चाँदनी हमाल, चितवन, असार २०- सेनामा जाने लडाकुहरुको बुधबारदेखि समायोजन प्रक्रिया शुरु हुँदैछ। वैशाखमा भएको दोस्रो चरणको वर्गीकरणपछि सेना समायोजनको प्रक्रिया ढिला गरी शुरु हुन लागेको हो।
सेना समायोजन विशेष समितिका पदाधिकारीहरु समायोजनका लागि चितवन आउँदैछ। सेनाका उपरथी बलदेव राज महत र सुरेन्द्रबहादुर कार्कीको नेतृत्वमा टोली तेस्रो डिभिजन शक्तिखोर शिविरमा खटिँदैछ।
पहिलो चरणमा तल्लो दर्जाका लडाकुको सेनामा लैजान छनौट हुने समशेरदलगण भरतपुरका गणपति ज्योतिन्द्र महतले बताए।
सेनामा जाने लडाकु योग्य छन् वा छैनन् उनीहरुको शारिरीक र मानसिक परिक्षण गरिने उनले जानकारी दिए।
अधिकृत तहका कमाण्डरहरुको भने भरतपुर स्थित समशेरदल गणको कार्यालयमा समायोजन प्रकृया हुने स्रोतले जनाएको छ। सेनामा जान शक्तिखोर शिविरमा ६ सय २६ लडाकु रहेका छन्।