साँच्चै जारी भयो त संविधान!
०४ असोज २०७२
•
१७ मिनेट पाठ
साँच्चै जारी भयो त संविधान!
नेपालमा संविधान सभाले संविधान बनाउनै सत्तै्कन भनेर ठोकुवा गर्नेहरू सायद अब भन्नेछन् – यसरी पनि कुनै संविधान बनाइन्छ? कतिले संविधान सभाबाट संविधान निर्माण हुनु 'गोरु ब्याउनु'जस्तै हो भनेका थिए। लोकतान्त्रिक विधि अपनाएर जनताले चुनेका प्रतिनिधिले प्रत्येक धारालाई मतदानबाट पारित गरे। (तिनले व्यापक छलफल गर्न र स्वतन्त्रतापूर्वक निर्णय गर्न भने पाएनन्। यो दुःखको विषय हो।) नेपालको संविधान, २०७२ को निर्माण प्रक्रिया संसारका कुनै मुलुकको संविधानका लागि अपनाइएको भन्दा कम लोकतान्त्रिक र सहभागितामूलक रहेन। यसका लागि सबै नेपालीले गर्व गरे हुन्छ।




गणेशमान सिंहको सम्झना

संविधानभन्दा राजाहरू माथि हुने व्यवस्था गणेशमान सिंहलाई पटक्कै चित्त बुझेको थिएन। पटकपटक उनले यो असन्तुष्टि सार्वजनिकरूपमै व्यक्त गरेका थिए। नेपालको संविधान, २०७२ मा कुनै पनि नेपाली संविधानभन्दा माथि र तल छैनन्। यस्तै, उनले अहिलेभन्दा दुई दशक पहिले उठाएका समावेशी, समानुपातिक प्रतिनिधित्वको प्रश्न बल्ल संविधानतः सम्बोधन भयो। सूत्रमा भन्न र परिपुर्यामएर लेख्न सक्थे तर उनले सायद फुर्सदै पाएनन् वा चाहेनन्। तर, पहिलो जनआन्दोलका सर्वोच्च कमाण्डर नेपाली जनताका निर्विवाद सर्वमान्य नेता कति दूरदर्शी रहेछन् भन्ने अहिले सिद्ध भयो। उनले सबै जातजातिप्रति न्याय हुनुपर्छ भन्दा उतिबेला धेरैले 'बाहुन विरोधी' भने। जसरी बीपी कोइरालाले 'नेपाल राष्ट्र बन्न सकेको छैन' भन्दा उनलाई धेरैले अराष्ट्रिय तत्व भनेका थिए। अन्ततः यी दुवै नेताहरू सही साबित भयो। 'सार्वभौमसत्तासम्पन्न नेपाली जनता'ले 'सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण' का लागि 'संविधान सभाबाट पारित गरी' संविधान जारी गरेको देख्न पाएका भए उनी कति खुसी हुन्थे होलान्? नेपाली नागरिकका रूपमा मेरो भागमा पर्ने जति यो संविधानको स्वामित्व गणेशमान सिंहमा समर्पण गरेर यो दिन ल्याउन उनले गरेका त्यागप्रति कृतज्ञता प्रकट गर्छु।

धन्यवाद र बधाई विजय जी!

बधाई छ! सबै नेपालीलाई सार्वभौमसत्ताको पहिलो पटक वास्तविक प्रयोग गर्न पाएकोमा। र धन्यवाद यस प्रक्रियामा संलग्न सबैलाई र विशेषगरी विजयकुमार गच्छदारलगायतका शीर्ष नेताहरूलाई। गच्छदारलाई किनभने उनको प्रयासले १६ बुँदे सहमति भएको र उनलाई बाँकी तीन दलका नेताले अलिकति पनि 'स्पेस' नदिएर धोका दिएको सबैले थाहा पाएका छन्। अहिले अरू तीता कुरा नगरौँ। यथार्थमा यसको राम्रो पक्षका लागि जस दिँदा गच्छदारलाई सम्झनुपर्छ र अपजसबाट भने उनी मुक्त भएका छन्। यी धर्तीपुत्र यावत् कमजोरी हुँदाहुँदै पनि आज मेरा आँखामा 'नायक' देखिएका छन्। बधाई विजय जी!

अधुरा आकांक्षा

यस संविधानको स्वामित्व कसैले पनि नलिन सक्छ। किनभने खोजेको सबै त कसैले पनि पाएन। सम्झौताका लागि गरिएको लेनदेनले संविधान कार्यान्वयनमा सुरुदेखि नै व्यवधान पनि आउन सक्छ। यसैले यो संविधान निर्माताहरूले यही संसदीय कार्यकालमा थुप्रै संशोधन गर्नुपर्ने हुनसक्छ। पटक्कै अप्ठेरो नमानी संशोधनका लागि खुला रहनुपर्छ। जनसंख्याका आधारमा संसदीय प्रतिनिधित्व किटान गर्नैका लागि संशोधन गरिहाल्नु पर्ने होला।

तैपनि सबैको जित!

यो संविधानमा कोही हारेको भने छैन। संघीयता संस्थागत भएको छ। ठूला दलहरू संघीयता विरोधी हुन् भन्ने तिनले लगाएको आरोप सही हो भने जित्ने त मधेसी दल पो देखिए। अब मधेसी दलहरूले शून्यबाट 'बार्गेन' गर्न त परेन नि। पहिल्यै, ५० प्रतिशत माग पूरा भइसक्यो। अझै चित्त नबुझेको जतिका लागि वार्ता सुरु गरे भयो। यसमा कसैले हारेको वा जितेको ठान्नै परेेन। त्यसैले कसैले हीनताबोध वा पराजित मानसिकता राख्नुपर्दैन। कम्तीमा अहिलेसम्मका उपलब्धि संस्थागत त भए भनेर सबैले चित्त बुझाए हुन्छ। संविधानको घोषणालाई मधेसी दलहरूले अवसरका रूपमा लिए हुन्छ। मुलुकलाई विखण्डन हुनबाट जोगाउन शून्यबाट सुरु गर्न पाएको अवसरको सदुपयोग गर्नुपर्छ।

नयाँ सुरुआत

यत्ति हो अब यही नेपालको संविधान, २०७२ मा टेकेरमात्र अगाडि बढ्न सकिन्छ। यसमा एउटाबाहेक अरू सबै धारा संशोधनीय बनाइएका छन्। त्यसैले सबै विषयमा खुलारूपमा वार्ता गरे हुन्छ। मधेसीलगायत महिला, दलित, जनजाति सबै वर्ग र समूहका नेताले स्थानीय यथार्थअनुसार मागमा पुनर्विचार गर्नु पनि आवश्यक छ। अबको प्राथमिकता सबैलाई सामाजिक न्याय र कमजोरलाई सामाजिक सुरक्षा हुनुपर्छ। आर्थिक सामाजिक दृष्टिले पछि परेका समुदायलाई विधि र निषेध दुवै उपाय अपनाएर सामाजिक सुरक्षा दिन सकिन्छ। कमजोर वर्ग र समूहको सशक्तीकरण र हितका लागि आन्दोलन गरिएका हुन् भने अहिले तिनलाई सामाजिक सुरक्षाका धेरै सुविधा उपलब्ध गराउने अवसर छ। मधेसीलगायत जनजाति र महिला अगुवाहरूमाथि धनी, जमिनदार, उपल्लो जातको हुनेखाने अर्थात् सम्भ्रान्त वर्गको हित रक्षाका लागि आन्दोलन गरेको आरोप लाग्ने गरेको छ। त्यसै हो भने चाहिँ सरकारले तिनको एजेन्डालाई कमजोर बनाउन मधेस, सुदूर पश्चिम र कमजोर वर्ग तथा समूह केन्द्रित सामाजिक सुरक्षाको विशेष प्याकेज घोषणा गरेर विरोधीलाई एक्ल्याउनुपर्छ।

सत्ता सम्झौता र दूरदर्शिता

मुलुक सबैभन्दा तरल अवस्थामा पुगेका बेला सरकार बदलिँदैछ। मधेसीसँग बढी नै लचिलो भएर वार्ता गर्नुपर्ने समयमा केपी ओली प्रधानमन्त्री बन्दैछन्। उनको छवि मधेसी विरोधी र कट्टरपन्थीजस्तो प्रक्षेपित गरिएको छ। तर, सत्तामा गएपछि कोही पनि त्यस्तो कट्टरपन्थी हुनसत्तै्कन। सुशील कोइरालाले यसरी सम्झौता गर्लान् र यति लचक देखाउलान् भने कसले पो पत्याएको थियो र? यसैले ओलीसँग पनि मधेसी तर्सिहाल्नु पर्ने देखिँदैन। यत्ति हो ओलीका बालुवाहरू अलि बढी तात्छन्। तिनलाई ठेगानमा राख्नु चाहिँ पर्छ। ओलीले मधेसी विरोधी छवि मेटाउन विशेष प्रयास गर्नुपर्छ।

सबै प्रमुख पदहरू संविधान जारी भएपछि रिक्त हुनेछन्। हुनत, सत्ता साझेदारीको नयाँ प्रयास पनि हुनसक्छ र एनेकपा (माओवादी)ले दुवै ठूला दलका नेतालाई खेलाउने प्रयास गर्न पनि सक्छ। तर अहिलेको अवस्था हेर्दा नेपाली कांग्रेस प्रधानमन्त्री नपाए पनि सत्ताबाट हट्न तयार होलाजस्तो देखिँदैन। त्यस अवस्थामा दोस्रो ठूलो दलका नेता प्रधानमन्त्री भएपछि राष्ट्रपति पद कांग्रेसको भागमा पर्नसक्छ। मधेसी मूलका व्यक्ति पहिलो राष्ट्रपति भइसके। अब जनजातिका वरिष्ठतम राजनीतिकर्मीलाई राष्ट्रपति बनाउनु न्यायोचित हुन्छ। लोकतन्त्र र राष्ट्रियताप्रतिको प्रतिबद्धतामा कहिल्यै शंका गर्नु नपर्ने व्यक्तित्व छान्ने हो भने सम्भवतः अहिले कुलबहादुर गुरुङ सबैभन्दा उपयुक्त व्यक्ति हुनसक्छन्। यसैगरी यसपटक दलित र महिला (महिलामा पनि मधेसी)लाई विशिष्ठ पदमा पुर्याउउन सके नयाँ संविधानप्रति अपनत्व पनि बढ्नेछ। मधेसी दलहरू सहमतिमा नआएकै नाममा मधेसको प्रतिनिधित्व भएन भने त्यसको सन्देश राम्रो जानेछैन। त्यसबाट मुलुकको भलो पनि हुँदैन।

प्रतिगमनको बात लागेको छ संविधान निर्माताहरूमाथि। त्यसैलाई मेट्न पनि सत्ताको लोभ नगर। सकेसम्म धेरै पदमा बाहुनक्षत्रीबाहेक अरू जाति तथा हिमाल र तराईका मूल बासिन्दालाई अवसर देऊ। संविधान कार्यान्वयनका धेरै चुनौती सहज हुनेछन्।

संस्कारमा लोकतन्त्र

राज्य, सरकार र पार्टीका बीचमा भेद गर्ने संस्कारको विकास एवं अभ्यास नहोउन्जेल लोकतान्त्रिक प्रणालीको जग बस्दैन। राणाहरू राज्यलाई निजी सम्पत्ति ठान्थे। शाहहरूले पनि त्यस्तै ठाने। लोकतन्त्रको स्थापनापछि नयाँ अभ्यास हुनुपर्थ्यो। हुन सकेन। कृष्णप्रसाद भट्टराई कसैले पार्टीलाई र आफूलाई दिएको पैसा एउटै खल्तीमा समेत राख्दैनथे। तिनले पनि पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवासमा गराए। पार्टीबाहेक निजी जीवनै नभएका गिरिजाप्रसाद कोइरालाले राज्य, सरकार र पार्टीबीचमा भेद गर्नै जानेनन्। राज्यका नाममा पार्टीले र पार्टीका नाममा नेताले शासन गर्ने सिद्धान्तमा दीक्षित कम्युनिस्टहरूले सरकार र पार्टीबीच भेद नगर्नु के अस्वाभाविक भयो र? अहिलेका कम्युनिस्ट नेताहरू 'जनवादी केन्द्रीयता' र 'सर्वहाराको अधिनायकत्व' भन्ने मन्त्र जपेरै हुर्केका हुन्। पछिल्ला दिनमा यिनले संसदीय अभ्यास त गरे तर लोकतान्त्रिक संस्कारलाई आत्मसात गर्न अझै सकेका छैनन्। बाध्यताका कारण अनुसरण गरिने विधि र प्रक्रियाले लोकतान्त्रिक संस्कारको विकास हुने त होइन। एक्काइसौं शताब्दीमा पनि नेपालको शासकीय सोच अठारौं शताब्दीकै रहनुको कारण यही हो। अब अहिलेका शीर्ष नेताहरू बिस्तारै पन्छने हो भने २०४६ सालपछिको पुस्ताबाट लोकतन्त्रलाई आत्मसात गर्ने अपेक्षा गर्न सकिन्छ। राज्य र सरकार तथा पार्टीका बीचमा भेद गर्न थालियो भने धेरै समस्या समाधान हुनेछन्। यो नेपाली समाजको लोकतन्त्रीकरणको कोसेढुङ्गा साबित हुनसक्छ। नयाँ सरकारबाट लोकतन्त्रलाई संस्कारका रूपमा अपनाउने अपेक्षा गरौँ!

बाबुहरूको बुद्धि!

भारतका बाबुहरूले फेरि बुद्धि पुर्यापएनन्। संविधानमा मतदान प्रक्रिया रोक्न लगाउनुभन्दा पहिले नै वार्तामा बस्न मधेसी दललाई दबाब दिएको भए हुन्थ्यो। त्यसपछि पनि दुई दिन प्रक्रिया रोकिँदा मधेसी नेतालाई नेपाल टुक्य्राउने धम्की दिन छाडेर वार्तामा बस्न दबाब दिएको भए पनि हुन्थ्यो। उनीहरू प्रक्रियामा संलग्न भएको भए अरू दलका नेतालाई समायोजनको नैतिक बन्धन हुन्थ्यो। लोकतान्त्रिक विधि एवं प्रक्रिया नमान्ने र सडक आन्दोलन तथां विदेशी दबाबका भरमा आफूले चाहेजस्तो हुनुपर्छ भन्ने यी १० प्रतिशतको हठलाई मधेसकै अरू ९० प्रतिशत जनप्रतिनिधिले किन मान्ने? आफूलाई मात्र मधेसी जनताको प्रतिनिधि ठान्ने यी संस्कारहीन राजनीतिकर्मीको कुरा सुनेर भारतले यस्तो व्यवहार गर्दा वास्तवमै पछाडि पारिएका मधेसीलाई हानि हुन्छ। यद्यपि, यिनको मुख हेरेर वा यिनका फुइँ वा धमासको रिसमा सरकारले अरू मधेसीप्रति प्रतिशोधको व्यवहार गर्नु हुँदैन। यिनलाई कमजोर बनाउन तराईका जनताको आर्थिक सामाजिक विकासमा विशेष ध्यान र प्राथमिकता दिनुपर्छ। आर्थिक सामाजिक सूचक उच्च भएका स्थानमा हिंसात्मक व्यवहार र संस्कारहीनता पनि कमजोर भएको जो देखिएको छ।

र अन्त्यमा

संविधान निर्माण प्रक्रिया र प्रस्तावनाको आरम्भ तथा अन्त्यबाहेक अरू धेरैमा पटक्कै चित्त बुझ्दैन। यो संविधान हो तर पढ्दा कतै ऐन र कतै नीति, नियम वा कार्यविधिजस्तो लाग्छ। अनि ऐनले व्यवस्था गर्ने भनिएका धारा कति धेरै छन् भने संविधानको उपहास हुने जोखिम पनि उत्तिकै छ। स्थानीय निकायले बनाउनेजस्ता नीति पनि संविधानमा समावेश गरिएका छन्। संविधानमा सबैका सबै कुरा समेट्नै पर्ने गलत मानसिकताले गर्दा यो भद्दा र अस्पष्ट बन्न पुगेको हुनुपर्छ। कानुनले व्यवस्था गर्दा अदालतले व्याख्या गर्नुपर्ने धेरै अवस्था आइपर्ने निश्चित छ। सम्भवतः केही वर्ष कार्यान्वयन भएपछि मात्र यसले एउटा निश्चित आकार लिनेछ र स्पष्ट पनि हुनेछ।
अर्को समाचार
तगारो संविधान निर्माणमा
नागरिक
२६ फागुन २०७१
•
५ मिनेट पाठ
तगारो संविधान निर्माणमा
नेपलको अन्तरिम संविधान, २०६३ मा नेपालमा संविधान सभाबाट नयाँ संविधान जारी गर्ने उल्लेख गरिएको छ। तर, राजनीतिक दलहरूबीचको खिचातानी र बेमेलका कारण संविधान सभाबाट संविधान जारी हुनेमा सन्देह बढ्दै गएका छन्। पहिलो संविधान सभाले संविधान जारी नगरी विघटन भयो र दोस्रोपटक संविधान सभाकै निर्वाचन भयो।पहिले विफलताबाट सिकेर आगामी बाटो तय गर्नु पर्नेमा त्यस्तो भइरहेको पाइँदैन। अब नेताहरूले देश र जनतालाई हेर्ने कि आफ्नो स्वार्थ हेर्ने? यो अत्यन्त जटिल मोडमा आइपुगेको अवस्था छ। संविधान सभा र देशलाई बन्धकमा राखेर कसैको हित हुँदैन। कुनै न कुनै तरिकाले निकास निकाल्नै पर्छ। संविधान बन्न नदिने तगाराहरू निम्न छन् :




क. मेरो गोरुको बाह्रै टक्का भन्नु
केही दलका नेताले संविधान सभाबाट 'सहमति'मै संविधान निर्माण गर्नुपर्छ भनेकाले यसमा ढिलाइ भएको हो। सहमतिमा संविधान निर्माण भयो भने सुनमा सुगन्धै हुनेछ तर नेताहरूको बोल्ने र गर्ने शैलीमा देखिएको फरक हेर्दा सहमतिमा संविधान बन्ने लक्षण देखिँदैन। सहमतिमा संविधान निर्माण गर्ने रटानले संविधान जारी हुन प्रायः असम्भव छ। प्रजातान्त्रिक प्रक्रिया अवलम्बन गरेर विवादित विषयवस्तुमा बहुमतबाट निर्णय गरेर अघि बढ्नुको विकल्प हुँदैन। विवादित विषयमा 'मेरो गोरुको बाह्रै टक्का' गर्नु हुँदैन। कुनै पनि संविधानलाई जीवन्त बनाउन समय सापेक्ष संशोधन, परिमार्जन र परिष्कार गर्दै जानुपर्ने हुन्छ। अहिले भनेका विषयवस्तु भविष्यमा हटाउनु पर्ने वा थप्नु पर्ने पनि हुन सक्छ भन्ने बिर्सनु हुँदैन।

ख. पक्ष र प्रतिपक्षको रूप लिनु
संविधान सभामा पक्ष विपक्ष हुँदैन भनेका थिए। हुनु पर्ने त्यस्तै हो तर, दुर्भाग्य, हाम्रा नेताले पक्ष र प्रतिपक्षको भूतलाई मनमतिष्कबाट अलग्याउन सकेनन्। फलस्वरूप, पहिलो संविधान सभा संविधान जारी गर्न नसकी अवसान भयो। दोस्रोमा पनि पक्ष विपक्षमा बाँडेर कुर्सी र माइक भाँच्ने काम भएका छन्। यस्तो अवस्थामा सहमतिमा कसरी संविधान लेखिन्छ?

ग. फरक विचार र दर्शन
संविधान सभाभित्र विभिन्न राजनीतिक दर्शन र विचारले प्रवेश पाएको छ। कोही पनि आफ्नो राजनीतिक दर्शन र विचारलाई त्यागेर न्यूनतम सहमतिको बिन्दुमा आउन तयार देखिएको छैन। यस्तो अवस्थामा सहमतिमा संविधान कसरी लेखिन्छ?

घ. फुर्काउने र फुर्किने जमात
संविधान सभाबाट संविधान यसरी लेखिनुपर्छ त्यसरी लेखिएन भने तिम्रा अधिकार सुरक्षित हुँदैनन्। पहिचान मेटिन्छ आदि इत्यादि भनेर फुर्काउने र फुर्किनेको जमात हुँदासम्म सहमतिमा पुग्ने देखिन्न। यसरी उक्साउने र उक्सिने काम भइन्जेल कसरी संविधान लेखिन्छ?

ङ. शब्दको दुरुपयोग
बेइमानीको औषधि हुँदैन। प्रत्येक व्यक्ति, समाज, समुदाय, नेता, कार्यकर्ता र जनता आफैँ सच्चिएर देशलाई केन्द्र बिन्दुमा राखेर काम नगरेसम्म बेइमानी प्रदर्शन भइरहनेछ। व्यक्तिगत र दलगत स्वार्थ राखेर काम गर्दासम्म समन्वय, सहमति र सहकार्य शब्दले काम गर्दैन। हाम्रा नेताको कार्यशैलीले गर्दा यी शब्द सुन्दा पनि नेपालीहरू वाक्क भइसकेका छन्। अर्थात्, ती शब्दको चरम दुरुपयोग भएको छ। एकले अर्कालाई आग्रह गर्ने, चेतावनी दिने, धम्की दिने, फकाउने गरेर बहुमूल्य समय त्यसै खेर फालिरहेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
दूरगामी सोचको संविधान
दूरगामी सोचको संविधान
डा सुभाष पोखरेल डा सुभाष पोखरेल • · १४ चैत्र २०७१ · १४ मिनेट पाठ
संविधानसभाको उपलब्धि
सम्पादकीय सम्पादकीय • · ३० असोज २०७४ · ७ मिनेट पाठ
जातीय दललदमा प्रचण्ड
नागरिक नागरिक • · १० माघ २०७१ · १२ मिनेट पाठ
आन्दोलन होइन मेलमिलाप
नागरिक नागरिक • · ०१ कार्तिक २०७२ · ९ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस