माघ ८ गते संविधान जारी हुन सकेन। निरन्तर नाराबाजी भइरहेको संविधान सभाको दृश्यले मलाई ‘बोल्सेभिक क्रान्ति' ताकाको रुसी संविधान सभाको सम्झना भयो। त्यहाँ पनि संविधान सभाले संविधान दिन सकेन। अनि संविधान सभामा अल्पमत बोल्सेभिक नेताहरूले बलपूर्वक संविधान सभा नै भंग गरिदिए।उनीहरूले त्यस कदमलाई ‘क्रान्तिकारी वैधानिकताको' सिद्धान्त प्रयोग गर्दै ‘बोल्सेभिक क्रान्तिको' एउटा रणनीतिका रूपमा अर्थ्याए। संविधान सभा भंग गर्नुलाई परिस्थितिको उपज नभएर क्रान्तिकै योजना भएको दाबी गरे। के नेपालको संविधान सभामा भइरहेको ‘नाराबाजी' पनि त्यस्तै रणनीति हो? एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) यस सम्बन्धमा स्पष्ट हुनुपर्छ र जनताप्रति इमानदार पनि हुनुपर्छ। संविधान सभालाई जनयुद्ध पछाडिको ‘रणनीति' कै रूपमा प्रयोग गर्ने हो भने खुलेर भन्नुपर्छ। त्यस इमानदारीले कम्तीमा ध्रुवीकरणलाई सहयोग गर्छ र राजनीतिले एउटा बाटो पक्रिन्छ। त्यसले नेपाली जनतालाई वैधानिक सुधारको बाटोबाट बहुदलीय लोकतन्त्रको बाटो लिने हो वा साम्यवादी व्यवस्था स्थापनाको बाटो समात्ने हो भनी ‘एउटा बाटो रोज्न' सजिलो हुन्छ। नेपालको राजनीतिक खिचातानी र अकर्मण्यताको अवस्था पनि धेरै हदसमम समाप्त हुन्छ। तर मनभित्र ‘बोल्सेभिक रणनीति' र ‘कुराकानीमा सहमति' को राजनीति राखिएको हो भने त्यसले राजनीतिलाई छलकपट र बेइमानीको बाटोतर्फ उन्मुख गराउँछ र अन्ततः त्यो असफल पनि हुन्छ। त्यसलाई क्रान्तिकारी इमानदारी भन्न सकिँदैन। ‘क्रान्ति कि सुधार?' अब एमाओवादी स्पष्ट हुनैपर्छ।
एमाओवादीले लिएको बाटो ‘बोल्सेभिक बाटो' नै हो भने त्यसमा मेरो भन्नु केही छैन। हरेक राजनीतिक दललाई राजनीतिक विश्वास, विचारधारा र आस्थाका आधारमा समाजका परिवर्तनको बाटो राज्ने अधिकार रहन्छ र त्यो अधिकार एमाओवादीलाई पनि छ। त्यस ‘बाटोबाट समाजमा आमूल परिवर्तन' गर्ने कुराप्रति समर्थन गर्ने वा नगर्ने स्वतन्त्रता जनतालाई पनि छ। अनि, जनताको व्यापक समर्थन प्राप्त गर्न सकेमा कांग्रेस र एमालेको बहुमतले केही गर्न सत्तै्कन। त्यसपछि कतिवटा र कस्ता जातीय राज्य बनाउने, राष्ट्रपतिको निर्वाचन कसरी गर्ने, न्यायपालिका कस्तो बनाउने जस्ता विषयमा अरूको सहमतिको आवश्यकता पनि पर्दैन। तर जुन शक्तिसँग एमाओवादीले ‘मोर्चा बनाएको छ' त्यस बाटोबाट ‘बोल्सेभिक' रणनीति सफल हुन्छजस्तो लाग्दैन। मोर्चामा आबद्ध नेताहरूको विगतलाई हेर्नुभयो भने स्पष्ट देखिन्छ, त्यहाँका थुप्रै नेताहरू क्रान्तिका पक्षधर होइनन्। बरु, उनीहरू बहुदलीय व्यवस्थाभित्र सत्ताका लागि मोलतोल गर्ने व्यक्तिगत लाभको हिसाबका आधारमा ‘मित्रता र सहयोग' आदान प्रदान गर्ने व्यक्ति हुन्। उनीहरूलाई सत्ताबाहिर जीवन बिताउन धेरै गाह्रो हुन्छ। बाबुराम भट्टराई सरकारको बाध्यताले हिजो सत्तामा उनीहरूले फाइदा उठाए र त्यसको परिणाम ‘एमाओवादी' अहिलेको अवस्थामा आइपुग्यो। त्यसबाट उसले शिक्षा लिनुपर्थ्यो। एमाओवादीका नेताहरूलाई पनि राम्रै थाहा होला मोर्चामा रहेका मधेसवादी दलमात्रै मधेसका जनताका प्रतिनिधि होइनन्। स्वयं माओवादी, एमाले र कांग्रेसमा ठूलो संख्यामा माधेसी जनताका प्रतिनिधि छन्। अतः जुन तरिकाले केही मधेसवादी भनिएका दललाई ‘मधेसका मसिहा' बनाएर प्रस्तुत गरिएको छ, त्यो माओवादीकै लागि भविष्यमा समस्या हुन सक्छ। परिवर्तनको लामो बाटो ‘भरपर्दो' मित्रको सहयात्रामा हिड्नु नै श्रेयकर हुन्छ। त्यसका लागि सहकार्य कांग्रेस र एमालेसँगै उचित होला।
बाह्र बुँदे समझदारीपत्रदेखि अन्तरिम संविधान र दोस्रो संविधान सभाको निर्वाचनसम्म आइपुग्दा के स्थापित भइसकेको छ भनेे ‘तीनवटा ठूला दल' को सहयात्राबिना ठूलठूला राजनीतिक समस्याको समाधान हुन सक्तैन। विसं २००७ पहिलाको अङ्ग्रेजहरू समर्थित एक शताब्दी लामो तानाशाही सामन्ती राणा सरकारले निर्माण गरेको कहाली लाग्दो संरचनात्मक हिंसाको पीडा प्रत्येक नेपालीले भोगिरहेका छन्। भारतमा बेलायती उपनिवेशवादी सरकारले जातीय प्रथालाई कानुनी रूप दियो र उपनिवेशी सरकारमा दलितहरूको उपस्थित निषेध गर्योर। त्यसको लगत्तै जंगबहादुरले जातीय व्यवस्थालाई कानुनी रूप दिने मुलुकी ऐन ल्याए। त्यस निरंकुश शासनलाई लोकतान्त्रिक पद्धतिबाट सम्बोधन गर्न नपाउँदै २०१७ सालमा पंचायती निरंकुश व्यवस्था सुरु भयो। विसं २०४७ सालको आन्दोलनपछाडि यी समस्याको समाधान गर्न सकिन्थ्यो तर घनघोर हस्तक्षेपको भुमरीमा फस्यो देश। नेपालजस्तो गरिब देशमा सीमान्तकृत, अधिकारविहीन जनताको उत्थान र सामाजिक सुरक्षाको प्रत्याभूति गर्दै आर्थिक विकासको बाटोमा हिड्नुपर्ने थियो। तर हामी केही अन्तर्राष्ट्रिय संस्था र पश्चिमी देशहरूको बहकाउमा निरपेक्ष ‘निजीकरण र खुल्ला बजार' को अवधारणातिर लाग्यौँ। जनताको विश्वास नेपाली कांग्रेसले गुमायो। त्यही नेपाली कांग्रेसका वरिपरी वा भित्र अहिलेका मधेसवादी भनिने नेता थिए। विजय गच्छेदार चल्तापुर्जा नेता थिए। महन्त ठाकुर त ठूलै नेता थिए। सामाजिक संरचनाको ढाँचाको रूपान्तरणमा नेपाली कांग्रेसले जे गल्ती गर्यो त्यसका भागिदार गच्छेदार र ठाकुर पनि हुन्। तब कसरी माओवादी विश्लेषण जन्मियो ‘नेपाली कांग्रेसभित्रका विमलेन्द्र निधि मधेसवादी होइनन् तर गच्छेदार र ठाकुर चाहिँ मधेसवादी हुन्'। एमाओवादी अहिले गम्भीर र त्रुटिपूर्ण विश्लेषणको सिकार बन्ने खतरामा छ। यही विश्लेषण नेकपा (एमाले)का हकमा पनि लागु हुन्छ। नेपाली कांग्रेसको ठोस विकल्प दिन एमालेले सक्नुपर्ने थियो। तर त्यस ताकाको एमाले नेतृत्व पनि असफल भयो। त्यस नेतृत्वमा अशोक राई पनि थिए। प्रेमबहादुर सिंह पनि थिए। अहिले यस्ता मानिसहरू सँगको एकता ‘एमाले र कांग्रेस' सँगको राजनीतिक प्रतिस्पर्धाको लागि भरपर्दो आधार हो भन्ने विश्लेषणमा एमाओवादी पुगेको हो भने यो वैज्ञानिक विश्लेषण हुनसत्तै्कन भन्ने थुप्रै तर्क अगाडि सार्न सकिन्छ।
विसं २०६३ सालको आन्दोलनपछाडि नेपालले थेग्न गाह्रो हुनेगरी परिवर्तनका लहर आएका छन्। तर एनेकपा (माओवादी) ले परिवर्तनका यी सकारात्मक उपलब्धिीलाई उपेक्षा गरेजस्तो लाग्न थालेको छ। विसं २०६३ सालको आन्दोलन पछाडि १. नेपालमा सामन्ती व्यवस्थाको प्रतिनिधित्व गर्ने संस्था ‘राजतन्त्र' उन्मूलन भएको छ। देश गणतन्त्र भएको छ र गणतन्त्र लोकतन्त्रकै परिष्कृत रूप हो। २. नेपालमा अब भविष्यमा कुनै धर्म ‘राज्यको धर्म' हुने छैन। हुनत ‘धर्म निरपेक्ष' भन्ने शब्द विवादस्पद रहेको छ। त्यसैले ‘भविष्यमा राज्यले कुनै धर्मलाई राज्यको धर्म बनाउनेछैन' भन्ने सही ढंगमा संविधानले प्रस्तुत गर्नुपर्ने हो। यस उपलब्धिलाई पनि सानो भन्न मिल्दैन। धर्म पनि सामन्ती व्यवस्थाकै एउटा विशेषता न हो। धर्मलाई राज्यबाट अलग गर्नु आधुनिकता हो र आधुनिकता लोकतन्त्रको विशेषता हो। ३. राज्यको पुनर्संरचनाको एउटा रूप ‘संघीयता' हो। संघीयता केन्द्रको शासकीय अधिकार स्थानीय तहमा प्रक्षेपण गर्ने पद्धति र संरचना हो। ४. निर्वाचन प्रणालीमा समानुपातिकताको प्रयोग भइसकेको छ। यी परिवर्तनका आधारलाई अन्तरिम संविधानमा संस्थापित गरिसकिएको छ। अबको बाटो र आवश्यकता त ‘देशको आर्थिक पुनर्संरचना र रूपान्तरण हो, जसले जनतालाई गाँस र बास अनि इज्जत दिन्छ'। यिनै उपलब्धिीसँगै प्रत्येक जातजातिको भाषा र संस्कृतिको संरक्षण मौलिक हकमा परेका छन्। छुवाछुतलाई अपराधका रूपमा परिभाषा गरिएको छ। महिला र दलितको ठूलो प्रतिनिधित्व संविधान सभामा छ।
कतिवटा ‘प्रान्त निर्माण' गर्ने भन्ने प्रश्न ‘राजनीतिक, मनोवैज्ञानिक, आर्थिक र राष्ट्रिय सुरक्षा रणनीतिको विषय हो। प्रान्तको संख्या र नाम ‘रूप' का विषयवस्तु हुन् ‘सारका' विषयवस्तु होइनन्। प्रगतिवादी वामपन्थी क्रान्तिकारीहरूले ‘रूप प्रधान होइन सार प्रधान' हो भनी विश्लेषण गर्छन् होइन र? ‘जातीयता' रूपमात्र हो। सारमा ‘जातीयता' खोजियो भने त्यसबाट ‘नाजीवाद' मा पुगिन्छ। हिटलरले गरेको जातीय राज्यको विभाजनले संसारलाई कहाँ कहाँ पुर्यानयो? सुनिन्छ, केही युरोपेली देशहरू ‘जातीय राज्य' का पक्षमा छन्। उनीहरूले बुझ्नुपर्छ ‘जातीयता' विष हो। ‘सार' भनेको प्रान्तको अधिकार हो जसका बारेमा विवादै छैन। एमाओवादीको अडान १० वटा प्रान्त र तिनको जातीय पहिचान भन्ने रहेको देखिन्छ। मधेसी मोर्चासँगको एकताले सायद माओवादी ‘एक मधेस एक प्रदेश' को माग मान्न पनि बाध्य होला। माघ आठ गते राति संविधान सभाको बैठक सकिएपछि बाहिर निक्लने क्रममा मोर्चाका एक ‘सभासद्' जोडतोडले नारा लगाइरहेका थिए ‘मधेश स्वायत्त प्रदेश'। एक मधेश एक प्रदेश मान्ने पक्षमा नेपाली जनता छैनन्। एमाओवादीको अडान के हो प्रष्ट हुनुपर्छ।
प्रान्तहरू सबल शासकीय इकाइको रूपमा स्थापित हुनुपर्छ। तिनले विविध संस्कृति र भाषाको सबल संरक्षण गर्नुपर्छ। प्रान्तीय सरकारमा त्यस प्रान्तको सिमानाभित्र बसोबास गर्ने आदिवासी जनताको सबल राजनीतिक सहभागिताको प्रत्याभूति गर्नुपर्छ। एउटा प्रान्तले त्यस्ता अधिकार प्रायोग गर्न त्यो आर्थिकरूपमा सबल हुनुपर्छ। प्रान्तीय व्यवस्थाको अर्को तात्पर्य त्यस अर्थमा जनताको आर्थिक सक्षमताको निर्माण हो। सात वा १० प्रान्तका तर्क सापेक्षित तर्क नै हुन। न १० लाई स्वीकार गर्दा क्रान्तिकारी हुने हो न ७ लाई स्वीकार गर्दा प्रतिगामी हुने हो। न त यस्तो तर्क द्वन्द्ववादी, मार्क्सवादी वा वैज्ञानिक नै हो। यसलाई भाषा विज्ञानमा ‘रटोरिक' अमूर्त अभिव्यक्ति भनिन्छ। संविधान सभाले परिवर्तनलाई आत्मसात् गरेको छ। अहिलेको विवाद ‘तथ्य' मा होइन राजनीतिक विश्वासमा आधारित छ।
विसं २०६३ सालपछाडि राज्य तीव्र परिवर्तनको बाटोबाट हिँडेको छ। हिजोदेखिका संरचनात्मक विभेदहरू सबै उन्मुलन भइनसकेपनि त्यस्ता विभेद उन्मूलन हुनुपर्छ भन्ने राष्ट्रिय अभिमत निर्माण भइसकेको छ। कानुन, नीति र संरचना निर्माण भइरहेका छन्। मधेस र पहाडको ‘एकता' निर्माण हुनैपर्छ भन्ने धारणा मधेस र पहाड दुवैतर्फ बनिरहेको छ। देशका तीनवटा सर्वोच्च पदहरू राष्ट्रपति, उपराष्ट्रपति र प्रधान न्यायाधीश मधेसबाटै आएका छन्। सभामुख जनजातिका छन्। राजनीतिक पार्टीको संरचनामा यो उदारता देखिन सकेको छैन। यसमा एमाओवादी, एमाले र कांग्रेसले बुद्धि पुर्याकउनु आवश्यक छ। राज्यसत्तामा प्रवेश गर्ने ढोका राजनीतिक दलहरू हुन्। ढोकामा हिलो छ भने ओछ्यान सफा हुँदैन। त्यसैले सुधारको ठूलो खाँचो पार्टीका संरचनामा रहेको स्पष्ट देख्न सकिन्छ।
गणतन्त्र, संघीयता, राज्यको धर्म विहीनता, स्वतन्त्र न्यायपालिकालगायतका आधारभूत संरचनासहित बन्ने संविधान सहमति वा संवैधानिक प्रक्रिया जसरी बने पनि प्रगतिशील संविधान हुनेछ। सा वा १० प्रान्तले संविधानलाई प्रगतिवादी र प्रतिगामी बनाउँदैन। प्रान्तले प्राप्त गर्ने अधिकारले संघीयतालाई प्रगतिशील र प्रतिगामी बनाउने हो। प्रान्तको नाम के राख्ने भन्ने पनि ठाकुर, प्रचण्ड, ओली र कोइरालाको' विशेष अधिकार होइन। त्यसैले ‘नामाकरण' को अधिकार त्यहीँका जनतालाई देऊ जो त्यस प्रान्तमा बस्छन्।
संविधान बन्न नदिने खेल फेरी पनि भइरहेको छ। नेपाल स्वतन्त्र राष्ट्र हो। संविधान कहिले कसरी बनाउने कुरा संविधान सभाको हो। संविधान सभा निकम्मा भयो भने त्यसलाई सजाय गर्ने अधिकार जनतालाई छ। नेपाल असफल राज्य होइन। त्यसैले नेपाली जनता र संविधान सभामाथि गएर राजदुतहरूले वक्तव्य दिनुपर्ने अवस्था छैन। संयुक्त राष्ट्रसंघ नेपालको पनि हो। राष्ट्रसंघले विदेशी राजदूतसहित निर्देशन जारी गर्दा प्रयोग गरेको ‘अन्तर्राष्ट्रिय समुदाय' भन्ने नामावलीले नेपाललाई बाहेक गरेको हो? अर्थात् संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र विदेशी राजदूतहरू एक पक्ष र नेपाल अर्को पक्ष भन्न खोजिएको हो? होइन भने के त्यस बैठकमा परराष्ट्र मन्त्रालयका प्रतिनिधिलाई पनि आमन्त्रण गरिएको थियो? संविधान सभा र नेपाली जनतालाई उनीहरूको संविधान स्वतन्त्रतापूर्वक बनाउने अधिकार छ। तसर्थ राजनीतिक दलका नेताहरूले नयाँ छलफलको प्रक्रिया थालनी गर्नु श्रेयश्कर छ र विदेशीहरू आआफ्ना थान्कामा बस्नु राम्रो हुन्छ। नेपाली जनता आफ्ना लागि ठीक र बेठीक छुट्ट्याउन र त्यसअनुसार व्यवहार गर्न सक्षम छन्। कहिले धर्म, कहिले सहमति कहिले अन्य कुनै बहानामा अनावश्यक वक्तव्यवाजी आवश्यक छैन। आवश्यक भए नेपाली जनताले नै सहयोग माग्नेछन्।