'छैटौं खेलकुदमा ब्यापक भ्रष्टाचार'
०६ चैत्र २०६८
•
५ मिनेट पाठ
'छैटौं खेलकुदमा ब्यापक भ्रष्टाचार'
दिलबहादुर छत्याल, धनगढी, चैत ७- कैलालीका राजनीतिक दलको छानविन समितीले छैटौ राष्ट्रिय खेलकुदको भौतिक पुर्वाधार निर्माण र ब्यवस्थापनमा ब्यापक भ्रष्टाचार भएको सार्वजनिक गरेको छ। दलहरुले राज्यका बैधानिक निकायवाट भ्रष्टाचारको छानविन गरि दोषीमाथी कारवाही गर्न माग पनि गरेका छन।

भ्रष्टाचारको छानविन गरि दोषीलाई कारवाही नगरिए संघर्ष गर्ने चेतावनी उनीहरुले दिएका छन।

 
सोमवार नेपाली काग्रेस कैलालीको पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर दलको छानविन समितीले ब्यापक भ्रष्टाचार भएको सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा एकिकृत माओवादी वाहेक कैलालीमा रहेका अन्य सवै दलको सहभागी रहेको थियो।
छैटौ खेलकुदको भौतिक पुर्वाधारका संरचना निर्माणमा र खेलकुद आयोजनामा भ्रष्टाचार भएको छानविन समितीले जनाएको छ।
'हामीले छानविन गर्दा मेनु देखि समग्र क्षेत्रमा ब्यापक भ्रष्टाचार भएको प्रमाणित भएको छ।'छानविन समितीका संयोजक तथा नेपाली काग्रेसका नेता नारायण भट्टले भने,भ्रष्टाचारको छानविन गरेर दोषीलाई सजायको कठघरामा ल्याउन हामी राज्यसँग माग गर्छौं।
'मेनु, खाने बस्ने, मंच देखि लिएर भौतिक पुर्वाधार निर्माणमा ब्यापक भ्रष्टाचार भएको छ।'उनले भने,
ब्यापक भ्रष्टाचार भएका कारण निर्माण पुरा नहुदै डेढ घण्टाको पानीले प्याराफिट, एथलेटिक्स ट्रयाक, नाली भत्किएको उनले बताए।
गत साता आएको पानीले प्यारापिट चुहिएको छ। भने एथलेटिक्स ट्रयाक एक दर्जन भन्दा बढी ठाउँमा भत्किसकेको उनले बताए। खेलमैदान जमेकेा पानी अझै सुकेको छैन। कर्भडहल पनि चुहिएको छ।
'सवै संरचना भत्किन थालेका छन ,यी सवै भ्रष्टाचारका प्रमाण हुन।'उनले भने
'रंगशाला हेर्दा रुन मन लाग्छ। जताततै एथलेटिक्स ट्रयाक, नाली भत्कीसकेको छ।'नेकपा एमाले कैलालीका सचिव दिर्घ सोडारीले भने,-ब्यापक भ्रष्टाचार भएकोले सवै संरचना भत्कन थालेका छन।
राष्ट्रिय खेलकुद परिषदले छैटौ खेलकुद सिद्धिने बित्तिकै खर्च विवरण उपलब्ध गराउने भनेेपनि अहिले सम्म उपलब्ध नगराएको उनले बताए।
छैटौ खेलकुद सिद्धिने बित्तिकै वाँकी रहेका फिनिसिङ लगायतका काम गर्ने भने पनि दुई साता बित्दा पनि काम शुरु नभएकोमा पनि उनीहरुले आपत्ती जनाएका छन।
दलहरुको छानविन समितीले भ्रष्टाचार भएको कुरा सार्वजनिक मात्र गर्ने सक्ने भएकाले राज्यको बैधानिक निकायलाई छानविन गरि कारवाही गर्न माग गरेको राष्ट्रिय जनशक्ती पार्टीका राज वहादुर सिंहले बताए।
छरपष्ट देखिने गरि भएको ब्यापक भ्रष्टाचारको छानविन गरि दोषीलाई कारवाही नगरेमा चुप लागेर बस्न सकिदैन। उनले भने,
छैटौ खेलकुद आयोजना अघि भौतिक पुर्वाधार लागयतमा अनियमितता भएको चर्चा चलेपछि दलहरुको सर्वदलिय बैठकले नेपाली काग्रेसका नेता नारायण भट्टको संयोजकत्वमा छानविन समिती गठन गरेकेा थियो।
छानविन समितिको छानविन वाट देखिएको ब्यापक भ्रष्टाचारको निष्कर्ष सहितका बुदा राखेर कैलालीका दलहरुले मंगलवार भ्रष्टाचारको छानविन गरि भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्नुपर्ने माग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ब्यवास्थापिका संसदको लेखा समितीमा ज्ञापन पत्र दिने कार्यक्रम रहेको एमाले कैलालीका सचिव सोडारीले बताए।
'छानिवन वाट निस्केका निष्कर्ष सहित हामी प्रमुख जिल्ला अधिकारी मार्फन राज्यका बैधानिक निकायमा आवश्यक कदम चाल्न माग गर्दै ज्ञापनपत्र दिन्छुँ।'सचिव सोडारीले भने, यदि हामी दलको माग बमोजिम पहल भएन भने हामी संघर्ष गर्न वाध्य हुनेछौं। 'हामी काठमाण्डौ गएर राष्ट्रिय खेलकुद परिषदमा ताला लगाउने छौं।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस