सार्वजनिक निर्माण र भ्रष्टाचार
१६ असार २०७२
•
१३ मिनेट पाठ
सार्वजनिक निर्माण र भ्रष्टाचार
गत वैशाख १२ गतेको महाविनाशकारी भूकम्पको त्रास विस्तारै घट्दो छ। पीडितलाई तत्काल राहत उपलब्ध गराउनको लागि जेठको पहिलो साता सरकारले दुई अर्ब ५० करोड रुपैयाँ निकासा गर्योउ। यससँगै देशभरका पीडितले एकसरो राहत पाए। अब देश पुनर्निर्माणको चरणमा प्रवेश गरेको छ। पुनर्निर्माणको काम आफैमा जटिल र भयावह छ। पुनर्निर्माणका नाममा गरिने सार्वजनिक निर्माणको क्रममा भ्रष्टाचार बढ्न सक्ने र त्यसले देशको अर्थतन्त्रलाई नै असर पार्नसक्ने सम्भावना छ।




महाभूकम्पले देशकै केन्द्रीय सचिवालय सिंहदरबारदेखि स्थानीयस्तरका स्वास्थ्य चौकी, विद्यालय तथा गाविस भवनसमेत ध्वस्त भएका छन्। शिक्षा मन्त्रालयका अनुसार भूकम्पले ३,२९९ विद्यालय भवन पूर्णरूपमा भत्किएका छन्। गृह मन्त्रालयका अनुसार भूकम्पले १,३६० सरकारी भवन क्षतिग्रस्त भएका छन् भने ३,४२४ मा आंशिक क्षति पुगेको छ। यसरी क्षति भएका सार्वजनिक निकायको पुनर्निर्माणको लागि स्रोत खोज्न जति समस्या छ, त्योभन्दा बढी समस्या लगानी गरिएको रकमको सदुपयोग र व्यवस्थापनमा छ।

सार्वजनिक निर्माणमा भ्रष्टाचारको समस्या खासगरी विकासोन्मुख देशको सबैभन्दा डरलाग्दो समस्या हो। नेपालमा सार्वजनिक निर्माणको क्षेत्र भ्रष्टाचारको दृष्टिकोणबाट उच्च जोखिममा छ। ग्लोबल फाइनान्सियल इन्टिग्रिटी (जीएफआई)का अनुसार नेपालको सार्वजनिक निर्माणमा गरिएको लगानीमध्ये २६ प्रतिशत रकम भ्रष्टाचार हुने गरेको छ। अहिलेको विपद्को अवस्थामा हुने पुनर्निर्माणको काम सुशासनको दृष्टिकोणबाट थप जोखिमयुक्त छ। सरकारको कार्यशैली र यसबीचमा गरिएका केही नीतिगत निर्णयले सार्वजनिक निर्माणको क्षेत्रमा झनै भ्रष्टाचारको जोखिम बढाएको छ।

सार्वजनिक भवनहरू खासगरी संविधान सभा भवन, सिंहदरबारभित्रका अधिकांश भवनमा नै भवनसंहिता पालना नभएको मात्रै होइन नक्सा नै पास नगरेको तथ्य सार्वजनिक भएको छ। देशको केन्द्रीय निकाय नै यसरी भवन संहिता पूरा नगरिकन निर्माण हुनुले त्यस्तो संरचना निर्माणका क्रममा समस्या रहेको प्रष्ट हुन्छ। खासगरी सार्वजनिक निर्माणलाई गुणस्तरीय र व्यवस्थित बनाउनको लागि भएका नीतिनियम सार्वजनिक निर्माणका काममा लागु नगर्दा भ्रष्टाचारको मात्रा बढेर गएको छ। काठमाडौमा २०३३ सालदेखि नै भवन निर्माण संहिता बनाइ जारी गरिएको देखिन्छ। तर, देशकै केन्द्रीय सचिवालय सिंहदरबारभित्र केही वर्षअगाडि मात्र निर्माण सम्पन्न भएको स्थानीय विकास मन्त्रालयको भवनको समेत नक्सा पास गरिएको छैन! यसरी सार्वजनिक निर्माणका क्रममा सरकारी नीतिनियमलाई नमान्दा त्यहाँ भ्रष्टाचारको जोखिम उच्च बनेको छ।

भवन निर्माण संहिता अनुशरण नगर्दा सिंहदरबारभित्रका कतिपय नयाँ भवनहरूमा भूकम्पका कारण 'क्र्याक' आयो। परम्परागत सीप तथा प्रविधिको प्रयोग गरेर आजभन्दा डेढ सय वर्षअघि बनाइएका सिंहदरबारभित्रका भवनभन्दा आधुनिक प्रविधिको प्रयोग गरेर निर्माण गरिएका भवन छिटो काम नलाग्ने हुनपुगे। आधुनिक प्रविधि तथा सीपको प्रयोगबाट ठडिएका भवन निर्माण भएको दुई वर्षमै क्र्याक आउनुमा सार्वजनिक निर्माणमा भएको भ्रष्टाचारको प्रमुख भूमिका रहेकोमा कसैको दुईमत नहोला!

तुलनात्मकरूपमा देश सामान्य अवस्थामा रहदाँ भएका सार्वजनिक निर्माणको यस तस्बिरले अहिलेको जोखिमको मात्रालाई बुझ्न सघाउँछ। विपद्को यस घडीमा जोखिम अझ बढेर गएको छ। सरकारले गत जेठ ४ गते सार्वजनिक खरिद ऐनका महŒवपूर्ण प्रावधानलाई निलम्बन गर्दै नेपाली सेनालाई परिचालन गर्ने निर्णय गरेको छ। सरकारले भूकम्पले ध्वस्त पारेको सार्वजनिक संरचनाहरूको निर्माणका लागि ठेक्का लगाउन, विभिन्न सामग्री खरिद गर्ने प्रक्रियालाई छिटोछरितो बनाउन सो ऐनमा भएका प्रावधान निलम्बन गरेको हो। सार्वजनिक निर्माण तथा खरिदका काममा भ्रष्टाचार र अनियमितता बढेपछि त्यसलाई नियन्त्रण र व्यवस्थित गर्नको लागि भनेर ल्याइएको ऐन निलम्बन गरेर अर्को विकल्प नदिइकन सार्वजनिक निर्माण तथा खरिद प्रक्रिया अगाडि बढेको छ। यो ऐनका केही व्यवस्थाले यस्तो विपद्को बेलामा काम गर्न पक्कै पनि अप्ठ्यारो पर्ने थियो, तर त्यसको बलियो विकल्प नदिइ काम गर्दा भ्रष्टाचार सहज हुने देखिन्छ।

यसबीचमा सरकारले सार्वजनिक निर्माणको काम नेपाली सेनालाई दिएको छ। यसपछि पनि सकेसम्म धेरै सार्वजनिक निर्माण सेनालाई जिम्मा लगाउने तयारीमा सरकार रहेको समाचार सार्वजनिक भइरहेको छ। विपद्को समयमा उद्धार तथा राहत वितरणको क्रममा नेपाली सेनाले पुर्यावएको योगदानको जति तारिफ गरे पनि कम नै हुन्छ। यो अलग पाटो हो। सार्वजनिक निर्माणको काम नेपाली सेनालाई जिम्मा लगाउँदा भने त्यसले भ्रष्टाचारको जोखिम उच्च बनाउँछ। नेपाली सेना भ्रष्टाचार नियन्त्रण ऐन २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दायराभन्दा बाहिर छ। सेनामा भएको भ्रष्टाचारको बारेमा संवैधानिक निकाय अख्तियारले छानविन गर्न पाउँदैन। अर्कोतिर, सार्वजनिक निर्माणको काममा सेनाको विगतको उदाहरण उतिविधि सन्तोषजनक देखिँदैन। कटारी—घुर्मी मोटरबाटो नै यसको एउटा दरिलो प्रमाण हो।

यस्ता घटनाक्रम र तथ्यहरूलाई हेर्दा सार्वजनिक निर्माणको क्षेत्रमा भ्रष्टाचारको डरलाग्दो समस्या तेर्सिएको छ। यसलाई व्यवस्थापन गर्ने सन्दर्भमा राज्यले तत्काल ठोस र स्पष्ट नीति नल्याउने हो भने नेपालमा भ्रष्टाचार झनै मौलाउने छ। साथै, पुनर्निर्माण गरिएका सार्वजनिक निकायका भवन तथा अन्य संरचना कमजोर र गुणस्तरहीन हुनेछन्। नेपालमा कुनै पनि सार्वजनिक निर्माणको कार्यमा तोकिएको बजेटभन्दा ४० प्रतिशतभन्दा कममा ठेकेदारले ठेक्का लिइरहेका छन्। ठेकेदारले यति कम रकममा ठेक्का लिएर त्यसमा पनि सरकारी अधिकारी तथा प्राविधिकहरूलाई ठूलो रकम 'नजराना' बुझाउने गरेका तथ्य 'ओपन सिक्रेट'जस्तै छ। बाँकी रहेको रकमले कति काम होला र कति ठेकेदारको कमाइ? सहजै अन्दाज गर्न सकिन्छ। त्यसैले अबको पुनर्निर्माणका क्रममा सार्वजनिक निर्माणलाई गुणस्तरयुक्त बनाउनको लागि तत्काल केही कदम चाल्नु आवश्यक छ।

पहिलो, भूकम्पमा परी ध्वस्त भएका स्थानीयस्तरका स्वास्थ्य चौकी, विद्यालय तथा गाविस भवन निर्माणमा ठेकेदारलाई भन्दा पनि स्थानीय बासिन्दालाई परिचालन गर्नुपर्छ। स्थानीयलाई सहयोग गर्नको लागि सरकारले यस्ता भवनको डिजाइन तथा मापदण्ड बनाउनुपर्छ र हरेक गाविसमा गुणस्तर कायम गराउनको लागि एकजना इन्जिनियर खटाउनुपर्छ। दोस्रो, ध्वस्त भएका ठूला सार्वजनिक निकायको पुनर्निर्माणलाई प्रतिस्पर्धाको आधारमा ठेक्का दिनुपर्छ। तर, यस्ता निकायहरूको निर्माण गर्ने क्रममा काम सँगसँगै अनुगमन तथा निगरानी गर्ने निकायलाई संस्थागतरूपमा परिचालन गर्नुपर्छ। जसमा पहिलेदेखि नै प्राविधिक परीक्षणको कामसमेत गर्दै आएको राष्ट्रिय सर्तकता केन्द्रलाई जिम्मेवारी दिनु राम्रो हुन्छ। तर, यसको लागि भ्रष्टाचार निवारण ऐन २०५९ को तत्काल संशोधन गरेर केन्द्रको कार्यक्षेत्र र जिम्मेवारी बढाउनु आवश्यक छ।

तेस्रो, यथास्थितिमा नेपाली सेनालाई सार्वजनिक निर्माणको सम्पूर्ण जिम्मेवारी दिनु हुँदैन। यदि सेनालाई जिम्मा दिने नै हो भने भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको संशोधन गरेर सेनामा भएको भ्रष्टाचारको छानबिन गर्ने अधिकार अख्तियारलाई दिने व्यवस्था मिलाउनु पर्छ। चौथो, अख्तियारले महाभूकम्पपछिको अवस्थालाई लक्षित गरेर सार्वजनिक निर्माणलाई पारदर्शी, गुणस्तरीय र भ्रष्टाचारमुक्त बनाउनको लागि एक छुट्टै रणनीति निर्माण गर्नुपर्छ। अख्तियारले यथास्थिति र पुरातन शैलीबाट मात्र काम गर्ने हो भने त्यसले अपेक्षित परिणाम दिन सक्दैन।

र अन्त्यमा, हरेक काममा नागरिक अनुगमन र खबरदारीलाई बढाउनको लागि योजना बनाउनु आवश्यक छ। सार्वजनिक निर्माणको कामलाई गुणस्तरीय र भ्रष्टाचारमुक्त बनाउनको लागि सम्बन्धित निकायले त्यस्ता निर्माणको गुणस्तरको बारेमा सबैले बुझ्नेगरी मार्गदर्शन गर्ने पर्चा तथा म्यान्युअल बनाउने काम गर्नुपर्छ र त्यसलाई हरेक व्यक्तिको हातमा पुर्यानउनु पर्छ। जसमा सार्वजनिक निर्माणमा कति डन्डी, कति सिमेन्ट कति बालुवा लाग्ने हो भन्नेजस्ता आधारभूत जानकारी उल्लेख गरिएको हुनुपर्छ। यसो भएमा हरेक निर्माणका कामलाई हरेक नागरिकले अनुगमन गर्न सक्छन्। यसैगरी, यदि त्यहाँ उल्लेख गरिएअनुसारको काम नभएको पाइएमा उजुरी गर्ने ठेगाना पनि सजिलो ढंगमा उल्लेख गरिनुपर्छ। यसबाट नागरिकको अनुगमन र सक्रिय संलग्नतालाई सुनिश्चित हुन्छ।
अर्को समाचार
सडकमा भ्रष्टाचार
०५ असार २०७०
•
७ मिनेट पाठ
सडकमा भ्रष्टाचार
नेपालको सार्वजनिक सडक निर्माण भ्रष्टाचार, अनियमितता, फजुलखर्ची, कमजोर गुणस्तर र समय तथा साधनको दुरुपयोगको नमुना बनेको देखिन्छ। हुनत, भ्रष्टाचारबिना सरकारी निर्माण र खरिद हुनैसत्तै्कन भन्ने जनविश्वास छ तर त्यसमा पनि खर्चको अनुपातमा सबैभन्दा बढी भ्रष्टाचार सायद सडक निर्माणमै हुन्छ। निर्माणको वास्तविक खर्च र लगत अनुमानको रकममा निकै ठूलो अन्तर हुन्छ। यसले भ्रष्टाचारको जोखिम बढाउँछ। त्यसमाथि ठेकेदार र कर्मचारीलगायतको मिलेमतोमा कामै नगरी वा कम गुणस्तरको काम गरेर पूरै बिल बनाई रकम भुक्तानी हुन्छ। केही वर्ष यता सरकारी ढुकुटी लुट्ने यस गिरोहमा राजनीतिक संरक्षण पाएका 'गुण्डा नाइके’ पनि मिसिएका देखिएका छन्। निश्चित् व्यक्ति वा कम्पनीलाई अपेक्षाकृत बढी रकममा ठेक्का दिलाउन यी बाहुबलीले जेजति उपद्रो गरे पनि प्रशासन तमासा हेरेर बस्ने गरेको छ। सबै मिलेर नै 'भागशान्ति’ गर्न जो पाइन्छ।
बागलुङ नगरपालिकामा एक किलोमिटर सडक पिच गर्न लाग्ने खर्चभन्दा कसरब तीन गुना बढी खर्च गरिँदैछ। नगरपालिकाका प्राविधिकले समेत एक किलोमिटर सडक २ करोड रुपियाँमा पिच हुने बताएका छन्। तर, विश्व बैंकको ऋणमा बनाउने हुनाले त्यस सडकमा तीन गुना बढी खर्च गर्नुपर्ने वाध्यता छ रे! विश्व बैंकले नियुक्त गरेको परामर्शदाताले गरेको लगत अनुमान सामान्यभन्दा तीन गुना महंगो रहेछ। 'ऋण काडेर घिउ खाने’ प्रवृत्तिको उदाहरण यो सडक निर्माणमात्र भने अवश्यै होइन। यस्तै फजुलखर्ची विश्व बैंक, एसियाली विकास बैंक जस्ता बहुपक्षीय निकायको ऋण वा अनुदान सहयोगमा सञ्चालित परियोजनामा धेरै हुने मानिन्छ। बागलुङका बजार बासिन्दा यही अनुपातमा अरू निर्माणको पनि लागत बढ्ने हो भने नगरपालिकाले धान्न नसक्नेमा चिन्तित छन्। तर ऋण लिन जमानी बसिदिने नगर विकास योजनाले 'खाए खा नखाए घिच्’को शैलीमा दबाब दिएपछि नगरपालिलाई स्वीकार गर्नैपर्ने भएको रहेछ। प्रचलित मापदण्डअनुसार लगत अनुमान तयार गरिएमो २ करोड रुपियाँजति मात्रै लाग्ने भएकाले नगरपालिकाले यसको पुनरावलोकन गर्न आग्रह गरेको छ।
यस्तै बाराको कलैया—बरियारपुर सडकको गुणस्तरले सार्वजनिक क्षेत्रको निर्माण कार्यमा हुने भ्रष्टाचारको र लापरबाहीको अर्को दृष्टान्त प्रस्तुत गरेको छ। ठेकेदारले कालो पत्र गर्दागर्दै सडक भत्कन थालेको छ। त्यही सडक निर्माणका लागि गत चार वर्षमा जिल्ला विकास समिति र सडक विभागको स्थानीय कार्यालयबाट पटकपटक गरी ४ करोड रुपिँया खर्च भइसकेको रहेछ। पिच गर्नैका लागि यो रकम खर्च गरिएको भए पनि अहिले सडकमा कालोपत्र बिरलै देखिन्छ। यसरी एउटै कामका नाममा पटकपटक खर्च गर्नु नियम मिलाएर गरिने भ्रष्टाचारकै उदाहरण हो। तर, सडकमा हुने यस प्रकारको बदनियत र लापरबाहीका लागि दोषीहरू सम्बन्धित प्राविधिज्ञ, लेखापाल, रकम भुक्तानी दिने अधिकारी र सम्झौताअनुसारको कामै नगरी पैसा बुझ्ने ठेकेदार कसैमाथि पनि कारबाही भने प्रायः हुँदैन। यीमध्ये सबैले कुनै न कुनैरूपमा राजनीतिक दलका नेता तथा स्थानीय प्रशासनको सह र संरक्षण पाएका जो हुन्छन्।
मोटर चल्ने सडकलगायतका भौतिक संरचना निर्माणलाई सबैभन्दा बढी प्राथमिकता दिनुपर्ने अवस्थामा रहेको नेपालजस्तो मुलुकमा यस्तो चरम भ्रष्टाचार र दण्डहीनता व्याप्त हुनु पक्कै पनि चुनौतीपूर्ण र चिन्ताको विषय हो। निर्माण माफियाको चंगुलबाट मुलुकलाई मुक्त गर्न यस प्रकारको कुव्यवस्था बदल्नैपर्छ। यसका लागि निर्माणको समयदेखि ठेक्का बन्दोबस्त र मूल्यांकन अनुगमनसम्ममा अहिले अपनाइएको गोपनीयताको शैलीलाई पारदर्शितामा परिवर्तन गर्नु उपयुक्त उपाय हुनसक्छ। यसैगरी निर्माण कार्यको अनुगमन र मूल्यांकनमा सम्बन्धित उपभोक्ताको निर्णायक सहभागिता भएमा गुणस्तर कायम राख्न सहयोग पुग्नेछ। ऋण सहयोग वा अनुदानै पनि लिँदा परामर्शदाता पोस्न सरकार तयार नहुने हो भने पनि लागत धेरै कम हुनेछ। सबैभन्दा मुख्य त, भ्रष्ट कर्मचारी, राजनीतिकर्मी, गुन्डा नाइके र बेइमान ठेकेदारहरूको गिरोह टुटाउनु आवश्यक हुन्छ। आफूले गरेको निर्माण कार्यको गुणस्तर वा फजुल खर्चका लागि १० वर्षपछि पनि सम्बन्धित व्यक्ति सजायभागी हुनुपर्ने व्यवस्था गरिएमा यो जाल पक्कै तोडिनेछ। यसका लागि सरकारी कार्यालयमा स्वच्छ, पारदर्शी र उत्तरदायी कार्यशैली थालिनुपर्छ। विडम्बना, अहिले सबै गैरजिम्मेवारी, अपारदर्शिता र तजबिजमै रमाइरहेका जो देखिन्छन्।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस