अन्ततः नयाँ संविधान
०१ असोज २०७२
•
१४ मिनेट पाठ
अन्ततः नयाँ संविधान
अन्ततः गणतन्त्र नेपालको संविधान जारी हुने नै भयो।
यति बेला धेरै मित्रहरू जनआन्दोलनका ती अविस्मरणीय दिनहरूलाई सम्भि्कंदै हुनुहोला। त्यसबेला सामाजिक उत्तरदायित्वबोधले लछप्प भिजेका, असाध्यै असल मन भएका धेरै साथीहरू निकै दिनसम्म राजनीतिक बन्दीका रूपमा सँगै थुनिएका थिए।बन्दीकै रूपमा थुनिएका भए पनि आपसमा 'सत्संग' गर्ने अनुपम अवसर जुरेको थियो र सबैको मनोबल उच्च थियो। जेलका पर्खालहरूभित्र एकापसमा कुराकानी गरिरहँदा होस् वा नारा लगाइरहँदा, खाना खाइरहँदा होस् वा ठट्टा नै गरिरहँदा पनि देशको भविष्यको खाका कोरिरहेका हुन्थे ती आन्दोलनकारी। बन्दी त बन्दी नै भइहाले, केही समय बितेपछि त कतिपय ठाउँमा त्यहीँका युवा अधिकृतले पनि देशको भविष्यका बारेमा तिनैसँग मित्रवत गम्भीर छलफल गर्न थालिसकेका थिए। र त्यसको सोझो अर्थ थियो – कसैले रोक्न खोज्दैमा नरोकिने एउटा ऐतिहासिक परिवर्तन अपरिहार्य भइसकेको थियो।




बैशाख ११, २०६३ का दिन विजयोल्लासका साथ बन्दीगृहबाट होस् वा घरबाट बाहिर सडकमा निस्कने धेरैलाई लागेको थियो होला – अब दुःख र पीरका दिन गए। नयाँ संविधान बन्न यति लामो समय लाग्ला भन्ने कसैले सोचेको थिएन होला। मानिसमा यथास्थितिप्रति जहिले पनि असन्तुष्टि हुन्छ र ऊ अघि बढ्न चाहन्छ भन्ने त त्यसबेला पनि सबैले बुझेकै हो। तर त्यो जीवनमुखी, प्रगतिमुखी र मानिसको निसर्गजन्य असन्तुष्टिमा द्वेष र हिंसाभावको विष घोलेर अस्वाभाविक आक्रोशको विष्फोट गराउन फेरि पनि कोही लाग्लान् भनेर भने कसैले सोचेको थिएन होला। ददस वर्ष लामो हिंसात्मक द्वन्द्व र विध्वंशपछि शान्तिको आकांक्षा अत्यन्त प्रबल भएको थियो। तर त्यसपछि पनि द्वेष फल्ने विषवृक्षका बिउहरू रोपिएलान् जनताका बीचमा र एकदिन ती विषवृक्ष यसरी बढ्लान् भन्ने कसैलाई लागेको थिएन होला। जनताकै पंक्तिमा पनि यति चर्को मनोवैज्ञानिक विभाजन देख्नुपर्ला भन्ने त कल्पनाभन्दा धेरै बाहिरको कुरा हुँदो हो। तर सोचेको जस्तोमात्र हुँदैन रहेछ जीवन र घटनाक्रम। इतिहास सरल रेखामा बढ्दैन भन्ने कुरा बारम्बार भनिने सुनिने गरेको भए पनि यो सत्य अहिले जति चर्कोरूपमा अनुभूत भइरहेको छ, त्यति बेला भइरहेको थिएन होला।

पहिलो संविधान सभाको निर्वाचन हुन नै ढीला भएको थियो। र पनि, एकचोटी बनेपछि त संविधान बनिहाल्ला नि जस्तो लाग्थ्यो। त्यहीताका एकपटक मेरा मित्र रघुजी पन्तसँग भेट हुँदा म निकै उत्साहित थिएँ। नयाँ संविधान निर्माणमा आफ्नो आशा र विश्वासको कुरा गरेको थिएँ। तर उनले भनेका थिए –'त्यति आशावादी नहुनोस्! कम्तीमा ६ वर्ष लाग्छ, हेरी राख्नुस्। कहाँ त्यति सजिलै बन्छ र नयाँ संविधान!' अनेक प्राविधिक, राजनीतिक, संस्कारजन्य, स्वार्थजन्य मनोवैज्ञानिक कारणहरू देखाएका थिए उनले। उनका कुरा सुनेपछि मेरो मन त्यतिबेला खिसि्रक्क भएको थियो। राजनीतिमा मजैले लागेका र पत्रकारिताको लामो पृष्ठभूमि भएका उनको विश्लेषण ठीकै होला भन्ने मैले बु‰नुपर्ने हो। तर उमेरले पाको भए पनि मेरो मन भने अझै कलिलो किशोरकै रहेछ। उनका कुरा मान्न पटक्कै राजी थिएन त्यो मन। तर आखिरमा उनले भनेभन्दा पनि ढीलो बन्यो संविधान।

कुनै ठुलो बाधा बिघ्न नहुने हो भने अब चाहिँ यो संविधान औपचारिकरूपमै जारी हुनेछ आजभोलि नै। तर केही सातादेखि भइरहेका घटनाक्रमले देखाएका छन् – अगाडिको बाटो पनि त्यति सहज भने छैन। देश, जनता, राज्य र आन्दोलनकारी – कसैका निम्ति पनि सहज छैन यो यात्रा।

यथास्थितिप्रतिको असन्तुष्टि मानिसको नैसर्गिक गुण हो। यसमा कुनै शंकै छैन। परिवर्तनको आकांक्षा सबैलाई हुन्छ र त्यो परिवर्तनको आकांक्षाभित्र वर्तमानभन्दा सुन्दर भविष्यको चाहना लुकेको हुन्छ। त्यसमा पनि कुनै शंकै छैन। तर के प्राप्तिका निम्ति कस्तो परिवर्तन चाहिएको हो भन्ने भने अधिकांश मानिसलाई थाहा हुँदैन रहेछ। जनता भनेका तिनै 'अधिकांश' हुन्। जनतामा रहेको यथास्थितिप्रतिको असन्तुष्टिलाई – जहिले पनि प्राप्त हुने त्यो अक्षय ऊर्जालाई – जसले आफ्ना स्वार्थमा उपयोग गर्न सक्छ, परम्परागत राजनीतिमा उसैले 'बाजी' मार्दोरहेछ। कति दीर्घजीवी हुन्छ उसको त्यो विजय र प्राप्ति, त्यो अर्कै कुरा हो। तर यस्ता 'बाजिगरहरू' नै राजनीतिज्ञ कहलिन्छन्, नेता कहलिन्छन्, सत्तामा रहेर शासन गर्छन् वा सत्ताबाहिर रहेर विध्वंश मच्चाउँछन्। सत्ताधारी भएर होस् वा सत्ताकांक्षी भएर होस्, 'राजनीतिक सफलता' प्राप्त गर्न यिनीहरू जनतामा रहेको असन्तुष्टिलाई खेलाउनेमात्र हैन, स्वाभाविकरूपमा हुने विविधतालाई भिन्नतामा रूपान्तरण गर्छन् र त्यो भिन्नतालाई सकेसम्म बढाइचढाई गर्छन्। भिन्नतालाई फराकिलो पारेर प्राप्त भएको स्थानमा – त्यो 'स्पेस'मा आफ्ना नीहित स्वार्थको खेती गर्न थाल्छन्। ईश्वरलाई समेत 'तेरो ईश्वर' र 'मेरो ईश्वर' भनेर जनता फुटाउनेहरूको जगजगी भएको समाजमा 'तेरो पार्टी –मेरो पार्टी', 'तेरो नेता–मेरो नेता', 'तेरो भाषा–मेरो भाषा', 'तेरो जाति–मेरो जाति' भन्न केही गाह्रो छैन। शाह र राणा शासकका हिंसा र षड्यन्त्रले पारेको घाउका कुरूप खतहरूलाई पातल्याउनुको सट्टामा झनै गहिरो र झनै कुरुप बनाउन लागेकाछन् कोही। अन्य कोही भने त्यही निहुँमा थप नयाँ घाउ र नयाँ खत बनाउनमात्रै हैन, राष्ट्रको अंगभंगनै गराउन उद्यत देखिइरहेका छन्।

यसपाली संविधान बन्नै पर्ने थियो, बन्यो। गगन थापाले भनेजस्तै प्रदेश सीमांकनका विषयमा विभिन्न समूहका जनताको असन्तुष्टि बाँकि रहनुबाहेक अधिकांश पक्षमा यो संविधान धेरै हदसम्म प्रगतिशील, लोकतान्त्रिक, र सामाजिक न्यायको पक्षधर देखिन्छ। परिपूर्ण त कहिले के पो हुन्छ र? यसलाई पनि अझै परिमार्जान गर्ने आवश्यकता त भई नै रहन्छ। परिवर्तन र परिमार्जनको त्यो सिलसिला कहिल्यै टुट्नु पनि हुँदैन। समयको प्रवाहले नै त्यो माग गरिरहन्छ। तर समयको यही बिन्दुमा जे जति प्राप्त भएको छ, त्यसप्रति किन यति चर्को, यति असंयमित, यति अतिशयोक्तिपूर्ण, यति अस्वाभाविक प्रतिक्रिया भइरहेको छ अहिले? 'परिवर्तनबाट प्राप्त उपलब्धि पनि हेरौँ न त' भनी कसैले भन्ने बित्तिकै उसलाई थरीथरीका विशेषणसहितको 'ट्याग' लगाउने र अन्धकारको चित्र कोर्नुमै आफ्नो महानता र क्रान्तिकारिता देख्ने केही बुद्धिजीवी र कलमजीवीहरू किन यति कर्मशील देखिइरहेका छन् यतिबेला? हो, के कुरामा शंका छैन भने अहिले सत्तामा रहेका वा सत्ता वरपर छुनुमुनु गर्नेहरूमा नियत खराब भएका, ढोंगी, अक्षम, अदूरदर्शी, भ्रष्ट, र अत्यन्त आत्मकेन्›ित स्वार्थी प्राणीहरूकै बोलबाला छ। तर अर्कोतिर जनताले भोगेको, अनुभूत गरेको दुःख, पीडा र असन्तुष्टिलाई दुरुपयोग गरेर 'आन्दोलन'को नेतृत्वको दावी गरिरहेकाहरूको जमातमा चाहिँ को छन् त्यस्ता आदरणीय, स्वच्छ, पारदर्शी, दूरदर्शी महापुरुषहरू? भिडमा हिंसाभावको विष्फोट गराउन सक्नेहरू त धेरै हुन्छन्। भडि्कएको भिडभित्र कहिल्यै तर्क, विवेक र सत्य–संवादले प्रवेश पाउँदैन। अनि त्यो विष्फोटलाई 'जनताको शक्ति' भनेर मुसुमुसु हाँस्दै कोठाभित्रबाट रिमोट चलाइरहनु नेतृत्व हैन। फेसन र क्रान्तिकारिता पनि एउटै कुरा हैन होला। आफ्ना कलमबाट निस्केका शब्दहरूले, मुखबाट निस्केको वाणीले, आफ्नो भावभंगिमाले समेत के प्रभाव पार्छन् अन्य मानिसमा, र त्यस्तो प्रभावले अन्ततोगत्वा जनताको, समाजको भलो गर्छ कि कुभलो गर्छ भनि पटक्कै नसोच्ने र 'पोलिटिकल्ली करेक्ट' देखिनकै निम्ति अभिव्यक्ति दिने नवअभिजात्य प्रवृत्तिलाई पनि क्रान्तिकारी, प्रगतिशील, इमानदार बुद्धिजीवी भन्न सकिन्न।

यतिबेला देशले नयाँ किसिमका नेताहरू खोजिरहेको छ। यस्ता नेता जो जनतामा रहेको विविधताका बीचमा समानता खोज्दै, देश र समाजलाई अघि बढाउन सकुन्। यस्ता नेता जो जनतामा रहेको असन्तुष्टिको ऊर्जालाई अघि बढ्नको निम्ति सकारात्मक ऊर्जाका रूपमा रूपान्तरण गर्न सकुन्। भिडमा उभिएर 'के बोल्दा ताली पाइन्छ' भनेर आक्रोशको आगोमा घिउ थप्ने हैन, भिडको ऊर्जालाई कसरी सृजनात्मक शक्तिमा परिणत गर्न सकिएला भनेर बोल्न जानुन्। असल अभिभावकको धर्म निर्वाह गर्नसक्ने नेताहरू खोजिरहेको छ देशले। साँच्चैको गुरु र पथप्रदर्शक बन्नसक्ने नेता खोजिरहेको छ देशले। अल्पदृष्टिका आत्मकेन्›ित सत्तामुखी स्वार्थी हैन, दूरदृष्टि भएका भविष्य›ष्टालाई नेताका रूपमा खोजिरहेकोछ देशले। दुःखको कुरा, पुरानो पुस्ताका यस्ता मानिस यो परम्परागत राजनीतिमा हत्पति भेटिँंदैनन्। अहिले सत्तामा भएका पार्टीहरूमा आबद्ध युवा नेताहरू समेत धमाधम वैचारिक 'शिघ्र बार्धक्य' (प्रोजेरिया) नामको रोगको सिकार हुँदैछन्।

समयले माग गरेकै रहेछ भने नयाँ पुस्ताबाट पक्कै त्यस्तो साँच्चिकै नेतृत्वको उदय हुनेछ। कामना गरौँ, त्यतिन्जेल यो देश सिंगो राष्ट्रकै रूपमा रहिरहनेछ ।
अर्को समाचार
नाकाबन्दी र स्वाभिमान
१२ असोज २०७२
•
५ मिनेट पाठ
नाकाबन्दी र स्वाभिमान
संविधान सभाले अन्ततः असोज ३ गते नयाँ संविधान पारित गर्यो । दलहरूबीचको विवादका कारण चार वर्षसम्ममा पनि संविधान बनाउन नसकी पहिलो संविधान सभाको अवशान भएको थियो । त्यसैले दोस्रो संविधान सभाको निर्वाचनपश्चात् पनि जनतामा संविधान बन्ने विश्वास थिएन।दोस्रो संविधान सभामा नेपाली कांग्रेस र नेकपा (एमाले)लगायतका दल मिल्दा दुई बहुतिहाइ मत पुग्ने भए पनि नया" संविधान बेलैमा आउला भन्नेमा जनता ढुक्क हुन सकिरहेका थिएनन् । यही परिस्थितिमा गत वैशाख १२ गते नेपालमा आएको विनाशकारी भूकम्प पश्चात भने राजनीतिक दलका नेता पुनः वार्ताको टेबुलमा बस्न तयार भए । आआफ्नो अडानमा रहेका दल सहमतिमा पुग्न सबैले केही न केही छोड्नैपथ्र्याे । फलस्वरूप, सबैका कुरा छुटेजस्तो तर कहीँ न कहीँ सबैले अपनत्व लिने सहमतिको दस्तावेजका रूपमा नयाँ संविधान पारित भयो । संविधान सभाको ९० प्रतिशत मतबाट संविधान जारी त भयो तर त्यसभित्र मधेसी दलका नेता छुटे ।




पटकपटक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिले नेपालीको आपसी सद्भाव खल्बल्याउन खोजेपनि सफल भएका थिएनन् । हिमाल , पहाड र तराईका नेपालीबीच बलियो भातृत्व थियो । मधेसीका केही सरोकार संविधानमा परेनन् भन्दै मधेसबाट संविधान सभामा प्रतिनिधित्व गर्ने मधेसी दलका नेताले तराईमा आन्दोलन जारी राखेका छन् । संविधानलाई सबैको बनाउन सहमति गर्दा न त पूर्णरूपमा कांग्रेसले चाहेजस्तो बन्यो न एमालेले चाहेजस्तो न त माओवादीले चाहेजस्तो भयो । न त मधेसीका सबै मुद्दा समेटिए न त जनजातिका न त महिलाका ।साझा दृष्टिबाट हेर्दा सबैको तर आआफ्नो क्षेत्रबाट हेर्दा त्यो अपूरो हुने रहेछ । यही यथार्थलाई मधेसी दलका नेताले हेक्का राख्ने हो भने अहिले पनि वार्ताबाटै सबै समस्या निस्कन सक्छ । मधेसी समुदायलाई परेको अन्यायविरुद्ध लड्न सबै पहाडी र हिमालीले पनि साथ दिन्छन् तर राष्ट्र रहेमात्रै हामी नेपाली रहन्छौँ । तर हाम्रो नाममा कुनै छिमेकीले खेल्छ र खेलाउ"छ भने त्यस्तो खेलमा न त सामान्य नेपालीको साथ रहन्छ न त सहयोगै रहन्छ । नेपाल प्रहरीमाथि विदेशी भूमिबाट ढुंगामुढा गर्ने व्यक्ति कसरी नेपाली हुन सक्छ ? मधेसीलाई अन्याय भएको हो भने आफ्नै भूमिमा समाधान खोजौँ सबैले साथ दिन्छन् तर विदेशी भूमिमा आश्रय लिएर नेपालमाथि प्रहार गर्नेलाई साथ दिन सकिँदैन ।

विदेशी मुलुकको गोटी बनेर मुलुकप्रति घात गर्ने छुट कसैलाई पनि छैन । यही बहानामा भारतले नेपालमाथि नाकाबन्दी गरेको छ । अन्तर्राष्ट्रिय कानुनअनुसार छिमेकी मुलुकमाथि नाकाबन्दी गर्न पाइँदैन तर भारतले त हाम्रो चहराइरहेको घाउमा नुनचुक हाल्ने काम गरेको छ । भूकम्पले तहसनहस पारेको मुलुकलाई सकेसम्म यस बेलामा मद्दत गर्नुपर्ने बेलामा उल्टो अर्को राष्ट्रको आन्तरिक मामिलालाई लिएर नाकाबन्दीमा उत्रने तुच्छता प्रकट गरेको छ । भारतले देखाएको यो निकृष्ट व्यवहारलाई हामीले विश्वका सामुन्ने उदांगो पारीदिनुपर्छ ।

विगतमा सत्ता स्वार्थका लागि नेपालका राजनीतिक नेताहरू जसरी भारत समक्ष लम्पसार पर्दैगए त्यसैको उपज नै अहिलेको नाकाबन्दी हो । यसर्थ नेपाली नेताले अब देशलाई आत्मनिर्भरतातर्फ अगाडि बढाउनै पर्छ । बेलैमा पाठ नसिक्ने हो भने मुलुक बर्बादीतर्फ धकेलिन सक्छ । स्वाभिमानको लडाइँका लागि जनता साथ दिन तयार छन् । राजनीतिक दलहरूले यसैबाट पाठ सिक्दै आत्मनिर्भरताको कठिन तर स्वाभिमानी बाटोमा जनतालाई मार्ग निर्देश गर्नसकुन् ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
संविधान र विवाद
संविधान र विवाद
नागरिक नागरिक • · ०९ असोज २०७२ · ५ मिनेट पाठ
अधिनायकवादी षड्यन्त्र
गोविन्द अधिकारी गोविन्द अधिकारी • · ११ माघ २०७१ · १४ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस