दोस्रो चरणको आन्दोलनबाट सत्ता कब्जा नभएपछि माओवादीले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ। घोषित कार्यक्रमअनुसार माओवादीले मंसीर महिनाभर प्रचारप्रसार, राष्ट्रपतिदेखि मंत्रीसम्मका सार्वजनिक कार्यक्रम बहिष्कार र पुस ५ देखि ७ सम्म आमहडताल गर्नेछ। दोस्रो चरणको आन्दोलनमा ३ लाख मानिसले सिंहदरवार घेर्ने र सत्ता कब्जा गर्ने माओवादी रणनीति सफल भएन। माओवादीले अपेक्षा गरेअनुसार जनताको उपस्थिति भएन। माओवादी खुला भए यता काठमाडौंमा भएको यो उसको सबैभन्दा सानो प्रदर्शन थियो। जनताको न्यून उपस्थितिबाट हतास भएरै हो कि माओवादीले आन्दोलनका कार्यक्रम केही लचिलो पारेको छ। मंसीरभर प्रचारप्रसार र सत्ताधारी दलसँंगको वार्तालाई निरन्तरता दिने र माँग पूरा नभए पुसमा आमहडताल गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।
वार्ता वा आन्दोलन जसरी भए पनि सत्ता कब्जा माओवादीको अन्तिम लक्ष्य हो। परिणामको ख्यालै नगरी पार्टीभित्रका हठवादीको दबाबमा सत्ता छाडेकोमा माओवादी नेतृत्व पछुताएजस्तो छ। करिव ९ महिना सत्तामा रहँदा आमूल परिवर्तनको कुनै अनुभूतिसम्म दिन नसकेको र शान्ति संझौतालाई निष्कर्षमा पुर्याउन नसकेको आरोपमा पार्टीभित्रका अनुदारवादी मोहन वैद्य समूहले नेतृत्व हत्याउने डरले पुष्पकमल दाहाल र भट्टराई सशंकित देखिएका छन्।
सत्ता कब्जा गरी जनगणतन्त्र स्थापना गर्न माओवादीले वार्ता र आन्दोलनको रणनीति अपनाएको छ। अर्थात्, वार्ताको बहानामा प्रतिपक्षलाई अलमल्याई राख्ने र भित्रभित्रै आन्दोलनको तयारी गरेर सत्ता कब्जा गर्ने। यसैले होला, संविधानसभामा ठूलो दल भए पनि माओवादीले संविधान निर्माणलाई प्राथमिकतामा राखेको देखिँदैन।
बेलायतको कम्युनिस्ट समर्थक वेबसाइटमा प्रकाशित वावुराम भट्टराईको अन्तर्वार्ता हेरेमा माओवादीको यो रणनीति बु‰न सकिन्छ। हिंसात्मक विद्रोह छोडेर शान्ति प्रक्रियामा सामेल भए यता माओवादीले नेपालमा भन्दै आएको भन्दा नितान्त फरक कुरा भट्टराईले अन्तर्वार्तामा भनेका छन्। उनी भन्छन् ँअहिले हामी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने अन्तिम तयारीमा छौंँ। वास्तवमा हामी राज्यलाई कमजोर पार्दै लगेर अन्ततः ध्वस्त पारी नयाँ राज्य स्थापना गर्न सक्छौंँ। हाम्रो पार्टी राज्यलाई पूर्ण ध्वस्त गर्नुपर्छ र नयाँ राज्य स्थापना गर्नुपर्छ भन्नेमा स्पष्ट छ। हामी त्यसै धारमा काम गरिरहेका छौंँ।ँ ँ... अबको हाम्रो प्रमुख संघर्ष साम्राज्यवादी तथा विस्तारवादी शक्तिको सहयोग पाएका बुर्जुवा लोकतान्त्रिक दलहरूसँंग हुनेछ। यही सोच लिएर हाम्रो दलले सरकार छोडेको हो। ... जनसेना, आधार इलाका र जनसमर्थन अहिले पनि कायमै राख्न सकेका छौंँ। हामीले युद्धका अवधिमा जम्मा पारेका हातहतियारको साँचो र सेना हामीसँंगै छन्, हामीले कहिल्यै आतमसमपर्ण गरेका छैनौं। यसबाट देखिन्छ, हामीले जनयुद्धको बाटो छोडेका हैनौं। ... सत्ता कब्जाको लागि जनयुद्ध र आमविद्रोह दुवै पक्षलाई जोडन सक्षम हुनेछाँैं। ... हामीले बुर्जुवा राज्यको चुनावको कुरा गरेका होइनौं, हामी क्रान्तिपछि नयाँ जनवादी अथवा समाजवादी संरचनामा हुने चुनावको कुरा गर्दैछौं। जसमा प्रतिक्रियावादी, साम्राज्यवादी र आपराधिक शक्तिहरू सहभागी हुन नपाउने निश्चित् संवैधानिक प्रावधान हुनेछन्। त्यहाँ प्रगतिशील शक्ति, जनवादी शक्ति र जनताले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन्।ँ
उपचारका लागि गएका नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई भेट्न भट्टराईको यही सूत्र अनुशरण गर्दै पार्टी संगठनको बहानामा सिंगापुर पुगेका पुष्पकमल दाहालले त्यहाँबाट फर्केपछि माधवकुमार नेपाल नेतृत्वको सरकार परिवर्तन हुने र नयाँ समीकरण बन्ने प्रचारवाजी गरिरहेका छन्। तत्कालै जनविद्रोहबाट सत्ता कब्जा हुने स्थिति नदेखिएको र अन्तर्राष्ट्रिय परिस्थिति पनि अनुकूल नरहेकाले नै सत्ता साझेदार दलबीच मतभेद सिर्जना गर्ने रणनीति माओवादीले अपनाएको देखिएको छ। कांग्रेसलाई सत्ताको नेतृत्व लिन प्रस्ताव गरेर कांग्रेस र एमालेबीच कटुता पैदा गराउने उसको रणनीति हुनसक्छ। संभवतः माओवादीको यही धुर्त्याइँ बुझेर कांग्रेस संसदीय दलले यही सरकारलाई समर्थन रहेको प्रस्ताव पारित गरेको हो।
माओवादी र कांग्रेसबीच सत्ता समीकरण भए कांग्रेसभित्र झगडा बढ्नुका साथै एमाले र कांग्रेस मिल्नै नसक्ने दूरी उत्पन्न हुनसक्छ। त्यसपछि माओवादीको सत्ता कब्जा गर्ने बाटो खुला हुनेछ। माओवादीका सबालमा एमालेभित्र गहिरो मतभेद छ। अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेललगायतका नेता माओवादीसहितको राष्ट्रिय सरकारका पक्षमा छन्। राष्ट्रिय सहमतिका लागि सरकारको नेतृत्व परिवर्तन गर्न पनि एमाले तयार छ भन्ने सार्वजनिक अभिव्यक्ति खनालले दिएका छन्। प्रधानमन्त्री नेपाल, प्रभावशाली नेता के.पी. ओली भने माओवादीलाई सत्ता सुम्पने पक्षमा छैनन्। रक्षामन्त्री विद्या भण्डारीको 'निशस्त्र पार्टीको रूपमा नआएसम्म माओवादीले सत्ता लिएमा मुलुककै लागि दुर्भाग्यपूर्ण हुनेछ' भन्ने कथनबाट पनि माओवादीलाई हेर्ने दृष्टिमा एमालेमा मतभेद रहेको पुष्टि हुन्छ।
माओवादीसम्बन्धमा कांग्रेसमा पनि एउटै दृष्टिकोण छैन। कांग्रेस र एमालेभित्रको यस्तो अन्तरविरोध देखेर नै माओवादीले फुटाएर सत्ता कब्जा गर्ने रणनीति अपनाएको हो। यही कुत्सित उद्देश्य बोकेर दाहाल गिरिजाबाबुलाई भेट्न सिंगापुर पुगेका र सरकार ढल्ने हल्ला फैलाएका हुन्।
शान्ति संझौतामा आउनुपूर्व माओवादीहरू 'ढाडमा टेकेर टाउकोमा हान्ने' भन्ने गर्थे । यो संसदीय दलहरूप्रति लक्षित थियो। अब टाउकोमा हान्न ढाडमा टेकिरहनु पनि नपर्ने भयो। सत्ताबिना अस्तित्व नदेख्ने एमाले र कांग्रेसका केही नेताका कारण अब विरोधी सिध्याउन माओवादीले बन्दुक चलाउनै नपर्ने अवस्था छ। प्रलोभन र धम्कीकै भरमा माओवादीले सत्ता कब्जा गर्न सकिने देखेको हुनसक्छ। सार्वजनिक प्रतिबद्धता ठाडै उल्लंघन हुँदा पनि मूलधारका ठूला दल र कथित नागरिक समाज चुप लागेर टुलुटुलु हेरिरहने र हतियारको साँचो हाम्रै हातमा छ, हिंसा छाडेका छैनौ, लोकतान्त्रिक गणतन्त्र होइन जनगणतन्त्र हाम्रो उद्देश्य हो भन्दा पनि कांग्रेस र एमालेले सहकार्य र सहमतिमै जोड दिइरहने भएपछि माओवादीले टाउकामा हान्न किन ढाडमा टेक्नुुपर्यो र?
सर्वदलीय संयन्त्र निर्माण गरी वर्तमान गतिरोधको निकास निकाल्न कांग्रेस सभापति कोइराला, माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्रीबीच पटकपटक भेटघाट र छलफल भएको छ। यस्तो भेटघाटको मुख्य लक्ष्य समयमा संविधान जारी र माओवादी लडाकुको व्यवस्थापन गरी दिगो शान्ति स्थापना गर्नु हुनुपर्ने हो। तर पर्दाभित्र सरकार गिराउने र बनाउने खेलमात्र हुन्छ भने मुलुकले निकास पाउने छैन। यति बेला माओवादीसँंग सहकार्य गरी सत्तामा जानु कांग्रेसको बचेखुचेको संगठन समाप्त गर्ने र लोकतान्त्रिक संविधान निर्माणलाई प्राथमिकता नदिने कार्य हुनेछ। संविधानसभामा अहिलेसम्म भएका छलफल र संविधानमा राख्न खोजेका विषय हेर्दा माओवादी लोकतान्त्रिक संविधान बनाउन तयार नभएको स्पष्टै छ। संविधान सभाको पहिलो बैठकले 'संघीय लोकतान्त्रिक गणतन्त्र'को प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो। त्यसलाई लत्याएर माओवादीले संविधानसभामा 'जनगणतन्त्र'को अवधारणा प्रस्तुत गरेको छ। बहुलवाद स्वीकार नगर्ने, न्यायालयलाई व्यवस्थापिकाको मातहतमा राख्नु पर्ने र माओवादीसंँग सैद्धान्तिक असहमति राख्ने दललाई 'विस्तारवादी र साम्राज्यवादी' पक्षधर भन्दै प्रतिबन्ध लगाउन सकिने संविधान बनाएर कम्युनिस्ट सर्वसत्तावाद लाद्न खोज्ने माओवादीसंँग कांग्रेसले सत्ता समीकरण गर्नु मृत्युपत्रमा हस्ताक्षर गर्नुसरह हुनेछ। माओवादी कांग्रेसको पहिचाननै समाप्त गर्ने संविधान बनाउन चाहन्छ। त्यसमा कांग्रेसले कसरी सहमति जनाउने?
माओवादी अध्यक्ष दाहालको शक्तिखोर भीडियो र वावुराम भट्टराईको उक्त अन्तर्वार्तामा व्यक्त विचारमा भिन्नता छैन। ६ हजार सेनालाई २० हजार भनी अनमिनबाट प्रमाणित गर्न सफल भएको दाहालको खुलासा र सेना तथा हतियारको साँचो आफूसँंग नै रहेको, हिंसा परित्याग नगरेको अनि अन्तिम लक्ष्य जनविद्रोहद्वारा जनगणतन्त्र स्थापना गर्ने भन्ने भट्टराईको रहस्योद्घाटनले लोकतान्त्रिक मूल्य र मान्यतामा माओवादीको विश्वास छैन भन्ने स्पष्ट हुन्छ। एमाले र कांग्रेसका नेताले माओवादीको रणनीति नबुझ्नु वा बुझपचाउनु ठूलो विडम्बना हो।