संविधान सभाको निर्वाचन भएको महिना दिन बितिसक्ता पनि संविधान सभा पूर्णरुपमा गठन हुन सकोको छैन। एनेकपा (माओवादी)ले जनमत स्वीकार्न आनाकानी गर्दा संविधान सभाको गठन प्रक्रिया लम्मिएको हो। संविधान सभामा एमाओवादीलाई समेत सहभागी गराएर पूर्णता दिन भइरहेका प्रयासलाई अन्यथा भन्न मिल्दैन। एउटा महत्वपूर्ण शक्तिले चुनावमै भाग लिएन। अर्को शक्तिले पराजय स्वीकार गर्न आनाकानी गरिरहेको छ। यस अवधिमा दलहरूबीच पूर्ण सहमति निर्माण हुन नसके पनि संविधान सभाबाट निकास खोज्ने विषयमा समझदारी कायम गर्न भने विलम्ब गर्नुहुँदैन। नेपाली कांग्रेसको अगुवाइमा संविधान निर्माण गर्ने जनादेश जनताले दिएका छन्। तर, जनताकै अर्को सर्त पनि छ, संविधान बनाउँदा सबै दललाई समन्वय गर्ने दायित्व पनि कांग्रेसले नै बहन गर्नुपर्नेछ। यो दायित्व बहन गर्न कांग्रेस अग्रसर हुनुपर्छ।
यतिबेला नेकपा (एमाले) ले भनेजसरी नै सत्ताको भागबन्डाका आधारमा मात्र अगाडि बढ्ने विषयमा अल्भि्कने हो भने मुलुक ठूलै घनचक्करमा फस्ने निश्चित छ। दलहरूले आफूलाई सत्ताको चक्करमा सीमित राखे भने जनता निराश हुनेछन्। निराश जनताकाबीच अग्रगमनको यात्रा असंभव नै हुन्छ। त्यसकारण प्रमुख दलको हैसियतले कांग्रेसले मुलुकलाई यस घनचक्करमा फस्नबाट बचाउनु पर्नेछ। यो दायित्व बहन गर्नेतर्फ कांग्रेस अग्रसर हुँदा जनताको निराशा घट्ने त छ नै त्यसलेे संविधान निर्माणको वातावरण पनि निर्माण गर्नेछ।
एमाओवादीले निर्वाचनको छानबिनका लागि उच्चस्तरीय आयोगको विषयलाई अब 'फेस सेभिङ'का लागि मात्र लिएको देखिएको छ। उसलेसमानुपातिकतर्फका सभासद्को नामावली बुझाउने म्याद थप्न लिखितरूपमा निर्वाचन आयोगमा निवेदन दिएको छ। उसका नेताहरु संविधान सभाबाट वर्ष दिनभित्र संविधान बनाउन आफूहरु प्रतिबद्ध रहेको भाषण गर्दै हिड्नथालेका छन्। कांग्रेसको उदार अग्रसरताले यो परिवेश निर्माण गरेको होे। एक वर्षभित्र संविधान निर्माणका लागि सबैलाई प्रतिबद्ध र क्रियाशील गराउनु नै अहिलेको मुख्य प्राथमिकता हो। अब संविधान सभाको पहिलो बैठक छिटोभन्दा छिटो बसेर यस प्रतिबद्धता र क्रियाशीलतालाई संस्थागत गर्नेतर्फ लाग्नुपर्छ।
एक वर्षभित्र संविधान निर्माण गर्ने दलीय दायीत्वलाई मनन गर्दै अब तीव्र गतिमा यो प्रक्रिया थाल्नु पर्छ। संविधान सभाको बैठक बोलाएर विगतका सहमतिको स्वामित्व ग्रहण गर्दै नमिलेका विषयलाई पनि छलफल, सहमति वा समझदारीकै माध्यमबाट टुङ्ग्याउदै जानुपर्छ। यसरी संविधानको मस्यौदा तयार हुँदै पनि जान्छ र नमिलेका कुरा मिलाउने प्रक्रिया पनि अगाडि बढ्दै जान्छ। पूर्ण मस्यौदा तयार भयो भने नयाँ संविधान सभाले त्यसलाई पारित गरेर संविधान जारी गर्न सकिन्छ। यो सोझो बाटोबाट संविधान सभालाई अन्यत्र 'डाइभर्ट' गर्न खोजिए त्यसले दुर्घटना निम्त्याउँछ। वर्ष दिनका लागि काम चलाउ संविधानका रूपमा अन्तरिम संविधानलाई लिनुको साटो त्यसलाई संशोधन गर्ने बाटोमा लागियो भने त्यसबाट ढिलाइ त हुन्छ नै जनताबाट तिरस्कृत विभिन्न शक्तिले टाउको उठाउने र तिनीहरूसँग हुने नहुने संझौता गरेर स्थिति बिगार्ने अवस्था उत्पन्न हुनसक्छ।
एमाओवादीको असन्तुष्टिको पारो ह्वात्तै घटेर उनीहरु 'फेस सेभिङ'को चरणमा आउनुलाई पहिलो उपलब्धि मानेर अब सबै मामिलाको समाधान संविधान सभाभित्रैबाट गर्नेमा सबै पक्ष प्रतिबद्ध हुनु आबश्यक छ। संविधान सभाबाहिरको कुनै संयन्त्रको निर्णयका आधारमा अब संविधान सभालाई निर्देशित गर्ने सोच कसैले राख्नु हुँदैन। असन्तुष्टको चित्त बुझाउन क्रियाशील भएकोमा संयन्त्रलाई सफल मानेर अब संविधान सभामा प्रवेश गर्नेतर्फ लम्कनु नै श्रेयश्कर हुनेछ। हिजोका दिनमा संविधान सभासद्हरुलाई दिनभर चौरमा कुराएर समितिले निष्कर्षहीन बैठक गरिरहेकैले संविधान नबनेको हो। त्यसैले अब संविधान सभाभन्दा प्राथमिकतामा कुनै निकाय वा संयन्त्र उपस्थित हुन खोजे त्यसमा नागरिकको साथ रहनेछैन। आफ्नो प्राथमिकता खुट्याउन नसकेकै कारण अघिल्लो संविधान सभा विफल भएको हो। अहिले पनि प्राथमिकता छुट्ट्याउन नसक्ने हो भने पुरानै अवस्थाको पुनरावृत्ति हुनेछ।
जनताले स्थायित्व चाहेका छन्। संविधान नबन्दा नै स्थायित्व हुन नसकेको उनीहरूको निष्कर्ष छ। वैद्य माओवादीले राखेका बमलाई पन्छाउँदै वा देखेर पनि वास्ता नगर्दै मतदान केन्द्रसम्म पुगेर भोट खसालेका जनताले संविधान नबनाउने चलखेलको सशक्त प्रतिवाद गर्ने छन् र संविधान निर्माणको विपक्षमा उभिने शक्तिलाई साथ दिने छैनन् भन्ने आकलन गर्न गाह्रो छैन। यसलाई वैद्य पक्षले पनि बु‰न जरुरी छ। संविधान सभाभन्दा बाहिर बसेर पनि संविधान निर्माणमा सकारात्मक र रचनात्मक साथ दिएर जनताको स्थायित्वका लागि तत्काल संविधान निर्माणको चाहनालाई पूरा गराउनेतर्फ लाग्नु नै वैद्य माओवादीको जनपक्षीय र राजनीतिक निर्णय हुनेछ। संविधान सभाभन्दा बाहिरबाट उसको रचनात्मक सहयोग लिन लागि दलहरूले आवश्यक संयन्त्र निर्माण गर्न सक्छन् जसको काम वैद्य माओवादीका सुझाव लिँदै संविधानको मस्यौदा समितिमा त्यसलाई प्रवेश गराउने हुनसक्छ। मन्त्रिपरिषद्को तर्फबाट मनोनीत २६ सिटमार्फत् संविधान सभामा उसले सांकेतिक उपस्थितिका लागि पार्टीका नेताभन्दा पनि संविधानविद्मध्येबाट एक वा दुईजना पठाउने निर्णय गर्यो भने त्यसले झनै ठूलो राजनीतिक महत्व राख्ने थियो। एमाओवादीले जनमत स्वीकार्न आनाकानी गरे पनि वैद्यले जनमत स्वीकार गरेको ठहर्थ्यो। आफ्नो जित हुँदा र आफ्नो एजेन्डा पारित हुँदामात्र जनमत स्वीकार्ने चरित्र अधिनायकवादी चरित्र हो। एक पटक अस्वीकृत भएपछि आफ्ना एजेन्डाका पक्षमा थप जनमत जुटाउन क्रियाशील हुनु र प्राप्त जनमतलाई स्वीकार गर्नु राजनीतिक संस्कृति हो। यो संस्कृति देखाउन वैद्य पक्ष आफँै अगाडि आउनुपर्छ। संविधान निर्माणका लागि वैद्य पक्षको 'फेस सेभ'का लागि पनि कुनै निर्णय लिन प्रमुख दल तैयार हुनुपर्छ।
नयाँ जनमत आएपछि सरकार गठनको कुरा उठ्नु स्वाभाविक हो। कसैको बहुमत नआएको अवस्थामा मिलिजुली सरकार निर्माणको गृहकार्य हुनुपनि स्वाभाविक हो। तर, यो गृहकार्यले एक वर्षभित्र संविधान निर्माणको महत्वपूर्ण कार्यसूचीलाई प्रभावित गर्नु हुँदैन। कांग्रेसको प्रमुख दायित्व संविधान निर्माण प्रक्रियामा सबैको सहभागिता र सहयोग जुटाउनु नै हुन्छ। कांग्रेसको ऐतिहासिक चरित्र पनि राजनीतिभित्रका र राजनीतिलाई प्रभावित पार्ने देशी विदेशी शक्तिबीच राम्रो सन्तुलन कायम गर्नसक्ने चरित्र हो। यो चुनावमा कांग्रेसलाई ठूलो दल बनाइरहँदा जनताले कांग्रेससँग शक्ति सन्तुलनको अपेक्षा पनि गरेका छन् भन्ने कांग्रेस नेतृत्वले भुल्न हुँदैन। देश बनाउने अभियानमा लाग्दा स्वार्थी सेनापति हुनुभन्दा स्वाभिमान जवान भएर मैदानमा उत्रनु नै श्रेयश्कर हुन्छ भन्ने कुरालाई कांग्रेसले पक्कै बुझ्नेछ। देशले स्थायित्व पाउने, संविधान पाउने, देशको आर्थिक संमृद्धिको मार्गलाई राज्यको निर्देशक सिद्धान्तका रूपमा स्थापित गर्ने र जनताको लोकतान्त्रिक हकलाई अक्षुण्ण राख्ने अभियानमा इमानदारी तथा स्पष्टताका साथ अगुवाइ गर्ने शक्तिलाई नै जनताले भोलिका दिनमा हुने चुनावमा बहुमत दिनेछन्। त्यतिबेला सत्तामा पुग्नका लागि कसैसँग भागबन्डाका नाममा अनुनय विनय गर्दै नांगिनु पर्नेछैन भन्ने हाम्रा राजनीतिक दलले बुझ्न अब समय लगाउनु हुँदैन।
अघिल्लो संविधान सभाका उपलब्धिलाई ग्रहण गर्दै संविधान निर्माणका दिशामा प्रमुख तीन दल अग्रसर हुने हो भने राजावादी, धर्मलाई राजनीतिमा घुसपैठ गराउनेको तेज त्यसै अस्ताउने छ। आफ्नो असफलताले अर्कालाई सफल हुने मार्ग सिकाउँछ भन्ने एकजना दार्शनिकको भनाइलाई प्रमुख दलले यतिबेला स्मरण गर्न आवश्यक छ।