आफैँले गरेका सम्झौताको व्यवस्थापन गर्न नसक्ने नेताहरूले देशलाई राजनीतिक संक्रमणबाट चाँडै नै मुक्त गर्लान् भनेर आशा गर्नु विडम्बना नै भए पनि हाम्रो बाध्यता हो। तर, प्रमुख राजनीतिक दलका नेतामा भने सहमति र सहकार्यबिना मुलुक संक्रमणबाट मुक्त हुनसत्तै्कन भन्ने थाहा हुँदाहुँदै पनि तदनुरूपको गम्भीरता र सुझबुझ देखिएको छैन। यस्तै रह्यो भने त दोस्रो संविधान सभाबाट पनि संविधान निर्माण नहुनसक्छ। नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच संयुक्त सरकार निर्माणका बेला भएको सात बुँदे सम्झौतामा परेको 'राष्ट्रपति र उपराष्ट्रपतिको संसद्बाट अनुमोदन गर्ने’ विषयले अब दुई पार्टीबीच विवादको रूप लिएको छ। यसैगरी सत्तारुढ दलहरू र प्रमुख विपक्षी एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)लगायतका दलबीच भएको ४ बुँदे सहमतिमा उल्लेख भएको 'उच्चस्तरीय राजनीतिक समिति’ गठनको विषयले पनि चर्को विवादको रूप लिएको छ। राज्य पुनर्संरचना, शासकीय स्वरूप, न्यायप्रणालीजस्ता संविधानका मूल विषयवस्तुमा सहमति गरी संविधानको मस्यौदा तयार गर्न गहन छलफलमा व्यस्त रहनुपर्ने प्रमुख राजनीतिक दलका नेताले अधिकांश समय पुराना सम्झौता कार्यान्वयका विषयमा दन्तबझान गर्दैमा खेर फालेका छन्।
विषयको गम्भीरता, नैतिक र वैधानिक पक्षको ख्यालै नगरी तत्कालको लाभका लागि जस्तोसुकै सम्झौता गर्ने तर कार्यान्वयनका बेलामा भने त्यसको परिणामबाट डराएर पछि हट्ने प्रवृत्ति नेपाली राजनीतिमा नयाँ होइन। अपेक्षाकृत राजनीतिक स्थिरता रहेका अवस्थामा यस्तो प्रवृत्तिको विष देशले सहजै पचाउन सक्थ्यो। अहिले देशको राजनीति निकै तरल भएकाले राजनीतिक नेताहरूको कमजोरीको परिणाम देश र जनताले भोग्नु परेको छ। नेपालको अन्तरिम संविधान, २०६३ को धारा २६ (ग) मा 'राष्ट्रपतिको पदावधि संविधान सभाबाट जारी हुने संविधान प्रारम्भ नभएसम्मका लागि हुनेछ’ भन्ने लेखिएको छ। यसरी संवैधानिक प्रावधानविपरीत सम्झौता गर्नु नै असंवैधानिक हो। दुर्भाग्य, सत्ताका लागि कांग्रेस र एमालेका नेताले संविधानका धारालाई पनि मन्त्रालयको बाँडफाँटजस्तो सहज विषय बनाए। यसैगरी संसदीय लोकतन्त्रमा विपक्षको भूमिका सत्ता पक्षको भन्दा कम महत्वपूर्ण हुँदैन। विपक्षले सत्ताको भागबन्डामा आँखा गाड्न थाल्यो भने जनताका अधिकार मिचिँदा बोल्ने नैतिक शक्ति गुमाउँछ। अहिले विवादमा रहेको उच्च स्तरीय राजनीतिक समिति असंवैधानिक शक्ति केन्द्र निर्माण गर्ने प्रयास हो हो। यस्तो प्रयासले लोकतन्त्रको मूल मर्ममै चोट पुर्याेउँछ।
सम्झौताका यी दुवै बुँदाको कार्यान्वयन गरे संसदीय लोकतन्त्र र संविधानवादको मर्ममा चोट पुग्छ भने कार्यान्वयन गर्न आलटाल गर्दा राजनीतिक दलहरूको साख गिर्छ र संविधान निर्माणका लागि अपरिहार्य सहमति एवं सहकार्य पनि जोखिममा पर्छ। यसैले, सत्तारुढ दलका नेताले राष्ट्रपति अनुमोदनजस्तो अराजनीतिक र असंवैधानिक विवादमा समय खेरफाल्नु उचित हुँदैन। तर, संविधान निर्माणमा सहयोग पुग्छ भने गैरसंवैधानिक शक्ति केन्द्र बन्न नदिने गरी उच्च स्तरीय राजनीतिक समिति गठन गर्नु भने अनुचित हुनेछैन। समिति गठन गर्न सत्तारुढ दलहरू डराए पनि विपक्षले आफ्नो लोकतन्त्रको धर्म र मर्यादा पालना गर्नुपर्छ। अहिले संसद् अवरुद्ध गरेर हैन संविधान निर्माणमा गम्भीर भएर लागे नै जनसमर्थन हासिल गर्न सकिनेछ। राजनीतिक दलहरूले आफ्नो साख जोगाउन चाहने हो भने सत्ताका लागि जस्तोसुकै सम्झौता पनि गर्ने प्रवृत्तिलाई समेत निरुत्साहित गर्नुपर्छ। यस क्रममा राष्ट्रपति अनुमोदनजस्तो असंवैधानिक र अलोकतान्त्रिक सम्झौतामा सहमति जनाउने नेपाली कांग्रेसका नेताले एमाले र नेपाली जनतासँग माफी माग्नुपर्छ। सम्झौता सही हो भने कार्यान्वयन गर्नुपर्छ तर गलत हो भने सम्बन्धित पक्षलाईसजाय हनुपर्छ। पार्टीले आयन्दा यस्तो गलत सम्झौता नहुने विश्वास दिलाउन त्यसका प्रमुख सूत्रधारलाई पार्टीले उचित कारबाही गर्नुपर्छ। दलका नेताहरू आफैँ नसच्चिने हो भने जनताले गल्ती सच्याइदिने छन्। जनताले नै निर्णय सच्ँयाउन परे त्यसको परिणाम साच्चै निर्मम हुनेछ। चेतना भया!