निर्धारित मितिमै संविधान लेख्न जम्मा छ महिना बाँकी छ। तर, त्यसभन्दा अगाडि समाधान गरिसक्नुपर्ने जटिल प्रश्न कायमै छन्। राज्य पुनःसंरचना, राज्यको शासकीय स्वरूपजस्तै माओवादी लडाकुको व्यवस्थापन पनि चुनौतीपूर्ण छ। संविधान लेख्नुअघि माओवादी 'सेना' विघटन हुनुपर्छ र तिनको शिविर बन्द हुनुपर्छ। त्यसका लागि छिटोभन्दा छिटो उनीहरूको समायोजन र व्यवस्थापन हुनुपर्छ। तर, माओवादी नेतृत्वले भने यस समस्यालाई छिटो समाधान गर्ने उत्सुकता देखाएकै छैन।
माओवादीका तर्फबाट साढे तीन महिनासम्म समायोजन विशेष समिति गठनमै अवरोध सिर्जना गरियो। प्रधानमन्त्री माधवकुमार नेपालले अनेक प्रयत्न गरेर समिति पुनःगठन गरे पनि त्यसलाई परिणाममुखी हुन नदिने माओवादीको प्रयत्न अझै जारी छ। कहिले उसका प्रतिनिधिहरू बैठकमै आउँदैनन्, आइहाले पनि 'शीर्षस्थ नेताबीच छलफल गर्नुपर्छ, हामी निर्णय गर्न सक्दैनौँ' भन्दै बखेडा झिक्छन्। विगतमा आफैँले भन्दै आएको 'लडाकुलाई विशेष समितिको मातहतमा ल्याउने' विषयमा पनि अवरोध खडा गरिरहनुले समायोजनप्रति उनीहरू अनिच्छुक रहेको स्पष्ट हुन्छ।
यी सबै काम योजनाबद्धरूपमा भइरहेका छन्। राजनीतिमा बखेडा सिर्जना गर्दै जाने, लडाकुको समायोजन हुन नदिने, समयमै संविधान बन्न नदिने र अन्त्यमा 'जनविद्रोहमार्फत सत्ताकब्जा' गर्ने नीतिअन्तर्गत नै यी सबै काम भइरहेका त छैनन् भन्ने शंका हुुनु स्वाभाविकै हो।
माओवादीले युद्धका बेला बेरोजगार युवालाई तिलस्मी सपना देखाएर 'सेना' मा भर्ना गरेको छ। तर, संसारव्यापी मान्यताअनुसार सेनाका लागि चाहिने योग्यता तीमध्ये धेरैसँग छैन। प्रथमतः तिनीहरू माओवादी कार्यकर्ता हुन्। नियमित सैनिक जीवन बिताउन नभएर 'राज्यसत्ता बन्दुकको नालबाट आउँछ' भन्ने मान्यता कार्यान्वयन गर्न उनीहरू 'जनयुद्ध'मा लागेका हुन्। यस्तो अवस्थामा 'जनविद्रोह' को राजनीतिक लाइन लिएको पार्टीको सदस्य राष्ट्रिय सेनामा सामेल हुन सक्छ कि सक्तैन भन्ने विषयमा बहस हुनुपर्छ। माओवादीबाट क्रमशः अलग गर्दै लैजाने क्रममा लडाकुलाई विशेष समितिमातहतमा ल्याउन खोजिएकोमा माओवादीले अवरोध सिर्जना गरेको छ। अन्तिमसम्म पार्टीकै नियन्त्रण रहिरहने हो भने माओवादी लडाकुलाई कसरी राष्ट्रिय सेनामा समायोजन गर्न सकिएला र?
अरु संस्थाको साख गिर्दै गइरहेको बेला आफूलाई तटस्थ र व्यावसायिक संगठनका रूपमा जोगाइ राख्न सफल नेपाली सेनाभित्र माओवादीले जबर्जस्ती राजनीति हुल्न खोजेको छ। आफ्नो स्वार्थ जोडिँदा 'रायमाझी आयोगका दोषीमाथि कारबाही' को माग गर्ने माओवादीले त्यही आयोगद्वारा अभियोग लगाइएका र तुरुन्तै अवकाश पाउन लागेका कुलबहादुर खड्कालाई बिनाप्रयोजन प्रधानसेनापति बनाउन खोजेको अवश्य पनि होइन। रुक्मांगद कटवालसँग नौ महिनासम्म मिलेर काम गर्नसक्ने माओवादीले उनको स्वाभाविक अवकाशका लागि थप चार महिना कुर्न नसक्ने कुनै कारण देखिएको थिएन। खड्कालाई अस्वाभाविकरूपमा सेनाको नेतृत्वमा ल्याएर त्यसरी नै आफ्ना कार्यकर्तालाई सेनाभित्र हुल्ने योजनाको कडी नै थियो- सेनापति प्रकरण। माओवादीलाई थाहा छ- सेनाको स्वाभाविक नेतृत्वले राजनीतिक कार्यकर्तालाई संगठनभित्र हुलेर आफ्नो व्यावसायिक र गैरराजनीतिक चरित्र धूमिल बनाउन चाहँदैन।
माओवादी लडाकुको व्यक्तिगत छनोटलाई नै समायोजनको सबभन्दा पहिलो आधार बनाउनुपर्छ। उनीहरु के चाहन्छन्- राजनीति वा सैनिक जीवन? छनोट गर्न पाउने तिनको मानवअधिकार हो। राजनीति गर्न चाहन्छन् भने उनीहरूलाई राजनीतिमै आउन दिनुपर्छ। अहिले वर्षामान पुन, जनार्दन शर्मा, चन्द्रबहादुर थापा, गणेशमान पुनजस्ता लडाकुले राजनीतिमा आएर मन्त्री सांसद हुन पाएका छन्। राजनीतिमा लाग्दा सांसद र मन्त्री हुन बेर लाग्दैन तर सेनामा जाँदा बढीमा कर्नेल जर्नेलसम्म हुने हो भन्ने नन्दकिशोर पुन, चन्द्रप्रकाश खनालहरूले बुझेका छैनन् होला भन्न सकिन्न। त्यसपछि व्यक्तिगत योग्यता र मापदण्डको विषय आउँछ। सेनामा प्रवेश गर्न संसारभरि नै निश्चित् मापदण्ड छन्। उमेरदेखि शारीरिक तन्दुरुस्तीसम्मका विषयमा एउटै सेनाभित्र दोहोरो मापदण्ड हुन सक्दैन। यस्ता आधार पूरा भएपछि व्यक्तिगत आधारमा उनीहरूलाई सेनामा स्थान दिन सकिन्छ। पुष्पकमल दाहालले शक्तिखोर भिडियोमा भनेजस्तो 'ब्लक-ब्लक गरी अलग्गै टुकडी बनाउने र भोलि आवश्यक पर्दा एकैचोटी विद्रोहमा उत्रिने' सम्भावनालाई समेत समायोजनका क्रममा अवश्य पनि ध्यानमा राख्नैपर्छ।
यस्ता विषयमा समाधान निस्कन कठिन हुने थिएन। तर, मुख्य समस्या त माओवादी यी सबै प्रक्रियामा प्रवेश गर्नै नखोज्नु हो। संगठित लडाकु, 'सिंगल लक' मा हतियार र अर्धसैन्य संरचना वाइसीएल भएकै कारण माओवादीको दम्भ यति धेरै बढेको हो। माओवादीका 'लोकतान्त्रिक छवि' का भनिने नेता बाबुराम भट्टराईले वर्ल्ड पिपुल्स रेसिस्टेन्स मुभेमेन्ट (ब्रिटेन) लाई दिएको अन्तर्वार्तामा स्पष्ट शब्दमै भनेका छन्- 'जनमुक्ति सेना अहिले पनि हामीसँग छ र हतियार, जुन हामीले युद्धका बेला संकलन गरेका थियौँ, तिनीहरू पनि 'सिंगल की सिस्टम' मा राष्ट्रसंघको अनुगमनमा हामीसँगै छन्, मुख्यतयाः साँचो हामीसँग छ र सेना हामीसँगै छ। हामीले कहिल्यै आत्मसमर्पण गरेका छैनौँ। यसले देखाउँछ- हामीले दीर्घकालीन जनयुद्धको बाटो छोडेका छैनौँ।......केही समयपछि हामी दीर्घकालीन जनयुद्धका दुबै पाटो (राजनीति र फौजी) लाई एकत्रित गर्न सक्षम हुनेछौँ र राज्यसत्ता कब्जा गर्न विद्रोहलाई अन्तिम शिखरमा पुर्याउनेछौँ।' समायोजनमा माओवादीको यही मानसिकता मुख्यरूपमा अवरोधक बनेको छ। माओवादीसँग लडाकु र हतियार रहुन्जेल यस्ता अभिव्यक्ति आइरहन्छन्। फेरि लडाकुका नाममा माओवादीले वार्षिकरूपमा सरकारबाट दुई अर्ब रुपियाँ पाइरहेको छ। त्यसमध्ये लडाकुसम्म एक तिहाइ रकम पनि पुग्दैन। यसै फाइदाका कारणले पनि माओवादीले नौ महिना सरकारको नेतृत्व गर्दा समायोजनका लागि सिन्को पनि भाँचेन र अहिले पनि प्रक्रिया अघि बढ्न दिइरहेको छैन। माओवादीसमेतको सहभागितामा भएको प्रमाणीकरणबाट अयोग्य साबित भएका लडाकुलाई शिविरबाट निकाल्न पनि साइत हेर्नु परिरहेको छ।
शिविरमा रहेका भनिएका १९ हजारमध्ये झन्डै एक तिहाइले शिविर छोडिसकेका छन्। बाँकीका लागि विभिन्न विकल्प अपनाउन सकिन्छ। 'टोकन' सव्रूपमा सेनामै समयोजन गर्न सकिएला, जनपद, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग पनि छन्। प्रस्तावित औद्योगिक सुरक्षा बल वा सीमा सुरक्षा बल पनि विकल्प हुन सक्लान्। यी सबै प्रक्रियाका बारेमा राजनीतिक सहमतिका अधारमा अघि बढ्न सकिन्छ। तर, 'जनविद्रोह' का लागि वातावरण बनाइरहेको माओवादी यी कुनै विकल्पमा पनि सकारात्मक देखिँदैन। मुख्य समस्या नै यही हो।