विद्यालाई सबै धनभन्दा मुख्य र विद्या दानलाई महादान ठान्ने नेपाली समाजमा शिक्षा क्षेत्रमै कहालीलाग्दो भ्रष्टाचार छ। एकातिर शिक्षाको व्यापारलाई राज्यले नीतिगतरूपमै प्रोत्साहित गरेको छ भने सार्वजनिक क्षेत्रका शैक्षिक संस्थाहरू भ्रष्टाचारको भासमा नराम्ररी भासिएका छन्। शिक्षाका सबै तह, क्षेत्र र पक्षमा भ्रष्टाचार व्याप्त छ।सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचारको अनुसन्धान र तहकिकात गर्ने गराउने कर्तव्य भएको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनबाट शिक्षा क्षेत्रमा व्यापक भ्रष्टचार रहेको पुष्टि भएकोे छ। आयोगमा आर्थिक वर्ष २०७० /७१ मा दर्ता भएमा २२ हजार ६०२ उजुरीमध्ये शिक्षा क्षेत्रका मात्रै २ हजार ९०० रहेछन्। शैक्षिक क्षेत्रको भ्रष्टाचारमा स्थानीय विद्यालयका शिक्षकदेखि शिक्षा मन्त्रालयका उच्च पदाधिकारीसम्मको संलग्नता रहेको छ। यसैगरी शैक्षिक संस्थामा भौतिक पूर्वाधारको निर्माणदेखि नक्कली प्रमाण पत्र बेच्नेसम्मका अपराधमा शिक्षा क्षेत्रकै जिम्मेवार व्यक्ति संलग्न रहेको पनि अनुसन्धानका क्रममा भेटिएको खुलासा प्रतिवेदनमा गरिएको छ। अर्थात्, नेपालको शैक्षिक क्षेत्रमा व्याप्त भ्रष्टाचार निकै भयावह भइसकेको छ र यसबाट सिंगो राष्ट्रकै भविष्य आक्रान्त हुने निश्चित् छ।
हुनत, भ्रष्टाचार नेपाली समाजमा नौलो विषय हैन। घुस लिने र दिने चलन पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा पनि पुरानो हो। उनको दिव्योपदेशमै ‘घुस लिने र दिने’लाई राज्यको शत्रु मानिएको छ र तिनको ज्यानै दिए पनि पाप लाग्दैन भन्ने ठोकुवा गरिएको छ। तर, उनीपछिका शासकहरू सबै नै भ्रष्टाचारमा लिप्त भइरहे। बिस्तारै सार्वजनिक पदमा बसेर भ्रष्टाचार गर्नुलाई समाजले ‘पौरख’ मान्न थाल्यो। देशमा जतिपटक राजनीतिक र सामाजिक परिवर्तन भए पनि भ्रष्टाचार रोकिएन। बरु, त्यसको उत्तरोत्तर विस्तार भइरह्यो। तैपनि, शैक्षिक क्षेत्र अपेक्षाकृत भ्रष्टाचारबाट जोगिएकै थियो। पछिल्लो दशकमा शैक्षिक भ्रष्टाचारको आयाम र आकार दुवै निकै फराकिलो र गहिरो हुनपुगेको छ। विशेषगरी झन् केही वर्ष यता त ‘सहमति’का नाममा सुरु गरिएको भागबन्डाको संस्कृतिले शैक्षिक क्षेत्रलाई बढी नै भ्रष्ट बनाएको छ। विश्वविद्यालयका उपकुलपतिमाथि भ्रष्टाचारको आरोप लाग्नु सिंगै समाजका लागि ग्लानि र क्षोभको विषय हो। यसले संसारकै सामु नेपालको शिर निहुराएको छ र नेपाली शैक्षिक संस्थाको साख घटाएको छ। यहाँका शैक्षिक संस्था भएका भ्रष्टाचारको खुलासाले नेपाली शैक्षिक संस्थाका प्रमाणपत्रलाई दिइएको मान्यतामा अन्तर्राष्ट्रिय जगत्मा पुनर्विचार हुन थाल्यो भने आश्चर्य हुनेछैन। यसबाट नेपाली विद्यार्थीको भविष्यमा निकै दूरगामी र गम्भीर प्रतिकूल प्रभाव पर्नसक्छ। यसैले शैक्षिक क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्न राज्यका सम्बन्धित निकाय, नागरिक समाज र सञ्चार माध्यम सबैले तत्कालै गम्भीर ध्यान दिनुपर्छ। मेडिकल माफियाको प्रभाव र हुँकार हेर्दा सरकारको सञ्चालन गर्नेमध्ये धेरै शैक्षिक भ्रष्टाचारका कारक र पात्र रहेको स्पष्ट देखिन्छ।
शैक्षिक क्षेत्रको भ्रष्टाचारको अनुसन्धान र तहकिकात गरेर आयोगले सही दिशामा पाइला चालेको छ र यसले निरन्तरता पाउनुपर्छ। तर, पटके दण्डात्मक कारबाहीले दोषीले सजाय पाए पनि समग्र स्थितिमा सुधार हुनसत्तै्कन। यसैले शैक्षिक क्षेत्रमा भागबन्डासँगै भ्रष्टाचार बढेको देखिएकाले सबैभन्दा पहिले राजनीतिक दलहरूबीच शैक्षिक पदाधिकारीको नियुक्तिमा भागबन्डा गर्नेे कुसंस्कार अन्त्य गर्नुुपर्छ। यसैगरी शिक्षकहरूको सक्रिय राजनीतिक संलग्नता पनि शैक्षिक क्षेत्रमा हुने भ्रष्टाचारको प्रमुख कारणमध्येको हो। भ्रष्ट शिक्षक र शिक्षा प्रशासनका कर्मचारीलाई राजनीतिक संरक्षण दिने प्रवृत्तिको अन्त्य नहुँदासम्म शैक्षिक क्षेत्रको भ्रष्टाचार कम हुँदैन। मुलुकलाई शैक्षिक अन्धकारमा प्रवेश गराएको कलंक मेटाउन राजनीतिक दलका नेेताहरूले शिक्षकलाई राजनीतिक स्वार्थमा प्रयोग र भ्रष्ट शिक्षकको राजनीतिक संरक्षण गर्ने कार्य तत्काल रोक्नुपर्छ। नागरिक समाजले पनि शिक्षा क्षेत्रको भ्रष्टाचारप्रति ‘शून्य सहनशीलता’को नीति अपनाएमात्र राजनीतिक नेताहरू शैक्षिक क्षेत्रमा हस्पक्षेप गर्न हच्किने छन्। शिक्षा क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्नसके गुणस्तरमा सुधार निकै सहज हुनेछ। शिक्षा क्षेत्रमा भागबन्डा, भ्रष्टाचार र गुणस्तरमा ह्रासका बीचमा सकारात्मक सहसम्बन्ध जो रहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवेदनमा औँल्याएका विषयप्रति सरकार गम्भीर हुनुपर्छ।