यतिखेर हामी नेपाली समाजको बहुआयामिक रूपान्तरणको संघारमा छौं। हामीसाग एकै साथ सम्पादन गर्नुपर्ने लामो कार्यसूची छ। नयाँ संविधान लेख्नु छ र यसका निम्ति अत्यन्त छोटो समय छ। कतै अलमल नगरी बढेमात्र लक्ष्यमा पुग्न सकिन्छ। तर के हाम्रो नेतृत्व र देशको विधि व्यवस्था यसअनुरूप छ त ?
नयाँ सिराबाट यात्रा प्रारम्भ गर्ने संकल्प गरेका राजनीतिक दलहरू, देशको कर्मचारीतन्त्र, सुरक्षा निकाय र नागरिक समाज कसरी चलिरहेका छन् ? समयभित्र जिम्मेवारी पूरा हुदैछन् त ? शासनको मूलभूत चरित्र र शैली फेरिएको छ त ? सरकारका मन्त्री , प्रधानमन्त्री, प्रशासन यन्त्रका सचिव, मुख्यसचिव, सेनाका रथि, महारथि र नागरिक समाजका अगुवाको आचरण एवं व्यवहार बदलिएको राजनीतिक परिवेशअनुरूप छ त ? २०६३ वैशाख यता नेपाली जनताले परिवर्तनको तात्विक र सार्थक अनुभूति गर्न सके त ? राजा त गए तर राजतन्त्रको चरित्र अरू क्षेत्रमा स्थानान्तरित त हुँदै छैन? यी र यस्ता अनगिन्ती प्रश्नको जवाफ खोज्नुपर्ने भएको छ।
नेपाली समाजमा मानवीय संवेदना हराएको झण्डै डेढ दशक हुन लाग्यो। मानिसको हत्यालाई समेत स्वाभाविक र सामान्यरूपमा लिने प्रवृत्तिको विकास भएको छ। माओवादीले हतियार प्रयोगको राजनीति प्रारम्भ गरेदेखिनै हिंसा र असुरक्षाले संंत्रस्त नेपाली समाज आजपर्यन्त मुक्त हुन सकेको छैन। माओवादी हिंसाको जवाफमा सुरू भएको सरकारी प्रतिहिंसा पराजित त भयो तर माओवादीकै अनुकरण गरेर थालिएका अनेक रूप र शैलीका हिंसात्मक गतिविधि राज्यले काबुमा राख्न सकेको छैन। संगठित हिंसा त जारी छ नै व्यक्तिवादी हिंसाका संस्कृति पनि मौलाइरहेको छ। व्यक्ति अपहरण र हत्या समाजको दैनिकी बनिरहेको छ। यसले समाजका ठूला बढालाई जोखिममा पारेको छैन, जनसाधारण सिकार भइरहेका छन्। राजनीतिक दल, कर्मचारी, सेना र प्रहरी सबैको तल्लो दर्जा प्रताडित छ। विवेक लुइँटेलदेखि ख्याती श्रेष्ठ प्रकरणसम्म आइपुग्दा सिंगो देश कानुनविहीन र अराजक बन्न पुगेको छ। राज्य त छ तर यो सैद्धान्तिकरूपमा मात्र। जनतालाई चाहिएको त व्यावहारिक राज्य हो। नेता छन् तर विवेक छैन। जनताले खोजेको त विवेकी नेता हो।
कानूनविहीन राज्य र विवेकहीन नेतृत्वका कारण नेपाली समाज थिलथिलो भएको छ। बगरेले मासु काटेझैँ अपराधीले ख्यातीको शरीर टुक्राइरहदा राज्य टुलुटुलु हेरी बस्छ। यो राज्य हो कि मानव बधशाला ? एकताका क्रान्तिका नाममा मुक्तिनाथ अधिकारी र गणेश चिलवालहरू यसरी नै मारिन्थे, देश रमिते बन्थ्यो। आज यो शंृखला झन् भयावह ढंगले अघि बढ्दै छ तर देश तन्द्रा मै छ। राज्यलाई पोल्दैन, कानुनका पहरेदालाई बिझ्दैन। व्यवस्थापिका संसद् अवरूद्ध हुन्छ, ठूला-ठूला क्रान्तिका गुड्डी हाँकिन्छ। नागरिकको जीउधन सुरक्षित नभए राज्यको उपादेयता समाप्त हुन्छ। नाराले देश बन्ने भए नेपाल स्विटजरल्याण्डभन्दा समृद्ध बन्थ्यो। संसारमा सबैभन्दा धेरै अग्रगमनको नारा लाग्ने देश नेपाल नै हो।
प्राविधिकरूपमा सरकार चलाउनु र दुई चार वटा विकास निर्माणका काम गर्नु परिवर्तन र समृद्धि होइन।। जनतालाई एकै साथ राज्यका निम्ति समर्पित तुल्याउन सक्नु, राज्यको सबै क्षेत्रको नेतृत्व जनताका निम्ति क्रियाशील छ भन्ने विश्वास दिलाउनसक्नु र समयलाई सदुपयोग गर्दै राष्ट्र निर्माणमा जुट्नु आजको आवश्यकता हो। तर के हामी यही बाटोमा छौ त ?
झण्डै साठी वर्षदेखि प्रतिष्ठित शैक्षिक संस्था सेन्ट जेभिएर स्कुल केही व्यक्तिको स्वार्थका कारण बन्द हुने अवस्थामा छ। सेवाको भावनाले चलेको यस शिक्षण संस्था राजनीतिकरणको सिकार भएको छ। यसका पि्रन्सीपल, फादरहरू, शिक्षक, विद्यार्थी र अभिभावक तनावमा छन्। स्कुलबाट निष्कासित व्यक्तिले सञ्चालक र अभिभावकलाई समेत भौतिक कारवाहीको धम्की दिएका छन्। तर देशको शान्ति सुव्यवस्थाको जिम्मा लिएको सरकार लाचार छ। राज्य सञ्चालनको बागडोर संहालेको नेतृत्व मौन छ।
राज्य जनताको संरक्षक र अभिभावक बन्न सक्नुपर्छ। नागरिकले राज्यको कानुन, नीति नियमको अधिनमा रहन मन्जुर गरेपछि नागरिकप्रतिका केही कर्तव्य राज्यले पूरा गर्नैपर्छ। ऊ भोकै मर्नु हुदैन। असुरक्षित हुनु हुदैन। उसको शिक्षा, स्वास्थ्य र रोजगारीको प्रबन्ध राज्यले गर्नैपर्छ। नेपाल भने राजनीतिक दलका, प्रशासन संयन्त्रका, सुरक्षा निकायका र व्यापारव्यवसायका सीमित व्यक्तिको प्रभाव क्षेत्र भएको छ। यस्तो राज्यमा राजनीतिक क्रान्ति धेरै हुनेगर्छ। समकालीन विश्वका वारम्वार क्रान्ति हुने देशमा नेपाल पनि पर्छ। कम्तीमा ६० वर्षदेखि नेपाली संघर्षमै छन्। राणा र शाहको पतनपछि पनि मूलुकले सही बाटो समात्न सकेन। यसको प्रमूख कारण मुलुकको नेतृत्व नै हो।
राजनीति दलहरू सरकार बनाउन र ढाल्नमै व्यस्त छन्। आफूलाई घनघोर क्रान्तिकारी भन्ने पार्टी यस मामिलामा सबैभन्दा अगाडि छ। कर्मचारीतन्त्र नेता अलमल्याएर पैसा कमाउन उद्यत छ। व्यापारी नेता कर्मचारी सबै मिलाएर सम्पत्ति सोहर्न व्यस्त छन्। सुरक्षा निकाय अरूलाई थर्काएर आफ्नो पोल्टो भर्न तल्लिन छ। मन्त्रालयदेखि वडा कार्यालयसम्म जनताका कामका लागि मोलमोलाइ हुन्छ। अपवादबाहेक सबैजसो सरकारी कार्यालयमा सामान्य जनतालाई सदव्यवहार गरिँदैन। व्यक्तिगत प्रभाव र शासनमा पहाुच भएकाबाहेक अरूको कतै सुनुवाइ हुँदैन। गाउँ विकास समितिका सचिवले गाउँका जनतालाई हप्काउँछ, सिडियोले जिल्लाका र सचिवले देशभरका जनतामाथि शासन गर्छ। राजनीतिक नेतृत्वले आफ्नो स्वार्थका सीमित कामबाहेक सबै कार्य व्यापार कर्मचारीतन्त्रलाई जिम्मा दिएको छ। सबै क्षेत्रका इमान्दार नागरिक टुलुटुलु हेर्न विवशं छन्। के यसैगरी बन्छ त देश ?
जनताले नयाँ युगको सूत्रपात गर्ने जिम्मा दिएका हुन भन्ने राजनीतिक नेतृत्वले महसुस गर्न सक्नुपर्छ। राजनीतिक दलहरूले एक अर्कालाई जित्ने र हराउने खेल छोडेर सहकार्य, सद्भाव र समझदारीमा पुग्नैपर्छ। माओवादीले आफ्नो मानसिकतामा विद्यमान हिंस्रक चिन्तन फाल्नैपर्छ भने अरू दलले पनि सबै मिलेर माओवादी तह लगाउने मनोविज्ञान परित्याग गर्नैपर्छ। देश सबैको साझा हो। नयाँ चल्ला निकाल्न अण्डा फुटाउनैपर्छ भन्ने सिद्धान्त जति सत्य देखिए पनि कम्यूनिष्ट दम्भले देश बन्दैन। कांग्रेस एमालेको सत्ता सञ्चालनमा प्रदर्शित कौशलहीनता नहटाउने हो भने पनि देश बन्दैन। सामूहिक प्रयत्नले मात्र लक्ष्यभेदन गर्न सकिन्छ। समयमै नयाँ संविधान बन्छ र मुलुकले सही बाटो समात्छ।