मोरङ- सामूहिक बलात्कारमा संलग्न एक बालकसहित तीनजनालाई १० वर्षको कैद सजाय सुनाइएको छ। गत जेठ १७ गते मोरङको लेटाङ गाउँ विकास समिति वडा नं. ९ स्थित चिसाङ खोलामा भोगटेनीकी ३६ वर्षीया एक महिलालाई बजारबाट घर फर्कंदै गर्दा सामूहिक बलात्कार गर्ने १४ वर्षीय एक बालकसहित तीनजनालाई मोरङ जिल्ला अदालतले १० वर्ष कैद सजाय दिएको हो।
मोरङ जिल्ला अदालतका न्यायाधीश ऋषिराम निरौलाको इजलासले पुस २ गते बुधबार लेटाङ गाविस वडा नं. ९ लामिटारका २० वर्षीय लक्ष्मण लिम्बु, सोही ठाउँका २४ वर्षीय नटबहादुर लिम्बु र १४ वर्षीय बालकलाई जनही १० वर्ष कैदसहित पीडितलाई जनही ५० हजार क्षतिपूर्ति भराउने सजाय सुनाएको हो।
अभियुक्तहरुको कसुर प्रमाणित भएकाले करणी आरोपमा मुलुकी ऐनको जक महलको ३ (५) अनुसार पाँच वर्ष कैद र सोही ऐनको ३ (क) अनुसार सबैलाई थप पाँच वर्ष कैद सजाय तोकिएको छ। तर अभियुक्त च को उमेर १४ वर्ष मात्र भएकाले उसले आधा सजाय मात्र भुक्तान गर्नुपर्ने फैसलामा उल्लेख गरिएको छ।
मुद्दाको अभियोग पत्रमा उल्लेख भएअनुसार श्रीमान् वैदेशिक रोजगारमा गएपछि घरमा तीन छोराछोरीसँगै बस्दै आएकी महिलालाई जेठ १७ गते साँझ ७ बजे लेटाङबजारबाट घर फर्कंदै गर्दा खोलामा साङ्घातिक आक्रमण गरी अभियुक्तहरुले महिलालाई स्थानीय चिसाङ खोलाको पानीमा चोबल्दै सामूहिक बलात्कार गरी कसैले भनेमा ज्यान लिने धम्की दिएर छाडेको थियो।
घटनामा पीडित महिलाले किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय लेटाङले सामूहिक बलात्कार आरोपमा मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो। रासस