काठमाडौं- व्यवस्थापिका संसद बैठकमा शुक्रबार सरकारको नीति तथा कार्यक्रममा छलफल सुरु भएको छ। छलफलमा सहभागी हुँदै विपक्षी दलका नेता पुष्पकमल दाहालले नीति तथा कार्यक्रम पट्यारलाग्दो भएको टिप्पणी गरे। 'नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा कसैको ध्यान पनि त्यता थिएन,' दाहालले भने, 'को माननीय र को सम्माननीय, सबै निदाएको देखियो। पोहोरपरारका फोटोकपीजस्तै लाग्यो।'
उनले नीति तथा कार्यक्रम हेर्दै जाँदा सबै भएको तर केही नभएको जस्तो देखिएको बताए। 'नीति तथा कार्यक्रममा नयाँ केही छैन,' उनले संसदमा सम्बोधन गर्दै भने, 'प्राथमिकता पनि छैन। कुन क्षेत्रलाई बढी जोड दिने भन्ने नै छैन। हेर्दा सबै सम्मै छ। सर्ररर जान्छ। रिदम छैन। सबै छ, तर हेर्दा केही पनि छैन।'
अहिले विकासको आधार कृषि नै भएको उल्लेख गर्दै उनले प्रत्येक गाउँमा कृषिक्रान्ति सुरु गर्न सक्ने गरी नीति तथा कार्यक्रम आउनुपर्ने भए पनि नआएको टिप्पणी गरे।
उनले वैदेशिक रोजगारीमा गएका युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने भए पनि त्यस्तो नभएको बताए।
'खाडीमा गएर अपमानित हुने होइन,' उनले भने, 'गाउँगाउँमा कृषिको व्यवसायीकरण गरिनुपर्छ।'
उनले कृषि अनुसन्धानका लागि कहिले पनि बजेट विनियोजन नहुने उल्लेख गर्दै जहाँ बढी भ्रष्टाचार हुन्छ, त्यहीँ नै विनियोजन हुने बताए।
'जहाँ बढी भ्रष्टाचार गर्न पाइन्छ, त्यहाँ बढी रकम छुट्ट्याइन्छ,' दाहालले भने, 'अनुसन्धानमा ध्यान जाने गरेकै छैन।'
उनले सोच र व्यवहारमा कुनै परिवर्तन हुन नसकेको टिप्पणी गरे। 'नीति–कार्यक्रम पुरानै छ,' दाहालले भने, 'सबै दलसँग सल्लाह गरेर ल्याएको भए राम्रो हुन्थ्यो। बजेटमा पनि सहमति गर्न सके राम्रो हुन्छ। परिवर्तनलाई आत्मसात गर्ने खालको हुनुपर्छ। सत्तारुढ दल अझै पनि परिवर्तन आत्मसात गर्ने पक्षमा छैन भन्ने कुरा स्पष्ट भएको छ।'
कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले भूकम्पपछिको पुनर्निर्माणलाई केन्द्रित गरेर नीति तथा कार्यक्रम आएको उल्लेख गरे। ऊर्जाको विषयमा सबै दलको साझा धारणा र सहमति हुनुपर्ने उनको भनाइ थियो।
एमाले नेतृ विद्या भण्डारीले भूकम्पपछिको पुनर्निर्माण र स्थानीय निकायको निर्वाचनमा नीति तथा कार्यक्रम केन्द्रित भए पनि परम्पराबाट माथि उठ्न नसकेको बताइन्।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नीति तथा कार्यक्रम निरस र दिशाहीन भएको टिप्पणी गरे। थापाले गणतन्त्रकाललाई जनताले पञ्चायतकालभन्दा पनि खराब रुपमा बुझेको टिप्पणी गरेका थिए।