समाजमा भ्रष्टाचार
१७ चैत्र २०७१
•
१३ मिनेट पाठ
समाजमा भ्रष्टाचार
समकालीन समाजको सबैभन्दा ठूलो समस्या ‘भ्रष्टाचार' देखिएको छ। समाजले अवलम्बन गर्दै आएका मूल्यमान्यता, रितीरिवाज तथा संस्कृतिले भ्रष्टाचारलाई प्रेरित गरिरहेको देखिन्छ। व्यक्ति कस्तो सामाजिक परिवेशमा हुर्किएको छ र त्यो समाज कस्ता मूल्यमान्यतामा विश्वास गर्दछ भन्ने कुराले व्यक्तिको प्रवृत्ति, व्यवहार, चाहना, लोभजस्ता सवाललाई निर्धारण गर्दछ।नेपाली समाजमा चाकरी, चाप्लुसी, नजराना, कोसेलीपात, उपहारका नाममा ‘लेनदेन' चल्दै आएको छ। इमानदारलाई भन्दा धेरै पैसा कमाउने र सम्पन्न व्यक्तिलाई समाजले सम्मानित दृष्टिकोणले हेर्छ। छरछिमेक, टोल, समाज सबैतिर पैसा भएका मान्छेको उच्च आदर र सम्मान हुन्छ। त्यसैको प्रभावले व्यक्ति भ्रष्टाचार तथा अनियमितता गरेर भए पनि पैसा कमाउने र सामाजिक रवाफ बढाउने ध्याउन्नमा लाग्दछ। यही जगमा समाजमा भ्रष्टाचारजस्ता गलत क्रियाकलाप दिनदिनै झाँगिदै गएका छन्। पूर्व सचिव खेमराज नेपाल भ्रष्टाचारको प्रमुख कारणमा पैसाप्रतिको आशक्ति तथा सामाजिक मूल्यमान्यता र चालचलनलाई मान्दछन्। उनले आफ्नो पुस्तक ‘समाज संस्कृति र शासन'मा नेपाली समाज पैसालाई अत्यन्तै महत्व दिने, शक्तिलाई अत्यन्त आदर गर्ने र यस्तालाई प्रश्नसमेत नगर्ने भएकाले उच्च अधिकारीहरू जायज–नाजायज वा जसरी भए पनि पैसा संकलन गर्नेतर्फ लाग्ने र सोही कारण भ्रष्टाचारले फैलने मौका पाएको उल्लेख गरेका छन्।
जीवनभर आदर्शलाई महत्व दिएर बाँचेको व्यक्तिभन्दा भ्रष्टाचारबाटै भए पनि पैसा कमाएको व्यक्तिलाई नेपाली समाजले मानसम्मान दिन्छ। यहाँ व्यक्तिको सामाजिक सम्मान धनसम्पत्तिको आधारमा नापिन्छ। आदर्शलाई भन्दा पैसालाई महत्व दिने यस किसिमका सामाजिक मूल्यमान्यताका कारण समाजमा भ्रष्टाचार, अनियमितताले जरो गाडेको छ। विद्वान एसएस गिल हिन्दु सभ्यतादेखि नै सुरु भएको पैसा र सम्पत्तिलाई महत्व दिने सामाजिक मूल्यमान्यता र संस्कृति रहेकाले समाजमा भ्रष्टाचार थप संस्थागत भएको धारणा राख्छन्। उनका अनुसार सामाजिक संस्कार र रितीरिवाजको रूपमा मनाइने चाडपर्वले पनि पैसालाई थप महत्व दिएको छ। मान्यजनले आफूभन्दा सानालाई चाडपर्वमा वा अन्य समयमा टीका लगाइदिँदा धेरै पैसा कमाएस्, ठूलो घर बनाएस् भनेर दिने आशिर्वादबाट भ्रष्टाचारको संस्कृति प्रारम्भ भएको छ। यस किसिमको मूल्यमान्यताले समाजमा जरो गाड्दै जाँदा बालबालिका ठूलो भएपछि जसरी पनि पैसा कमाउनेबाहेक अरु कुरा सोच्दैनन्। यसले व्यक्तिलाई विस्तारै ‘अनियमितताप्रेमी' बनाउँदै लैजान्छ।
समाज विज्ञानका अर्का अध्येता जोन डिवे पनि व्यक्तिले गर्ने आचरण, व्यवहार र प्रवृत्तिमा ऊ जन्मे–हुर्केको समाज तथा संस्कृतिको प्रभाव पर्नेमा विश्वास गर्छन्। नेपाली समाजले व्यक्तिलाई उसको वाल्यकालदेखि नै पैसा कमाउन प्रेरित गरिरहेको हुन्छ। यस्तो सामाजिक संरचनामा हुर्किएको व्यक्तिले पैसालाई अत्यन्त महत्व दिने र जसरी भए पनि धनसम्पत्ति जोड्नेतर्फ क्रियाशील रहन्छ।
राजनीति तथा कर्मचारीतन्त्रमा रहेका व्यक्ति पनि यही समाजका उत्पादन हुन्। उनीहरूमा पनि सामाजिक, साँस्कृतिक मूल्यमान्यताको बलियो छाप परेको छ। आदर्शमा अडेका कर्मचारी तथा राजनीतिकर्मी पनि समाजले अपनाउँदै आएको मूल्यमान्यताका कारण विस्तारै पैसालाई महत्व दिनथाल्छन्। भ्रष्टाचार गरेर सम्पत्ति कमाउने राजनीतिकर्मी तथा कर्मचारी समाजमा सम्मानित छन्, पैसा नकमाउने उपहासको पात्र बन्छन्! भ्रष्टाचार गरेर अर्को व्यक्तिले आफ्नै अघिल्तिर ठूलो महल बनाएको सबैले देख्छन्। सो व्यक्तिले कसरी कमाएको छ भन्नेबारे सबैलाई थाहा हुन्छ, तर कसैले पनि त्यसबिरुद्ध उजुरी गर्दैनन्, बरु मानसम्मान गर्छन्! समस्याको मूल यहीँबाट सुरु हुन्छ।  
राणा शासनका बखत काम छिटो गरिदिएबापत डाली, पानसुपारी, कोटलगायतका वस्तु उपहार दिने चलन थियो। यस्तो उपहारलाई घुस मानिँदैनथ्यो, त्यो जायज मानिन्थ्यो। त्यसैले तल्लो तहका कर्मचारीदेखि सिँहदरबारसम्म, पियनदेखि प्रधान मन्त्रीसम्म ‘उपाहार' नपाई कामै नगर्ने अवस्था सृजना भयो। राणाशासनमा सुरु भएको काम छिटो गरिदिएबापत दिने उपहार नै कर्मचारीतन्त्रमा भ्रष्टाचार बढ्ने एक कारण रहेको इतिहासविद् भीमबहादुर पाँडेको दाबी छ।
समाजको आधुनिकीकरणसँगै पैसाको महत्व झनै बढेर गएको छ। पुँजीवादी उत्पादन प्रणालीले उपभोक्तावादी सामाजिक मूल्यमान्यता दह्रो बनाइदिएको छ। जसले बिनापरिश्रम छिटो पैसा कमाउने दौडमा लाग्न नागरिकलाई प्रेरित गरिदिएको छ। विद्वान गिल भन्छन्, ‘पँुजीवादी उत्पादन प्रणालीमा पैसाको महत्व बढेर गएको छ। जति समाज पुँजीवादी उत्पादन प्रणालीमा समाहित हुँदै जान्छ र त्यसका मूल्यमान्यतालाई आत्मसात गर्दै जान्छ, भ्रष्टाचार पनि उत्ति नै बढ्दै जान्छ। पुँजीवादी उत्पादन प्रणालीको जगमा निर्माण भएको व्यक्तिवादी तथा उपभोक्तावादी मूल्यमान्यताको कारण समाजमा भ्रष्टाचार बढिरहेको छ।'
बृहत्रूपमा अध्ययन गर्दा ४ किसिमका सामाजिक मूल्यमान्यताले भ्रष्टाचारलाई बढाइरहेको देखिन्छ। पहिलो, धर्मको आडमा बनेका सामाजिक मूल्यमान्यता। जस्तो कुवेर धनका देवता भएका कारण सम्पूर्ण देवीदेवता आर्थिक अभाव हुनेबित्तिकै उनलाई भेट्न जाने, उनको तारिफ गर्ने गरेका धार्मिक कथन छ। यसैगरी, धनकी देवी लक्ष्मीलाई विशेष चाडको रूपमा दीपावली मनाएर खुसी पार्ने प्रयास गरिन्छ। यस किसिमका धार्मिक मान्यतालाई भोगेर हुर्किएकोे व्यक्तिले पैसालाई विशेष महत्व दिन्छ नै। धनी बन्ने दौडमा जस्तोसुकै काम गर्न पनि पछि पर्दैन।  
दोस्रो, संस्कार र संस्कृतिको जगमा निर्माण भएका सामाजिक मूल्यमान्यता। यसअन्तर्गत समाजले अवलम्बन गर्दौं आएका संस्कार, संस्कृति तथा रितीरिवाजले बनाएका मूल्यमान्यतालाई राख्नसकिन्छ। विजया दशमीमा मान्यजनबाट टीका ग्रहण गर्दा धेरै पैसा कमाएस्, गाडी किनेस्, सहरमा घर बनाएस्जस्ता आशिर्वाद दिइन्छ। नैतिकता र आदर्शलाई भन्दा धनसम्पत्तिलाई महत्व दिने संस्कारको दबदबा बढ्दै गएका कारण व्यक्ति पैसाको पछि दौडिरहेका छन्।
तेस्रो, उत्पादन प्रणालीले स्थापित गरेका मूल्यमान्यता। खासगरी, पुँजीवादी उत्पादन प्रणालीले स्थापित गरेका उपभोक्तावादी मूल्यमान्यताका कारण समाजमा पैसाको महत्व बढ्दै गएको छ। यसबाट एकआपसमा सरसहयोगको भावना हराउँदै गएको छ। हरेक काम गर्न पैसा भए सम्भव हुने नत्र नसकिने अवस्था बनेको छ। यस किसिमका सामाजिक संरचनाको जगमा उभिएका व्यक्ति कस्ता होलान्!    
चौथो, इतिहासको जगमा स्थापित भएका मूल्यमान्यता। अघिल्लो शासनव्यवस्थाका प्रतिनिधिले गरेको भ्रष्टाचारलाई देखाएर पछिल्ला शासकले समेत खुल्लेआम अनियमितता गरिरहेको पाइन्छ। शाहकालमा भ्रष्टाचार गरी अकूत सम्पत्ति जोडेको इतिहास देखाउँदै राणा शासकले सोहीअनुसार आफूले पनि सम्पत्ति जोडेको बताए। प्रजातान्त्रिक, पञ्चायती तथा गणतान्त्रिक शासनकालमा अघिल्लो शासन व्यवस्थामा भएको भ्रष्टाचारलाई देखाएर आफूले अलिकति कमाउनु ठीकै हो भन्ने राजनीतिकर्मी तथा प्रशासकको कमी छैन। २०३८ सालमा स्वतन्त्र व्यक्तिले पनि आमनिर्वाचनमा भाग लिन पाउने गरी पञ्चायती संविधान संशोधन गरियो। त्यसपछि सरकार बनाउने नाममा सांसद किनबेच सुरु भयो। सांसदहरूलाई भन्सार छुटमा गाडी ल्याउने सुविधा दिइयो। २०५२ सालमा देउवा सरकारले पनि यही शैली अपनायो। पञ्चायतकालमा सुन तस्करी गर्न छुट दिएर राजनीतिक भ्रष्टाचार बढेको थियो। २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको सरकारले त्यही बाटो रोज्यो। २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेस तथा नेकपा एमालेका नेता तथा कार्यकर्ताले जुन तरिका र शैलीका साथ भ्रष्टाचारमा संलग्न भए, त्यसकै जगमा टेकेर र थप अघि बढेर एनेकपा माओवादीले भ्रष्टाचार गर्योय। यसरी इतिहासमा स्थापित भएका भ्रष्टाचारका शैली र प्रकृतिको जगमा थप भ्रष्टाचार हुँदै गए।  
समाजशास्त्रले सामाजिक मूल्यमान्यतालाई बृहत् सामाजिक संरचनाको रूपमा लिन्छ। यस संरचनाकै जगमा व्यक्तिको आचरण निर्माण हुन्छ। जोन डिवे भन्छन्, ‘हामी अहिले जे र जस्तो छौँ त्योे सबै समाज, संस्कार र संस्कृतिको उपज हो।' यही भनाइलाई आधार मान्दा पनि भ्रष्टाचार तथा भ्रष्ट प्रवृत्ति समाज, संस्कृति रितीरिवाजकै उत्पादन हो। त्यसैले भ्रष्टाचार नियन्त्रण गर्नका निम्ति सामाजिक मूल्यमान्यतालाई परिवर्तन गर्ने गतिविधिलाई पनि सँगसँगै सञ्चालन गर्नु आवश्यक छ।


अर्को समाचार
‘भ्रष्टहरुले नै भ्रष्टाचार विरोधी नाटक गरेर जनता अलमल्याए’
०२ भदौ २०८१
•
१ मिनेट पाठ
‘भ्रष्टहरुले नै भ्रष्टाचार विरोधी नाटक गरेर जनता अलमल्याए’
प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भ्रष्टहरुले नै भ्रष्टाचार विरोधी नाटक गरेर जनता अलमल्याउने काम गरिरहेको जिकिर गरेका छन्।




नेपाल खेलकुद महासङ्घको केन्द्रीय कमिटीको तेस्रो बैठकको उद्घाटन सत्रलाई आज (आइतबार) सम्बोधन गर्दै उनले भने यस्तो बताएका हुन्।

भ्रष्टाचार नगर्नेलाई तथानाम गाली गरेर असत्य फैलाउन भ्रष्टहरू नै लागिपरेको उल्लेख गर्दै उनले सत्यका पक्षमा प्रस्तुत हुन आग्रह गरे। 

उनले भने “देशमा शान्ति, सुव्यवस्था र कानुनको राज नहोस् भन्ने, वितण्डा मच्याउन खोज्ने, सरकार र देशलाई असफल पार्ने प्रयास पनि हुन सक्छन्। तपाईंहरुले यस तर्फ पनि सचेत भएर लाग्नुपर्छ।”

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले समाजमा योगदान नगरेकाहरुलाई तारिफ गरेर माथि उठाउने र लोकतन्त्रका लागि योगदान गरेकाहरुलाई गाली गर्ने काम भइरहेको बताए।

"म तपाईंहरुलाई भन्न चाहन्छु, अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका लागि र सुशासन कायमका लागि बनेको हो। यसमा हामी शून्य सहनशीलता अपनाउँछौँ। अनुहार र मुख हेरेर कसैलाई पक्ष विपक्ष गरिँदैन। सभ्य, आधुनिक, समृद्ध र सुखी नेपालको विकासमा हामी लाग्नेछौं।”

प्रधानमन्त्री ओलीले खेल क्षेत्रलाई उठाउने र यस क्षेत्रका सबै विधालाई जीवनशैलीका रुपमा अपनाउने कामको नेतृत्व गर्ने जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।

उनले बालबालिकादेखि बुढाबुढीसम्मलाई आफ्नो क्षमता र रुचिअनुसार, खेल एक जीवनको अङ्ग भएकाले खेललाई व्यापकीकरण र सामाजिकीकरण गर्न आग्रह गरे।

खेलले मनोरञ्जन, व्यायाम र प्रतिस्पर्धाको अवसर दिने बताउँदै उनले सबै पेसा व्यावसायका मानिसका लागि खाना, काम, व्यायाम र व्यायामको प्रबन्ध नभए जीवन कुँजो हुने उल्लेख गरे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस