान्छ। यदि कतै समाजले तोकेको कर्म भन्दा कानुनले तोकेको कर्म फरक पर्न गएमा भने कानुन पालना गर्नुपर्ने हुन्छ।

शास्त्रले आफ्नो कर्मको सम्पादन नै धर्म हो भनेकाले पनि कर्म जहिले पनि अरुभन्दा प्रधान हुन्छ। जब समाजका हरेक व्यक्तिबाट तोकिएको कर्मको सम्पादन हुन्छ तब समाज लोक कल्याणतर्फ उन्मुख हुन्छ। आफ्नो धर्ममा मर्नु बेस हुन्छ र अरुको धर्म भयाबह हुन्छ भनिनुको पछाडि पनि आफूलाई तोकिएको कर्म गर भन्नु हो। यसका आधारमा कर्म परिवर्तन नै धर्म परिवर्तन हो भन्न सकिन्छ।

मोक्ष :  शब्दकोशमा मोक्षकोे अर्थ जन्म मृत्युको बन्धनबाट मुक्त हुने भनिएको पाइन्छ तर शास्त्रले मोक्षको अर्थलाई त्यहीरूपमा मात्रै बुझ्दैन। मोक्षको खास अर्थ अनाशक्ति हो। अर्थात् जे आफ्नो छैन वा जुन वस्तुको आफूमा अधिकार छैन त्यसको लोभ नगर्नु नै मोक्षको रूप हो। आफूलाई तोकिएको कर्म गर्नु र आफ्नो कर्मको फलमा सन्तुष्ट हुनु नै मोक्ष हो। मृत्युको मोक्ष भनेको विभिन्न प्रकारका रोगबाट मुक्तिमात्रै हो। समाजमा धेरै बिरामी भएर थलिएपछि मृत्यु भएको मानिसलाई मोक्ष प्राप्ति भो भन्ने चलनले मोक्षलाई मृत्युसँग जोडिएको हो जुन यथार्थमा गलत परिभाषा हो।

शास्त्रले लोक कल्याणका लागि अत्यावश्यक मानेको चार तत्वमध्येको एक मोक्ष कुनै हालतमा मृत्यु त हुनै सक्दैन। यो त शास्त्रको मर्म नबुझ्ने आधुनिक मुर्खहरुले लगाएको गलत अर्थमात्रै हो। काम, क्रोध, लोभ, मोह जस्ता शास्त्रले बताएका आठ दुर्गुणबाट आफूलाई टाढा राख्नु नै मोक्ष हो। मोक्षको लोभ देखाएर मानिसलाई मृत्युको बाटोमा धकेल्नुभन्दा समाजलाई लोक कल्याणकारी बनाएर मोक्षको बाटोमा लैजानु नै विकास हो।

अब शास्त्रले लोक कल्याण वा विकासका लागि मानव जीवनको सुरुवातसँगै प्राप्त गरेका यस्ता सनातन उपाय हुँदाहुँदै कहिले धर्मको नाममा त कहिले नीतिको नाममा झगडा गर्नेहरु विकास र लोक कल्याणका बाधक हुन्। धर्मलाई आफ्नो कर्म मानाँै, तोकिएको कर्म गरौं र त्यसबाट आएको प्रतिफलबाट सन्तुष्ट भई मोक्षको बाटोमा अग्रसर हुने प्रयत्न गरौं। यही नै लोक कल्याण हो। तसर्थ संस्ाारको सबैभन्दा प्राचीन र उत्कृष्ट दर्शन श्रीमद्भगनद्गीताको पहिलो श्लोकको पहिलो वाक्य 'धर्म' बाट सुरु हुन्छ र सात सयौं वा अन्तिम श्लोकको अन्तिम वाक्य 'मम' मा गएर अन्त्य हुन्छ। 'ममधर्म' अर्थात् आफनो धर्मको पालना गर्नु नै संसारको सबैभन्दा ठूलो कर्म हो। यहाँ धर्म भनेको हिन्दु, इशाई, इश्लाम आदि नभई आफूलाई तोकिएको कर्ममात्रै हो भन्नेचाहिँ कहिल्यै बिर्सनुहुन्न।

यति भनिसकेपछि आजको लोक कल्याणको बाटोमा लागेका राजनीतिकर्मी, कर्मचारी र समाजका विभिन्न पक्षका मानिसले सोच्ने बेला भएको छ– के हामीले शास्त्रले बताएको धर्म, अर्थ, काम र मोक्ष आत्मसात गरेका छौं? छैनौँ भने सुरु गर्न ढिला भइसकेको छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस