लोकतन्त्रको जग
०१ असोज २०७२
•
६ मिनेट पाठ
लोकतन्त्रको जग
अन्ततः लोकतान्त्रिक प्रक्रिया अपनाएर नेपालको संविधान, २०७२ संविधान सभाबाट पारित भयो। यो संविधान जारी भएपछि नेपाल राजनीतिकरूपमा अर्को चरणमा प्रवेश गर्नेछ। 'बालिग मताधिकारको आधारमा चुनिएका जनप्रतिनिधिहरूको एउटा परिषद् वा सभा'लाई 'नेपाल जनराज्यको संविधान' 'बनाउने सम्पूर्ण जिम्मेवारी सुम्पने' घोषणा गरेर नेपाली जनताले जहानियाँ राणा शासनविरुद्ध ६५ वर्षअघि जनक्रान्ति थालेका थिए।संविधान सभाबाट नयाँ संविधान पारित भएपछि त्यो घोषणा पूरा भएको छ। राणा शासन हटेपछि सत्तामा स्थापित गराइएका शाह राजाहरूले देशको सार्वभौमसत्ता आफूमा निहित रहेको दाबी गर्न थाले र संविधान सभाको सपना बीचैमा तुहिएको थियो। पछिल्लोपटक संविधान सभाको माग माओवादी सशस्त्र संघर्षले जगाएको थियो भने दोस्रो जनआन्दोलनले त्यसलाई स्थापित गरेको थियो। त्यसपछि मधेसी, जनजाति, दलितका आन्दोलनहरूबाट मुलुकले 'समानुापतिक र समावेशी' लोकतन्त्र अपनायो। सामन्ती शासनको प्रतीक र संरक्षक मानिएको राजतन्त्र त पहिलो संविधान सभाले नै हटाइसकेको थियो अरू उपलब्धि बल्ल संस्थागत भए। संविधानप्रति धेरथोर असन्तुष्टि सबैको हुनसक्छ तर यसको निर्माणमा अपनाइएको विधि र प्रक्रियालाई लोकतन्त्रमा विश्वास गर्ने कसैले पनि अस्वीकार गर्न सत्तै्कन। यसैले यो संविधानको नैतिक र कानुनी वैधताको जग निकै बलियो छ।

संविधान जीवन्त दस्तावेज हो। त्यसमाथि नेपालीजस्तो भाषिक, सांस्कृतिक र जातीय विविधता भएको मुलुकमा नयाँ पुराना समस्याहरू सतहमा प्रकट भइरहन्छन् र तिनको संवैधानिक सम्बोधन गर्नुपर्ने हुनसक्छ। त्यसैले संविधान अत्यन्तै महत्वपूर्ण भए पनि असंधोनीय दस्तावेज होइन। अहिले संविधान निर्माण प्रक्रियामा संलग्न नभएका संविधान सभाका सदस्यहरूका साथै विभिन्न कारणले संविधान निर्माण प्रक्रियामा संलग्न हुन नसकेकाहरूले निराश वा आक्रोशित हुनुपर्दैन। लोकतान्त्रिक विधि अपनाएर संविधानमा संशोधन, परिमार्जन र परिवर्धन जहिले पनि हुनसक्छ। संविधान स्वयंले अत्यन्त आधारभूत बुँदाहरूबाहेक अरूलाई संशोधन गर्ने विधि र प्रक्रियाको व्यवस्था गरेको छ। यसैले कसैले पनि आफू बहिष्करणमा परेको वा पारिएको भनेर चित्त दुखाउनु हुँदैन। मधेसी दलका सभासद्ले पनि प्रक्रियामा संलग्न भएर आफ्नो मत प्रकट गरेका भए उत्तम हुन्थ्यो। दुर्भाग्य, उनीहरूले त्यो अवसर सदुपयोग गरेनन्। यसैलाई निहुँ बनाएर उनीहरूका गुनासा नसुन्ने वा तिनले संवादको बाटो नअपाउने गर्नु मूर्खता हुनेछ। यस्तै, दलित र अरू जनजातिका पनि उचित माग र मान्यताहरू संविधानमा स्थापित गर्न प्रमुख दलका नेताहरू आजैदेखि उदार र तत्पर हुनुपर्छ। लोकतन्त्रको सौन्दर्य यही त हो।

संविधान जारी भएसँगै मुलुकले विकासमा फड्को मार्ने अपेक्षा जनसाधारणले गरेका छन्। विशेषगरी देशमा सुशासन र सामाजिक न्याय कायम गर्न राज्यका सबै प्रयास र प्रयत्नहरू केन्द्रित हुने जनअपेक्षा छ। अहिले प्रदेशको सीमाङ्कनका क्रममा बढी विवाद देखिएका कर्णाली, सुदूर पश्चिम र तराईमा गरिबी, भेदभाव र असमानता पनि बढी छ। लोकतन्त्रको उपभोगका लागि पनि गरिबी र असमानता अन्त्य गर्नुपर्छ। यसैले उनीहरूको राजनीतिक मागमा छलफलसँगै सामाजिक न्यायका लागि राज्यको ध्यान र प्राथमिकता केन्द्रित हुनुपर्छ। सम्भवतः त्यसबाट अहिलेको असन्तोष र गुनासाको पनि सम्बोधन हुनेछ। संविधान सभामा मतदानपूर्व नेताहरूका तर्फबाट प्रधानमन्त्री सुशील कोइरालाले संविधानबाटै संबोधन गर्नुपर्ने केही विषयलाई संशोधनबाट भने पनि सम्बोधन गर्ने आश्वासन दिएका छन्। तिनलाई कार्यान्वयन गर्ने तत्परता देखाए उनको मात्र हैन मूलधारका राजनीतिक दलका सबै नेताको साख र विश्वास कायम हुनेछ। अहिले आफूलाई मूलधारबाट अलग ठान्नेहरूलाई पनि संविधान निर्माणले मूलधारमा समाहित हुने मौका दिएको छ। नेपाली जनताको लोकतान्त्रिक अभ्यास र आकांक्षाले अन्तर्राष्ट्रिय समुदायको सम्मान र समर्थन पक्कै पाउनेछ। यस अभ्यासमा संलग्न प्रमुख दलका शीर्ष नेतालगायत सबै नेपाली जनता बधाईका पात्र भएका छन्।
अर्को समाचार
राजनीतिमा 'प्लुटोक्र्यासी' हाबी
३१ असार २०७२
•
१३ मिनेट पाठ
राजनीतिमा 'प्लुटोक्र्यासी' हाबी
अहिले जनता लोकतन्त्रको स्थापनाको लागि संघर्ष गरिरहेका छैनन्। स्थापित लोकतन्त्रको विकासको लागि सही बाटो पहिल्याउने प्रयत्नमा छन्। लोकतन्त्रको विकास हुन सकेको छैन। विसं २०६५ सालमा जनताले लोकतन्त्रलाई गणतन्त्रसम्म विकास गरे। गणतन्त्र लोकतन्त्रको उच्चतम बिन्दु हो। लोकतन्त्रको उदय नागरिकलाई अधिकारसम्पन्न बनाउन, राष्ट्रियतालाई बलियो पार्न र राष्ट्रका समस्याहरू समाधान गर्नकै लागि हुन्छ। यो इतिहाससिद्ध छ, निरकुंश पद्धतिबाट कुनै राष्ट्रिय मुद्दाको समाधान हुँदैन।गणतन्त्रको सार हो पूर्ण राजनीतिक स्वतन्त्रता। जुन हरेक नागरिकको नैसर्गिक अधिकार पनि हो। तर, स्वीकार गर्नैपर्छ, दलका नेताहरूलाई 'भोट' दिनुबाहेक जनताले लोकतन्त्रको स्वतन्त्रतालाई व्यवहारमा देख्न र अनुभव गर्न पाएकै छैनन्। समाजका निम्नतहका जनताले राजनीतिक स्वतन्त्रता के हो? र, यसको सदुपयोग के को लागि गरिन्छ? त्यसको भेउ पनि पाएका छैनन्। स्थानीय निकायमा निर्वाचन नभएको लामो समय भइसक्यो। जनताको कुनै राष्ट्रिय मुद्दामा सहभागिता छैन। लोकतन्त्रको प्रतिनिधि पद्धति (रिप्रेजेन्टिभ सिस्टम) व्यवहारमा उतार्न सकिएको छैन। दलहरूले निर्वाचनमा जनताको आकांक्षा र दिनानुदिन संघर्षसँग जोडिएका व्यक्तिलाई खडा गर्दैनन््। शीर्ष नेताहरूले टिका लगाइदिएकाहरू वा लामो समयदेखि सत्तामा जान पालो पर्खिएर बसेकालाई 'राजनीतिमा भत्तास्वरूप' निर्वाचित हुन अवसर दिइन्छ। नेताहरू लोकतन्त्रको जवाफदेही सिद्धान्तलाई पूरै बुझ पचाएर काम गर्छन्। संसद्मा न सत्तापक्ष न प्रतिपक्षको भूमिका निर्वाह गरिन्छ। लोकतन्त्र र राष्ट्रियता पर्याय हो भनेर बु‰न चाहँदैनन्। राष्ट्रियता भाँडमा गए पनि लोकतन्त्रको राजनीतिक स्वतन्त्रताको 'चान्समा डान्स' गर्न तँछाडमछाड गर्छन्! बु‰नुपछै, राष्ट्रियता कमजोर भएको अवस्थामा लोकतन्त्र बलियो तथा प्रभावकारी हुन सक्दैन। राष्ट्रिय उद्योगको विकास गरेर गरिब जनताको उत्थान गर्न सकेनन्। समाजका नवयुवा ल्ााखौँलाखको संख्यामा विदेशमा रोजगारीका लागि 'दास जीवन' बिताउन बाध्य छन्। अतः नेताहरूले गणतन्त्रको राजनीतिक स्वतन्त्रता नेतृत्व समूहको स्वार्थ पूरा गर्नमा मात्र सीमित राखेका छन्। गणतन्त्रमा 'डेमोक््र्याट'को होइन, राज्यको धन लुटेर शक्तिशाली बनेका मान्छेहरू 'प्लुटोक््र्याट'को विकास भएको छ। सत्ताको वरिपरी प्लुटोक््रयाटको संख्या भरमार छ। देशमा जनताले ल्याएको 'डेमोक्र्यासीलाई नेताहरूले 'प्लुटोक्र्यासी' (कूलीनतन्त्र) मा परिणत गरिदिएका छन्। के नेपालमा लोकतन्त्र छ? के नेताहरू लोकतन्त्रको सिद्धान्तको आधारमा नै राजनीति गर्दै आएका छन्? गहन छलफल आवश्यक छ।

यसरी, लोकतन्त्रका आधारभूत मूल्यमान्यताहरू राष्ट्रिय व्यवहारमा स्थापित गर्न नसक्दा आजसम्म लोकतन्त्र पूर्णरूपमा केही नेताको कार्यकलापमा रुमलिएको छ। अर्को शब्दमा, आजको नेतृत्व राष्ट्रिय जनजीवनमा प्रभावकारी भएन। विसं २०६२/६३ मा जनआन्दोलनबाट इतिहासमै पहिलोपटक खास चरित्रको नेतृत्व विकास भएको हो। नेपाली कांग्रेस र कम्युनिस्टको संयुक्त नेतृत्व अस्तित्वमा आएको हो। दुई शक्तिले लोकतन्त्रको पुनर्स्थापनाका लागि सक्रिय भूमिका निर्वाह पनि गरेका थिए। तब लोकतन्त्रवादी, साम्यवादी, राजावादी निरकुंशतावादी, हिंसावादी, शान्तिवादी सबै प्रकारको राजनीतिक शक्ति लोकतन्त्रको शान्तिपूर्ण राजनीतिक बाटोमा गोलबन्द भएका थिए। यता, कांग्र्रेस, कम्युनिस्ट (एमाले, एमाओवादी) जनादेश प्राप्त ठूला दल भए। केही साना दल पनि आआफ्नो समर्थक जनशक्ति लिएर राजनीतिमा सक्रिय छन्।

कांग्रेस आजको प्रमुख लोकतन्त्रवादी दल हो। यो पंक्तिकारले लोकतन्त्रलाई स्थायित्व र सुदृढ तुल्याउन, राष्ट्रियतालाई बलियो बनाउन र राष्ट्रिय औद्योगिक विकासको लागि नेपाली कांग्रेसले मुख्य भूमिका खेल्नुपर्छ भन्ने कुरामा जोड दिँदै आएको छ। हेक्का रहोस्, यो दल ०१७ साल र ०५९ सालमा लोकतन्त्रलाई बचाउन असफल रह्यो। कांग्रेसले लोकतन्त्रको नेतृत्व गर्न सकेन भने, स्वाभाविकरूपमा कम्युनिस्ट र अन्य नेतृत्वदायी शक्तिको लागि बाटो खुला हुन्छ। कांग्रेसको आजको राजनीति पनि कमजोर छ। कमजोर हुनुको मुख्य कारण पनि, कांग्रेसी नेताहरूले बीपी कोइरालाको राजनीतिक 'लेगेसी'मा हिँडन नसक्नु हो । वीपीले प्रजातन्त्र (लोकतन्त्र), राष्ट्रियता, आर्थिक विकासको आफ्नै 'राष्ट्रिय पहिचान' बनाउन जीवनपर्यन्त संघर्ष गरेका थिए।

कम्युनिस्ट लोकतन्त्रको अर्को महत्वपूर्ण नेतृत्वदायी जनशक्ति हो। एमाले ०१७ सालपछिको राजनीतिमा र ०४६ सालयता लामो समयसम्म संसदीय अभ्यासमा रहेको दल हो। यसले आफूलाई राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसको हाराहारीमा स्थापित गर्न सफल भएको छ। अर्को शब्दमा, यो अहिले राष्ट्रिय राजनीतिमा प्रमुख 'वैकल्पिक' दलको रूपमा उभिएको छ। तर, एमालेले पनि लोकतन्त्रलाई स्थायी र सुदृढ तुल्याउनका लागि ठोस भूमिका खेल्न सकेन। एउटा कम्युनिस्ट पार्र्टीको हैसियतमा लोकतान्त्रिक आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा यसका नेताहरूसँग कुनै दृष्टिकोण रहेको देखिएन। देशमा कम्युनिस्ट शक्तिले प्रगतिशील चरित्र ग्रहण गर्न पनि सकेको छैन। एमाओवादी भीषण संघर्षबाट आएको कम्युनिस्ट दल हो। यो दलभित्र गरिब तथा थिचोमिचोमा परेका लडाकुहरू थिए। जसले समाजको रूपान्तरणको लागि अग्रणी भूमिका खेल्नसक्थे। तिनलाई एमाओवादीले आफ्नो पार्टीको राजनीतिबाट किनारा लगायो। यसले पनि संसदीय पद्धतिअन्तर्गत जनताको उत्थानका लागि प्रभावकारी भूमिका खेल्न सकेन। यथार्थमा एमाओवादी नेताहरूले संसदीय राजनीतिको 'नर्म्स' लाई पक्रनै सकेनन्।

देशमा गणतन्त्र स्थापना भइसकेको छ। यद्यपि, केही दल तथा नेता राजतन्त्रको परोक्ष तथा प्रत्यक्ष समर्थनमा देखिन्छन्। यस पुरातन संस्थाको समर्थनमा एउटा सानो दल संसद्मा पनि छ। तर, राजतन्त्रको पुनर्स्थापनाको सम्भावना देखिँदैन। राजतन्त्रको समर्थक जनशक्ति सामन्ती वर्ग हो। जुन अहिले समाजमा शून्यबराबर छ। यस संस्थाको समर्थनमा सैनिक शक्ति छ–छैन भन्ने तथ्य पनि खुलस्त छैन। तर पनि जनताको एउटा हिस्सामा राजतन्त्रप्रति भावनात्मक आस्था छ। इंगल्यान्ड १६४९ ई. मा राजा काटिएपछि ११ वर्षसम्म गणतन्त्र रह्यो। परिस्थिति र जनताको चाहनालाई दृष्टिगत गरी त्यहाँ राजतन्त्रलाई पुनर्जीवित गरियो। नयाँ राजाले संसदीय प्रजातन्त्रअन्तर्गत रहन स्वीकार गरे, राजसंस्था स्थायी भयो।

तर, दलहरू र राजसंस्थाबीच यहाँ हिजो आन्दोलनमा सम्झौता किन हुन सकेन? आज राजसंस्थाको उपादेय छ/छैन भनेर राष्ट्रिय छलफल गर्न सकिन्छ। मुख्य खोतल्नुपर्ने कुरो, प्रजातन्त्रवादी दलहरू र राजतन्त्रबीचको मूल राजनीतिक अन्तरद्वन्द्व के हो? विगतमा राजा संसदीय प्रणालीको मातहतमा बस्न चाहेनन्। संसद्वादी र राजावादीबीचको द्वन्द्वको मुख्य कारण यही नै हो। विसं २००७ देखि ०६२ सम्म नै देशको राजनीति राजतन्त्रवादी र संसद्वादीबीचको लडाइँमा बित्यो। आज पनि पूर्व राजाका कथनहरूबाट संसदीय प्रजातन्त्रको मातहतमा रहने होइन, आफ्नो नेतृत्वलाई पुनःस्थापित गर्न चाहेको बुझिन्छ। भूतपूर्व राजाले संसदीय पद्धतिप्रति प्रतिबद्धता जनाउनुपर्छ। देश संसदीय प्रजातन्त्रको युगबाट अगाडि बढ्दैछ। अब पछाडि फर्कन सक्दैन।

निष्कर्ष
अहिलेका नेताहरूबाट राज्य सञ्चालन हुनसक्ने देखिँदैन। पहिलो कुरा त नेताहरूले लोकतन्त्रको सिद्धान्तको पालना गर्नुपर्छ। दोस्रो कुरा भनेको आजसम्मको अनुभवको आधारमा राज्य सञ्चालनका लागि नेतृत्वलाई विस्तार गर्नुपर्छ। माथि भनिएको, प्लुटोक्र्यासीलाई डेमोक्र्यासीमा बदल्न जरुरी छ। लोकतन्त्रलाई समाजका निम्नतहका जनतासम्म पुर्यानउनैपर्छ। स्थानीय निर्वाचन तुरुन्तै गराउनुपर्छ। मुख्यतः तीन नेतृत्वदायी शक्ति कांगेस, एमाले, एमाओवादी र राजसंस्थाले लोकतन्त्र र राष्ट्रियताको सवालमा एक हुनु जरुरी छ। राजालाई समावेश गराउनुपर्ने कारणमा एक, दलहरू र यसका नेताले राष्ट्रको राजनीतिलाई नियन्त्रण गर्न सकेनन् र राष्ट्रलाई अगाडि बढाउन पनि सकेनन्। विदेशी शासकको ढोका धाउने प्रवृत्ति र विदेशीको बढ्दो चलखेल राष्ट्रिय स्वतन्त्रताको इतिहासमा कलंक सावित भएको छ। देशको राजनीतिमा दलहरूलाई राजनीतिक सन्तुलनमा राख्न, राष्ट्रियताको विषयमा केन्द्रित गर्न राजसंस्थाले प्रेरक भूमिका खेल्नसक्छ। विसं ०४६ देखि यता विशेषगरी राजा वीरेन्द्रको कार्यकालले यही बताउँछ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस