नयाँ वर्ष २०७२ आजबाट सुरु भयो, सबै पाठकबृन्दमा हार्दिक मंगलमय शुभकामना! आजभन्दा सय वर्षअगाडि अर्थात् विक्रम संवत् १९७२ बैशाख १ गते पश्चिमा शक्तिराष्ट्रहरू प्रथम विश्वयुद्ध लडिरहेका थिए। नेपालमा निरंकुश राणाशासन थियो। थुप्रै महाशक्ति राष्ट्र प्रथम विश्वयुद्धसँगै समाप्त भए र नयाँ शक्ति राष्ट्रको उदय विश्वरंगमञ्चमा भयो, त्यसैबखत।नेपाल विश्व शक्तिराष्ट्र हुने सम्भावना बोकेको देश हो। तर यो सय वर्षको इतिहास नेपाली जनताको लागि सुखद छैन। बितेको शताब्दीमा नेपालजस्ता कैयन् देश विकसित भए। हामी भने एक्काइसौँ शताब्दीमा पनि देश चलाउन चाहिने एउटा संविधान लेख्न नसकी गरिब र माग्ने भएका छौँ!
लोकतान्त्रिक नेपालको नेतृत्व नेपाली कांग्रेसले गरेको मान्नुपर्छ। तसर्थ, आज देश जहाँ छ यो अवस्था आउनुमा धेरै हदसम्म कांग्रेस जिम्मेवार छ। भोलिका दिनमा पनि कांग्रेसले नै देशको नेतृत्व लिने सम्भावना छ। कांग्रेस कसरी जिम्मेवार होला र नेपाल कसरी सम्पन्न र आधुनिक राष्ट्र बन्ला भन्ने कुराको बहस र छलफल गर्ने अवसर कांग्रेसलाई जुरेको छ तेह्रौं महाधिवेशनपूर्व। महाधिवेशनले के नीति लिनेछ यो विषयलाई गौण ठान्ने कांग्रेसी चलन राम्रो होइन। धेरै कांग्रेसजनको चासो भएकोले कांग्रेसको नयाँ नेतृत्व चयन कसरी जाला भन्ने विषयबाट लेख अगाडि बढ्छ।
कांग्रेस अहिले कस्तो छ?
अहिले कांग्रेस हुन चाहिने योग्यता र परिचय फेरिएको छ। कांग्रेस हुन कि संस्थापन पक्षको अन्धभक्त हुनुपर्छ कि शेरबहादुर देउवा गुटले ‘स्ट्याम्प' लगाउनुपर्छ। अर्थात् संस्थापन पक्ष र देउवा गुटमा कांग्रेस विभाजित छ। कांग्रेसको यो विभाजन आजको होइन। तसर्थ, आज यो विभाजन छ भनी गनगन गर्नुको पनि कुनै औचित्य भएन। विभाजनले कांग्रेसको क्षमता र मुलुक सञ्चालनमा अयोग्यतालाई स्थापित गरेको छ भने चिन्ता त्यसको हुनुपर्छ। तर कांग्रेस विभाजनबाट गुटको आश्रयमा आफ्नो राजनीतिक र आर्थिक भविष्य खोज्नेले मात्र कांग्रेसमा टिक्नसक्छ, यो खतरनाक मान्यताले चरित्रवान र नैतिकवान समूह कांग्रेसबाट पलायन हुनुचैँ किमार्थ राम्रो होइन। कांग्रेसमा राजनीति व्यापार भएको छ र पार्टी ‘सिन्डिकेटले' राजनीतिलाई व्यापार बनाउने समूहलाई संरक्षण गरेको आरोप पुराना र निस्वार्थी कांग्रेसजनले लगाउने गरेका छन्।
रामचन्द्र पौडेलको के होला?
गुट राजनीति गर्ननसक्ने तर सभापतिको लागि दाबी गर्दा अस्वाभाविक नलाग्ने कांग्रेस नेता रामचन्द्र पौडेल हुन्। पौडेल तनहुँको निम्नमध्यम वर्गीय परिवारलाई प्रतिनिधित्व गर्छन्। उनीसँग आफ्ना वर्गीय चरित्र छन्। व्यवहार र सोच पनि निम्नमध्यम वर्गीय छ। तर कांग्रेसको सभापतिसम्म पुग्ने सिँढीमा निम्नमध्यम वर्गीय भोटबैंक नै अब छैन। त्यसैले कांगे्रसको सभापतिसम्म उनी पुग्लान् भनी विश्वास गर्न गाह्रो छ। अहिले त कांग्रेस पौडेलको वर्गमा पर्छ भनी विश्वास गर्ने आधार नै कमजोर छ। कांग्रेसको वर्ग नै फेरिएको छ। पौडेलको पनि वर्ग फेरिएको छ भने मात्र उनी सभापतिमा ‘कन्टेस्ट' गर्नसक्लान्!
कांग्रेसको वर्ग फेरिनुमा पौडेल स्वयं पनि कति जिम्मेवार छन् भनी उनी आफैले घोत्लिनुपर्ने देखिन्छ। छोटकरीमा कांग्रेस उच्च जाति र वर्गबीच फसेको छ। कांग्रेसको तेह्रौँ महाधिवेशनको अनेक पदमा दाबी गर्ने कुनै मधेसी, आदिवासी, जनजाति, महिला, मुसलमान र दलित छैनन्। सम्भवतः प्रतिस्पर्धाबाट केन्द्रीय सदस्य पनि यी समूहबाट जित्ने छैनन्। अनि कसरी कांग्रेसले राष्ट्रिय चरित्र लिनसक्छ, लिएको मान्ने? यो पार्टीको स्वरूप राष्ट्रिय चरित्रको बनाउने तेह्रौँ महाधिवेशनको पहिलो दायित्व हो। पौडेलपछि गुटगतरूपमा संस्थापन भनी चिनिने कोइराला कांग्रेस छ, त्यहाँबाट सभापतिको उम्मेदवार को होला?
कोइराला कांग्रेस
मातृकाप्रसाद कोइराला, बीपी कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले कांग्रेस पार्टीलाई नेतृत्व दिए, दिइरहेकै छन्। त्यसैले कोइराला परिवारलाई कांग्रेस चाहिएको हो कि कांग्रेसलाई कोइराला? अध्ययन–अनुसन्धानको विषय भएको छ। अहिलेका प्रधान मन्त्री तथा कांग्रेस सभापति सुशीलमा कोइराला परिवारको ‘लिगेसी' छैनभन्दा उनका अग्रजमाथि अन्याय हुनजान्छ। छोटकरीमा भन्नुपर्दा, कांग्रेसमा कोइराला भावना बिकिरहेको छ। र, भावनाहरू नेपाली समाजमा विवेकभन्दा माथि हुन्छन् भन्ने कुरा प्रष्टै छ।
भावनाकै कारण बीपीको ‘लिगेसी' कांग्रेसमा दह्रो देखिन्छ। यस अर्थमा बीपीपुत्र शशांक कोइरालाले ‘कार्यकर्ताले चाहेमा सभापतिमा उठ्नसक्छु' भन्ने आधार त्यही हो। बीपीपुत्रको जस्तो आँट डा. रामशरण महत वा महेश आचार्यले गर्न सक्तैनन्। बीपीपुत्रलाई भीमबहादुर तामाङ र नरहरि आचार्यजस्तो कांग्रेस महाधिवेशन प्रतिनिधिले हल्कारूपमा लिनेछैनन्, सभापतिमा उठेमा। शशांकझैँ सुजाता कोइरालाले पनि कांग्रेस सभापतिमा सुशील नउठे आफू उठ्ने इच्छा व्यक्त गरिन्। तर वर्तमान प्रम तथा सभापति सुशील नै पुनः उठेमा पारिवारिक संस्कार भन्दै एकै ठाउँमा सबै उभिने छन् भनी अनुमान गर्न गाह्रो छैन।
माथिको कुराबाट कोइराला गुटलाई तेह्रौँ महाधिवेशनबाट सभापति बन्न कुनै चुनौती छैन त? यो प्रश्न स्वाभाविक उठ्छ। चुनौती प्रविधि र सञ्चार क्षेत्रबाट आउनसक्छ। जस्तोः कुनै पनि राष्ट्रिय मुद्दामा संसद्मा, पत्रकारमाझ र नेपाली जनताबीच कोइरालाहरू बहस तथा छलफलमा भाग लिँदैनन्, डा. शेखर कोइरालाबाहेक।
पहिलो पुस्ताका कोइरालासँग जति सजिलै आमजनताको पहुँच थियो दोस्रो पुस्ताका कोइरालाहरू आफूले चाहेको बाहेक अरुसँग भेट्न खासै रुचाउँदैैनन्। अर्थात् आफ्नो भजनमण्डलीबीच ती रमाउँछन्। बीपी स्वयं भन्नुहुन्थो ‘हामीपछिका सन्तान हाम्रा फाइभस्टार भए' भनी। आमनागरिकसँग होइन मध्यमवर्गसँग मिल्दो जीवनयापन दोस्रो पुस्ताका कोइरालाहरूमा छैन। तर कांग्रेस नै ‘हाइब्रिड' भएको बेला युवा कोइरालाहरूको तडकभडक अहिलेको राजनीतिमा शक्ति हुनसक्तैन भनी कसरी भन्ने!
छोटकरीमा कांग्रेस कोइरालाको हो कि होइन परीक्षणमा जाँदा त्यसको परिधिबाहिर जाने आँट गर्न अहिलेका ‘हाइब्रिड फाइभस्टार' कांग्रेसलाई गाह्रो पर्नेछ। दक्षिण एसियाको ‘डाइनेस्टी' राजनीतिले नेपाललाई असर गर्दैन भनी अनुमान गर्नु पनि सही नहोला। हो, पार्टी तल झर्नसक्छ, तर पार्टी नेतृत्व भने परिवारबाहिर जाने छाँट भारतमा देखिएन, नेपालमा पनि गाह्रो छ ।
त्यसो भए शेरबहादुर देउवा तेस्रो पटक कांग्रेस सभापतिमा उठ्दा उनको अवस्था कस्तो होला? यो छुट्टै विषय हुनसक्छ र लामो पनि छ। अहिलेलाई देउवा कांग्रेस सभापति र कांग्रेस संसदीय दलमा पटकपटकको हारले त्रसित भएको हुनुपर्छ भन्ने अनुमानमात्र गर्नसकिन्छ। उनका शुभचिन्तकले जितको विश्वसनीय आधारबिना उनलाई तेह्रौँ महाधिवेशनमा उठ्नबाट रोक्नसक्छन्, सभापतिमा हारको ‘ह्याटि्रक' हुन नदिन। तर कांग्रेस महाधिवेशनसामु को सभापति हुन्छभन्दा पनि महत्वपूर्ण कुरा अरु नै छन्। त्यो हो यो पटक कांग्रेस महाधिवेशनले प्रजातन्त्र पुनर्स्थापना भएको २५ वर्षमा आफ्ना उपलब्धि र कमी–कमजोरीको वस्तुनिष्ठ समीक्षा र सुधार गर्नु। कांग्रेसका नेतामात्र होइन महाधिवेशन प्रतिनिधिहरूले पनि महाधिवेशनमा आफ्नो सहभागिता र उपयोगितासिद्ध गर्न २५ वर्षको कांग्रेस नीतिको कडा समीक्षा गर्नु जरुरी छ।
मैले कांग्रेसका धेरै सभासद् र जिल्ला सभापति, महासमिति सदस्यसमक्ष राखेका कुरा यहाँ पनि राख्छु। सभापति को? प्यानलमा कोको? महामन्त्री कसलाई? यिनै र यस्ता कुराको प्राथमिकताले राष्ट्र र गाउँघर बन्दैन, कांग्रेसले सुधि्रने अवसर पनि पाउँदैन। त्यसैले माथि नै भनियो, कांग्रेस पार्टीमा प्रतिनिधित्व गर्नेले राष्ट्रिय भावधारा बोकेको प्रष्टरूपमा देखिनुपर्छ।
कांग्रेसले विगत २५ वर्षमा लिएको आर्थिक उदारीकरणको सीमा, प्रभाव र कार्यान्वयन पक्ष तथा कमी–कमजोरीको बहस जरुरी छ। कृषिलगायत विभिन्न क्षेत्रमा सरकारले विगतमा गरेको अनुदान र सहयोग कटौतीको समीक्षा, प्रभाव देशमा केकस्तो पर्योर? महाधिवेशनको विषय हुनुपर्छ। किनकि खेतहरू बाँझो भए र कांग्रेसले किसानको विषयमा बोल्न छाडे।
सार्वजनिक यातायतको निजिकरणको मुद्दा अब जनताको जिउधन र देशभित्र आवतजावत गर्ने कि नगर्ने भन्ने हदसम्म पुगेको छ। तसर्थ, कम्तीमा लामो दूरीको सार्वजनिक यातायत सरकारले नै चलाउनुपर्छ भन्ने मुद्दा उठ्नु जरुरी छ। भोलिका दिनमा प्रदेशहरूबीचको अन्तरसम्बन्ध र प्राकृतिक स्रोतसाधनमाथिको स्वामित्व केन्द्र र प्रदेशबीच कसरी बाँडफाँट गर्ने भन्ने आजको ज्वलन्त विषय हो।
वैदेशिक नीति र नेपाली राष्ट्रियताबारे महाधिवेशनमा चर्को बहस गर्नुपर्छ कि पर्दैन? आमनागरिकको बुझाइ छ नेपालका नेताहरू विदेशीसामु लम्पसार पर्छन्। महाधिवेशन प्रतिनिधिहरू आफ्ना नेता स्वभिमानी र देशभक्त भएको हेर्न चाहन्छन् भने यो बहस पनि जरुरी भयो।
विकासको दृष्टिकोण के हो? विकास के हो? त्यो पनि परिभाषित छैन। आफ्नो देश सुहाँउदो विकास रणनीति के हो? त्यो पनि विदेशीले बनाएको मात्र छ। विदेशीले आधार बनाएका छन् नेपालको विकासबारे। ती आधारहरू हचुवा छन्, विश्वासिलो छैन। अब त्यस्तो हुनुभएन। कांग्रेसले कसको विकास गर्छ र विकास के हो? कांग्रेस आफैले परिभाषित गर्ने समय आयो। देशभित्र उठेका पहिचान र अधिकारका मुद्दाहरू कति जायज छन् र तिनले सामाजिक अस्थिरता र देशको अखण्डतामा पार्नसक्ने चुनौतीहरू केकस्ता छन्, यसमा सार्थक र भविष्यमुखी बहस महाधिवेशनको विषय हुनुपर्छ ।
शान्ति प्रक्रिया र संविधान निर्माण कार्य लामो भयो। यसबीच नयाँ ढंगले जातीय, वर्गीय र क्षेत्रीय द्वन्द्वहरू अगाडि आएका छन्। त्यस्तै, विदेशिएका नेपाली युवाका कारण सामाजिक मान्यताहरू विघटनको क्रममा छ। किन विदेशिए नेपाली मध्यपूर्व र मलेसियाको गर्मीमा? रोजगारीको अभाव के कारण भयो र भविष्यमा कसरी युवालाई देशमा टिकाउन सकिन्छ? यो ज्वलन्त प्रश्न राष्ट्रसामु छ।
मुलुकसामु धेरैखाले चुनौती छन्। ‘गुट'बाट माथि नउठी देशका समस्या सम्बोधन गर्न सम्भव छैन। माथिका चुनौती स्वीकार्ने नेता कांग्रेसमा आवश्यक छ। अतः कांग्रेसजनको लागिमात्र नेता छान्ने कि देश र नेपाली जनताको लागि कांग्रेसले सभापति चयन गर्ने? निर्णय गर्ने समय आयो।