दलहरूको दायित्व
०५ फागुन २०७१
•
१५ मिनेट पाठ
दलहरूको दायित्व
एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’ ले माघ २३ गते इटहरीमा ‘आवश्यक भए एक महिनाभित्र १० लाख सेना बनाउन सक्ने’ हुँकार गरेका छन्। सत्तारुढ र प्रतिपक्षी दलहरूबीच माघ ८ पछि गतिरोध, संवादहीनता तथा कटुता बढ्दै गएको देखिएको छ। यही क्रममा एमाओवादी अध्यक्ष प्रचन्डले जनस्वयंसेवक दस्ता बनाउने उद्घोष गरेका हुन्। उनले नेपाली कांग्रेस र नेकपा (एमाले)ले २०६२/०६३ को जनआन्दोलनका उपलब्धिलाई एकलौटी पारेर अपहरण गर्न खोजेको आरोप पनि लगाएका छन्। त्यसभन्दा पहिले उनले कांग्रेस—एमालेले २०४७ सालकै संविधान ल्याउन खोजेको आरोप पनि लगाएका थिए। एमाओवादी अध्यक्षको यस्ता परस्परविरोधी आरोपप्रति कटाक्ष गर्दै नेपाली कांग्रेसका सभासद् गगन थापाले फेसबुकमा लेखेका छन् — ‘माओमोर्चाको नेकालाई आरोप – ४७ सालको संविधान ब्युँताउन खोजे। राप्रपा नेपालको आरोप – ४७ सालको संविधान ब्यँुताउन दिएनन्। के दुवै आरोप एकैपटक सही हुनसक्छ?'संविधानका केही विवादित विषयमा सम्बन्धमा माघ ८ पछि संविधान सभाको बहुमत र अल्पमत पक्षबीच उत्पन्न संवादहीनतालाई अन्त्य गरी वार्ताका लागि वातावरण बनाउने उद्देश्यले वरिष्ठ मानव अधिकारवादी अगुवा दमननाथ ढुङ्गानाको नेतृत्वमा नागरिक समाजका सदस्यहरूको टोलीले माघको अन्तिम साता प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, संविधान सभाका अध्यक्ष सुवास नेम्बाङ्ग तथा एमाओवादी अध्यक्ष प्रचन्ड र मधेसी मोर्चाका नेतासँग प्रत्यक्ष छलफल गर्यों। टोलीसमक्ष मधेस केन्द्रित दलका नेताहरूको गुनासो थियो — सत्तापक्षीय प्रमुख दलका नेताहरूले उनीहरूको भावना नै बुझ्न सकेनन्। संवादहीनताको स्थिति तुरुन्तै अन्त्य गर्नुपर्ने नागरिक टोलीको आग्रहलाई स्वीकार गर्दै एमाओवादीका अध्यक्ष प्रचण्डले तत्काल प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीलाई टेलिफोन गरेर वार्ताको वातावरण सहज बनाउन संविधान सभाको अर्को बैठकको मिति नतोकी स्थगित गर्न अनुरोध गरे। त्यसैअनुरूप अध्यक्ष नेम्बाङले माघ २९ गते संविधान सभाको बैठक ‘अर्को सूचना नहुँदासम्म’का लागि स्थगित पनि गरे। सत्तापक्ष र प्रतिपक्षका नेताहरूबीचको संवादहीनताको स्थिति अन्त्य गर्न उक्त टोली आफ्नो उद्देश्यमा धेरै हदसम्म सफल भएको मान्नुपर्छ।
यति हुँदाहुँदै पनि माओवादी सशस्त्र विद्रोहको २० औं वर्षगाँठका अवसरमा फागुन १ गते अध्यक्ष प्रचण्डले एमाओवादी र मधेस केन्द्री ७ दलका टाउकोमा रातो फेटा बांधेका लाठीधारी युवा दस्ता बनाएर सार्वजनिक गरे। संविधानका विषयमा सहमति नगरीकन बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्ने प्रयास गरिएमा नाकाबन्दी गर्ने, सरकारी कार्यालय कब्जा गरी समानान्तर सरकार गठन गर्नेे र त्यस समानान्तर सरकारको सुरक्षाका लागि उक्त युवा दस्ता गठन गरिएको भन्ने प्रचार गरिएको छ। 
जनआन्दोलनका उपलब्धिको रक्षार्थ अहिले लाठीधारी दस्ता गठन गर्नैपर्ने भइसकेकै हो त? 
बीपी कोइरालाले आफ्नो ‘आत्म वृतान्त’मा राजा त्रिभुवन दिल्ली प्रवासबाट फर्केपछि २००७ फागुन ७ लगत्तै गठन गरिएको कांग्रेस—राणा संयुक्त मन्त्रीमण्डलका प्रधानमन्त्री मोहन सम्सेरले राजीनामा दिएपछि राणा प्रधानमन्त्रीको सुरक्षाका लागि खडा गरिएको बिजुली गारदलाई आफ्नो (बीपीको) अज्ञानबाट सिंहदरबार ब्यारेकबाट नारायणहिटी ब्यारेकमा लैजाने आफ्नो प्रस्ताव हानिकारक भएको लेखेका छन्। नारायणहिटी ब्यारेकमा सारेको भोलिपल्ट बिहानै राजा त्रिभुवनले बिजुली गारदको सलामी लिएर पल्टनलाई आफूप्रति बफादार हुन प्रोत्साहित गरेको र त्यसपछि नै ‘राजाको हातमाथि र प्रजातन्त्रको हात तल' परेको पनि उनले उल्लेख गरेका छन्। राणा प्रधानमन्त्रीले जस्तै विहान विहान सलामी लिन थालेपछि राजा त्रिभुवनको प्रवृत्ति अर्कै हुनथालेको, उनको भावभङ्गीमा परिवर्तन हुन थालेको उनले पनि उल्लेख गरेका छन्। 
सात सालको घोषणामा संविधान सभाको उल्लेख भएपनि जनताका प्रतिनिधिहरूबाट संविधान निर्माण गराउने राजाको इच्छा थिएन। जनताका प्रतिनिधिले स.विधान बनाएर जारी गरे भने त्यसलाई उल्टाउन असम्भव प्रायः हुने राजाले नबुझ्ने कुरा थिएन। झन्डै ९५ प्रतिशत जनता निरक्षर रहेको, संचार र यातायात सुविधा करिब शून्यमा रहेको आजभन्दा ६५ वर्ष पहिलेको त्यस कालमा नेपालको सार्वभौम सत्ता आफूमा रहेको प्रदर्शन गर्न आतुर राजालाई बीपीको सेखी झार्न उद्यत भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले पनि साथ दिएको पनि बीपीले आत्मवृतान्त र जेल जर्नलमा यत्रतत्र उल्लेख गरेका छन्। 
विसं २००७ को जनक्रान्ति सफल बनाउन प्रमुख भूमिका खेलेको नेपाली कांग्रेसको जनमुक्ति सेनालाई २००८ सालमा नेपाल रक्षा दलमा परिणत गरिएपछि पनि यसका पूर्व कमान्डरहरू जीबी याकथुम्बा, बीबी चेमजोङ्ग, डीबी राई, पूर्णसिंह खवास आदिले क्रान्तिनायक बीपीलाई प्रधानमन्त्री बनाउनुपर्ने ठाउँमा मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाइएपछि क्रान्तिका उपलब्धि जोगाउन पुनः यसको नेतृत्व लिएर अगाडि बढ्न गरेको आग्रहलाई बीपीले अस्वीकार गरेका थिए। प्रजातन्त्रको मूलधारमा समाहित भइसकेपछि सानातिना घटनाका कारणले मूलधारबाट विचलित हुनुहुँदैन भनेर बीपीले उनीहरूलाई आश्वस्त पारेका थिए। 
आफ्नो आत्मवृत्तान्तमा बीपीले एक ठाउँमा ५० वटा मात्रै सब मेसिनगन आफ्नो हातमा भएको भए आफूहरूलाई बन्दुकका आडमा गिरफ्तार गरेर २०१७ साल पुष १ गते राजा महेन्द्रले प्रजातन्त्रको हत्या गर्न सक्तैनथे भन्ने आशय पनि व्यक्त गरेका छन्। (आत्मवृत्तान्त, पृष्ठ २८१)।
विसं २००९ साल पुस २३ देखि माघ २ गते सम्म बर्माको राजधानी रङ्गुनमा भएको प्रथम एसियाली समाजवादी सम्मेलनमा बीपी कोइराला र कृष्णप्रसाद भट्टराई (किसुनजी) ले नेपाली कांग्रेसको प्रतिनिधित्व गरेका थिए । त्यस सम्मेलनमा युरोपका प्रख्यात समाजवादी नेताहरू बेलायतका क्लिमेन्ट एट्ली, युगोस्लाभियाका प्रख्यात समाजवादी विचारक तथा तत्कालीन उपराष्ट्रपति मिलोभान जिलास र अर्का समाजवादी एलेस वेबलर, भारतका राममनोहर लोहिया, जयप्रकाश नारायण र अशोक मेहता आदि सहभागी थिए। एक पटक यस पंक्तिकारको जिज्ञासामा किसुनजीले बताएअनुसार उक्त सम्मेलनमा भएको भेटमा मिलोभान जिलासले बीपीलाई कांग्रेसले खडा गरेको मुक्तिसेनालाई २००७ को क्रान्तिपछि विशृंखलित गरिनु उपयुक्त नभएको भनेका थिए। जिलासको विचारमा कांग्रेसको नेतृत्वमा भएको २००७ सालको क्रान्तिको प्रजातान्त्रिक उपलब्धिको रक्षा गर्ने सुसंगठित र अनुशासित अन्य कुनै संस्था पनि नभएकाले भविष्यमा प्रजातन्त्र उपर संकट आउन सक्छ। कांग्रेसले प्रजातन्त्रको रक्षार्थ छिट्टै कुनै विकल्प खोज्नुपर्ने सुझावसमेत जिलासले दिएका थिए। 
बीपीलाई जिलासको उक्त भनाइले झकझकाएको थियो। त्यसैको फलस्वरुप रङ्गुनबाट फर्केको एक वर्ष पनि नपुग्दै २०१० कार्तिक १० गते नेपाली कांग्रेसले नेपाल तरुण दलको प्रारम्भिक स्थापना गरेको थियो। विसं २०१७ पुुष १ गते त्यही तरुणदलको उद्घाटन कार्यक्रमबाट बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायत सबै नेतालाई गिरफ्तार गरी २०१५ को संसदीय निर्वाचनपछि बीपीको प्रधानमन्त्रित्वमा बनेको सरकारसँगै राजा महेन्द्रले प्रजातन्त्रको पनि अन्त्य गरेका थिए। सायद राजा महेन्द्रलाई तरुण दल सशक्त हुनुभन्दा पहिले नै ‘एक्सन' गर्न सकिएमा आफ्नो कार्यलाई दिगो राख्न सकिन्छ भन्ने लाग्यो होला।
मिलोभन जिलासको भविष्यवाणी सत्य साबित पनि भयो। त्यतिखेर प्रजातन्त्रको रक्षार्थ कुनै बलियो संस्था थिएन, हुन पनि सकेन। कांग्रेसको सरकारले छोटो समय मै उठाएका प्रगतिशील नीति र कार्यक्रमको डाहा गर्ने अन्य राजनीतिक दलका नेता र परम्परागत अनुदारवादी तथा प्रतिक्रियावादीसहितको प्रतिनिधित्व गर्ने राजा महेन्द्रले आफ्ना मातहतका सैनिकलाई प्रयोग गरेर प्रजातान्त्रिक सरकार र प्रजातान्त्रिक संस्थाहरू विघटन गर्न सकेका थिए। तर अहिलेको नेपालको स्थिति नितान्त फरक छ। प्रेस स्वतन्त्रता, सञ्चार, यातायात र शिक्षामा भएको प्रगतिले गर्दा जनता पनि निकै सचेत भएका छन्। 
हुनत, अहिले पनि ठूला दलहरूभित्रै अनुदारवादी तथा पुरातनपन्थी व्यक्तिहरू छन्। उनीहरु २०६२/०६३ का जनआन्दोलनका उपलब्धिलाई निस्तेज गर्न लागेका पनि हुनसक्छन्। जनताको हातमा बल्लबल्ल आएको संविधान निर्माणको सम्भावनालाई अर्थहीन बनाउन त्यस्तो तत्व क्रियाशील भएको हुनसक्छ। जनतालाई संविधान बनाउन दिएमा त्यसलाई उल्टाउन सकिँदैन भन्ने इतिहासको बिँडो समातेका उनीहरू २०६२/०६३ का जनआन्दोलनका सहयात्रीका बीचमा फाटो पार्न सकिएमा मात्रै जनताको हातबाट संविधान बनाउने अधिकार खोस्न सकिन्छ भन्ने रणनीतिमा लागेका देखिएका छन्। संविधान निर्माणमा झन्डै ९५ प्रतिशत विषयमा सहमति भएपछि पनि जिम्मेवार दलका नेताहरू नै ५ प्रतिशत असहमतिका विषयका लागि आन्दोलनका चर्का र उत्तेजित नारा किन चर्काइरहेका छन्? संविधानमै पछि संशोधन गर्न सकिने प्रशस्त सम्भावनालाई किन उपेक्षा गरिँदैछ? पाँच चिरामा विभाजित माओवादीमध्ये प्रमुख घटक एमाओवादीलाई पनि संविधान निर्माणको जिम्मेवारीबाट अलग गराउन सकिएमा अन्य ठूला दलभित्रका अनुदारवादी बलिया र सुधारवादी कमजोर हुनेछन् भन्ने त्यो तत्वलाई थाहा छ।
कांग्रेस, एमाले, एमाओवादी तथा मधेसकेन्द्री दलका जिम्मेवार नेताले यस स्थितिलाई तुरुन्तै सभाल्नु आवश्यक छ। सहमति भइसकेका विषयलाई पुनः धमिल्याउन नदिनेतर्फ सचेत हुनु जरुरी छ। एमाओवादीले हतार गरेर अहिले नै तयार गर्ने त्यस्ता दस्ताका कारण सहमति भइसकेका विषय पुनः उल्टिने जोखिम नै बढी देखिन्छ।
अर्को समाचार
प्रचण्डको काँधमा जिम्मेवारी
०८ वैशाख २०७२
•
१२ मिनेट पाठ
प्रचण्डको काँधमा जिम्मेवारी
आशा र विश्वास थियो– देशले गत माघ ८ गते संविधान पाउँछ। तर पाएन। कसरी देशलाई निकास दिएर विकासपथमा लगाउने भन्ने विषयमा चौतर्फी चासो, चिन्ता, सजगता एवं एकीकृत दबाब जरुरी भएको छ। अन्ततः निकास दिने दायित्व राजनीतिक दलहरूको हो, दलका नेताहरूको हो। जनप्रतिनिधिहरूले जनादेशअनुसार गर्ने हो, मतादेशअनुसार जिम्मेवारी बहन गर्नुपर्ने हो। के यस्तो भैरहेको छ त? जनादेश र मतादेशको अर्थ एउटै हो। यसमा भ्रम पार्ने प्रयास जारी छ, तर भ्रम निवारण हुने पक्का छ। तसर्थ राष्ट्रहित, जनहित तथा राष्ट्रिय प्रतिबद्धताअनुरूप साझा सहमतिको दस्तावेज अर्थात् संविधान जारी गर्न ढिला गर्नुहुन्न। सर्त यही हो, संविधानमा राष्ट्रिय स्वार्थप्रति मतैक्यता अपरिहार्य छ।हामीले आफू र आफ्नो देशको हितका निम्ति एक भएर निर्णय गर्नसकेमा आन्तरिक एवं बाह्य सहयोग–समर्थन प्राप्त हुनसक्छ भन्ने कुरा सबै नेतालाई थाहा छ। जनता अत्यन्त उत्साह र व्यग्रताका साथ संविधान जारी भएको हेर्न प्रतीक्षारत छन्। जनताको यो प्रतीक्षालाई मूर्तता दिन अब अबेर गर्नु हुन्न।जतिजति समय ढल्दै जान्छ त्यति नै जटिलता थपिँदै जान्छन्। विद्यमान जटिलताका गाँठाहरू फुकाएर सकेसम्म छिटो जनतासामु गरेका प्रतिज्ञा पूरा गर्नुपर्छ। 
हामीले २०६२/०६३ सालको शान्तिपूर्ण ऐतिहासिक जनआन्दोलनमा जनताले गरेका बलिदान, त्याग, साहसको परिणामस्वरूप प्राप्त सफलतालाई सम्झनुपर्छ। त्यसबाट पाठ सिक्दै अबको बाटो तय गर्नुपर्छ। विसं ०६२/०६३ मा गरिएका दर्जनौँ निर्णयमध्ये एउटाका बारेमा उल्लेख गर्नु सान्दर्भिक हुनेछ।
घटना २०६३ साल वैशाख ८ गतेको हो। त्यस दिन बिहान राजा ज्ञानेन्द्रले राजनीति कदलहरूको सल्लाहमा नै देशको शासन व्यवस्था चलाउन तयार छु भनी प्रतिबद्धता गरेका थिए। गिरिजाप्रसाद कोइरालाले मलाई (स्मरण रहोस्, म त्यसताका कांग्रेसको मुख्य सचिव तथा गिरिजाबाबुको विश्वासी सहयोगीको रूपमा अधिकांश समय उहाँसँगै हुन्थेँ ) नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बोलाउने आदेश दिनुभयो। कांग्रेसको बैठक सुरु हुनुपूर्व केही नेता गिरिजाबाबुसँग छलफल गरिरहेका थिए। उक्त दिन बिहानैदेखि भारत, चीन, अमेरिका, संयुक्त अधिराज्य, युरोपियन युनियनका राजदूतहरूले गिरिजाबाबुसँग भेट्ने समय मागिरहेका थिए। बैठक सुरु हुनुअघि केही राजदूतले गिरिजाबाबुसँग कुराकानी गरेका थिए। ती सबै क्षणमा मलाई गिरिजाबाबुले छायाँसरह साथमा नै राख्नुहुन्थ्यो।
त्यस दिनको कांग्रेस बैठकले राजाको घोषणा अपूरो रहेकोले त्यसलाई अस्वीकार गर्ने र प्रतिनिधि सभाको पुनर्स्थापनाभन्दा तल नओर्लने निर्णय गर्योह। लगत्तै आन्दोलनरत दलहरूको संयुक्त बैठक गिरिजाबाबुकै निवास महाराजगञ्जमा बस्यो। उक्त बैठकले पनि सर्वसम्मतरूपमा कांग्रेसको निर्णयलाई नै मान्यो। सोही दिन पुनः केही राजदूतलाई गिरिजाबाबु आफैले बोलाएर भेट्नु भयो र भन्नु भयो, ‘नेपालमा अहिले सञ्चालन भैरहेको आन्दोलन नेपाल तथा नेपालीको हक, अधिकार र पूर्ण लोकतन्त्र स्थापनाका निम्ति भएको हो। सदाझैँ अन्तर्राष्ट्रिय जगतबाट समेत आन्दोलनरत सम्पूर्ण नेपालीको तर्फबाट सहयोगको अपेक्षा गर्छु।' गिरिजाबाबुको सबैले समर्थन गरे, एकप्रकारले बाध्य पनि भए। किनकि, नेपालका सबैजसो राजनीतिक शक्तिको सर्वसम्मत् निर्णय थियो त्यो।
सबैजसो मित्रराष्ट्रले राजाको त्यस दिनको अर्थात् वैशाख ८ को घोषणालाई मानेर अघि बढ्न सुझाएका थिए। त्यसकोे संकेत कांग्रेसको बैठक बस्नुअघिको भेटमा राजदूतहरूले स्पष्टसँग राखेका थिए, तर गिरिजाबाबुले राजाको उक्त घोषणा अपूरो रहेको र प्रतिनिधि सभाको पुनर्स्थापना नभई आन्दोलन नरोकिने अडान लिनुभयो। त्यसपछि राजा बाध्य भएर २०६३ वैशाख ११ को घोषणा गरेका हुन्। यो भर्खरैको घटनाबाट हामीले सिक्नु जरुरी छ। नेपाली जनता र नेताहरूले आफ्नो हितको विषयमा निर्णय गर्नसक्ने क्षमता राखेमा सबैबाट सहयोग र समर्थन प्राप्त हुन्छ भन्ने एउटा गतिलो उदाहरण हो यो। गिरिजाबाबुको त्यो कालजयी निर्णयलाई गुरुमन्त्रको रूपमा स्वीकार गर्दै वार्ता र संवादको माध्यमबाट निष्कर्षमा पुग्न सकिन्छ। वैशाख ८ को उक्त निर्णय देख्ने–सुन्ने सौभाग्य मैले पाएको थिएँ। 
यहाँ उल्लेख गरिएको घटनाका सम्बन्धमा अहिलेका सबैजसो दलका शीर्ष नेतालाई पूर्ण जानकारी छ। गिरिजाबाबु अन्तर्राष्ट्रिय जगतलाई कुटनैतिक दूरदर्शिताका बलमा आफ्नो कुरामा समर्थन गराउन सफल हुनुभएको थियो। उहाँको अदम्य साहसको परिणाम स्वरूप नै २०६५ जेठ १५ मा विश्व नै चकित हुनेगरी त्यति ठूलो रक्तहीन परिवर्तन भएको कुरा नबिसार्ंै। सबैको सहयोगको कतै पनि अवमूल्यन हुनु हुँदैन। संविधान सभाका सबै सदस्यले आफ्नो दायित्व, साहसलाई गति दिउन्, जसका कारण अब लामो समयसम्म देश अनिर्णयको बन्दी नबनोस्/बन्न नपरोस् भन्ने उद्देश्यले यो घटनालाई यहाँ प्रस्तुत गरेको हुँ। कति कठिनताका साथ हामीले संघीय लोकतान्त्रिक गणतन्त्रसहितको अन्तरिम संविधान बनाएका थियौँ! इतिहासका ती महत्वपूर्ण कालखण्डलाई सम्मान गर्दै संसद् र संविधान सभाको पूर्ण सदुपयोगका साथ देशलाई निकास दिन सकौँ।
संसद्बाहिर बस्ने, संविधान सभामा नजानेजस्ता अभिव्यक्ति र निर्णयमा पुनर्विचार गर्ने बेला हो अहिले। संविधान जारी गराउने सर्वोच्च निकाय छोडेर आन्दोलन गर्नुको उद्देश्य के हो? लक्ष्य के हो? जबकि आफ्ना सबैखालका विचार, विमति राख्ने थलो प्राप्त छ। ‘परिवर्तन' भन्ने शब्दबाहेक दुनियामा सबै चिज परिवर्तनशील छन् भन्ने सिद्धान्त बुझ्नु जरुरी छ। दुनियामा र सिद्धान्ततः कतै नहुने काम हामीले नेपालमा गर्यौँ्। न्यायपालिका र कार्यपालिकाका प्रमुख हाम्रो लोकतन्त्रमा एउटै व्यक्ति पनि हुनसक्छ भन्ने दृष्टान्त दियौँ। जुन पदमा बसेर पहिला पूर्ण असफल भएका व्यक्ति थिए उनैलाई पुनःउही पदमा निर्विरोध स्थापित गर्ने उदारता देखायौँ। आखिर त्यो सबै केका लागि? संविधान निर्माणका लागि होइन? अनि खोई त संविधान निमार्णको काम अघि बढेको?
बिर्सनु के हुँदैन भने, नेपालका राजनीतिक दलहरू मिलेर निर्णय गर्दा राजतन्त्र समाप्त भयो। विश्वका सबै देशले दलकै निर्णयलाई सहयोग र समर्थन गरे। अन्ततोगत्वा जनताले गरेको निर्णय नै सर्वोपरि हुन्छ भन्ने यथार्थले साकार रूप लियो। 
कुनै देश, कुनै अन्य अमूक शक्ति हाम्रो निणर्यका पक्षमा छन् वा छैनन् भन्ने सोच्ने होइन। हामीले आफ्नो निर्णय हाम्रो ऐतिहासिक क्षमतासहित गर्ने हो। हो, यतिबेला सबैलाई यथोचित सम्मान र स्थानको आवश्यकता छ। यो स्वाभाविक पनि हो। हामी कसरी र कुन कालखण्डबाट आजको अवस्थामा आइपुगेका छौँ भन्ने बिर्सनु हुँदैन। एकले अर्काको मानमर्दन गरेर समस्या समाधान हुँदैन। समग्रमा राष्ट्र, राष्ट्रिय स्वार्थ, जनता, जनहितलाई केन्द्रबिन्दुमा राखेर सबैको अस्तित्वलाई स्वीकार गर्दै साझा दस्ताबेज दिनमा ध्यान केन्द्रित गरौँ। 
अहिले गिरिजाबाबुको भौतिक शरीर हामीमाझ छैन। उहाँले प्रचण्ड, बाबुरामसमेतलाई राखेर देशलाई लोकतान्त्रिक तवरले अघि बढाइ समृद्धितर्फ लैजाने प्रतिबद्धता गर्न लगाएको सुन्ने एकमात्र साक्षी यो स्तम्भकार नै हो। यसकारण पनि भन्नसक्छु, प्रचण्डको काँधमा संविधानसभा/संसद्लाई उपयोग गर्दै सहमतिका आधारमा निकास दिने दायित्व छ। जसरी गिरिजाबाबुले संविधान सभाबाट संविधान बनाउन आफ्नो ६ दशकभन्दा लामो राजनीतिक उपलब्धिलाई नै दाउमा राख्न तयार हुनुभयो, त्यसरी नै प्रचण्डले हिम्मत गर्नुपर्ने समय आएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस