काभ्रे–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम चुनावी घोषणापत्रजस्तो प्रचारमुखी भएको टिप्पणी गरेका छन्।सोमबार काभ्रेको धनेश्वरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले चुनावी घोषणापत्र जस्तो नीति तथा कार्यक्रम कार्यान्वयन हुन नसक्ने बताएका हुन्। उनले सरकारका मन्त्रीहरुले नै साउन भित्र सरकार परिवर्तन हुन्छ भनेकाले सरकारको दिनगन्ती सुरु भएको अवस्थामा यस्तो सरकारले ल्याउने बजेट प्रचारमुखी वाहेक केही नहुने जिकिर गरे।
उनले संविधान कार्यान्वयन गराउन, भूकम्पपीडितलाई राहत अनुदान दिन तथा पुनस्थापना गर्न सरकार पूर्णरुपमा असफल भएको दाबी गरे। उनले सरकार परिवर्तनमा पार्टीको कमजोरी प्रस्तुतीले पार्टीको छवि विगारेको बताए। उनले सरकार परिर्वतनको खेलमा पार्टीको कमजोर प्रस्तुतीले पार्टीको छविको विगारेको, कार्यकर्तामा निसारा छाएको र सो विषयमा आफूहरुले पार्टी सभापतिसँग छलफल गरेको जानकारी दिए। सो अवसरमा नेता सिंहले काभ्रेको नेता सिंहले धनेश्वरमा निर्माण हुन लागेको महादेव पाटीको शिल्यानाश गरे।