आफन्तबाटै असुरक्षित छन् महिला
२३ पौष २०७५
•
५ मिनेट पाठ
आफन्तबाटै असुरक्षित छन् महिला
खोटाङ - केही महिनाअघि खोटाङकी भानुमती राई (परिवर्तित नाम) जेठाजुबाटै बलात्कृत भइन्। तर घटना गुपचुप राखिएन। पीडितले प्रहरीमा उजुरी दिएपछि बलात्कारी जेठाजु कारबाहीमा परे। यस्तै जिल्लाकै दक्षिणी क्षेत्रकी एक महिलाले सँगै बजार गएका आफन्त पुरुषले बाटोमा यौन दुर्व्यवहार गर्लान् भन्ने कल्पनासमेत गरेकी थिइनन्। तर घर फर्कने क्रममा जंगलमा बलात्कारमा परिन्। हाल ती पुरुष जेलमा सजाय भोगिरहेका छन्।




यी केही प्रतिनिधि घटना हुन्। खोटाङमा भएका बलात्कार तथा प्रयासका घटनामा आफन्त तथा चिनजानकै पुरुष संलग्न देखिएका छन्। तिनले आफ्नै नातामा पर्ने तथा छिमेकी कलिला बालिकादेखि विवाहित महिला तथा वृद्धालाई समेत बलात्कारको सिकार बनाएका छन्।

गत साउन १ गतेदेखि हालसम्म बलात्कार तथा यौन दुव्र्यवहारका १७ घटनामध्ये १५ वटामा आफन्त तथा चिनजानकै व्यक्ति संलग्न पाइएको जिल्ला प्रहरी कार्यालय (खोटाङ)का डिएसपी राजकुमार केसीले जानकारी दिए। यस अवधिमा बाल यौन दुरूपयोग मुद्दामा जालपा प्रहरी चौकीका असई रमेश बस्नेतसमेत अनुसन्धानका क्रममा हिरासतमा छन्। ‘यस आर्थिक वर्षमा यौन दुर्व्यवहारमा संलग्न सबै दोषीलाई कानुनी दायरामा ल्याइएको छ,’ डिएसपी केसीले भने, ‘तर महिलाका लागि टाढाका र अपरिचितभन्दा नजिकका र परिचित मान्छे ‘थ्रेट’ का रूपमा देखापरेका छन्।’

परिचित तथा आफन्तबाट यौन दुर्व्यवहार हुँदा सामाजिक तथा पारिवारिक कारणले पीडितले आवाज नउठाउने तथा अरूले शंकासमेत नगर्ने भएकाले बलात्कारीले परिचित महिलाप्रति नै बढी कुदृष्टि राख्ने गरेको प्रहरीको अनुमान छ। नजिकका नाता सम्बन्धका कारण पनि कतिपय खराब प्रवृत्तिका पुरुषको फन्दामा महिला सहजै पर्ने गरेको पनि घटनाहरूले देखाएका छन्। विश्वास गरिएका कतिपय पुरुषसँग हिँड्डुल तथा उठबस गर्ने क्रममासमेत महिलाले यौन हिंसा भोग्नुपरेको डिएसपी केसीले बताए। ‘नजिकका नाता सम्बन्ध भएका महिला–पुरुष बीचमा प्रहरीको उपस्थिति सम्भव हुन्न। ससुरा–बुहारी, जेठाजु–बुहारीजस्ता साइनोमा कसैले शंका गर्ने ठाउँ पनि हुँदैन,’ उनले भने, ‘तर त्यही सम्बन्ध बीचमा  यौन दुर्व्यवहारका घटना भइरहेको पाइन्छ। त्यसैले यस्ता विषयमा सम्बन्धित परिवार नै सजग हुनुपर्ने देखिन्छ।’

पहिला–पहिला पनि समाजमा यौन हिंसाका घटना प्रशस्त हुन्थे। तर इज्जत र प्रतिष्ठाका कारण लुकाउने गरिन्थ्यो। सार्वजनिक भइहाले पनि गाउँमै मिलापत्र गराइन्थ्यो। तर पछिल्लो समय जनचेतना बढेका कारण धेरैजसो महिलाले आफूलाई भएको यौन हिंसा सार्वजनिक गर्ने भएकाले घटना बढेको देखिएको प्रहरीको अनुमान छ। अर्कातर्फ  यौन दुर्व्यवहारका घटनामा मिलापत्र गर्नुको साटो प्रहरीले तत्काल मुद्दा दर्ता गरेर दोषीविरुद्ध कारबाही अघि बढाउने गरेकाले पनि बलात्कारका घटना बढेको देखिएको हो।

पछिल्लो समय सामाजिक सञ्जालको दुरूपयोगका कारण समेत बलात्कार तथा  यौन दुर्व्यवहार बढेको पाइएको डिएसपी केसी बताउँछन्। ‘अहिले यौन दुव्र्यवहार गर्ने व्यक्तिलाई निरुत्साहित गर्न पीडित महिलाले साहस गर्न थालेका छन्। मिलापत्र गरेर पीडककलाई उन्मुक्ति दिनहुन्न भन्ने सचेतना विकास भएको छ,‘ उनले भने, ‘सामाजिक सञ्जाल वा प्रविधि चलाउने आफ्ना बालबच्चा कहाँ, के गर्दैछन् भन्ने विषयमा अभिभावकको ध्यान पुग्न सके मात्र पनि यौन हिंसा कम गराउन सकिन्छ।’
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस