समकालीन नेपाली समाजमा अस्थिर राजनीतिलाई पनि पछाडि पार्नेगरी भ्रष्टाचारको समस्या अगाडि आइरहेको छ। मुलुकका हरेक संयन्त्र तथा निकायहरु भ्रष्टाचार, अनियमितताको दुष्चक्रमा फसेका छन्। केन्द्रीय तहदेखि स्थानीय तहसम्म संस्थागततवरले भ्रष्टाचार बढ्दै गइरहेको छ। केही समयअगाडि मात्रै सार्वजनिक भएको ट्रान्सपरेन्सी इन्टरनेसनलको सूचांकमा नेपाल अति भ्रष्ट मुलुकको सूचीमा परेको उल्लेख छ। सन् २००४ देखिको सूचांक हेर्ने हो भने पनि नेपाल संसारका अति भ्रष्टाचार हुने र भ्रष्टाचार प्रत्येक वर्ष बढिरहने मुलुकमध्येमा पर्छ। यसरी संस्थागत तवरबाटै भइरहेको भ्रष्टाचारलाई राजनीतिक क्षेत्रले संरक्षण गरिरहेको कुरा छर्लंगै छ। नेपालमा दिनदिनै भ्रष्टाचार बढ्दै जानु र त्यसले संस्थागत रूप धारण गर्नुले विभिन्न समस्या निम्त्याइरहेको छ। भ्रष्टाचार नियन्त्रणका लागि स्थापना गरिएका संस्था, निकाय तथा कानुन निष्प्रभावी बन्दै गइरहेको छ। कडा कारबाहीसहितको कानुन निर्माण गर्दा पनि भ्रष्टाचार घट्नुको सट्टा बढ्दै गइरहेको छ। उच्च तहका राजनीतिक नेताहरु भ्रष्टाचारको अभियोगमा जेल जाँदासमेत भ्रष्टाचार गर्न किन कोही डराइरहेका छैनन्? नियन्त्रणका स्पष्ट र महत्त्वपूर्ण प्रावधानसहितको भ्रष्टाचार निवारण ऐन २०५९ जारी हुँदा पनि किन भ्रष्टाचार घट्नुको साटो बढ्दै गइरहेको छ? यी प्रश्नको बहुआयामिक दृष्टिकोणबाट छलफल र बहस गर्दै जवाफ नखोजेसम्म नियन्त्रणका प्रयास यसैगरी निरर्थक भइरहने छन्।
वास्तवमा नेपालमा भ्रष्टाचारलाई हेर्ने, बुझ्ने र त्यसको विश्लेषण गर्ने एकांकी दृष्टिकोण छ। जसले गर्दा समस्या बढिरहेको छ। अर्थतन्त्रभित्रका हरेक गतिविधिलाई र्यास्नल अर्थात् विवेकशील भन्ने अर्थशास्त्रीय दृष्टिकोण र व्यक्तिको स्वार्थ तथा लोभका कारणले मात्र भ्रष्टाचार हुन्छ भनी व्याख्या गर्ने कानुनी दृष्टिकोणका आधारमा मात्र भ्रष्टाचारलाई बुझ्ने प्रयास गरिरहँदासम्म यसको नियन्त्रणका प्रयास यस्ौगरी असफल हुँदै जानेछन्। वास्तवमा भ्रष्टाचार बुझ्न र व्याख्या/विश्लेषण गर्न समाजशास्त्रीय ज्ञानको आवश्यकता छ।
भ्रष्टाचारका कारणहरु खोजी गर्ने हो भने परिवारको अपेक्षा सबैभन्दा महत्त्वपूर्ण कारणका रूपमा अगाडि आउँछ। मानवशास्त्री लरिसा लोमिनाजले बीसौं शताब्दीको मध्यतिर चिलीका मध्यमवर्गीय व्यक्तिहरुमा गरेको एक अध्ययनमा राजनीतिक नेतृत्व वर्ग, कर्मचारी तथा अन्य सार्वजनिक पद धारण गर्ने अधिकारीहरुले आफ्नो परिवार, नातेदार तथा इष्टमित्रहरुको अपेक्षा र चाहना पूरा गर्नका लागि भ्रष्टाचार गर्ने गरेको तथ्य भेटेका थिए। अध्ययनका क्रममा भ्रष्टाचारमा संलग्न भएका अधिकारीहरुले आफ्ना श्रीमती, छोराछोरीका जायज तथा नाजायज अपेक्षा पूरा गर्ने क्रममा भ्रष्टाचार गर्नुपरेको बताएका थिए।
यसैगरी भारतका पूर्व केन्द्रीय सतर्कता आयुक्त एन भित्तलको भर्खरै प्रकाशित इन्डिङ करप्सन पुस्तकमा पारिवारिक अपेक्षाका कारण भारतमा भ्रष्टाचार मौलाएको तथ्य पेश गरेका छन्। भित्तलका अनुसार भारतका ठूलाखालका भ्रष्टाचार परिवारको अपेक्षालाई पूरा गर्नको लागि भएका छन्। उनले जातलाई परिवारको विस्तारित रूप भएको उल्लेख गर्दै त्यसैको कारण भ्रष्टाचार संस्थागत भएको तथ्य पेश गरेका छन्।
वास्तवमा नेपालमा पनि अधिकांश ठूला भ्रष्टाचारका काण्डहरुमा जिम्मेवार अधिकारीका परिवारका सदस्यहरुको भूमिका रहेको स्पष्ट छ। धमिजा काण्ड होस् या चेजएयर काण्ड परिवारको अपेक्षा पूरा गर्ने क्रममा भएका थिए। केही समयअगाीड सार्वजनिक भएको टेलिफोनको कल बाइपास काण्ड होस् वा अकुत सम्पत्ति कमाएको अभियोगमा दायर भएका मुद्दा हेरांै, सबैमा परिवारका सदस्यहरुको भूमिका महत्त्वपूर्ण छ। यस्ता हरेक घटनामा परिवारका सदस्यहरुको, नातागोताहरुको अपेक्षालाई पूरा गर्ने नाममा भएका छन्। तर नेपालको कानुनले यस तथ्यमा ध्यान पुर्याउन सकेको छैन। समेट्न सकेको छैन।
यसैगरी नेपाली कानुनले भ्रष्टाचारलाई व्यक्तिगत सवालका रूपमा लिँदै आएको छ। आमनागरिकले समेत भ्रष्टाचारलाई व्यक्तिगत मनोविज्ञान, लोभ, चाहना र आवश्यकताले निम्तिने गलत कार्यका रूपमा परिभाषित गर्दै आएको छ। तर, भ्रष्टाचार व्यक्तिको लोभका कारणले मात्र हुने होइन। यो सामाजिक संरचनाको उपज हो। संरचनात्मक कारणले गर्दा भ्रष्टाचारको समस्या दिनदिनै बढ्दै गइरहेको छ। पुँजीवादी उत्पादन प्रणालीमा जसरी पनि सम्पत्ति जम्मा गर्नुपर्ने मानसिकताबाट व्यक्ति ग्रस्त हुन्छ। ठूलो घर, महँगो गाडी हुनेको सामाजिक हैसियत बलियो हुन्छ। त्यही सामाजिक हैसियत वृद्धि गर्नका लागि जसरी भए पनि सम्पत्ति जोड्ने लालसामा व्यक्ति दौडन्छ।
व्यक्तिको चाहना निर्माण सामाजिक संरचनाले गर्ने हो। उसको आवश्यकता, लोभ, स्वार्थ, सोचाई सबै सामाजिक संरचनाको उपज हो। नेपाली समाजको संरचनाले व्यक्तिको नैतिकतालाई खासै महत्त्व दिँदैन। सम्पत्ति, घर बंगालाले उसको सामाजिक प्रतिष्ठा कमाउँछ। सम्पत्तिवाल व्यक्तिलाई आदर गर्ने र सम्मान गर्ने संरचनाका कारणले गर्दा भ्रष्टाचार बढ्दै गइरहेको छ। रातारात करोडपति बनेको व्यक्तिको सम्पत्तिको स्रोत खोज्ने भन्दा पनि उसलाई सम्मान गर्ने संस्कारले भ्रष्टाचारलाई मलजल गरिरहेको छ।
एसएस गिलले आफ्नो पुस्तक द प्याथोलोजी अफ करप्सनमा भ्रष्टाचारका कारणहरुबारे विस्तृतरूपमा उल्लेख गरेका छन्। संस्कृति, ऐतिहासिक सवाल, संरचनात्मक पक्ष, सामाजिक बनोटले भ्रष्टाचार निम्त्याउँछ भन्ने उनको निष्कर्ष छ। गिल भन्छन्– भ्रष्टाचारलाई व्यक्तिको स्वार्थको उपजका रूपमा मात्र लिनुहुन्न किनकि व्यक्तिको स्वार्थ पनि संरचनाकै उपज हो। त्यसैले भ्रष्टाचारको कारण खोज्ने हो भने व्यक्तिको स्वार्थभन्दा टाढा पुग्नुपर्छ, जुन सामाजिक संरचना हो।
डा. देवेन्द्रराज पाण्डेले पनि आफ्नो लेख डेमोक्रेसी एण्ड करप्सनमा भ्रष्टाचारलाई सामाजिक संरचनाको उपजका रूपमा व्याख्या गरेका छन्। डा. पाण्डे लेख्छन्– व्यक्ति जे हुन्छ, त्यो समाज, संस्कार र संस्कृतिको उपज हो। सामाजिक संरचनालाई भुलेर व्यक्तिलाई मात्र केन्द्रमा राखेर बुझ्ने प्रयास गरेसम्म भ्रष्टाचारलाई वास्तविकरूपमा बुझ्न सकिन्न।
व्ाास्तवमा भ्रष्टाचार सामाजिक संरचनाको उपज हो। व्यक्ति कस्तो समाजमा हुर्कन्छ? कुन रूपमा उसलाई सामाजिकीकरण गरिन्छ? समाजले केलाई ठीक र केलाई बेठीक भनेर व्यक्तिलाई सिकाउँछ? कस्तो व्यक्तिलाई आदर सत्कार गर्छ? कुनै पनि सार्वजनिक पद धारण गर्नेबित्तिकै समाजले ऊबाट के अपेक्षा राख्छ? जस्ता यावत् सवालले व्यक्तिको चाहना, सोचाई र दृष्टिकोण निर्माण गरिरहेको हुन्छ। व्यक्तिका हरेक गतिविधि यसभन्दा फरक हुन सक्दैन। भ्रष्टाचार नियन्त्रणको रणनीति बनाउँदा यस्ता संरचनालाई समेत समेट्नु जरुरी छ।
राजनीतिक दलका नेताहरु भ्रष्ट हुनु पार्टीका समकक्षी तथा कार्यकर्ताको दबाबले समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ। पार्टी सरकारमा जानेबित्तिकै मन्त्रीहरु हुन्ो नेतालाई पार्टीका अरु नेताले आफन्त, नातागोतालाई जागिर लगाइदिन दबाब दिने गर्छन्। मन्त्री हुने व्यक्तिले पार्टीलाई ठूलो रकम चन्दा दिनका लागि दबाब दिन्छन्। पार्टीको कार्यक्रममा देश दौडाहाका लागि हेलिकप्टर उपलब्ध गराइदिनुपर्ने बाध्यता नेतालाई हुन्छ। यसैगरी कार्यकर्ताले आफूलाई ठेक्कापट्टा पारिदिनका लागि नेतामाथि दबाब दिन्छन्। जागिरका लागि दबाब दिन्छन्। पार्टीका पेशागत संगठनमा रहेका कर्मचारीले आकर्षक स्थानमा सरुवा गरिदिनका लागि दबाब दिन्छन्। यस्ता दबाब पूरा गर्नका लागि नेताले भ्रष्टाचारको विकल्प देख्दैन। भ्रष्टाचार गरेर पार्टीलाई चन्दा दिने, कार्यकर्ता पाल्ने गर्छन्। भ्रष्टाचारको कारण खोजी गर्ने क्रममा यस किसिमको सामाजिक यथार्थतालाई भुलेर वास्तविकता पहिल्याउन सकिँदैन।
भारतका पूर्व केन्द्रीय सतर्कता आयुक्त एन भित्तलले राजनीतिक भ्रष्टाचारको एउटा चक्र नै हुने उल्लेख गरेका छन्। त्यस चक्रमा पाँच किसिमका खेलाडी संलग्न हुने उनले उल्लेख गरेका छन्। जसमा राजनीतिककर्मी अर्थात् नेता, कर्मचारी अर्थात् बाबु, व्यापारी अर्थात लाला, एनजिओ अर्थात झोला र गुण्डा अर्थात दादा रहने भित्तलले उल्लेख गरेका छन्। राजनीतिक भ्रष्टाचारमा यी पाँच किसिमका खेलाडीको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै राजनीतिककर्मी अर्थात् नेतालाई मात्र कारबाही गरेर राजनीतिक भ्रष्टाचार नियन्त्रण गर्न नसकिने उल्लेख गरेका छन्। यसका लागि त राजनीतिक भ्रष्टाचारमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा संलग्न हुने सबै पक्षलाई कारबाहीको दायराभित्र ल्याउनुपर्ने भित्तलको निष्कर्ष छ।
न्ोपालको इतिहासदेखि हुँदै आएका भ्रष्टाचारका घटनालाई सुक्ष्मरूपमा अध्ययन गर्ने हो भने वास्तवमा परिवारको चाहना तथा अपेक्षा, सामाजिक संरचना र राजनीतिक भ्रष्टाचारको सवालमा राजनीतिक दलका समकक्षी र कार्यकर्ताहरुको अनावश्यक तथा अनुचित दबाब महत्त्वपूर्ण कारणका रूपमा रहेको पाइन्छ। तर नेपालको कानुनले भ्रष्टाचारका यस्ता पक्षबारे ध्यान पुर्याउन सकेको छैन। न्ोपालमा भ्रष्टाचार नियन्त्रणका लागि बनेको भ्रष्टाचार निवारण ऐनको परिच्छेद २ ले भ्रष्टाचार व्यक्तिगत कारणले हुने उल्लेख गरेको छ। जब नियन्त्रणका लागि बनेको कानुनले नै कारणहरुको समग्रतामा नभई अंशमा मात्र ध्यान दिएको छ भने कसरी नियन्त्रण हुन सक्छ? मननीय विषय हो।
अन्त्यमा
भ्ा्रष्टाचार व्यक्तिगत कारणले हुने होइन, बरु भ्रष्टाचारका लागि सामाजिक कारण जबर्जस्तरूपमा रहेका छन्। परिवार, नातागोताको अपेक्षा, छरछिमेकका दृष्टिकोण, राजनीतिक दल, तिनीहरुका नेता तथा कार्यकर्ताको दबाब भ्रष्टाचारको प्रमुख कारणका रूपमा विकास हँुदैछन्। अब भ्रष्टाचारीलाई कारबाही गर्ने भनेर लिने/दिने क्रममा संलग्नलाई मात्र कारबाही गरेर भ्रष्टाचार घट्नेवाला छैन। यसका लागि त उसलाई भ्रष्ट पार्नका लागि प्रेरित गर्ने पक्षहरुको पहिचान गर्नु, तिनीहरुलाई पनि भ्रष्टाचार नियन्त्रण र कारबाहीको दायराभित्र ल्याउनु जरुरी छ।
ल्ोखक त्रिविबाट समाजशास्त्रमा एमफिल गर्दैछन्