सञ्चारमाध्यमको प्राथमिकतामा परेको बालिका बलात्कारसम्बन्धी खबरले बलात्कारीलाई सर्वस्वसहित आजीवन कैदको सजाय दिलाएको छ। अहिलेसम्मका व्याख्या, सजायको प्रकृति र परिवारजनको अपेक्षा आदिले यसलाई समाज तथा अर्थराजनीति निर्मित विकृत समस्या हो भनेको छैन।समाज र परिवारको भूमिकालाई खोतलेको छैन। सामान्य बुझाइमा बलात्कार व्यक्तिमाथि हुने घटना हो। हरेक समवेदनामा कानुनी उपचार र सजायमात्र घुलमुल गरिएको देखिन्छ। विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल, अनौपचारिक कुराकानीमा लगाइने दोषहरू विभिन्न हुन्छन्। कमजोर राज्य, फितलो कानुन, अनैतिक र भावशून्य बलात्कारी आदी।
घटनाको अर्को बुझाइ- बलात्कारको जिम्मेवार बलात्कारी एक्लै हो भन्ने रहेको छ। हो, त्यसको भौतिक जिम्मेवार ऊ स्वयं हो तर उसलाई हुर्काउने समाज, भोगेको संस्कृतिको खोजी भने भएको देखिँदैन। घटनाको भौतिक जिम्मेवार व्यक्ति एक्लैलाई बोकाएर समाजलाई पर राखिएको छ। उसको सिकाइ गराइको सामाजिक तथा अर्थराजनीतिक संरचनात्मक चरित्रका आयाम केलाउने प्रयास भएको छैन। यसले बलात्कार थप सघन समस्या बन्दै गएको छ।
मानिस जैविक सत्य हो। आहार, विहार, यौनजस्ता साझा र अपरिहार्य प्रवृत्तिले यसलाई निरन्तरता दिएको हुन्छ। त्यो सामाजिकीकरणले धानिएको हुन्छ। भिन्न समाजमा हुने भिन्न सामाजिकीकरणले उस्तै विषय आहार, विहार, यौनलाई फरक फरक रूपमा बुझ्न, उपभोग गर्न सिकाउ"छ। यसैले व्यक्ति विशेषको चरित्र र स्वभावको निर्माण गर्ने हो। फरक व्यक्तिको फरक चरित्र र स्वभावले नै आफ्नै छोरी, दिदीबहिनी, आमासमानका बालिका वा नारी बलात्कारका वस्तु बनेका हुन्।
बलात्कारको चित्र
संयुक्त अधिराज्य अमेरिकाको 'फेडरल ब्युरो अफ इन्भेस्टिगेसन, सन् २००९ मा ८८ हजार १ सय अमेरिकी महिला बलात्कार र बलात्कारजन्य प्रयासको सिकार भएको तथ्यांक २०१० मा सार्वजनिक गरेको छ। यो प्रतिदिन औसत २ सय ४१ जना, प्रतिमिनेट १० जना तथा प्रत्येक तीन महिलामध्ये एकजना अर्थात् करिब ३४ प्रतिशत महिला बलात्कारबाट पीडित छन् भन्ने जानकारी हो। हुनत, यसमा पीडितको विस्तृत विवरण सार्वजनिक गर्न बलात्कारपछि पीडितले बेहोर्ने सामाजिक तथा आर्थिक कठिनाइले रोकेको हुन्छ। बलात्कार र बलात्कारजन्य घटनाको विश्वव्यापी सत्यले विकसित वा अविकसित दुवै समाजलाई चुनौती दिएको छ। भौतिक विकास हुनु र नहुनुका आधारमा यसलाई मापन गर्न सकिन्न भन्ने पनि यो उदाहरण बनेको छ।
सांस्कृतिक मान्यता, आर्थिक तथा लैंगिक असमानता, बलात्कारका बारेमा फेरिएको अवधारणा आदिले बलात्कारको विषय उमेर र क्षेत्रगत हिसाबले रूपान्तरण भएको छ। विश्व समाजमा बदलिएको अर्थतन्त्रको संरचना र चरित्र, सामाजिक सांस्कृतिक मान्यता तथा विश्वासको संरचना र चरित्र, राजनीतिक आदर्श र अभ्यासको संरचना र चरित्र आदिले महिलामाथि हुने बलात्कारका घटना, समान जैविक संरचना र चरित्र भएका बालिकातिर सरेको यथार्थलाई अस्वीकार गर्न सकिन्न। महिला सशक्तीकरण, महिला चेतना, शैक्षिक अवसरमा बढेको समानता आदिले महिला बलात्कारका घटना कम भएर त्यो बालिका तिर सोेझिएको हुनसक्छ। ओरेक नेपालले सञ्चालन गरेको 'नेसनल क्याम्पियन अगेन्स्ट रेप, २०१३'को तथ्यांकले पनि यही धारणा पुष्टि गर्छ। यसले बलात्कारका घटनामध्ये ६४ प्रतिशत १६ वर्षमुनिका बालिकामाथि भएको तथ्य सार्वजनिक गरेको छ।
संचारमाध्यममा आएका समाचार हेर्दा विश्लेषण गर्दा, बलात्कृतको सामाजिक तथा आर्थिक पृष्ठभूमि बलात्कारीको भन्दा तुलनात्मकरूपमा कमजोर वा तल्लो देखिएको छ। बलात्कृत हरेक ४ बालिकामध्ये ३ जनाकोे पृष्ठभूमि निम्नमध्यम वर्गीय परिवार, बजारउन्मुख समाज, एकात्मक परिवारमा हुर्कँदै गरेको देखिन्छ। अर्थात् ७५ प्रतिशत घटना बजारीया समाजमा भएको छ। गाउ"मा बढ्दै गरेको बजारीकरण, बजारमा बन्दव्यापार गर्नेमा बढ्दै गरेका बाहिरिया, बाहिरीयासँगको ठिक्कको सम्बन्धआदिले बालिका बलात्कार बढायो भन्न सकिन्छ। बलात्कार गर्ने पुरुषको उमेर समूह यही हुन्छ भन्न नसकिए पनि विवाहित पुरुषको संख्या ७२ प्रतिशतभन्दा बढी देखिन्छ। यौन सम्बन्ध बारेको अनुभवले प्रतिरोध गर्न नसक्ने यौन साथी र सजिलै फकाउन सक्ने भएकाले पनि अबोध बालिकालाई बलात्कारका सिकार बनाइएको हुनुपर्छ।
सांस्कृतिक विश्वास र सामाजिक संरचना
बलात्कारका घटनामा समाजशास्त्री स्टिभन ई. बार्कर सांस्कृतिक विश्वास र संरचनात्मक व्याख्यालाई दोष दिन्छन्। चलचित्रमा देखाइने यौनजन्य क्रियाकलापमा चित्रित हुने पुरुष सर्वोच्चता र नारी निरीहता, पुरुष विजय र नारी पराजयजस्ता सांस्कृतिक विम्बका प्रस्तुतिले पुरुष मानसिकतामा बलात्कारजस्तो जघन्य अपराधलाई पनि सामान्य बनाइदिन्छ। यही मनोविज्ञानलाई सांस्कृतिक संरचना, शैक्षिक प्रणाली र संरचना, आर्थिक प्रणालीगत संरचना, राजनीतिक आदर्श र आदर्शजन्य संरचनाले वैध बनाउन सघाएको छ। नारीलाई पुरुषको शासनको पात्र बनाएको छ।
सांस्कृतिक बुझाइमा यौनसम्बन्धमा महिला कमजोर हुन्छन् भन्ने छ। पुरुष सक्रियताविनाको पूर्ण यौनसम्बन्ध अकाट्य र असम्भव मानिन्छ। बलात्कारजन्य घटनामा महिलाका पहिरन वा व्यवहार जिम्मेवार हुन्छन् भन्नेजस्ता पुरुषवादी सांस्कृतिक विश्वासले धेरै महिला बलात्कारको सिकार भएका हुन्। यस्तो एकल सांस्कृतिक विश्वासको निर्माणमा महिला र पुरुषले बेहोरेका असमान स्रोतजन्य सामाजिक तथा अर्थराजनीतिक सम्बन्धका संरचनागत चरित्र जिम्मेवार रहेको देखिन्छ। स्कुले शिक्षामा विभेद, छोरालाई निजी विद्यालय र छोरीलाई सामुदायिक विद्यालयमा पढाउने, छोरालाई प्राविधिक शिक्षा र छोरीलाई अन्य शिक्षाजस्ता व्यवहारले अन्ततः नारीलाई बढी जोखिममा पारेको हुन्छ।
कस्तो छ हाम्रो समाज?
पूर्णतः बजारजन्य उपभोग र आफ्नै उत्पादनले नधानेको, परम्परागत कृषिजन्य उत्पादनलाई बेहोर्दै गरेको समाज नै हामीले भोग्दै गरेको समाज हो। बजारले हामीलाई आधा बजारिया र आधा गुजारा चलाउने किसानजस्तो बनाइदिएको छ। बजार भोग्न धेरै पुरुष, थोरै महिला देशबाहिर जागिर खान गएका छन्। जागिर खान नजाने धेरै महिला, थोरै पुरुष छोराछोरी बढाउन बजारिया बन्ने क्रम २०६०को दशक यता ह्वात्तै बढेको छ। धेरै बजारमा डेरा गरेर बस्छन्। थोरै सानोतिनो व्यापार गरेर बस्छन्। बजारमा जन्मिएका वा गाउ"मा जन्मिएर बजार पसेका बच्चाले बजारमा बनाउने सम्बन्ध गाउ"को जत्तिको भरपर्दो र विश्वसनीय नहुन सक्छ। भएपनि थोरै होलान्। यही कच्चा सम्बन्धको जगमा बच्चाहरू खासगरी बालिका असुरक्षित हुन्छन् र त्यसको फलस्वरूप तिनले बलात्कारजस्तो समस्या र पीडा बेहोर्नु परेको देखिन्छ।
लैंगिक विभेद हुनुहुन्न भन्ने बुझेको तर व्यवहारमा बानी नपरेको समाजमा अझै पनि शिक्षादीक्षा, स्वास्थ्य, रोजगार वा पेसाजस्ता अवसरमा पुरुषलाई छनोटको सुविधा र महिलालाई स्वीकार्नुपर्ने बाध्यता छ"दैछ। स्वामित्व, नियन्त्रणमा पुरुष एकाधिकार कायमै छ। मुख्यतः आर्थिक अवसर र पहु"चले कमजोर महिलालाई आर्थिक दबाबमा राख्न सकिन्छ भन्ने चिन्तन, अभ्यास वा प्रलोभनको प्रवृत्ति यथावतै छ। यसले छोरा र छोरीलाई बुझ्ने, हुर्काउने तरिकामा अग्लो विभेद खडा गरेको छ। छोरी विवाहसम्मको दायित्व र छोरा जीवनपर्यन्तको भरोसा भन्ने मान्यता प्रबल तथा व्याप्त छ। स्रोतसाधन, भोगचलन, स्वामित्वको हस्तान्तरण पद्धति तथा अभ्यासले छोरालाई लगानी र छोरीलाई खर्चको शीर्षकजस्तो बनाएको देखिन्छ।
पुरुष नियन्त्रित स्रोत र साधनले यौनेच्छा, यौनप्राप्तिको प्रयास, उपायको खोजीजस्ता सबै पुरुष प्रयास उचित र स्वाभाविक भन्ने बनाइदिएको देखिन्छ। थोरै फेरिएजस्तो देखिएपनि शक्ति अभ्यासमा पुरुष सदैव सबल भन्ने चिन्तन गतिशील नै छ। पुरुष शक्ति अभ्यासको बहुल विषय र सबैजसो समय विभिन्नरूपमा महिला नै भन्ने जड स्थापित देखिन्छ। सानो हु"दाछँदा आमा, किशोर हुँदारहँदा केटी साथी वा प्रेमिका, विवाहित भइसकेपछि पत्नी र अन्यमा तलमाथि, सबलदुर्बल, भोगीभोग्या आदिका रूपमा बुझाइए।
पेचिलो लैंगिक सम्बन्ध
हाम्रो समाजको लैंगिक सम्बन्धले अहिलेपनि नारीसँग जोडिएका कुरा वा घटना नारीमात्रको हो भन्दैआएको छ। बलात्कारजस्तो जघन्य अपराध जो निरपेक्ष छ। यसले पहाड, हिमाल, तराई, जातजाति क्षेत्र समुदाय, उमेर, पेसा, योग्यताआदि केही भन्दैन। यसमा पुरुषमहिला भनेर सचेतना मागदाबीको लागि भूमिकामा भिन्नता देखिइरहेको छ। महिलामात्रको बनेको छ। महिलाको कुरा पुरुषले उठाउनुलाई अझै पनि उचित मानिदैन। महिलाका लागी पुरुष पेसाकर्मी, अधिकारकर्मी अगाडि सरेको खासै देखिएको छैन।
लिंगका आधारमा हुने विभेद घटाउन निर्माण भएका कानुनहरूको प्रभावकारी कार्यान्वयन भएको देखिँदैन। समाजले बजारको उपभोगमा आफ्नो दैनिकी अभ्यस्त गर्दै लगिरहेको भए पनि आम्दानी सिर्जना गर्ने पुरुषमात्र हो भन्ने सोच अद्यपि छ। छोरीको आर्थिकजन्य बाहुल्य सक्रियता अपाच्य नै छ। छोरीले जागिर खाने, व्यापारव्यवसाय गर्ने, रोजगारी गर्न विदेेश जाने विषयमा संकीर्णता कायम छ। बजारीया समाजमा यो केही कमजोर होला तर अन्य समाजमा यो अझै बलियो र बाक्लो छ।
सजाय नै निराकरण होइन
बलात्कारीलाई दिइने सजाय तत्कालीन उपाय हो। यो दीर्घकालीन समाधान होइन। यसका लागि समाजको विभिन्न पक्षको संरचनात्मक चरित्र परिवर्तन गर्नु जरुरी हुन्छ। त्यसले बलात्कारप्रतिको दृष्टिकोण बदल्न सक्नुपर्छ।
राजनीतिक समाजशास्त्री इर्जा भोगेलले दक्षिण एसियाली पुरुषको बाल्यकालको सामाजिकीकरण तिनमा आफू 'महान्' ठान्ने आत्मकेन्द्रित मान्यताको विकास गराउन जिम्मेवार भनेका छन्। व्यक्तित्वको बुझाइ, खानपानलगायतको बा"च्ने आधार आमाबाबुमा निर्भर छ। लैंगिक, स्रोतसाधान, उपभोगआदि परनिर्भर छ। अर्थात् हाम्रो सामाजिकीकरण आत्मनिर्भर बनाउने प्रकारको हुनसकेको छैन। भएका थोरै अभ्यास छोराप्रति एकोहोरिएका छन्। स्वामित्व र भोगचलनको सुनिश्चितताले छोरा चाहिँ छोरीको शासक हो भनेजस्ता हुन पुगेको छ। यसले छोरीलाई पुरुषले भनेको मान्नैपर्ने भन्ने मानसिक दबाब र उत्तेजनाले बाँध्न सघाएको छ। पुरुष प्रयास र आकांक्षा, महानता र परनिर्भरताको द्वन्द्वको चपेटामा परेर अबोध बालिका बलात्कृत भइरहेका छन्।
सधैँ आफूलाई ठीक, सबैभन्दा महान् सोच्दै, बुझ्दै हुर्किएका कन्हाइ गुप्ताहरू जन्मिन नदिन समाजमा संरचनात्मक परिवर्तनको खाँचो छ। बलात्कार यौन सन्तुष्टिको माध्यम हुँदै होइन भन्ने पनि सिकाउनुपर्छ। छोरीहरूलाई पनि आफूमाथि भएको पुरुष व्यवहारलाई बुझ्ने खोतल्ने बनाउनुपर्छ। तर शासन सत्ता अनुकूलका कानुनी सजायमा जोड दिनु बालिका बलात्कार अन्त्य गर्ने दिगो व्यवस्थापनको फरक रणनीति हुनसक्ने देखिँदैन।
समाजशास्त्री⁄अध्यापक, त्रिचन्द्र क्याम्पस, काठमाडौं।