आन्दोलन होइन मेलमिलाप
०१ कार्तिक २०७२
•
९ मिनेट पाठ
आन्दोलन होइन मेलमिलाप
मधेसीमूलका राष्ट्रपति, जनजातिमूलका सभामुख, विभिन्न जातजाति, वर्ग, समूह, धर्म, संस्कृति र राजनीतिक आस्था भएका सभासद्माझ नयाँ संविधान जारी भयो । संविधान जारी गर्दा मधेसीमूलका केही सभासद् अनुपस्थित देखिएपछि खल्लो महसुस भयो ।'मधेसी' भनेर हेपियो भन्दै संविधान सभामा नआएको सुन्दा साह्रै दुःख लाग्यो । नेपाली समाजमा परापूर्वकालदेखि चल्दै आएको पहाडबाट आएकालाई पहाडिया, बाहुनलाई टपरे, नेवारलाई ज्यापु र मंगोलियन अनुहार भएका मानिसलाई भोटे भन्दै जिस्केर एक जातले अर्को जातलाई बोलाउने शब्दले नेपालीबीचको आत्मीयता र सुमधुर सम्बन्ध दर्शाउँछ ।

भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले विश्वरंगमञ्चमा 'विद्रोही पक्षलाई वार्ताबाट शान्ति प्रक्रियामा ल्याएर संविधान जारी गर्ने तयारीको' मुक्त कण्ठले प्रशंसा गरेका थिए । तर उनै मोदी अन्तिम घडीमा आएर संविधान जारी गर्ने प्रक्रियामा मधेसी सभासद्हरू सरिक नहुँदा उनी दुःखी बनेका छन् । त्यतिमात्र होइन, मधेसका केही नेताले भारतका नेतालाई मधेस आन्दोलनबारे गलत सूचना प्रवाह गरिदिँदा दुई देशबीचको सम्बन्धमा समेत फाटो आउने अवस्था छ । कस्मिरमा आन्दोलनकारीमाथि दमन भयो भनेर पाकिस्तानले चिन्ता प्रकट गर्दा, आपत्ति जनाउने भारतलाई, हाल मधेसमा आन्दोलनकारीले जिउँदै सुरक्षाकर्मीलाई जलाउँदा, जनता र नेताको घर तथा सरकारी कार्यालयमा आगजनी गर्दा उल्टै 'आन्दोलनकारीमाथि दमन गरियो' भनेर बोल्न लगाउनु उचित थिएन ।

भारतका विदेश सचिवले पहाडिया नेताहरूलाई उनीहरूकै घर र कार्यालयमा भेट गरे । मधेसी नेताहरूले पनि दूतावासमा खाना खाएर रोइकराइ गर्नुको सट्टा, मोर्चाको कुनै कार्यालयमा भेटघाट गर्दा अस्तित्व जोगिन्थ्यो । मधेस आन्दोलनले भारतको सुरक्षालाई चुनौती दिएको भनिएको छ । त्यसकारण नेपाल सरकारले कस्मिर र झारखन्डमा भारत सरकारले अपनाएको त्यही सुरक्षा नीति मधेसका केही आन्दोलित जिल्लामा लागु गरी भारतलाई सुरक्षाको सवालमा आस्वस्त पार्नुप¥यो । सुरक्षाको कारण देखाइ पटक पटक नाकाबन्दी गर्नुभन्दा सिमानामा काँडेबार र पासपोर्टको व्यवस्था गरे भारतको सुरक्षा मजबुत हुने थियो भनी मधेसिी नेताले नै सुझाव दिन सक्नुपर्छ ।

नेपाली नागरिकता भएका सबै व्यक्ति कागजीरूपमा नेपाली हुन सक्छन्, तर सही अर्थमा जनता वा नागरिक नहुन पनि सक्छन् । जनता वा नागरिकले लाठी, हतियार लिएर शक्ति प्रदर्शन गर्दै आफ्नै देशका जनतालाई मार्दैनन् । र, मधेसी जनताका घर आगजनी गर्दैनन् । त्यसैले आन्दोलनकारीले कुन मधेसी जनताको अधिकारको कुरा गरेको हो प्रष्ट पार्नुपर्छ । मधेसलाई आन्दोलनमा होम्ने नेताहरूले आफूलाई तराईको ठेकेदार मान्दै आएका छन् । तर, ती नेताले कति प्रतिशत जनताको प्रतिनिधित्व गर्छन् भन्ने कुरा दोस्रो संविधान सभाको चुनावमा प्राप्त मतले देखाइसकेको छ । हतियार, लठ्ठी प्रदर्शन गर्नेको जमातलाई जनमत ठान्ने हो भने त्योभन्दा ठूलो हतियार नउठाउने जमात छ । मधेसका नेताले संविधान, नियम र कानुन नेपाली भाषामा लेखेका कारण नबुझेको जस्तो देखिन्छ । राज्यले कफ्र्यु लागु गर्न र निषेधित क्षेत्र तोक्न सक्छ, शान्तिसुरक्षा कायम राख्न सेना परिचालन पनि गर्न सक्छ । तर, यसको उद्देश्य आन्दोलन दबाउनेमात्र हुँदैन ।

मोर्चाका केही नेताले मुलुक विखण्डनको धम्की दिइराखेकै समयमा पहाडेमाथि केही स्थानमा अमानवीय व्यवहार भयो । सोही समयमा सीमापारीबाट देशका सुरक्षाकर्मीमाथि ढुंगा हानियो । उता, मधेसका नेता भारतीय दूतावास गएर आन्दोलन सफल बनाइदिनु प¥यो भन्दै बिन्ती गर्न थाले । यसैकारण पनि आन्दोलन 'विशुद्ध मधेस आन्दोलन' हुन सकेन । आन्दोलन मधेसका जनताको मुक्तिका लागि भएको यदि थियो भने दमन हुँदा राज्यमाथि सारा जनता आक्रोशित हुने थिए । जनताका नाममा गरिएका आन्दोलन जब हिंसक बन्छ तब त्यसमा प्रश्न उठ्न थाल्छ । केही नेताको स्वार्थपूर्तिका लागि सारा जनतालाई दुःख दिनु हुँदैन–पाइँदैन । मधेसवादी भनिएका केही नेताको गतिविधले हाम्रो सिंगो मधेस र त्यहाँका जनतालाई दोषी बनाउन पाइँदैन ।

हरेक पटक मधेसका नेताले सत्ता सयर गरिसकेका छन् । आफू सत्तामा हुँदा मधेसी नेताले मधेस र त्यहाँका जनताको उन्नतिमा कहिल्यै ध्यान दिएनन् । मधेसका गरिब तथा किसानको चेतना अभिवृद्धिमा तिनको आँखा कहिल्यै पुगेन । सत्ताको फाइदा लिनेभन्दा अर्थोक केही नगरेको इतिहास छ । अहिले आएर मधेसबारे अन्तरिम संविधानमा उल्लेख भएको उपलब्धि पनि गुम्यो भनेर झुटा प्रचार भइरहेको छ । अन्तरिम संविधानलाई नै यदि अक्षरशः पालना गर्ने हो भने किन अर्बौं खर्चेर दुई पटक संविधान सभाको निर्वाचन गर्नु परेको ? अन्तरिम भनेको अर्को व्यवस्था नहुञ्जेलका निम्ति गरिएको विशेष व्यवस्था हो । देश र जनता कमजोर भएको अवस्थामा बन्द–हड्तालको दबाबमा विगतमा गरिएका सहमति–सम्झौता कार्यान्वयन हुनैपर्छ भन्नु 'हठ' मात्रै हो । हामीले के भुल्नु हुँदैन भने अन्तरिम संविधान तत्कालीन अवस्थामा विद्रोही माओवादी र सत्तापक्षबीचको सम्झौताको दस्तावेजमात्र थियो । विद्रोही पक्षको सहमतिमा नयाँ संविधान जारी गरिसकिएको अवस्थामा कुनै व्यक्ति, पार्टी र विदेशीको मान्यता खोजी रहनु पर्दैन ।

नयाँ संविधान जारी भएको छ, जजसलाई जेजे परिवर्तन गर्ने इच्छा छ, दुईतिहाइ बहुमतले भोलिका दिनमा संशोधन गरे भइहाल्छ । मधेसवादी तथा थारू जातिको आन्दोलनका कारण जति क्षति मुलुकले भोगिसकेको छ त्योभन्दा ठूलो क्षति मधेसी नेता र भारतले राखेका ७ बुँदे माग पुरा गर्दा हुने देखिन्छ । जनता अब राष्ट्रिय अखण्डता, स्वाभिमान र सामाजिक मेलमिलापका पक्षमा दृढताका साथ उभिएका छन् । त्यसैले मधेस, पहाड, हिमाल, सहर सबैतिरका नेता राष्ट्र र जनताप्रति चिन्तित तथा संवेदनशील बन्नुपर्छ ।
अर्को समाचार
द्वन्द्व पीडितहरुको आन्दोलन जारी
३० चैत्र २०७९
•
१ मिनेट पाठ
द्वन्द्व पीडितहरुको आन्दोलन जारी
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को विरोध गर्दै द्वन्द्व पीडितहरूले आफ्नो आन्दोलन जारी राखेका छन्।

सरकारले पीडकलाई उन्मुक्ति दिने गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ संसद्मा लगेको भन्दै तत्कालीन माओवादी पीडितहरूले विगत २५ दिनदेखि धर्ना लगायतका विभिन्न आन्दोलनका कार्यक्रम गरिरहेका छन्।

द्वन्द्वपीडितहरुले बिहीबार नयाँ बानेश्वरमा धर्ना दिएका छन्। उनीहरूले तत्कालीन नेकपा (माओवादी) ले हत्या, हिंसा, अपहरण, कुटपिट, सम्पत्ति लुटपाट र मानिसलाई विस्थापित गर्ने सम्मको मानव अधिकार उल्लंघनका घटना घटाएका भए पनि विधेयकमार्फत पीडकलाई उन्मुक्ति दिन लागिएकाले आन्दोलन गर्नुपरेको बताएका छन्।

माओवादीद्वारा पीडित राष्ट्रिय समितिका अध्यक्ष भोजराज तिमल्सिनाले संक्रमणकालिन न्यायको विषयलाई आजसम्म नटुंग्याइएकाले आन्दोलित हुनुपरेको बताए। उनले मानव अधिकार उल्लंघनका घटनामा संलग्न भएकाहरुलाई कानूनी कारबाही गर्नुपर्ने उल्लेख गरे। आफूहरू न्यायको पक्षमा रहेको भन्दै न्याय नपाएमा देशमा जनविद्रोह हुने उनको चेतावनी थियो।

आन्दोलनकारीले पीडकलाई उन्मुक्ति दिन ल्याइएको विधेयक संशोधन गर, लुटिएको सम्पत्ति फिर्ता गर, बाल सैन्यलाई न्याय दे, पीडितलाई परिपुरणको ग्यारेन्टी गर लगायतका विभिन्न माग राखिएको प्लेकार्डहरुको प्रदर्शन पनि गरेका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस