सहज वितरण सुनिश्चित गर!
२८ वैशाख २०७२
•
६ मिनेट पाठ
सहज वितरण सुनिश्चित गर!
व्यवस्थापिका संसद्ले पारित गरेको संकल्पअनुसार सरकारले काम गर्न सक्ने हो भने भूकम्प पीडितहरूको सहायता, पुनःस्थापना र पुनर्निर्माण कार्य निकै सहज हुनेदेखिन्छ। सामान्य अवस्थामा पनि सरकारको कार्यान्वयन क्षमता कमजोर देखिँदै आएको थियो भने भूकम्पपछिको चुनौती पुरानै शैली र संयन्त्रबाट सामना गर्ने अपेक्षा राख्न मिल्दैन। यसैले सरकारको कार्यान्वयन क्षमतामा प्रश्न उठाउने सांसदहरूको चिन्ता र चासोलाई राजनीतिक ढोंगमात्र भनेर पन्छाउन मिल्दैन। यसैगरी चालु वर्षको विकास बजेट रकमान्तर गरेर तत्काल पीडितहरूलाई आवश्यक सहायता पुर्यादउन दिइएको सुझावलाई पनि सरकारले उपेक्षा गर्न मिल्दैन। अर्थ मन्त्रालय आवश्यक रकम जुटाउन विभिन्न मन्त्रालयका लागि विनियोजित रकममध्ये ५ अर्ब रुपियाँ फिर्ता गरी उद्धार कोषमा निकासा गरेर सांसदहरूको चिन्तालाई सम्बोधन पनि गरेको छ। तैपनि, घोषित सहायता र विनियोजित रकम सहजरूपमा प्रभावितसम्म पुग्छ भनेर ढुक्क हुने अवस्था छैन।पहिलो चरणको आकस्मिक सहायता वितरण नीतिगत अन्योल, राजनीतिक खिचातानी तथा प्रशासनिक ढिलासुस्तीका कारण अपेक्षा गरिएजति प्रभावकारी हुनसकेन। यसैले दोस्रो चरणको सहायता वितरण सहज र सही रूपमा हुने विश्वास गर्न कठिन भएको हो। परिस्थिति र परिणामको विश्लेषण नगरी निर्णय गर्ने र कार्यान्वयनमा खासै चासो नराख्ने नेपाल सरकारको परम्परागत कार्यशैली हो। उपलब्ध सूचना र यथार्थ वस्तुस्थितिको आधारमा भन्दा प्रभाव, पहुँच, लहड र तजबिजका भरमा निर्णय गर्ने गरिएकाले पनि कार्यान्वयन पक्ष सधैँ कमजोर र त्रुटिपूर्ण हुने गरेको हो। सरकारी संयन्त्रले भने कमजोरी सच्याएर कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउनुको साटो कामै नगरी बस्न बढी रुचाउने गरेको देखिएको छ। यसैले सरकारले अहिले सांसद् र सञ्चारजगत्को आलोचना बढी सहनु परेको हो। यद्यपि, कतिपय आलोचना पूर्वाग्रही र व्यक्तिपरक पनि देखिएका छन्। विपत्तिका बेलामा सांसद र सञ्चारकर्मी पनि संयमी र संवेदनशील हुनुपर्छ।
राजनीतिक कार्यकर्ताले आफूहरूलाई सरकारी निर्णयको साक्षीमात्र बसाइएको गुनासो गरेका छन्। सहायता वितरणमा संलग्न संस्था र व्यक्तिहरूले भने राजनीतिक कार्यकर्ताको अनावश्यक र अनुचित हस्तक्षेपका कारण अप्ठेरो हुने गरेको गुनासो गरेका छन्। सर्वदलीय बैठकबाट निर्णय गर्नुपर्छ भनेर आकस्मिक सहायतासमेत वितरण गर्न नदिइएका वा केही दलका कार्यकर्ताले सहायता सामग्री खोसेका घटनासमेत प्रकाशमा आएका छन्।
सहायता र पुनःस्थापनामा राजनीतिक दलको सहयोग प्राप्त हुने तर दलगत स्वार्थले काममा बाधा नपार्ने र विभेद नहुने अवस्था सुनिश्चित गर्न सरकार र दलहरूले आआफ्नै कार्यकर्ता र कर्मचारीलाई स्पष्ट निर्देशन दिनुपर्छ। उनीहरूको भूमिका स्पष्ट भएमा विवाद पनि कम हुनेछ। निर्वाचित सांसदहरू जनताका प्रतिनिधि हुन् भने पार्टीका पदाधिकारी वा सदस्य सम्बन्धित दलका मात्रै प्रतिनिधि हुन्। सरकारमा सहभागी दलका नेता कार्यकर्ता पनि सरकार वा राज्यका प्रतिनिधि हैनन्। यसैले प्रशासनले तिनको आदेश वा निर्देश मान्ने व्यवस्था हुनुहुँदैन। दल विशेषका कार्यकर्ता आआफ्नै पार्टीले सम्बन्धित विषयमा बनाउने नीति निर्माण गर्दा संलग्न हुनसक्छन् तर तिनले सरकारी संयन्त्रमा हस्तक्षेप गर्नु हुँदैन। संसदीय शासन पद्धतिको मान्यता यही हो।
तत्कालका लागि निर्वाचित सांसदहरूको नेतृत्वमा सर्वदलीय अनुगमन समिति बनाएर सरकारका उच्च अधिकृतलाई त्यसमा सहजीकरणका लागि खटाउनु उचित हुनेछ। त्यस्तो समितिमा राजनीतिक दलका प्रतिनिधिलाई पनि समावेश गरे हुन्छ तर सहायता उपलब्ध गराउने जिम्मेवारी र अधिकार भने सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको वडा कार्यालयका प्रमुखलाई दिनुपर्छ र त्यसमा राजनीतिक कार्यकर्ता वा प्रशासनिक अधिकारीको हस्तक्षेप हुनुहुँदैन। यसैले आकस्मिक सहायता वितरणमा हस्तक्षेप हैन सहजीकरण गर्न राजनीतिक नेतृत्वले आआफ्ना कार्यकर्तालाई निर्देशन दिनुपर्छ।सरकारले उपलब्ध गराउने नगद सहयोगलगायत सबै सहायताका लागि गाविस वा नगरपालिकाको वडाको सिफारिसलाई आधार बनाइएमा वितरण सहज र प्रभावकारी हुनेछ।
अर्को समाचार
उपभोक्तालाई राहत : टेकुबाट सिधै एलपी ग्यास वितरण सुरु
१६ साउन २०८३
•
१ मिनेट पाठ
उपभोक्तालाई राहत : टेकुबाट सिधै एलपी ग्यास वितरण सुरु
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ। 

हालै मन्त्री यादवले बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन, उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास पाउने वातावरण बनाउन तथा वितरण प्रणालीलाई थप प्रभावकारी र पारदर्शी बनाउन नेपाल आयल निगमलाई निर्देशन दिएकी थिइन्। सोही निर्देशनअनुसार निगमले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै ग्यास वितरण व्यवस्थालाई थप व्यवस्थित बनाइएको जनाएको छ। 

निगमका अनुसार दैनिक मागअनुसार एलपी ग्यासको आपूर्ति भइरहे पनि केही सञ्चार माध्यममा ग्यास अभाव भएको समाचार आएपछि त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बजारमा कुनै पनि प्रकारको अभाव हुन नदिन सबै ग्यास उद्योगलाई पर्याप्त आपूर्ति सुनिश्चित गर्न तथा विक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न आग्रह गरिएको छ। 

त्यसैगरी, काठमाडौं उपत्यकामा बढी माग हुने ग्यास ब्रान्डको आपूर्तिलाई सहज बनाउन साउन १६ गतेदेखि टेकुस्थित नेपाल आयल निगमको कार्यालयबाट पनि नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सगुन ग्यास तथा श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ देखि बेलुका ५ बजेसम्म बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस