पर्वत- भौतिक योजना तथा शहरी विकास मन्त्री छविराज पन्तले वर्तमान सरकारसँग विकासको आश नगर्न आग्रह गरेका छन्। दोस्रो संविधान सभा निर्वाचन सम्पन्न गर्नका लागि मात्रै परिस्थितिवश वर्तमान सरकार बनेको र त्यो पूरा गरेकोले आफूहरु विदाइको पर्खाइमा रहेको उनले बताए।
अहिंसावादी नेपालद्दारा सञ्चालित रेडियो पर्वतको सोमबार फलेबासमा आयोजित छैठौ वार्षिकोत्सवको उद्घालटन गर्दै मन्त्री पन्तले नया सरकारलाई सत्ता हस्तान्तरणका लागि आफूहरु आतुर रहेको धारणा राखे। 'मन्त्रीसमक्ष जनताले विकास निर्माणको माग राख्नुह स्वाभाविक हो तर हामी विदाइको पर्खाइमा रहेको कारण विकासको आश नगर्नुस्' उनले भने। वर्तमान सरकार दैनिक कामचलाउमा सिमित रहेको भन्दै उनले छिट्टै दलीय सरकार बन्ने विश्वास ब्यक्त गरे।