संविधान सभाको निर्वाचनपछि अब संविधान निर्माणको काम अगाडि बढाउनु राजनीतिक दलहरूको पहिलो दायित्व हो। संविधान सभाको काम संविधान निर्माण गर्नु नै हो। यसैले संविधान सभामा प्रतिनिधित्व भएका सबै शक्ति त्यही काममा अग्रसर र केन्द्रित हुनुपर्छ। निर्वाचनमा दलहरुले जारी गरेका घोषणापत्रमा पनि समयमै संविधान बनाउने उल्लेख छ। कांग्रेसले 'एक वर्षभित्र संविधान जारी गर्ने' वाचा घोषणापत्रमार्फत् गरेको छ भने एनेकपा (माओवादी)को प्रतिबद्धतापत्रमा पनि 'छोटोभन्दा छोटो समयमा' संविधान जारी गर्ने उल्लेख छ। संविधान सभाको निर्वाचनपछि बसेको नेकपा (एमाले)को बैठकमा एक वर्षभित्र संविधान जारी गर्ने प्रतिबद्धता दोहोर्याइएको छ। फलस्वरूप, सर्वसाधारण जनतामा पनि एक वर्षभित्र संविधान निर्माण भएर मुलुकले निकास पाउने विश्वास जागेको छ। निराशापूर्ण अवस्थामा पनि नेपाली जनता जसरी उत्साहपूर्वक ठूलो संख्यामा मतदानमा सहभागी भए त्यो संविधान सभाप्रति रहेको जनताको ठूलो विश्वास र आशाको प्रमाण हो।
संविधान सभा निर्वाचन परिणामले जनता लोकतान्त्रिक संविधानको पक्षमा रहेको पनि छर्लंग भएको छ। बाह्र बुँदे सहमति हुँदै अघिल्लो संविधान सभासम्म भएका सबै सहमतिलाई दलहरुले साझा एजेन्डाका रुपमा लिएकाले त्यसैका आधारमा संविधान बनाउने कार्यभारले जनअनुमोदन पाएको छ। पहिलो, दोस्रो र तेस्रो दलका रूपमा तिनै सहमतिका आधिकारिक पात्र नै संविधान सभामा पुनःस्थापित हुनु सहमतिप्रति जनसमर्थनको परिचायक हो। यसबाहेक, जनताले अघिल्लो संविधान सभाबाट संविधान निर्माण हुँदा व्यवधान उत्पन्न गर्ने जातीयता र क्षेत्रीयताको विषयलाई अस्वीकृत गरिदिएका छन्। त्यसैगरी लोकतन्त्र र बहुलवाद संविधानमा राम्ररी स्थापित होस् भन्ने चाहनाका साथ यिनको पक्षमा दृढतापूर्वक उभिएको शक्तिलाई पहिलो दलका रुपमा स्थापित गरिदिएका छन्। 'राष्ट्रिय मेलमिलाप'का माध्यमबाट राष्ट्रिय एकता र सुदृढ राष्ट्रियताको पक्षधर गर्ने दललाई जनताले बढी मत दिएका छन्। संविधान सभा निर्वाचन परिणामले दिएका स्पष्ट जनादेशका रूपमा यी दुवै मान्यतालाई लिन सकिन्छ। यो सन्देश ग्रहण गर्दै, त्यसको सम्मान गर्दै तदनुकुलको भूमिका निर्वाह गर्न प्रतिबद्ध हुनेमा कुनै दल पनि कमजोर देखिनु हुँदैन। आकारले सानो ठूलो हुँदैमा सबै समाप्त भयो भन्ने र अलिकति साइज बढ्यो भन्दैमा सर्वसत्ताबादी चिन्तन देखाउने हो भने उसप्रतिको जनविश्वास क्रमशः टुट्दै जान्छ। त्यसकारण जनमतको सम्मान गरेर त्यसको सन्देशलाई आत्मसात गर्नु नै वास्तवमा लोकतान्त्रिक चरित्र पनि हो। यतिबेला सबै दलबाट यही अपेक्षा गरिएको छ।
अन्तरिम संविधानले नव गठित संविधान सभाले के के गर्ने भन्ने पनि प्रष्टैसँग आँैल्याएको छ। संविधानअनुसार अब संविधान सभाले नयाँ सरकार गठन र सभामुख चयन गर्नुपर्ने छ। त्यसपछि संवैधानिक समितिलगायत आवश्यक संसदीय समितिहरू निर्माण गर्नुपर्ने छ। त्यसपछि संविधान निर्माण प्रक्रिया अगाडी बढ्नेछ। संविधानले निर्दिष्ट गरेको बाटो यही हो। तर, अहिले हतारमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वचन पनि अहिल्यै हुनुपर्छ भन्ने तर्क अगाडि सारिँदै छ। त्यस्तै अन्तरिम संविधानलाई संशोधन गरी सहमतिका आधारमा संविधान बनाउने व्यवस्था गरिनुपर्ने आवाज पनि उठाइँदै छ। यसलाई एमाओवादीले त संविधान सभामा सहभागी हुने सर्तकै रुपमा अगाडि सारेको छ। यस्तै तर्क र सर्त राख्दै जाने हो भने संविधान निर्माणमा व्यबधान खडा हुनसक्छ। त्यसैले अब यस्ता सर्त र तर्कका पछि नलागी संविधानले निर्दिष्ट गरेको बाटो अवलम्बन गरेर चुनावपूर्व गरिएको प्रतिबद्धताअनुसार एक वर्षभित्र देशलाई नयाँ संविधान दिनेतर्फ लाग्नु नै बेस हुनेछ।
अन्तरिम संविधानमा अर्को संविधान निर्माण जारी भएपछि राष्ट्रपतिको पदावधि सकिने उल्लेख भएको छ। त्यसैले राष्ट्रपतिको तत्काल चुनावको प्रसंग संवैधानिक दृष्टिबाट सम्भव छैन। संविधान मान्दै संविधान बनाउने हो। पुरानो संविधान सभाले निर्वाचित गरेको राष्ट्रपति भएकाले नयाँ संविधान सभाले फेरि चुनाव गर्नुपर्छ भन्ने तर्क पनि सुनिदैछ। यस गर्ने हो पुरानो संविधान सभाले गरेका अरू महत्वपूर्ण निर्णय उल्टाउने नजिर बस्ने खतराको हेक्का राख्नुपर्ने हुन्छ। गणतन्त्र कार्यान्वयन गरेको संविधान सभा त्यही थियो। लोकतान्त्रिक संविधान निर्माण गर्ने प्रतिबद्धता जनाएको संविधान सभा पनि त्यही थियो। संघीयता, धर्मनिरपेक्षताजस्ता परिवर्तनका एजेण्डालाई राष्ट्रकै कार्यसूचीका रूपमा सिद्धान्ततः स्थापित गर्ने संविधान सभा पनि त्यही थियो। संविधान सभाले गरेका निर्णयलाई उल्टाउनै पर्छ भन्दा त्यसको असर कहाँसम्म पुग्छ भन्ने पनि सोच्नुपर्ने हुन्छ।
एमालेले राष्ट्रपतिको तत्काल चुनाव गर्नुपर्ने विवादलाई औपचारिकरूपमै उठाएको छ। एमालेका नेतागणले लोकतन्त्रको सञ्चालन लहड वा भावनाबाट नभएर विधि प्रक्रियाबाट हुन्छ भन्ने बु‰नुपर्ने हो। संविधानसम्मत आधारमा राष्ट्रपतिको अर्को चुनाव गराउन कसैलेे विमती नराख्ला। तर, त्यसका लागि संविधान नै संशोधन गर्नुपर्ने हुन्छ। राजनीतिक अर्थमात्र गर्ने हो भने अघिल्लो चुनावमा कांग्रेसका तर्फबाट उमेदवार भएर निर्वाचित राष्ट्रपति नै पदमा छन्। कांग्रेस त्यसपछिको पहिलो निर्वाचनबाट ठूलो शक्तिका रूपमा आएको छ। त्यसकारण जनमतले राष्ट्रपति फेर्नै पर्ने सन्देश दिएको मान्न पनि मिल्दैन। पहिलो संविधान सभा विघटन हुनु वा असफल हुनुको दोष पनि राष्ट्रपतिलाई दिने ठाउँ छैन। त्यसैले यसलाई विवादको विषय मुद्दा बनाएर संविधान संशोधनको चक्कर चलाउनु प्रत्युत्पादक हुने देखिन्छ।
अब संविधान निर्माणको कार्यभार पूरा गर्न लाग्ने कि अन्यत्र अलमलिने भन्ने व्यावहारिक कोणबाट यस बिषयलाई हेर्नुपर्ने हुन्छ। अहिले राष्ट्रपतिले स्वेच्छाले पद त्याग गर्नुबाहेक संवैधानिक आधारमा नयाँ चुनाव गर्न मिल्दैन। राजनीतिक भागबन्डामा दलहरू यसमा सहमतभए पनि त्यसलाई कार्यान्वयन गर्न संविधान संशोधन गर्नुपर्छ। वर्ष दिनभित्र संविधान बनाएर राष्ट्रपतिको निर्वाचन गर्ने कि यही संविधानलाई संसोधन गर्ने दिशामा लाग्ने? अब पनि यही संविधानलाई संसोधन गर्ने दिशामा लाग्ने हो भने महत्वपूर्ण समय संविधान निर्माणमा नभई संविधान संशोधनमै बित्नेछ। त्यसपछि कति पटक संविधान संशोधन गर्नुपर्ने अवस्था आउने हो अहिले अनुमान गर्न पनि सकिँदैन। त्यसैले संविधान निर्दिष्ट मार्गबाट हिडेर कांग्रेस एमालेको भनेजस्तो ...एक वर्षभित्र संविधान बनाउने' वा एमाओवादीका शब्दमा ...छोटो भन्दा छोटो समयमा संविधान बनाउने' काममा लाग्नु नै उत्तम हुनेछ।
त्यस्तै सहमतिको आधारमा संविधान निर्माण गर्नुपर्ने भन्दै एमाओवादीले संविधान संशोधनको विषय उठाइरहेको छ। जनताको अभिमत पनि सहमतिको आधारमा हिड्नु पर्ने भन्ने नै देखिन्छ। सहमतिको पहल नगरेर कोही पनि अगाडि बढ्न सक्ने अवस्था देखिँदैन। तर, त्यसलाई संविधानको अनिवार्य प्रावधान बनाउँदा कुनै विषयमा सहमति जुट्नै नसके सिंगो संविधान निर्माण प्रक्रिया नै अवरुद्ध हुने अवस्था आउन सक्छ। संविधान सभामा चौथो शक्तिका रूपमा देखिएको राप्रपा नेपालले हिन्दु धर्म र राजतन्त्रका पक्षमा फरक मत राख्ने स्पष्ट छ। संविधानमा सहमतिको प्रावधानलाई अनिवार्य बनाउने हो भने तीन दलका बीचमा कुरा मिले पनि चौथो दलले सहमति नजनाउन सक्छ। त्यस अवस्थामा संविधान बन्ने सम्भावनै समाप्त हुन्छ। मुलुकलाई संविधान नबन्ने बाटोमा हिँडाउन एमाओवादीले जानीजानी किन यस्तो सर्त तेर्स्याएको हो कुरा बु‰न सकिएको छैन। तिन दलबीच मात्र सहमतिको कुरा गर्न मिल्दैन र राप्रपा नेपाललाई संविधान सभाको शक्तिका रूपमा अस्वीकार गर्न सकिँदैन भन्ने पनि एमाओवादीले बुझेकै हुनुपर्छ। यी दुई विषयमा स्पष्ट भएको शक्तिले सहमतिलाई अनिवार्य प्रावधान बनाउने किचलो नउठाउनुपर्ने हो। लोकतन्त्रमा यसै पनि सहमति खोजिन्छ र हुन नसके लोकतान्त्रिक विधि र प्रक्रियाबाट निर्णय गरिन्छ। संविधान सभामा पनि सहमतिलाई अधिकतम प्राथमिकतामा राख्ने तर सहमति बन्न नसकेका विषयमा बहुमतका आधारमा अगाडि बढ्ने र कुनै पनि अवस्थामा अनिर्णयको बन्दी नहुने हुनुपर्छ। विधि र प्रक्रियाका यस्तै अभ्यासले नै लोकतन्त्रलाई जीवन्त र गतिशील बनाउने हो। त्यसकारण पनिे एमाओवादीको सर्तलाई अहिले संवैधानिकरूपमा सम्बोधन गर्नुको साटो, ऊसमेत हिस्सेदार भएर स्थापित र राज्यका एजेन्डा बनेका विषयलाई उसको समेत सहभागितामा नयाँ संविधानमा लिपिबद्ध गर्ने प्रतिबद्धता कांग्रेसले जनाउनु उत्तम हुनेछ। यो प्रतिबद्धतापछि एमाओवादीले पनि संविधान निर्माण प्रक्रिया अगाडि बढाउन सहयोगी हुनुपर्छ। 'सहमतिमा मात्रै ध्यान दिएका कारण संविधान बन्न नसकेको' भन्ने त एमाओवादीको चुनावी प्रतिबद्धतापत्रमै लेखिएको। आफ्नो मान्यताविपरीत जाने एमाओवादी चाहनाको नियत बुझ्न सकिएन।
सहमतिमा सरकार निर्माण गरेर आफ्नो प्रतिबद्धता र अन्तरिम संविधानले निर्दिष्ट गरेको बाटोबाट हिड्नुको विकल्प खोजेर देशलाई अलमलमा राख्ने र वर्षौ संविधान दिन नसक्ने हो भने त्यसको फाइदा कमल थापाहरूबाहेक अरू कसैलाई हुनेछैन। अब 'अर्जुन दृष्टि' संविधान बनाउनेतर्फ लगाउनुपर्छ।