निर्माण पूरा नहुँदै भत्किन सुरु-
दिलबहादुर छत्याल, धनगढी, चैत ६- कैलालीका राजनीतिक दलको छानविन समितिले छैटौ राष्ट्रिय खेलकुदको भौतिक पूर्वाधार निर्माण र व्यवस्थापनमा व्यापक भ्रष्टाचार भएको सार्वजनिक गरेको छ। दलहरुले राज्यका वैधानिक निकायवाट भ्रष्टाचारको छानविन गरी दोषीमाथी कारबाही गर्न माग पनि गरेका छन्।
भ्रष्टाचारको छानविन गरी दोषीलाई कारबाही नगरिए सङ्घर्ष गर्ने चेतावनी पनि उनीहरुले दिएका छन्। सोमबार नेपाली कङ्ग्रेस कैलालीको पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर दलको छानविन समितिले व्यापक भ्रष्टाचार भएको सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा एकीकृत माओवादीबाहेक कैलालीमा रहेका अन्य सबै दलको सहभागिता थियो।
छैटौ खेलकुदको भौतिक पूर्वाधारका संरचना निर्माण र खेलकुद आयोजनामा भ्रष्टाचार भएको छानविन समितिले जनाएको छ। 'हामीले छानविन गर्दा मेनुदेखि समग्र क्षेत्रमा व्यापक भ्रष्टाचार भएको प्रमाणित भएको छ। 'छानविन समितिका संयोजक तथा नेपाली कङ्ग्रेसका नेता नारायण भट्टले भने- भ्रष्टाचार छानविन गरेर दोषीलाई सजायको कठघरामा ल्याउन हामी राज्यसँग माग गर्छौं।
'मेनु, खाने/बस्ने, मञ्चदेखि लिएर भौतिक पूर्वाधार निर्माणमा व्यापक भ्रष्टाचार भएको छ', उनले भने- व्यापक भ्रष्टाचार भएका कारण निर्माण पूरा नहुँदै डेढ घण्टाको पानीले प्याराफिट, एथलेटिक्स ट्रयाक र नाली भत्किएको छ। गत साता आएको पानीले प्यारापिट चुहिएको छ भने एथलेटिक्स ट्रयाक एक दर्जनभन्दा बढी ठाउँमा भत्किसकेको पनि उनले बताए। खेल मैदानमा जमेको पानी अझै सुकेको छैन। कभर्ड हल पनि चुहिएको छ।