खाद्यान्नको पर्याप्त उपलब्धता, सहज वितरण र न्यायोचित पहुँच सुनिश्चित हुनु खाद्य सुरक्षा हो। यसैले खाद्य सुरक्षा व्यक्तिको नैसर्गिक अधिकार हो।
सन् १९९६ को विश्व खाद्य सम्मेलनका सहभागी राष्ट्रले सन् २०१५ सम्म भोकबाट पीडितको संख्या आधा घटाउने लक्ष्य लिएका थिए। त्यसपछि सन् २००० मा अत्यधिक गरिबी र भोक पूर्णरूपमा समाप्त गर्ने उद्देश्यले सहश्राब्दी विकास लक्ष्यमा पहिलो प्राथमिकता पाएको थियो। अतः खाद्य सुरक्षाको अनुभूति गराउनु राज्यको नीतिगत प्रतिबद्धतामात्र नभएर कानुनी बाध्यता भइसकेको छ। खाद्य अधिकारलाई मानव अधिकारका रूपमा स्थापना गर्ने प्रयास संयुक्त राष्ट्र संघको स्थापनाकालदेखि नै सुरु भएको हो। हुनत, त्यसभन्दा केही अगाडि नै यसको महत्व महसुस गरिएको थियो र मानव अधिकारसम्बन्धी विश्व घोषणापत्रमा खाद्य अधिकारले आधिकारिकरूपमा अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। खाद्यान्नको पर्याप्त उपलब्धता, सहज वितरण र न्यायोचित पहुँच सुनिश्चित हुनु खाद्य सुरक्षा हो। यसैले खाद्य सुरक्षा व्यक्तिको नैसर्गिक अधिकार हो।
मानव अधिकारसम्बन्धी घोषणापत्रको धारा २५ मा आफू र आफ्नो परिवारको खाद्यान्न र स्वास्थ्यजस्ता आवश्यकता पूर्ति गरेर उचित स्तरको जीवनयापन गर्ने व्यवस्था मिलाउने अधिकार सबैलाई छ भन्ने उल्लेख गरिएको छ। त्यस्तै यस घोषणापत्रमा उल्लेख गरिएको अधिकार र स्वतन्त्रता रंग, लिंग, जाति, धर्म, राजनीतिक आस्थाको भेदभावबिना उपभोग गर्न पाउने पनि उल्लेख गरिएको छ। यी उल्लेखित अधिकार बाध्यात्मक नभए पनि सहभागी राष्ट्रले पूर्ण प्रतिबद्धता व्यत्क गरेको हुनाले यसको कार्यान्वयन गरिने अपेक्षा गरिएको थियो। त्यसपछिकोे आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धले भने खाद्य अधिकारलाई वाध्यात्मक बनाएको छ। जुन २००८ सम्म नेपाललगायत १ सय ५८ राष्ट्रले यस अनुबन्धलाई अनुमोदन गरिसकेका छन्। त्यस्तै नेपालको अन्तरिम संविधान, २०६३ ले पनि खाद्य संप्रभुतालाई विशेष प्राथमिकता दिएको छ।
यति हुँदाहुँदै पनि नेपालमा खाद्य सुरक्षाको अवस्था चिन्ताजनक छ। हालै विश्व खाद्य कार्यक्रम, नेपालले गरेको एक अध्ययनमा स्थानीय स्तरमा खाद्य उत्पादनमा २० देखि ७० प्रतिशत ह्रास भएकाले नेपालका मध्य तथा सुदूरपश्चिमका आछाम, बाजुरा, दैलेख, डोल्पा, जाजरकोट, कालीकोट, हुम्ला, मुगु र रुकुम जिल्लामा २ लाख ५० हजारभन्दा बढी जनताले चरम खाद्य संकटको सामना गर्नु परिरहेको देखिएको छ। स्थानीय उत्पादनले ३ महिनाभन्दा कम समयमात्र खाद्य आवश्यकता धान्ने भएकाले खाद्यान्न संकटको सबैभन्दा भयावह अवस्था देखिने गरेको पनि प्रतिवेदनमा उल्लेख छ। त्यसैगरी विश्व खाद्य कार्यक्रमले नै तयार पारेको अर्को प्रतिवेदनमा करिब २५ लाख नेपालीलाई तत्कालै खाद्यान्न सहायता आवश्यकता रहेको र बढ्दो खाद्यान्न मूल्यका कारण ३९ लाख ग्रामीण जनता निकट भविष्यमा नै खाद्यान्न असुरक्षाको विपत्तिमा पर्न सक्नेसमेत औँंल्याएको छ। खाद्य संकट र बढ्दो मूूल्यले ठूलो संख्यामा ग्रामीण जनतालाई अझ गरिबीतर्फ धकेल्ने आशंका छ। खाद्यान्नको मूल्य वृद्धिका अनुपातमा श्रमको ज्याला वृद्धि ज्यादै कम भएकाले यो समस्या झन् चर्को भएको हो। फलस्वरूप, वास्तविक क्रयशक्ति घट्ने र उपभोक्ताले थोरै परिमाण र सस्तो मूल्यका सामान मात्रखरिद गर्ने अवस्था उत्पन्न हुन्छ।
हालको विश्वव्यापी आर्थिक संकटले पनि खाद्य सुरक्षाको स्थिति झन् चिन्ताजनक बनाउन सक्छ। विश्व खाद्य संगठनको तथ्यांकअनुसार सन् २००७ को मध्यदेखि सन् २००८ को मध्यसम्म खाद्यान्नको मूल्य सूचांक ५२ प्रतिशतले बढेको थियो। फलस्वरूप, विश्वमा खाद्य संकटमा पर्नेको संख्या ७ करोड ५० लाख पुगेको थियो। जुलाई २००८ देखि खाद्य वस्तुको मूल्य घट्न थाले पनि खाद्य सुरक्षामा यसले खासै सहयोग गरेन। खाद्य सुरक्षाका बारेमा छलफल हुन थालेको निकै समय बिते पनि यसका कारक तत्व अझै विद्यमान छन्। कृषि उत्पादकत्व कम हुनु, जनसंख्या वृद्धिदर बढी हुनु, पानी र भूमिमाथिको अधिकारको समस्या, बाढी, पहिरोको समस्या र कृषिमा अध्ययन अनुसन्धानको कमीका कारण नै खाद्य सुरक्षाको स्थिति खस्कँदै गएको छ।
अहिलेको आर्थिक संकटका कारण पनि यसको स्थिति अझ खतरनाक भएको छ। कतिपय मानिसले जागिर गुमाएका छन् भने रेमिटेन्समा कमी आएकाले पनि कतिपय घर खाद्य संकटको चपेटामा पर्न सक्दछन्। त्यस्तै विकसित राष्ट्रबाट आउने वाह्य सहयोग वा ऋण घट्नाले पनि खाद्यान्न संकटको जोखिम बढ्छ।
त्यस्तै खाद्य सुरक्षाका प्रसंगमा महिलाको चर्चा गर्नु पनि आवश्यक हुन्छ। उत्पादनमा महत्वपूर्ण भूमिका हुदाँहुदै पनि महिलाहरूको खाद्य सुरक्षा सुनिश्चित हुन सकेको छैन। खाद्यान्न संकटको प्रभाव सबैतिर पर्छ तापनि महिलाहरूमाथि विशेष ध्यान पुर्याउनु आवश्यक छ। अहिलेको आर्थिक संकटमा महिलामा बढी नकारात्मक असर पर्ने आशंका छ। सामाजिक तथा आर्थिकरूपमा महिलाको अवस्था सन्तोषजनक नभएकाले अर्थात् उनीहरूको कमजोर अवस्था ध्यानमा राखेर यसो गर्नु आवश्यक देखिएको हो।
अहिले यस्ता सबालमा राज्यका साथै अन्य सरोकारवाला निकै सचेत देखिएका छन्। समानताका साथसाथै महिला खाद्यान्नमाथिको अधिकार सुनिश्चित गर्न निकै प्रयास भइरहेका छन्। खाद्यान्न उत्पादनका साथै उपभोग र बालबालिकाको हेरचाहमा महिलाको जिम्मेवारी महत्वपूर्ण हुन्छ। खाद्यान्नमाथि उत्तिकै अधिकार हुँदाहुँदै पनि महिलाहरूले आफ्नो भूमिका निर्वाह गर्न आवश्यक पर्ने पौष्टिक तत्वसहितको खाद्यमाथि पहुँच छैन। समाजमा विद्यमान कतिपय प्रचलनका कारण पनि यस्तो अवस्था सिर्जना हुन गएको हो। कतिपय समाजका महिलाले घरका सबै सदस्यले खाएपछि मात्र खाना खाने चलन हुनाले तिनमा पर्याप्त पौष्टिक तत्वको अभाव हुन सक्छ। त्यस्तै छोरालाई खुवाएपछि मात्र छोरीलाई खान दिने चलन पनि हाम्रो देशमा छ। यस्त्ाा चलनले गर्दा महिलाको खाद्य सुरक्षामा थप नकारात्मक असर परेको छ।
महिलाको समानता र हकहितका सन्दर्भमा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि महत्वपूर्ण छ। यस महासन्धिले राष्ट्रहरूलाई महिलामाथि हुने सबै किसिमका भेदभाव अन्त्य गर्न आवश्यक कदम चाल्न . निर्देशन दिएको छ। खाद्य अधिकारका बारेमा भने यो महासन्धि त्यति प्रभावकारी छैन। तर पनि यसले महिलाको भूमिमाथिको अधिकार, ऋण तथा आम्दानी र अन्य सामाजिक सुरक्षाका कुरा उठाएकोे छ जसको परिपूर्तिले खाद्य अधिकार सुनिश्चित गर्न सहयोग पुुर्याउँछ। त्यसैले प्रत्यक्षरूपमा खाद्य अधिकारको कुरा नगरे पनि अप्रत्यक्षतः यसको सकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ।
नेपालमा खाद्य सुरक्षा सन्तोषजनक नरहेकोमा ध्यान दिएर सरकारले प्रभ्ाावकारी भूमिका निर्वाह गर्नुपर्छ। आर्थिकरूपमा कमजोर वर्गलाई लक्षित कार्यक्रम ल्याउन पहल गर्नु सरकारको पहिलो कर्तव्य हुन्छ। यस्ता कार्यक्रम दीर्घकालीन बनाउन समय र स्रोत दुवैका कारण संम्भव नभएमा छोटो समयका लागि संचालन गर्नु उपयुक्त हुन्छ। त्यसैले खाद्य सुरक्षाका तत्कालीन कार्यक्रमलाई समयबद्धरूपमा अन्य कार्यक्रम सँगसँगै लैजानुपर्ने हुन्छ।
नेपालजस्तो कृषिमा आश्रित अर्थतन्त्रमा यस क्षेत्रमा सरकारको पर्याप्त लगानी अति आवश्यक हुन्छ। विश्व खाद्य संगठनका अनुसार विकासोन्मुख राष्ट्रले वर्षको ३० अर्ब अमेरिकी डलर कृषि क्षेत्रमा लगानी गरे मात्र सन् १९९६ को सम्मेलनमा प्रतिबद्धता गरेअनुसार सन् २०१५ सम्ममा आधा गरिबी हटाउने लक्ष्य हासिल गर्ने संभावना रहन्छ। विकसित राष्ट्रले सन् २००७ मा ३ सय ६५ अर्ब अमेरिकी डलर कृषि क्षेत्रमा लगानी गरेका थिए। त्यस्तै कतिपय विकासोन्मुख राष्ट्रले ठूलो रकम हातहतियारमा खर्च गरिरहेका देखिन्छ। हतियारको सट्टा कृषि क्षेत्रलाई प्राथमिकता दिनु अति आवश्यक भइसकेको छ।
सरकारले व्यवसायसम्बन्धी विभिन्न कार्यक्रम संचालन गरेर नागरिकको क्रय शक्ति बढाउन सक्छ। खाद्यान्नसँग सम्बन्धित साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्ने तथा बीउ र मल उपलब्ध गराउनेजस्ता कृषकलाई विभिन्न सुविधा दिनेे कार्यक्रम संचालन गर्न सकिन्छ। कृषकको जीवनस्तर उकास्ने र कृषि उत्पादकत्व बढाउने अन्य उपाय पनि पहिलाएर यस्ता कार्यक्रम ल्ाागू गर्न सकिन्छ। कृषि क्षेत्रमा अध्ययन अनुसन्धानलाई प्रोत्साहन गर्नुका साथै कृषि उत्पादनको सहज बजार पहँुचका लागि अन्य भौतिक संरचनाको सुविधा प्रदान गर्नु राज्यको दायित्व हो। आशा गरौँ, सबै राष्ट्रले खाद्य असुरक्षा निर्मूल पार्ने अठोट गरेर ठोस कदम
चाल्नेछन् र विश्वका सबैले मानिसले खाद्य सुरक्षाको अनुभूति गर्न सक्नेछन्।
लेखिका सावतीमा कार्यक्रम संयोजक छन्।