राष्ट्रले आफ्ना नागरिकका लागि गुणस्तरीय खाद्यान्नको पर्याप्त आपूर्ति, सहज वितरण र न्यायोचित पहुँच सुनिश्चित गर्नु खाद्य सुरक्षा हो। खाद्य सुरक्षालाई व्यक्तिको नैसर्गिक अधिकार मानिन्छ।
सन् १९९६ को विश्व खाद्य सम्मेलनका सहभागी राष्ट्रहरूले सन् २०१५ सम्म भोकबाट पीडितको संख्या आधा घटाउने लक्ष्य लिएका थिए। त्यसपछि सन् २००० मा अत्यधिक गरिबी र भोक पूर्णरूपमा समाप्त गर्ने उद्देश्यले सहश्राब्दी विकास लक्ष्यमा पहिलो प्राथमिकता पाएको थियो। अतः खाद्य सुरक्षाको अनुभूति गराउनु राज्यको नीतिगत प्रतिबद्धतामात्र नभएर कानुनी बाध्यता भइसकेको छ।
मानव अधिकारसम्बन्धी घोषणापत्रको धारा २५ मा आफू र आफ्नो परिवारको खाद्यान्न र स्वास्थ्यजस्ता आवश्यकता पूर्ति गरेर उचित स्तरको जीवनयापन गर्ने व्यवस्था मिलाउने अधिकार सबैलाई छ भन्ने उल्लेख गरिएको छ।
नेपालमा खाद्य सुरक्षाको अवस्था चिन्ताजनक छ। हालै विश्व खाद्य कार्यक्रम, नेपालले गरेको एक अध्ययनमा स्थानीय स्तरमा खाद्य उत्पादनमा २० देखि ७० प्रतिशत ह्रास भएकाले नेपालका मध्य तथा सुदूरपश्चिमका आछाम, बाजुरा, दैलेख, डोल्पा, जाजरकोट, कालीकोट, हुम्ला, मुगु र रुकुम जिल्लामा २ लाख ५० हजारभन्दा बढी जनताले चरम खाद्य संकटको सामना गर्नु परिरहेको देखिएको छ। स्थानीय उत्पादनले ३ महिनाभन्दा कम समयमात्र खाद्य आवश्यकता धान्ने भएकाले खाद्यान्न संकटको सबैभन्दा भयावह अवस्था देखिने गरेको पनि प्रतिवेदनमा उल्लेख छ। त्यसैगरी विश्व खाद्य कार्यक्रमले तयार पारेको अर्को प्रतिवेदनमा करिब २५ लाख नेपालीलाई तत्कालै खाद्यान्न सहायता आवश्यकता रहेको र बढ्दो खाद्यान्न मूल्यका कारण ३९ लाख ग्रामीण जनता निकट भविष्यमा खाद्यान्न असुरक्षाको विपत्तिमा पर्न सक्नेसमेत औँल्याएको छ।
अहिलेको आर्थिक संकटका कारण पनि यसको स्थिति अझ खतरनाक भएको छ। कतिपय मानिसले जागिर गुमाएका छन् भने रेमिटेन्समा कमी आएकाले पनि कतिपय घर खाद्य संकटको चपेटामा पर्न सक्छन्। त्यस्तै विकसित राष्ट्रबाट आउने बाह्य सहयोग वा ऋण घट्नाले पनि खाद्यान्न संकट गहिरिनेे जोखिम बढ्छ।
खाद्य सुरक्षाका प्रसंगमा महिलाको चर्चा गर्नु आवश्यक छ। उत्पादनमा महत्वपूर्ण भूमिका हुदाँहुदै पनि महिलाको खाद्य सुरक्षा सुनिश्चित हुन सकेको छैन। खाद्यान्न संकटको प्रभाव सबैतिर पर्ने भए पनि महिलामाथि विशेष ध्यान पुर्याउनु अत्यावश्यक छ। यस्ता सवालमा राज्यका साथै अन्य सरोकारवाला निकै सचेत देखिएका छन्। महिलाको समानताका साथसाथै खाद्यान्नमाथिको अधिकार सुनिश्चित गर्न निकै प्रयास भइरहेका छन्। खाद्यान्न उत्पादनका साथै उपभोग र बालबालिकाको हेरचाहमा महिलाको जिम्मेवारी महत्वपूर्ण हुन्छ। खाद्यान्नमाथि उत्तिकै अधिकार हुँदाहुँदै पनि महिलाले आफ्नो भूमिका निर्वाह गर्न आवश्यक पर्ने पौष्टिक तत्वसहितको खाद्यमाथि पहुँच छैन।
महिलाको समानता र हकहितका सन्दर्भमा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि महत्वपूर्ण छ। यस महासन्धिले राष्ट्रहरूलाई महिलामाथि हुने सबै किसिमका भेदभाव अन्त्य गर्न आवश्यक कदम चाल्न .निर्देशन दिएको छ। खाद्य अधिकारबारे भने यो महासन्धि त्यति प्रभावकारी छैन। तर पनि यसले महिलाको भूमिमाथिको अधिकार, ऋण तथा आम्दानी र अन्य सामाजिक सुरक्षाका कुरा उठाएकोे छ जसको परिपूर्तिले खाद्य अधिकार सुनिश्चित गर्न सहयोग पुुर्याउँछ।
आर्थिकरूपमा कमजोर वर्गलाई लक्षित कार्यक्रम ल्याउन पहल गर्नु सरकारको पहिलो कर्तव्य हुन्छ। यस्ता कार्यक्रम दीर्घकालीन बनाउन समय र स्रोत दुवैका कारण सम्भव नभएमा छोटो समयका लागि सञ्चालन गर्नु उपयुक्त हुन्छ। त्यसैले खाद्य सुरक्षाका तत्कालीन कार्यक्रमलाई समयबद्धरूपमा अन्य कार्यक्रम सँगसँगै लैजानुपर्ने हुन्छ।
नेपालजस्तो कृषिमा आश्रित अर्थतन्त्रमा यस क्षेत्रमा सरकारको पर्याप्त लगानी अति आवश्यक हुन्छ। विश्व खाद्य संगठनका अनुसार विकासोन्मुख राष्ट्रले वर्षको ३० अर्ब अमेरिकी डलर कृषि क्षेत्रमा लगानी गरे मात्र सन् १९९६ को सम्मेलनमा प्रतिबद्धता गरेअनुसार सन् २०१५ सम्ममा आधा गरिबी हटाउने लक्ष्य हासिल गर्ने संभावना रहन्छ।
सरकारले व्यवसायसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेर नागरिकको क्रय शक्ति बढाउन सक्छ। खाद्यान्नसँग सम्बन्धित साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्ने तथा बीउ र मलसम्बन्धी पनि कृषकलाई विभिन्न सुविधा दिने कार्यक्रम सञ्चालन गर्न सकिन्छ। कृषकको जीवनस्तर उकास्ने र कृषि उत्पादकत्व बढाउने अन्य उपाय पनि पहिलाएर यस्ता कार्यक्रम ल्ाागू गर्न सकिन्छ। कृषि क्षेत्रमा अध्ययन अनुसन्धानलाई प्रोत्साहन गर्नुका साथै कृषि उत्पादनको सहज बजार पहुँचका लागि अन्य भौतिक संरचनाको सुविधा प्रदान गर्नु राज्यको दायित्व हो।